गरिमा विकास बैंकले आफ्नो २० औं बार्षिकोत्सवको अवसरमा आइतबार सदरमुकाम बेनीमा बृहत रक्तदान कार्यक्रममा ५० पिन्ट रगत सङ्कलन गरिएको छ । रगतको अभावमा रहेका बिरामी उपचारबाट बन्चित हुनुनपरोस् भन्ने उदेश्यले आयोजित रक्तदान कार्यक्रममा प्रमुख अतिथि बेनी नगरपालिकाका मेयर सुरत केसीलाई ब्लडव्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको सुरुवात गरिएको थियो । रक्तदान कार्यक्रममा प्रमुख अतिथि मेयर केसीले रक्तदान नै जीवन दान भएकाले म्याग्दी जिल्लामा हरेक बर्ष गरिमा विकास बैंकमार्फत भइरहेको रक्तदान कार्यक्रमको प्रशंसा गर्नुभयो ।

प्रमुख अतिथि मेयर केसीले वित्तिय कारोबारसँगै बैंकले सामाजिक उत्तरदाहित्व अन्तरगतका शिक्षा, स्वास्थ्य, वित्तिय साक्षरता सहितका सामाजिक कार्यमा समेत बैंकमार्फत सहयोग भइरहेको बताउनुभयो । सोही अवसरमा नेपाल राष्ट्र« बैंकका उपनिर्देशक हरिशचन्द्र ढकालले वित्तिय सूचकमा गरिमाले नियमको पालना गरेको बताउँदै बैंकमार्फत समुदायमा आधारित कार्यक्रमले समुदायको अपनत्व बढ्ने बताउनुभयो ।
बैंकका पूर्व सञ्चालक एवम् बेनी नगरपालिकाका संस्थापक मेयर हरिकुमार श्रेष्ठले बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा योगदान पु¥याउने उद्देश्यसहित रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको बताउनुभयो। नेपाल रेडक्रस सोसाईटी बेनी शाखा अन्तरगतको रक्त संचार केन्द्रको प्राविधिक संयोजनमा संकलन भएको रगतलाई बेनी अस्पतालका बिरामीसँगै आवश्यकता अनुसार जिल्ला बाहिर समेत पठाउने गरिन्छ। रक्तदान कार्यक्रममा जिल्लास्थित व्यापारी, पत्रकार, कर्मचारी, सर्वसाधारण सहितले रक्तदान गरेको गरेका थिए ।

रक्तदान कार्यक्रमको अध्यक्षता संस्थापक सञ्चालक सदस्य श्रेष्ठ, स्वागत मानव संसाधन प्रमुख भोलाप्रसाद तिवारी, सञ्चालन क्षेत्रीय कार्यालय बेनीका प्रमुख कमलप्रसाद ढुंगानाले गर्नुभएको थियो । बैंकको सदरमुकाम बेनी, पश्चिम म्याग्दीको बावियचौर, दरबाङ, उत्तरी क्षेत्रका जनतालाई लक्षित गरी पोखरेबगरमा शाखा रहेको छ।
यसैबीच २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न नौ स्थानमा आयोजना गरेको रक्तदान कार्यक्रमबाट ७१३ युनिट रगत संकलन गरेको छ। बैंकका अनुसार काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालय, सुनसरीको इटहरी, धनुषाको जनकपुर, चितवनको नारायणगढ, स्याङ्जाको वालिङ, कास्कीको पोखरा,रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा समेत रक्तदान कार्यक्रम आयोजना गरिएको थियो।
यसअघि मंसिर ५ गते ‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नारासहित बैंकले ‘गरिमा रोड रेस २०८३’ को तेस्रो संस्करण आयोजना गरेको थियो। काठमाडौंमा आयोजित उक्त दौड प्रतियोगितामा एक हजार चार सयभन्दा बढी धावक सहभागी भएका थिए।स्वस्थ जीवनशैली, शारीरिक सक्रियता तथा खेलकुदप्रतिको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बैंकले जनाएको छ। स्थापनाको दुई दशक पूरा गरेको अवसरमा बैंकले आफ्ना सेवाग्राही, शेयरधनी, नियामक निकाय, सञ्चारकर्मी, कर्मचारी तथा सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।














