म्याग्दीको मंगला गाउँपालिका–३, बरंजा बाखुका श्यामप्रसाद आचार्य २६ दिनपछि भारतको दिल्लीमा भेटिनुभएको छ। गत असोज ३१ गते बेनी बजारमा देखिनुभएका आचार्य त्यसपछि परिवारको सम्पर्कबाहिर रहनुभएका श्यामप्रसाद आइतबार भारतबाट सम्पर्कमा आउनुभएको आफन्त थमप्रसाद आचार्यले बेनीअनलाइनलाई जानकारी दिनुभयो । ‘आफैं सम्पर्कमा आउनुभएको छ, खोजीकार्यमा साथ दिने सबैलाई धन्यवाद’ आफन्त आचार्यले भन्नुभयो ।
सम्पर्कविहीन भएपछि आफन्तले खोजीका लागि सार्वजनिक सूचना जारी गर्दै सबैसँग सहयोगको अपिल गरेका थिए। उहाँ सकुशल सम्पर्कमा आएको खबरले परिवारमा खुसी छाएको छ। खोजी कार्यमा सहयोग गर्ने, सूचना साझा गर्ने तथा विभिन्न माध्यमबाट साथ र सहयोग पु¥याउने सम्पूर्ण आफन्त, साथीभाइ, शुभचिन्तक र सहयोगीहरूप्रति परिवारले हार्दिक आभार व्यक्त गरेको छ।











