---Advertisement---

म्याग्दीका पत्रकार बानियाँ पत्रकारिता पुरस्कारबाट सम्मानित

On: November 23, 2026 10:14 PM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीमा बसेर पत्रकारिता गर्दै आइरहनुभएका पत्रकार प्रताप बानियाँ सोमबार एक समारोहबीच सम्मानित हुनुभएको छ । जिल्लाको बेनी नगरपालिका ५ पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा स्थापित ‘धनेश्वरी–तारानाथ स्मृति कोष’मार्फत उहाँलाई सम्मान गरिएको हो ।

पत्रकार बानियाँलाई स्मृति कोषद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको पुरस्कारमध्ये पत्रकारिता पुरस्कार–२०८३ बाट सम्मान गरिएको कोषका सचिव माधवप्रसाद रेग्मीले बताउनुभयो । उहाँलाई नगद १० हजार रुपैयाँको साथमा दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरी सम्मान गरिएको रेग्मीले जानकारी दिनुभयो ।

नेपाली पत्रकारिताको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा म्याग्दी जिल्लाको पहिचान बढाउन निरन्तर क्रियाशील रहेर महत्वपूर्ण योगदान पु¥याएको भन्दै बानियाँलाई सम्मान गरिएको कोषले जनाएको छ । म्याग्दीको बेनी नगरपालिका ५ चिप्लेटी स्थायी घर भएका बानियाँ विगत डेढ दशकदेखि म्याग्दी जिल्लाको पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।

सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनका लागि म्याग्दीको संवाददाता रहनुभएका पत्रकार बानियाँ नेपाल समाचारपत्र राष्ट्रिय दैनिक पत्रिकाको पनि म्याग्दी संवाददाताको रुपमा रहनुभएको छ । प्रेस चौतारी नेपाल म्याग्दी शाखाका अध्यक्ष समेत रहनुभएका उहाँ हाल नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको वर्तमान कार्यसमितिमा सहसचिव हुनुहुन्छ ।

स्थानीयदेखि राष्ट्रिय सञ्चारमाध्यममा आबद्ध पत्रकार बानियाँले पछिल्लोपटक आफ्नै सञ्चारमाध्यम जगन्नाथ मिडिया प्रालिबाट रुप्से न्यूज डटकम अनलाईन डिजिटल पत्रिका सञ्चालन गर्दै आइरहनुभएको छ । पत्रकारिता क्षेत्रमार्फत समग्र जिल्लाको पहिचान र विकासमा पु¥याएको योगदानको उच्च कदरस्वरुप धनेश्वरी–तारानाथ स्मृति कोषबाट आफूलाई सम्मान गरेकोमा बानियाँले कोषलाई हार्दिक आभार प्रकट गर्नुभयो ।

Leave a Comment