---Advertisement---

दीपशिखा माविको महायज्ञमा दानको ओइरो, सोमबार मात्रै ५० लाख संकलन

On: November 16, 2026 10:45 PM
Follow Us:

हरिकृष्ण गौतम
म्याग्दीको मंगला गाउँपालिका-१ कुहुँमा रहेको दिपशिखा माध्यमिक विद्यालयको “म्याग्दी मालिका टोड्के, शैक्षिक एवं धार्मिक महोत्सव, श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ”मा चौथो दिन सोमबार करिब ५० लाख दान संकलन भएको छ।


विपन्न, भौगोलिक रुपमा विकट र अपायक पर्ने ठाउँका साथै कमजोर विद्यार्थीहरुलाई आवासीय सुविधा दिएर अतिरिक्त कक्षा सञ्चालन गरि सिकाई उपलब्धी वृद्धि गर्ने उद्देश्य राखेर गत बिहिबार देखि आयोजना गरिएको महायज्ञमा सोमबार उत्साहजनक सहभागिता रहेको थियो ।


सोमबार भुपु माननीय नरबहादुर पुनले यसअगाडी घोषित ३ लाखमा २ लाख थप गरी ५ लाख पुर्याउनुभएको छ । त्यसैगरी मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, मंगला शिक्षा क्याम्पस सञ्चालक समितिको अक्षय कोष समितिकी संयोजक यशुदा रोकाले ३ लाख ३ हजार ३ सय रुपैयाँ सहयोग गर्नुभएको विद्यालयका प्रअ डा. नन्दबहादुर खत्रीले बताउनुभयो ।

महायज्ञमा आइतबारसम्म करिब सवा करोड आर्थिक संकलन भएको थियो । भौतिक रुपमा उपस्थित हुन नसकेका सहयोगीदाताले क्युआरमार्फत बैकमा जम्मा गरेको विवरण समेत संकलन भइरहेकाले हालसम्म लक्ष्य अनुसार नै आर्थिक दान प्राप्त भएको जनाइएको छ ।


आगामी मंसिर ३ गतेसम्म कुहुँ स्थित विद्यालय परिसरमा सञ्चालन हुने शैक्षिक अभियानमा स्वदेश तथा विदेशमा रहेका दाताबाट समेत आर्थिक सहयोग आउने क्रम जारी रहेको छ ।

महायज्ञमा रु १ सयदेखि १५ लाख माथिको आर्थिक प्राप्त भइरहेको छ । महायज्ञमा तुलादानग्रहशान्तीसहित अन्य धार्मिक कार्यहरु समेत भइरहेको छ । भोली मंसीर १ र २ गते चौरासी पुजाका लागि समेत नाम टिपाउने कार्य भइरहेको छ । धार्मिक परम्परा अनुसार महायज्ञमा चौरासी पूजालाई विशेष धार्मिक महत्व रहेको छ ।


पण्डीत दीनबन्धु पोखरेलले कथाबाचन गर्नुहुने महायज्ञबाट तीन करोड जुटाउने र दुई करोडभन्दा बढी बचत गर्ने लक्ष्य राखिएको छ । भागवत पाठ–पारायण, पुजाआजा, भजनकिर्तन, कशलयात्रा, आरती, झाकी प्रर्दशनि भइरहेको छ ।

प्रबिधीको प्रयोग र शैक्षिक गुणस्तर बृद्धि गरेर अध्ययनका लागि बालबालिकालाई सहर बजार लैजाने समस्या न्युनीकरण गर्ने पनि उद्देश्य रहेकोमा महायज्ञ अवधिमा लक्ष्य अनुसार सहयोग प्राप्त हुने छ ।कक्षा १ देखि १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल एक सय ९६ जना विद्यार्थी छन् । वि.स. २०१७ मा स्थापना भएको विद्यालयले वि.स. २०४७ देखि माध्यमिक र वि.स. २०६५ देखि दश जोड दुई तहको पठनपाठन सञ्चालन गर्दै आएको छ ।

तस्वीर सौजन्य ः सुरेन गुरुङ पत्रकार

Leave a Comment