Sunday, May 18, 2025
19.5 C
Beni
19.5 C
Beni
Sunday, May 18, 2025
Home Blog Page 1496

बिहानै उठेर खाली पेटमा लसुन खानुस त ! फाइदै फाइदा

0

बिहानै उठेर खाली पेटमा लसुन खानुस त  !  फाइदै फाइदा

–    लसुनमा पाइने तत्वले उच्च रक्तचापलाई सन्तुलनमा राख्न, मुटुसम्बन्धी समस्याबाट जोगाउन मद्दत पु¥याउँछ ।

–    सबेरै लसुन खानाले कलेजो र पिसाबथैली शुद्ध रहन्छन् ।
–    लसुनले आन्द्रा सफा राख्न मद्दत पु¥याउँछ ।

–    पेटसम्बन्धी समस्या भएकाहरूका लागि खाली पेटमा लसुन खानु अत्यन्तै उपयोगी हुन्छ । यसो गर्नाले पाचनक्रिया बलियो हुन्छ र    अरुचि हट्छ । पेटमा हुने एसिड उत्पादन पनि लसुनले बन्द गरिदिन्छ ।

–    डायबेटिजग्रस्त मानिसले खाली पेटमा लसुन खानाले रगतमा सुगरको मात्रा सन्तुलनमा राख्न मद्दत मिल्छ ।-स्वास्थ्य खबरपत्रिका

योग किन, कसरी र कसले गर्ने ?

0

स्वस्थ्य खानपान र अनुशासित जीवनशैलीसंगै योगलाई जीवनको एउटा हिस्सा बनाउनुपर्ने जोड दिए । बदलिँदो जीवनशैली, गलत खानपानले मानिसहरू विभिन्न रोगबाट ग्रसित हुने गरेको बताउँदै योग साधनालाई हरेक दिन प्रयोग गर्नुपर्नेमा जोड दिए । तेस्रो राष्ट्रिय योग दिवसको अवसरमा बेनी नगरपालिका, जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र र नविन आनन्द योग केन्द्रले बेनीमा आयोजित कार्यक्रममा बोल्ने बक्ताले योगले परिवार, समाज र राष्ट्रलाई प्रत्यक्ष, अप्रत्यक्ष फाईदा हुने भएकाले पनि योगको महत्वका बारेमा सहर देखी गाउँसम्म पु¥याउनुपर्नेमा जोड दिएका थिए ।

स्वस्थ्य, निरोगी, दीर्घजीवि कसरी हुने ? यसको सबैभन्दा सरल र प्राकृतिक विधी हो, योग । न हामी उपचार गरेर निरोगी हुन्छौं, न औषधी सेवन गरेर नै । यद्यपी स्वस्थ्य खानपान र अनुशासित जीवनशैलीसँगै योगलाई जीवनको एउटा हिस्सा बनाउनुपर्छ, जसले हामीलाई निरोगी, जवान, उर्जावान् बनाउँछ ।  भारतीय योग गुरु बाबा रामदेवले विभिन्न सञ्चारमाध्यमद्वारा योगको प्रचार-प्रसार सुरु गरेसँगै नेपालमा पनि योगप्रति मानिसहरुको मोह बढ्न थालेको हो । योगले आत्मालाई परामात्मासित जोड्छ ।

के हो योग ?

योगको शाव्दिक अर्थ जोड हो । आत्माको परमात्मासितको जोडलाई नै योग भन्ने गरिन्छ । तर, अहिले योगको परिभाषा बदलिएको छ ।

अहिले मानिसहरुलाई शारीरिक तथा मानसिक समस्याले सताएको छ । यस अर्थमा अहिले मनसँग शरीरको जोडलाई नै योग भन्न सकिन्छ । यस अर्थमा शारीरिक रुपमा स्वस्थ्य, मानसिक रुपमा शान्त र आधात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई नै योग भनिन्छ ।

योगः एक जीवन पद्दति

योग भनेको रोगी व्यक्तिहरुका लागि चिकित्सा पद्दति हो । योगको माध्यमबाट रोगी व्यक्तिले आफुलाई निरोगी, स्वस्थ्य तुल्याउन सक्छन् ।

स्वस्थ्य व्यक्तिहरुका लागि जीवन पद्दति र योगीरुका लागि साधना पद्धति हो ।

यस अर्थमा योग सबैका लागि हो । योगलाई उपयोग गरेर सबैका लागि उपयोगी तथा सहयोगी बन्ने सक्ने भएकाले पनि योग आवश्यक छ ।योगमा जम्मा ८ आसन हुन्छ । त्यसमा याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि, त्याग पर्दछ । योगा त्यसमध्यको एउटा आसन हो ।

किन आवश्यक छ योग ?

परापूर्वकालमा ऋषिमुनि तथा योगीहरु अदृश्य शक्तिसित आफूलाई जोड्नका लागि योग गर्थे । अहिले बद्लिदो जीवनशैली तथा खानपानका कारण मानिसहरुलाई स्वस्थ रहन पनि योग आवश्यक छ । जब मानिस व्यक्तिगत रुपमा शारीरिक र मानसिक रुपमा स्वस्थ्य हुन्छ, त्यसपछि मात्र उसलाई अन्य कुराको चेत आउँछ ।

योगले शरीरमा अक्सिजनको मात्रा बढाउँछ

बदलिँदो जीवनशैली, गलत खानपानका साथमा शरीरमा अक्सिजनको कमीका कारण अहिले मानिसहरु विभिन्न रोगबाट ग्रसित छन् । योगले शरीरमा अक्सिजनको कमीलाई समेत पूरा गर्छ ।

योग गर्नाले शरीरका सबै जोर्नीहरु चलायमान हुन्छ । यसले शरीरमा व्यायामको काम गर्छ ।
जहाँ जहाँ व्यायाम हुन्छ, त्यहाँ रक्तसञ्चारका साथै अक्सिजनको मात्रा बढ्छ । जब शरीरमा अक्सिजनको मात्रा बढ्छ, शरीरका सवै अवयवहरु स्वस्थ्य हुन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता त बढाउँछ नै, रोगको समेत निदान हुन्छ ।

उच्च रक्तचाप, मधुमेहका विरामी र योग

अहिले योग गर्नेमा धेरैजसो रोगीहरु छन् । उच्च रक्तचाप, मधुमेह, ढाडका रोगी तथा ग्याष्टिकका विरामीहरु बढी योगतर्फ आकषिर्त छन् ।

तर, जो कसैले योग गर्दा सुरुमा प्रशिक्षकसित सिकेर मात्र योग गर्न आवश्यक छ । त्यस्तै, योग गर्दा रोग र आˆनो शारीरीक अवस्थामा ध्यान दिन जरुरी छ ।

जटिल समस्या भएमा प्राणायाम, कपालभाती, अनुलोम विलोम गर्न सकिन्छ । तर, शल्यक्रिया गरेको, गर्भवती भएमा, पेटमा घाउ वा अल्सर भएमा कपालभाती गर्न मिल्दैन । विकारलाई क्षय गर्ने कपालभाती तथा शक्तिलाई सञ्चित गर्न अनुलोपविलोप हो ।

त्यसबाहेक, सूर्य नमस्कार सबैले गर्न मिल्ने आसन हो । सूर्य नमस्कारमा जम्मा १२ वटा आसन हुन्छ ।सबै आसन गर्न भ्याएन भने पनि सूर्य नमस्कारका १२ वटा आसन र केहीबेर प्राणायम गरेमा मात्र पनि शरीर स्वस्थ्य रहन्छ ।

योगका लागि ध्यान आवश्यक

योग गर्नाका लागि सबैभन्दा पहिले योगलाई अंगाल्न आवश्यक छ । कम्तिमा मानिसले योगलाई अंगाल्नुपर्छ । त्यसपछि ध्यान पनि बढ्दै जान्छ । हामीले बच्चालाई प्रभावित गर्न चकलेट दिनुपर्छ । यसको लागि जगिङ्ग जरुरी छ । जगिङ्ग तथा सूर्य नमस्कारले शरीरलाई तन्काउने काम गर्छ ।

नेपालमा योगको अवस्था

नेपालमा मानिसहरु विभिन्न रोगबाट ग्रसित छन् । पहिले पहिले रासायनिक मल थिएन, खानामा विषादिको प्रयोग थिएन, जसले गर्दा खाना स्वस्थ्य थियो । अर्को कुरा त्यतिबेला यातायातको सुविधा र्थिन । मानिसहरु श्रम गर्थे । खानपान राम्रो थियो, जसले गर्दा उनीहरुलाई रोग लाग्दैनथ्यो ।

तर, अहिले मानिसहरुसित सुविधा छ, पैसा छ तर श्रम छैन । अहिलेको खाना स्वस्थ्यकर छैन । खाना विशाक्तले भरिपूर्ण छ । मानिसहरुलाई शरीरमा भएको विशाक्तता फाल्नका लागि पनि अहिले योग आवश्यक्ता छ ।

यसमा बाबा रामदेवले सहजीकरण गरिदिएका छन् । पहिले पहिले योग भनेको साधु सन्तले गर्ने भन्ने हुन्थ्यो । अहिले योग जो कोहीले गर्न सक्छन् भन्ने जनचेतना मानिसमा आइसकेको छ । यो पतञ्जली योगमा आधारित पुरानै विधा हो ।

 

रेन्टसिकीँगको त्रासदी बीच देश विकासको नियति !

0

विकास र समृद्धिको भेलै बगाई दिने शंखनादका साथ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले नयाँ सरकार पाउँदैछ । लामो राजनैतिक उथलपुथलको चक्र पश्चात निर्वाचित सरकार पनि विगतमा झै अपजस र असफलताको दुश्चक्रको शिकार बन्न सक्ने जोखिम यथावत छ । नेपाल जस्तो पछौटे मुलुकको आर्थिक सम्वृद्धि, विकासका नाममा हुने  भौतिक निर्माणको कस्मेटिक सिँगार पटारले मात्र हासिल हुँदैन ।

देशको  आर्थिक संरचना र सामाजिक साँस्कृतिक चरित्रमा समेत प्रयाप्त फेरबदल आउनु पर्दछ, जसलाई आमुल परिवर्तन वा क्रान्तिको मान्न सकिन्छ । संसारका प्राय सबै मुलुकहरुमा अल्पविकसित अवस्थावाट आधुनिक समाजमा संक्रमणको चरणमा  विशेष संस्कार एवम प्रवृत्तिगत रोग देखा पर्दछ,  जसको सहि उपचार विना कुनै पनि देश विकास सहज हुँदैन । यस्तो रोगलाई सामाजिक अर्थशास्त्रिहरुले रेन्ट सिकिँग प्रवृतिको नाम दिएका छन ।

कुनै बेला नेपाल संसारकै दोस्रो गरिव देश थियाे, नेपाल भन्दा पनि गरिब इथोपिया थियाे रे ।  इथोपिया अाज विश्वमा दोहोरो अंकको तिब्र आर्थिक बृद्धिदर हासिल गर्ने देशकाे श्रेणी परेकाे छ ।  त्यहाँको सरकारले रेन्टसीकिग प्रवृत्तीलाई आर्थिक प्रगतिको लागि ठूलाे बाधक मान्दै त्यस विरुद्ध कठोर अभियान चलाउने निति अख्तियार गरेको छ ।  नेपालको सन्दर्भमा रेन्ट सिकिग प्रवृत्तिको चुनौति के कति सम्म गम्भिर छ  भन्ने बारे गहन अध्ययन विश्लेषणको जरुरी देखिन्छ ।

सामान्य  अर्थमा रेन्ट भनेको घर ,जग्गा वा कुनै सम्पत्ति प्रयोग वापतको भाडा वा शुल्क हो । तर विशेष अर्थमा  रेन्टसीकिंग  अतिरिक्त लाभको खोजी  भन्ने बुझिन्छ । यो शब्दावलीलाई अर्थशास्त्रि  एनी क्र्यूगरले सन् १९७४ मा परिचित गराएकी थिइन ।  अरु विद्धानहरुले रेन्ट सिकिँगलाई सभ्रान्तवर्ग वा राज्यका अधिकारीहरुले समाज वा राष्ट्रको कुल उत्पादन वा आय वृद्धिमा खास योगदान विना रातारात अकुत धन, सम्पत्ति वा आय आर्जन गर्न सक्ने स्थितिको रुपमा परिभाषित गरेका छन ।

यस मान्यता अनुसार आमरुपमा रेन्ट सिकरहरुले विद्यमान आर्थिक प्रणालीमा उत्पादनशील गतिविधि विना उत्पादनको हिस्सा कब्जा गरिरहेका हुन्छ ।  व्यक्ति तथा समुह, कर्मचारी तथा राजनैतिक व्यक्ती, व्यवसायी तथा वह्य एजेन्सीहरु अादि रेन्ट सिकर हुन सक्दछन । यो प्रवृत्तिले  विकासोन्मुख मुलकुहरुको आर्थिकव्यवस्थालाई अत्यन्त विषाक्त  बनाइरहेको हुन्छ । ती मुलुकहरुको आर्थिक, सामाजिक तथा राजनैतिक संस्थागत संरचना,  धनको सृजनामा  होइन अनुत्पादक हस्तान्तरणको लागी अनुकुल हुन्छ । यसर्थ यो प्रवृत्तिको प्रभावकारी नियन्त्रण विना देशको विकास र प्रगतिका योजना केवल दिवास्वपना मात्र सावित हुने गर्दछन । यसलाई भ्रष्टाचार भन्दा धेरै गुणा ठूलो र जटिल समस्या मानिएकोछ ।

रेन्टसीकिग कार्यका अनेक रुप र आयामहरु छन । कर्मचारीतन्त्रबाट राज्य र समुदायलाई नोक्सान र सिमित व्यक्ति, व्यवशायी तथा स्वार्थसमुहहरुलाइ फाइदा हुने गरि सरकारी नीति योजना र कार्यक्रम कार्यान्वयन गरिन्छ । त्यसबाट आर्जित कमाई घुस, कमिशन, महिनाबारी,हप्तावारी आदिको रुपबाट बाँडफाँड गरिन्छ । सार्वजनिक सेवाको दायित्व निर्वाहको क्रममा सेवाग्राहीहरुलाई कृत्रिम विवशता सृजना गरेर तथा करछली, राजस्व ठगीमा मिलेमतो गरेर  घुस लिने गरिन्छ, । न्यायिक  प्रक्रियामा समेत आर्थिक चलखेल हुने गर्दछ ।

रेन्टसिकिंग कार्य  राजनीतिक निकाय, संसद एवम सरकारबाट कानुन तथा नीति निर्माण कार्यमा अनुचित प्रभावमा पारेर पनि हुन्छ  । यस्तो अवस्थामा सरकारी नीति, कार्यक्रम, रणनीतिहरु व्यक्तिगत वा खास स्वार्थ समुहको हितलाइ केन्दमा राखेर तय हुन सक्दछन । भनिएको छ ः समग्र समाजको हित विपरित आफनो वर्ग समुहहरुको हितको लागि नीति निर्णय गराउन दिने दवाव, आन्दोलन, प्रचारवाजी, बन्द हडताल, विद्रोह आदिबाट समेत रेन्ट सिकिगको अवसर सृजना गराइन्छ । एनजिओ र आइएनजियो बाट हुने दक्ष जनशक्तिको दुरुपयोग , सार्वजनिक बजेट तथा सुविधाको असमान वितरण,  स्वार्थ समुहरुको नीति निर्माणमा प्रभाव, कृत्रिम अभाव सृजना इत्यादि  रेन्ट सिकिग गतिविधिका विभिन्न रुप मानिएका छन ।राजनैतिक अर्थशास्त्रिहरुले अनुत्तरदायि, अपारदर्शी एव झन्झटिलो सरकारी  प्रक्रियालाई  रेन्टसिकिंगको उर्वरभूमि मान्दछन ।

रेन्ट सिकिगको अवधारणा अलि जटिल छ । यो निरपेक्ष रुपमा अवैध हुदैन, बैध जति सवै जायज पनि हुदैन । प्राकृतिक स्रोत सम्पदा प्रयोगबापतको रोयल्टि, कपि राइट तथा पेटेन्ट राइट जस्ता बौद्धिक सम्पत्ति अधिकारको संरक्षणलाई बैध तथा जायज रेन्टसिकिग मानिन्छ । तर कर छुट, क्षतिपूर्ति, एकाधिकार इत्यादि बैधताको दायरा भित्र हुने अनुचित रेन्ट सिकिंग अत्यन्त खतरनाक मानिन्छ ।

कानुनी एवम नीतिगत समस्या तथा कमजोरीहरु,  भ्रष्टाचार तथा रेन्टसिकिग गतिविधिका रुपहरु र त्यसको असरको सम्बन्धमा सामाजिक चेतना स्तरको कमी, कर्मचारी तथा सार्वजनिक जिम्मेवारी रहनेहरुको महत्व, भूमिका तथा योग्यता अनुुुसार पारिश्रमिक तथा सुविधामा कमी, बढ्दो महंगी एवम अन्य खर्च वृद्धिको कारण मौद्रिक आय बढे पनि वास्वविक आयको घट्ने कारणले सम्मान जनक जीवन निर्वाहमा अपूग, कानुनी दायरा तथा छिद्रहरुको दुरुपयोग, व्यक्तिगत लोभ लालच, नेतिकताको अभाव, नैतिक मूल्यहिन सामाजिक तथा कार्यस्थलको माहोल आदि तत्वहरु रेन्टसिकिग कार्यलाई प्रोत्साहन गर्ने स्रोतहरु मानिन्छ ।

विकासोन्मुख मुलुकहरुमा रेन्ट सिकिग संक्रमणको परिणाम अत्यन्त  भयावह पूर्ण मानिन्छ  । कर्मचारी तन्त्रनै सरकारी नीति तथा कार्यक्रमहरु लागू गर्ने मूख्य औजार हो ।  रेन्टसिकिग प्रवृत्ति हावि हुँदा त्यो सरकारी मेकानिज्म खिया लागेर भुत्ते भएको हुन्छ । नयाँ सुधारका कार्यक्रम यदि रेन्ट सिकरहरुको हित स्वार्थ प्रतिकुल भए लागू हुन नदिने, भए भने पनि असफल पार्ने काम हुन्छ । सरकारी प्रयास निकम्बा सावित हुने गर्दछ ।

रेन्टसिकिँग महामारीको कारण देशको अर्थतन्त्रमा उत्पादन लागत अस्वाभाविक रुपमा अत्यधिक हुन्छ, उत्पादकत्व न्युन हुन्छ । त्यसकारण राष्ट्रिय अर्थतन्त्रको प्रतिस्पर्धी क्षमतालाइ क्षिण बनाउँछ, साथसाथै आन्तरिक तथा बाह्य लगानी दुरुत्साहित हुन पुग्दछ  । आधुनिक अर्थव्यवस्थामा उद्यमशिलता र इन्नोभेशन आर्थिक विकासको लागि इन्जिन वा ड्राइभिंग शक्ति मानिन्छ तर रेन्टसिकिग वातावरणसग तीनको विपरित सम्वन्ध हुन्छ । रेन्टसिकिग समाज उद्यमशिलताको निम्ति मृत नदि सरह मानिन्छ ।

रेन्ट सिकिँगबाट अक्रान्त देशको शान्ति शुरक्षा तथा कानुनी शासन निरिह हुन्छ ।, न्याय र सुरक्षाको खरिद विक्रि हुन्छ । सिमित व्यक्ति रातारात धनि हुन सक्छन,  आम नागरिकको आर्थिक हैसियत गिर्दै जान्छ र आर्थिक असमानता बढ्दै जान्छ । रेन्टसिकरहरुले अनुचित लाभको लागि अनुचित लगानी गर्दछन र सर्वसाधारणले राज्यबाट स्वाभाविक सेवालिन पनि घुस तथा दलाली खर्च दिनु पर्ने हुन्छ, यस्तो कार्यमा राष्ट्रको ठूलो सम्पत्ति अनुत्पादक र अनुचित रुपमा अपव्यय हुन्छ ।

रेन्ट सिकिँग प्रवृतिकाेे रोगग्रस्थ राज्यमा सरकारी सेवाको प्रवाह जनमैत्री र प्रभावकारी  हुन सक्दैन । आयोजना तथा कार्यक्रमहरु यथोचत कार्यान्वयन हुँदैनन, भएको पनि समयमा नहुने , सरकारी प्रतिबद्धताहरु पुरा नहुने  हुँदा  जनविश्वास समाप्त हुँदै जान्छ । रेन्ट सिकरहरुको प्रत्यक्ष वा परोक्ष कारण सैनिक विप्लव वा  राजनैतिक विद्रोह, आन्दोलन, सरकार वा व्यवस्था परिवर्तन आदिबाट राजनैतिक अस्थिरता सृजना हुन सक्दछ ।

नाजायज रेन्ट सिकिँग कार्य भनेको फाँटवालाको सामान्य जिन्सि नगदको बेरुजुको भ्रष्टाचार मात्र होइन, उपल्लोस्तरको आर्थिक, समाजिक, राजनीतिक, प्रशासनिक, न्यायिक तथा सुरक्षा शक्ति वा निकायलाई समेत हातमा लिएर गरिने राष्ट्रको ब्रम्हलुट हो ।  रेन्टसिकरको शक्ति र प्रभावको कारण राजनैतिक सत्ता र व्यवस्था समेत तलमाथि हुन सक्ने भएकोले केवल प्रशासनिक उपायबाट यस्को नियन्त्रण हुन संभव हुदैन ।  राजनैतिक सुधार, सरकारी प्रतिबद्धता र प्राथमिकता , व्यापक जनचेतना, नागरिक समाज तथा विभिन्न सामाजिक संस्थाको  एवम मिडियाको भूमिका, कानुनी तथा नीतिगत सुधार, आधुनिक प्रविधिको प्रयोगबाट रेन्टसिकिग गतिविधिमा नियन्त्रण गर्न सम्भव हुन सक्छ ।

नेपाल जस्तो विकासोन्मुख  मुलुकमा  यो रेन्टसिकिंङ्ग प्रवृत्ति रुपि वनमारा झाडि नफाँडिकन आर्थिक उन्नतिको गाडी चल्ने राजमार्ग  बन्दैन, तर याे त्यति सजिलो  पनि छैन । समाजको परम्परागत पृष्ठभूमि, राजनैतिक प्रणाली, धर्म,सस्कृति, सामाजिक मूल्य मान्यता, नैतिक मापदण्डहरु, व्यक्तिगत मानसिकताको चरित्र र प्रकृतिको उपज पनि हो त्यसैले जब्बर छ । यो मध्य युगिन सामन्ती  लागि ठूलो चुनौति हो  ।

नयाँ सरकारले आर्थिक विकासका अधिकतम सम्भावनाहरुलाई वास्तविकतामा परिणत गर्न, मुलुकलाई  दोहोरो अंकको आर्थिक वृद्धिदर सहित समृद्धिको पथमा अगाडि बढाउने हो भने  इथिपियामा झै रेन्टसिकिँग प्रचलन र प्रवृत्तिलाई समेत  गम्भिर समस्याको रुपमा स्विकार गर्नु पर्ने हुन्छ । साथै यस्लाई  नियन्त्रण गर्ने प्रभावकारी रणनीति अपनाउन अपरिहार्य देखिन्छ । निश्चित आर्थिक विकासको सम्पूर्ण समस्या यो मात्रै होइन तर यसलाई जुन स्तरको समस्याको रुपमा बोध हुनु पर्ने हाे त्यो हुनु पर्ने हुन्छ । यस्ता आधारभूत प्रकृतिका समस्याहरु कार्पेटमुनी लुकाउन खोज्दै मुढेबलले विकासे रथ तान्न खोज्नु वा ह्याकुलाले पेलेर समुचित आर्थिक समुन्नतिको सपना देख्नु राजनैतिक मुर्खताको पराकाष्ठा सावित हुनेछ । कामना छ आउँदा वामपन्थीहरुको भारी बहुमत सरकार रेन्टसिकिँगको चास्निमा नडुबोस ।

कृष्ण पौडेल, कोपेनहेगन डेनमार्क

बेनी खुल्लामञ्चबाट बेहुला अन्माइयो

0

गयौं बाबु काखको दुध छुटाएर ।
बा–आमालाई नराखे फुटाएर ।।
ल्याएकी दुलही राम्ररी पाले ।
जन्मदिने बु–आमा नफाले ।।
लक्ष्मीको कर्मघर पाईलो ।
अव घर बनाउँदै रमाईलो ।।
लेउन बहिनी बालेर बत्ती ।
दाई भाउजुलाई सम्झेर एकचोटी ।।
नाङ्लोमा टिका फलफुल, मालाले सजाउँदैस्टेजमै जग्गे हालियो ।जातीय पहिरनमा सजिएका ब्राह्मण महिलाको साथमा दुलाह, अनि पुहोरित पनि देखा परे। दुलाहकी आमाले छोरालाई दुलहीको घरमा जानु अघी बेहुलाकी आमा बन्दै जन्ती पठाउँदा पूरा गर्नुपर्ने संस्कार र प्रक्रिया पुरोहितले सुनाउँदा भावुक भईन् ।

पुरोहितको हाउभाउ, बेहुलाको अनुहारमा चमक, रत्यौलीका लागि तयार भएका महिलाको दृष्यले शनिबार छैटौं म्याग्दी महोत्सव माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक तथा व्यापार मेला विवाह उत्सवजस्तै देखिन्थ्यो । विवाहमा केटा पक्षको घरमा जन्ती र बेहुला बेहुलीको घरतर्फ प्रस्थान गरेपछि त्यस दिनमा महिला र यूवतीहरू मिलेर खेल्ने रत्यौलीले महोत्सवस्थल विहे घरजस्तैद देखियो ।

बेहुलालाई अन्माएर जन्ती सहित बेलुही घरमा पठाएलगत्तै महोत्सवस्थल रत्यौलीमय भएको थियो ।खुल्लामञ्चमा बजार देखी गाउँबाट आएका खचाखच दर्शकको उपस्थितीमा मञ्चको आधा भाग ढाकेर बसेका महिला रत्यौली गाउन थालेपछि दर्शकले समेत नाँच्दै साथ दिएका थिए । म्याग्दी महोत्सवको इतिहासमै पहिलोपटक आयोजित रत्यौली प्रतियोगितामा बेहुलाका आमा, बुबाको ब्यथा र मर्म, बुहारीको स्वभाव, भविस्यका बारेमा रत्यौलीमा घन्किँदा दर्शकले ताली बजाउँथे ।

बेहुलाको घरको आगनमा जस्तै रत्यौलीकै भाकामा गाइने गीतको शब्दले घरीघरी दर्शकलाई कतिबेला हँसाउथ्यो त, घरीघरी स्तब्ध बनाउँथ्यो ।पुरुषलाई निषेध गरिने रत्यौंलीमा पुरुषको भेषमा सेनाको पोशाक, विभिन्न पोशाकमा सजिएर नाच्न आएका पुरुषको गतिविधिले समेत दर्शकलाई पेट मिचीमिची हसाइरहेको थियो।

रत्यौलीमा पुरुषको उपस्थिती भए महिलाले कुटेर पठाउने परम्परा रहेकाले पनि महिलाले पुरुषको भेषमा नाच्ने गर्छन् । पुरुष भेषमा रत्यौलीमा सहभागि हुनेलाई लुठो भनिन्छ । ‘पुरानो मौलिकपन हराउन थालेको छ, रत्यौली पनि पुराको नेपाली मौलिक कला, संस्कृतिभित्र पर्छ’ म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष एवम् खुल्ला लोकदोहारी ,लोकनृत्य तथा रत्यौली गित प्रतियोगिता संयोजक सुविन श्रेष्ठले भने । उनले पुरानो मौलिकतालाई संरक्षण र प्रर्वधनका लागि प्रतियोगिताको आयोजना गरिएको बताए ।

प्रतियोगितामा बाह्मण समाज, क्षत्री समाज, शिक्षामार्ग आमा समुह, भगवती समुह, भृकुटी आमा समुह, गणेश आमा समुह,नेकसरा समु र धौलागिरी नाट्य समुह गरी ८ टोलीको सहभागित रहेको थियो । प्रतियोगितामा सहभागि भएकाले रत्यौलीले मौलिकता जर्गेना गर्न यूवापुस्तालाई समेत सचेत बनाएको धौलागिरी नाट्य समुहका अध्यक्ष रवी कार्कीले बताए । ‘विस्तारै रेकर्ड गीतलाई प्रयोग गर्न थालिएको छ । यस्ता प्रयोगितालाई गाउँस्तरसम्म पु¥याउनुपर्छ’ कार्कीले भने ।

यसैविच प्रतियोगितामा क्षत्री समाज महिला प्रथम र धौलागिरी नाट्य समुह द्धितिय भएको छ । प्रथम, द्धितियले क्रमश नगद १५ हजार १११ र ७ हजार १११ र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित आयोजित महोत्सव १० दिन लामो चल्नेछ । महोत्सवमा जिल्लाको ग्रामीण भेगमा उत्पादन हुने कृषिजन्य उपजहरुको बिक्री, वितरण तथा प्रदर्शनीका साथै नगर एवं गाउँपालिकास्तरीय महिला र पुरुष भलिबल, बास्केटबल, लोकदोहोरीगीत प्रतियोगिता, लाइभ दोहोरी कार्यक्रमलगायत रहेका छन् ।

जोर्नी किन दुख्छ, जोर्नी प्रत्यारोपण के हो ?

0

शरिरको चल्ने भाग छ, त्यसलाई हामी जोर्नी भन्छौं। हात र पाखुराको बीच भाग, हिप ज्वाइन्ट, घुँडा सबै जोर्नी हुन्।जोर्नी प्रत्यारोपण  दुर्घटनामा परेर अंगभंग भएका र उमेर बढ्दै गएपछि हाड खिइएर भएकाहरुलाई गरिन्छ। जोर्नीमा हाड खिइएर यति दुख्छ कि बिरामी हिड्नै सक्दैन।

हात, घुडा, चलाउन नै सक्दैन । त्यो हाड खिइएर बिग्रिएको भाग तासेर गरिने उपचार पद्धतिलाई जोर्नी प्रत्यारोपण भनिन्छ।बढ्दो उमेरसँगै जोर्नीहरु खिइने र बिग्रने , चोटपटक लागेर जोर्नी फुट्ने र कसै कसैमा जन्मजात भएको खराबिका कारण जोर्निको समुचित विकास नहुने लगायतको अवस्थामा जोर्नी प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

जोर्नी दुख्ने, हिड्नै नसक्ने, दैनिक गरिदै आएको काम गर्न नसक्ने भएपछि केही समस्या छ कि भनेर चिकित्सकलाई जचाँउनुपर्छ।

जोर्नी दुखेपछि अप्रेसन विनाको उपचार पद्धतिमा सबैभन्दा पहिला जान सकिन्छ। यसमा नियमित ब्यायाम गर्नुपर्छ। ब्यायामका केही विधि हामीले तय गरेका छौं। हाम्रो फिजियोथेरापी टिमले यस विषयमा सिकाइदिन्छ।

धेरै मोटाउने मानिसहरुमा पनि यस्तो समस्या देखिदैँ आएको छ।  शरिरलाई ओभरलोड भयो भने जोर्नी दुख्ने समस्याले सताउँछ । शरिरले थेक्न नसक्ने भएपछि त्यसलाई बडी माक्स इडेक्स भन्छौं । जोर्नीमा भार पर्न नदिन मोटोपनलाई हटाउनुपर्छ, नियमित ब्यायाम गर्नुपर्छ। धेरै बेर पलेटी कसेर र टुकरुक्क बस्न हुन्न ।

जोर्नी दुख्न थालेपछि हड्डी खिइन ढिलो हुने इजेक्सन पनि लगाउन सकिन्छ। विरामीको आफ्नै रगत निकाल्ने र त्यही रगतबाट ग्रोथ फ्याक्टर निकालेर सुई लगाउन सकिन्छ। यसले हड्डी खिइँन अल्लि बेर लगाउँछ। मलाई पनि जोर्नीको समस्या छ।

मैले पनि रगत निकालेर ९ पटक सुइ लगाइसके । रगत निकालेर  यसरी सुई लगाउँदा १० वर्षभित्रमा हड्डी खिइन्थ्यो भने ५ वर्ष टाढा धकेल्छ ।

अर्को हड्डी बांगो टिंगो भए त्यसलाई सिधा गर्नुपर्छ । त्यसपछि पनि भएन भने प्रत्यारोपणबाट सहयोग लिन सक्छौं। खिइएको भाग तासेर चल्न मिल्ने बनाइन्छ।

नेपालमा १९९८  तिर घुडाको प्रत्यारोपण भित्रिएको छ। हिपको त्यो भन्दा अघि देखि नै सुरु भएको हो। त्यस बेला आक्कल झुक्कल मात्र प्रत्यारोपण गरिन्थ्यो । मुटुका विरामी, विरामी नै उपचार गर्न मानसिक रुपमा तयार नहुदाँ र  जोर्नीमा पिप आएर इन्फेक्सन भएकाहरु, क्यान्सर भएकालाई जोर्नी प्रत्यारोष्ण गर्न सकिदैँन ।

नेपालमा घुडाँ, हिपको साथै दुर्घटना परेकाहरुलाई बढी मात्रामा जोर्नी प्रत्यारोपण गरिदैँ आएको छ। बालबालिकामा क्षयरोग भएकाहरुको हकमा भने पछि रगतको सकुलेसन हिप ज्वाइन्टमा नपुग्ने समस्या पनि छ।

जोर्नी प्रत्यारोपणका लागि सबैभन्दा पहिलो अप्रेसन थ्रिउटर सुविधा सम्पन्न र लेटेस्ट प्रविधिको चाहियो। इन्फेक्सन कन्टोल गर्ने अप्रेसन  थ्रिएटर र डाक्टरको अनुभव राम्रो हुनुपर्यो। अप्रेसनपछि पनि विरामीलाई समस्या आउन सक्छ।

आइसियु राम्रो चाहियो, एथेन्सिया टिम राम्रो हुनु पर्यो, फिजियोथेरापि टिमका साथै बिरामीलाई साइकोलोजिकल रुपमा सपोर्ट दिने अर्को टिम पनि खडा अवस्थामा रहनुपर्छ। एउटा जोर्नीको उपचार खर्च कम्तीमा ५ देखि ६ लाख लाग्छ।

सामान्यतया जोर्नी प्रत्यारोपण गरेपछि त्यसले १५ देखि ३० वर्षसम्म काम गर्छ ।शल्यक्रियाको माध्यमबाट बिग्रिएका जोर्नी पुनर्स्थापना गर्ने प्रक्रियालाई आर्थोप्लास्टी भनिन्छ ।

डा. चक्रराज पाण्डे ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको मेडिकल डाइरेक्टर हुन् । पाण्डेले बिगत २१ वर्षदेखी निरन्तर रुपमा जोर्नी प्रत्यारोपण गर्दै आएका छन् ।

 

पाठेघर खस्नुका कारण र समाधानहरु जानिराख्नुहोस्

0

आफ्नो स्थानबाट (पाठेघर युटेरस) बाहिर निस्कने वा आफ्नो ठाउँमा रहन नसक्ने अवस्थालाई पाठेघर खसेको भनिन्छ। महिला स्वास्थ्यका लागि धेरै कार्यक्रम अनि योजना बने पनि हाम्रोजस्तो विकासोन्मुख देशमा यो समस्या अझै टड्कारो रुपमा छ। महिला घरका कामदेखि लिएर घर बाहिरका काममा पनि उतिकै लागिपरेका हुन्छन्। गह्रौं काम गर्नेदेखि भारी बोक्नेसम्मका कामले बच्चा जन्माउने महिला जोखिममा पर्छन्।

कारणहरु

– गर्भवती अवस्थामा पाठेघर तन्किएर ठूलो हुने भएकाले पनि पाठेघर खस्ने समस्या आउन सक्छ। गर्भावस्थामा पाठेघर तन्किएर ७० देखि १ हजार ग्रामसम्म पुग्ने गर्छ। उक्त अवस्थामा पाठेघरलाई सहयोग गर्ने मांसपेसी पनि कमजोर बन्न पुग्छ। पाठेघरलाई आराम नदिईकन छिटोछिटो बच्चा जन्माउनाले पनि पाठेघर खस्ने समस्या निम्त्याउँछ।

– बच्चा जन्माउँदा लामो व्यथा लागेर वा उक्त समयमा राम्रो हेरचाह अनि सही तरिका अपनाइएन भने पनि पाठेघर कमजोर भई खस्न सक्छ।

– बच्चा ठूलो भएमा वा एकभन्दा बढी बच्चा भएमा पनि पाठेघर खस्ने समस्या आउन सक्छ।

– आमाको तौल बढी भएमा।

– महिनावारी रोकिएपछि एस्ट्रोजेन हर्मोनको कमी भएर।

– पाठेघरमा ट्युमर भएमा।

– लामो समयसम्म खोकी लागिरहेमा।

– कसै–कसैमा जन्मजात पाठेघरलाई सपोर्ट गर्ने मांसपेशी कमजोर भएमा।

समाधानका उपाय 
– परिवार नियोजनका साधन प्रयोग गरी जन्मान्तर बढाउने।

– स्वास्थ्य संस्थामा बच्चा जन्माउने।

– गर्भवती हुँदाको अवस्थामा गह्रौं सामन नउचल्ने।

– आराम गर्ने सुत्केरी अवस्थामा।

– पाठेघरमा ट्युमर पलाएको छ भने उपचार गर्ने।

– लगातार खोकी वा कब्जियत भए, त्यसको समयमै समाधान खोज्ने।

– तौल नियन्त्रण गर्ने।

केगल व्यायम
पाठेघरको मांसपेशी अनि पाठेघरलाई सपोर्ट गर्ने मांसपेशीलाई बलियो बनाउनका लागि यो व्यायम गरिन्छ।

पिसाब फेरिरहेको बीचको बेलामा पिसाब रोक्न खोज्ने, रोक्ने अनि फेरि फेर्ने अथवा ‘पेल्भिक फ्लोर’का मांसपेशीलाई कडा बनाउने ९१ देखि १० सम्म० अनि बिस्तारै खुकुलो बनाउने अभ्यास जुनसुकै बेला गर्न सकिन्छ।

जनचेतना अभावका कारण पनि पाठेघर खस्ने समस्या न्यूनीकरण भइरहेको छैन। त्यसैले जनचेतना जगाउन अत्यन्त जरुरी छ। अर्को भनेको, नियमित स्वास्थ्य जाँच गराउने, स्वास्थ्य संस्थामा बच्चा जन्माउने र त्यसका लागि प्रोत्साहन गर्ने काम पनि उत्तिकै जरुरी छ।

सरकारी अनि गैरसरकारी संस्थाबाट महिला स्वास्थ्यका लागि धेरै योजना र कार्यक्रम लागू भए पनि ग्रामीण भेगका महिलाको हितमा अझै प्रगति हुन सकेको छैन। सहरी भेगमा केही सकारात्मक सुधार भए पनि ग्रमीण भेगका महिलाको स्वास्थ्यमा उल्लेख्य सुधार आउन सकेको छैन।

अतः पाठेघर खस्ने समस्या महिला स्वास्थ्यका लागि प्रमुख चुनौती बनेको छ। यसको न्यूनीकरण गर्न महिला स्वयंजागरुक हुन आवस्यक छ। तसर्थ, आफ्नो प्रजनन अधिकार र स्वास्थ्यका लागि महिला स्वयं सुसूचित हुन उतिकै जरुरी छ।

जान्नुहोस् हर्टअट्याक हुने कारण र जोगिने तरिका

0

हर्टअट्याक हुने ८ कारण :

उच्च कोलेस्टेरोल
उच्च कोलेस्टेरोलले हर्टअट्याकको खतरा ३ गुणा बढाँउछ । रगतमा कालेस्टेरोलको मात्रा जति धेरै हुन्छ, हर्टअट्याकको खतरा पनि त्यति नै धेरै हुन्छ । युवा अवस्थामा देखिने हर्टअट्याकको प्रमुख कारणमा उच्च कोलेस्टेराल र ध्रुम्रपान मानिन्छ।

धुम्रपान
धुम्रपानले हर्टअट्याकको सम्भावना २ देखि ४ गुणा बढाउछ । जति धेरै पटक धुम्रपान गर्यो त्यति नै हर्टअट्याकको सम्भावना बढ्दै जान्छ । मधुमेह, उच्च रक्तचाप र उच्च कोलेस्टेरोल भएका व्यक्तिलाई धुम्रपान अत्यन्तै खतरा मानिन्छ।

उच्च रक्तचाप
उच्च रक्तचाप भएको व्यक्तिमा हर्टअट्याकको सम्भावना २ गुणा बढि हुन्छ।

मधुमेह
मधुमेह भएका व्यक्तिमा हर्टअट्याकको सम्भावना २ देखि ३ गुणा बढी हुन्छ । लामो समयदेखी मधुमेह छ भने हर्टअट्याकको सम्भावना झन् बढी हुन्छ । मधुमेह भएका मानिसले रक्तचाप र कोलेस्टेरोल नियन्त्रण नगरे हर्टअट्याक हुने सम्भावना धेरै हुन्छ।

मोटोपना
मोटोपना र पेट ठुलो भएका मानिसमा हर्टअट्याकको सम्भावना हुन्छ।

वंशाणुगत
परिवारमा कसैलाई हर्टअट्याक (पुरुषलाई ४५ र महिलालाई ५५ वर्षभित्र) भएको छ भने अन्य सदस्यलाई पनि हर्टअट्याक हुने सम्भावना हुन्छ।

अत्याधिक मदिरा सेवन
नियमित अत्याधिक मदिरा सेवन गर्ने र एकैपटक धेरै मदिरा सेवन गर्ने मानिसलाई पनि हर्टअट्याकको सम्भवना हुन्छ।

मानसिक तनाव
मानसिक तनाव वा डिप्रसन भएका मानिसलाई पनि हर्टअट्याकको सम्भावना हुन्छ।

हर्टअट्याकबाट जोगिने १५ तरिका

१. शरीरको तौल नियन्त्रण गर्ने ।

२. सामान्यता अत्यधिक नूनको प्रयोगले उच्च रक्तचापको समस्या निम्त्याउने भएकाले खराब मानिन्छ । त्यसैले खानामा नुनको मात्रा नियन्त्रण गर्नुपर्छ । तर अत्यधिक चिनीको उपभोग तथा खराब किसिमका वा ग्लाईसिमिक इन्डेक्स धेरै भएको अवस्थामा कार्बोहाइड्रेटको पनि नियन्त्रण गर्नुपर्छ।

३. खानामा माछालाई हप्तामा कम्तीमा तीनपटकसम्म सेवन गरौँ । मुटुको रोग लागिसकेका व्यक्तिले फिस आयल क्याप्सुलको नियमित सेवन गरौँ । प्राकृतिक रुपमा पाईने तैलीय माछा र फिस आयल ओमेगा ३ फ्याटी एसिडका स्रोत हुन्।

४. तनाव नियन्त्रण गरौं । किनभने तनावले आन्तरिक सूजनलाई बढाईदिन्छ । नियमित ध्यान गर्ने मान्छेको आयु लम्विने कुरा विज्ञानले पनि पुष्टि गरेको छ।

५. भिटामिन सप्लिमेन्ट गर्ने तथा एन्टिअक्सिडेन्ट भिटामिनहरु जस्तै बिटा क्यारोटिन, भिटामिन ए, भिटामिन सि, भिटामिन ई आदिको उपभोग गर्ने । साथै कोइन्जाइमक्यू १०, सेलेनियम आदिले पनि हृदयाघातबाट रोकथाम गर्छ।

६. दैनिक आधा घण्टादेखि पैतालिस मिनेटसम्म हल्का ब्यायाम गर्ने । हल्का व्यायामले असल कोलेस्टेरोललाई बढाउँछ तथा इन्सुलिन सेन्सिटिभिटीलाई वढाउँछ । यस्तै, टाईप २ डाईबिटिजलाई नियन्त्रण गर्छ र मानसिक स्वास्थ पनि राम्रो हुन्छ।

७. महिलाले दिनमा एक डिं«क रेड वाईन र पुरुषले दुई ड्रिंकसम्म उपभोग गर्दा एचडिएल बढ्छ र रगत पनि पातलो भई हृदयाघातको समस्या कम गराउँछ । तर जथाभावी रुपमा रक्सी पिउँदा उच्च रक्तचापको समस्या तथा डाईलेटेड कार्डियोमायोप्याथी जस्ता मुटुका समस्या निम्त्याउन सक्छन् । तसर्थ वाइन कम सेवन गर्दा फाईदा हुन्छ भने अत्यधिक सेवनले धेरै हानी पु¥याउँछ।

८. गाढा हरियो सागसब्जी , ब्रोकाउली , फर्सी, राज्मा, गेडागुडी, सोया, तोफुवलगायतका सबै प्रकारका फलफूल दैनिक कम्तीमा तीन–चारपटक खानुपर्छ । खानामा फाईवरको मात्रालाई बढाउनुपर्छ, यसले कोलेस्टेरोल नियन्त्रण गर्छ।

९. काचो वा हल्का तेलमा भुटेर २ ३ केस्रा लसुनको प्रयोगले ट्राइग्लिसराइड नियन्त्रण गर्छ । यदि पहिले नै रगत पातलो बनाउने औषधिको उपभोग गर्नुहुन्छ भने चिकित्सकसँग परामर्श लिनुहोस् किनभने लसुनले रगतलाई पातलो बनाउँछ।

१०. कार्बोहाइड्रेटको सेवनलाई नियन्त्रण गर्ने तथा खानामा प्रोटिन र मिनरलयुक्त गाढा हरियो सागसब्जी तथा फलफूलको मात्रा बढाउँने ।

११. यदि उच्च रक्तचाप तथा मधुमेहको रोगी हुनुहुन्छ भने बेला बेलामा चिकित्सककहाँ गएर सल्लाह, सुझाव लिने गरौँ।

१२. शाकाहारी आहार मात्र सेवन गर्नेमा हृदयाघातको समस्या कम हुन्छ।

१३. शरीरमा होमोसिस्टिनको मात्रा बढ्दा पनि हृदयाघात तथा मस्तिस्काघातको समस्या बढ्छ । यो समस्या यात जन्मजात रुपमा देखिन्छ या भिटामिन बि ६ तथा भिटामिन बि १२ को कमीमा देखिन्छ । तसर्थ यसको उपचार वा रोकथाम गर्नुपर्छ।

समय अगावै बच्चा यस कारण जन्मिन्छ

0

प्रत्येक गर्भवती महिलाको स्वास्थ्य राम्रो हुनु जरुरी छ । उनले राम्रो वा पोषणयुक्त खाना र परिवार तथा छरछिमेकको स्नेह र सहयोग पाउनु पर्छ ।स्वस्थ महिलाहरू गर्भावस्थामा तथा सुत्केरी हुँदा कुनै कठिनाइ महसुस गर्दैनन् र त्यस्ता महिलाबाट जन्मिएका बालबच्चा पनि स्वस्थ हुन्छन्।

गर्भवती आमामा उच्च रक्तचाप, मधुमेह एन्टिबडी सेन्ड्रोम बढ्नेलगायतको समस्या भएमा वा पाठेघरमा ट्युमर छ भने पनि समयअघि नै बच्चा जन्मन सक्छ । इन्फेक्सन, पोषण तत्वको कमी, हेमोग्लोबिनको मात्रा कम भएको आमाबाट पनि निर्धारित अवधिभन्दा अगाडि नै बच्चा जन्मन सक्छ।गर्भ रहेको ३७ हप्ताभन्दा पहिले नै जन्मेका बच्चामा विभिन्न स्वास्थ्य समस्याहरू देखा पर्न सक्छन्।

नर्मल बच्चा २ दशमलव ५ केजीको हुन्छ भने समयअगावै जन्मिने बच्चाको तौल एब्नर्मल हुन सक्छ । त्यस्ता एब्नर्मल तौल भएको बच्चालाई बचाउनसमेत गाह्रो पर्न सक्छ । समयअगावै जन्मने बच्चामा जन्डिस, हृदयाघात, ग्लुकोज र तापक्रमको कमीजस्ता समस्या हुन सक्छ ।

बिहानै तातोपानीमा मह र कागती मिसाएर खाँदा हुन्छन् यस्ता फाइदा

0

१. पाचन सुधार्छ
पाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ । यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ, जसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ । कागतीमा रहेको एसिडले पाचनप्रणालीलाई मजबूत पार्न मद्दत गर्छ र अवान्छित विषाक्त पदार्थलाई बाहिर निकाल्छ । यसका अलावा महले एक एन्टीब्याक्टेरियलको रुपमा काम गर्छ र शरीरमा रहेको कुनै पनि प्रकारको संक्रमण हटाउँन मद्दत गर्छ ।

२. कब्जियत हटाउँछ
तातोपानीमा मह र कागती मिसाएर खानाले कब्जियतलाई समेत निको पार्ट । यसले आँतलाई प्रोत्साहित गरेर दिसा खलास गर्नमा सहयोग गर्छ । यसका अलावा यसले आन्त्र म्युकसलाई बढावा दिन्छ । सुख्खा भएको दिसालाई भिजाउँछ । यसले दिसा गर्न सहयोग गर्छ ।

३. लिम्फेटिक सिस्टमको सफाईमा सहयोगी
लिम्फेटिक सिस्टममा पानी र आवश्यक तरल पदार्थको कमी भएमा थकान महसुस हुन्छ । कब्जियत, सुत्न समस्या, उच्च या न्युन रक्तचाप, तनाव र मानसिक स्वास्थ्यमा असर पर्छ । बिहान–बिहान यो मिश्रण पिउनाले लिम्फेटिक सिस्टम सुख्खा हुन मद्दत गर्छ, जसबाट प्रतिरक्षा प्रणालीमा पनि सुधार हुन्छ ।

४. मुख स्वास्थ्यमा सुधार
एसिडिक प्रकृतिको कागती, मह र तातो पानी पिउनाले मुख गन्हाउने समस्या समाधान हुन्छ । कागतीले आक्रामक ब्याक्टेरियालाई मारेर मुख शुद्ध गर्न मद्दत गर्छ । मुख गन्हाउने मुख्य कारण जिब्रोमा जमेको सेतो भाग ‘खाद्य तथा ब्याक्टेरियाका कारण यस्तो हुन्छ’ पनि हो । कागतीसहितको यो मिश्रणले यस्तो सेतो भागलाई हटाएर मुख गन्हाउने समस्या प्राकृतिक रुपमा हटाउँछ ।

५. मूत्रबद्र्धक रुपमा कार्य गर्छ
महमा शक्तिशाली एन्टीब्याक्टेरियल गुण हुन्छ । यसमा कैयौ प्रकारको संक्रमण हटाउने क्षमता हुन्छ । कागती, तातो पानी र महको मिश्रणले एक उत्कृष्ट मूत्रल ९शरीरबाट पानी बाहिरनिकाल्ने तत्व० को रुपमा काम गर्छ । मूत्रमार्गलाई सफा गर्ने यो सबैभन्दा राम्रो तरिका हो । युटिआई या मूत्रमार्ग संक्रमणबाट पीडित महिलाका लागि यो मिश्रण वरदान साबित हुन्छ ।

६. इनर्जी लेबल बढाउँछ
मह र तातो पानीको मिश्रणले शरीरमा इनर्जी वृद्धि गर्छ । शरीरमा बढी इनर्जी उत्पन्न हुँदा शरीरको मेटाबोलिज्म र कार्यप्रणालीमा वृद्धि हुन्छ । महले शरीरका अंगलाई ठीक ढंगबाट काम गर्न प्रेरित गर्छ । बिहान तातो पानी तथा कागतीका साथ मह लिनाले शरीर दिनभर उर्जावान बन्छ ।

७. तौल घटाउन उपयोगी
मह, कागती र तातोपानीको मिश्रण सेवन गर्नाले भोक पनि कम लाग्छ । यसमा फाइबर पाइन्छ,जसले भोक र सुगर लेबललाई कम गरी पर्याप्त इनर्जी प्रदान गर्छ । यसैले नियमित रुपमा बिहान यसको सेवन गर्नाले दिनभर खाने खानामा पनि कमी हुन्छ । जसबाट तौल घटाउन पनि मद्दत मिल्छ ।

८. पोषक तत्व र भिटामिनले भरपूर
मह र कागतीका साथ तातो पानी सेवन गर्दा शरीरका लागि एन्टीअक्सिडेन्ट, भिटामिन र अन्य पोषकतत्व पाइन्छ । यसका अलावा यसमा एन्टिइन्फ्लामेटोरी गुण पनि पाइन्छ । यसैले यसको सेवनले शरीरको रोगप्रतिरोधी प्रणाली मजबूत हुन्छ ।

९ . रोग प्रतिरोधी क्षमता मजबूत हुन्छ
यसको नियमित सेवनले शरीरको प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ । मह र कागतीमा भएको एन्टिअक्सिडेन्ट र अन्य पोषक तत्वले मौसम परिवर्तनसंगै हुने संक्रमणबाट पनि बचाउँछ ।

सबै महिलाले अनिवार्य जान्नै पर्ने, महिनावारीका यस्ता भ्रम

0

१. महिनावारीको समयमा शरिर कमजोर हुने गर्दछ
यो कुरामा केहि पनि सत्यता छैन । तपाईंको शरिर रगतको कमीले कमजोर हुँदैन । यो सत्य हो कि महिनावारीको दौरान तपाईंको शरिरमा १५० मि.लि. रगतको कमी हुने गर्दछ जुन मात्र ४-५ चम्चा हुने गर्दछ ।

२. महिनावारी रगत फोहोर हुने गर्दछ
महिला मित्रहरु, महिनावारी भएको बेलामा श्राव हुने रगत नियमित रुपमा बग्ने रगत समान नै हुने गर्दछ । यसमा दुर्गन्ध पटक्कै हुँदैन र शरिरको रगतभन्दा असामान्य पनि हुँदैन ।

३. सेक्ससँग बच्नुहोस्
यदि तपाईं महिनावारीको दौरान सेक्स गर्दा असहज महसुस गर्नुहुन्छ भने यसबाट बच्दा नै राम्रो हुन्छ तर यदि तपाईं र तपाईंको पार्टनर यसमा सहज महसुस गर्नुहुन्छ भने भने महिनावारी भएको समयमा सेक्सबाट बच्नै पर्छ भने छैन । सम्भोग गर्दा पाइने सन्तुष्टिले महिनावारीमा हुने पिडालाई कम गर्दछ ।

४. व्यायाम गर्नु हुँदैन
यो बेकारको भ्रम मात्र हो । महिनावारी भएको समयमा पनि तपाईं व्यायाम गर्न सक्नुहुन्छ । तर यदि तपाईं योग गर्नुहुन्छ भने स्ट्रेचिङ र गहिरो सास लिने आसन नगर्नुहोला । तपाईं स्विमिङ पनि गर्नसक्नुहुन्छ ।

५. मासिक धर्मको पिडा
यो महिलाहरुलाई हुने सबैभन्दा ठूलो समस्या हो । पहिलो दिनको गम्भीर पिडालाई सामान्य मानिन्छ र यसलाई तपाईं चकलेट खाएर पनि कम गर्न सक्नुहुन्छ । विश्वास गर्नुहोस्, यसले साँच्चै नै काम गर्दछ । तर यदि तपाईंलाई अरु दिनमा पनि पिडा हुने गर्दछ भने तपाईं स्त्री रोग विशेषज्ञको भेट्न पक्कै जानुहोस् ।

६. गर्भवती हुनसक्नुहुन्छ
यो एउटा भ्रम हो । महिनावारीले तपाईंको प्रजनन प्रणालीलाई रोक्दैन । महिनावारी भएको बेलामा सम्भोग गर्नाले तपाईं गर्भवती हुनसक्नुहुन्छ । अनावश्यक गर्भलाई रोक्नका लागि कण्डम वा गर्भनिरोधक औषधी खानु नै उपयुक्त मानिन्छ ।

७ . मन लागेको जे पनि खान सक्नुहुन्छ

महिनावारी भएको समयमा केहि पनि खान नछोड्नुहोस् । तपाईंलाई मन लागेको जे पनि खान सक्नुहुन्छ । महिनावारी भएको पाँच दिनका लागि विशेष डाइट चार्ट अनुसार खान आवश्यक छैन ।