पर्वतको जलजला गाउँपालिका-२, बगरफाँटमा मृत फेला परेका पुरुषको पहिचान खुलेको छ । बेवारिसे अवस्थामा शब भेटिएपछि खोजीकार्य गर्दा मृतक जलजला–२ गौरेटेका ६७ वर्षीय सूर्य दमाई रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक बिजय यादबले जानकारी दिनुभयो । मृतक दमाईको शरीरमा चोट लागेको छ
मृतकको शब पोष्टमार्टमका लागि प्रदेश अस्पताल बेनीमा राखिएको प्रनाउ यादवले बेनीअनलाइनलाई बताउनुभयो ।मृतक गत कात्तिक २७ गतेदेखि सम्पर्कविहीन हुनुहुन्थ्यो । पैदल हिँड्ने क्रममा बाटोमा लडेर मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ।घटनास्थलमा कुश्माबाट पुगेको प्रहरीले मुचुल्कासहितको प्रारम्भीक काम सम्पन्न गरेपनि थप अनुसन्धान गरिने जनाएको छ ।















