Sunday, May 18, 2025
23.5 C
Beni
23.5 C
Beni
Sunday, May 18, 2025
Home Blog Page 1497

सन्दर्भ अनुसार एउटा प्रसङ्ग : किन बन्ने कम्युनिस्ट ?

0

अजयमिलन श्रेष्ठ

आज अनयासै बाल्यकालिन एउटा सानो घटनाको स्मरण भैरहेको छ।जाडो मौसमको कुनै दिन बिहानी खाजाका रुपमा खादै गरेका मकैका केही गेडाहरू भुइँमा खसे। एकातिर सुख्खा र ठोस रुपका ती गेडाहरूमा धुलो नटांसिने, अर्कोतर्फ म उफ्रदै गरेको घरको त्यो पटाहा पनि सफासुग्घर नै रहेकाले पनि अविलम्ब ती दानाहरू टिप्नु श्रेयस्कर ठानेकैले घोप्टो परेर मैले ती गेडाहरू टिप्न के थालेको थिएँ, मेरा कमिजको खल्तीमा भएका अरु मकै पनि पोखिएर भुंइभरि असरल्ल भए।

मैले नचाहदा नचाहदै अकस्मात घटित त्यस अप्रत्याशित घटनालाई सामना गर्दै हताश र निराश अवस्थामा पनि संयमतापूर्वक पोखिएका खाजा बटुल्नुलाई उत्तम विकल्प मानेर नै मेहनतका साथ जम्मा पार्न सफल भएको थिंए।

मेरा ती कलिला बालमष्तिस्क “लोभानीमुक्त“ हुने कुरै भएन, खुशीले मात्तिदै उफ्रिदै गर्दा पोखिएका केही गेडाहरूको लोभ नगरेको भए दोस्रो पटकको थप अधिक क्षति व्यहोर्नुपर्ने थिएन नि भन्ने चेत त बल्ल मात्र खुलेको जस्तो लाग्छ।

सावधानीपूर्वक मेरा बलबुटाले भ्याएसम्मको सामथ्र्य लगाएर पोखिएका खाजालाई एकत्रित गर्न मात्र के भ्याएको थिएं, टुप्लुक्क आइपुगेका मेरा दाजूले भुंइमा पोखिएर उठाएको खाजा खान हुदैन भन्दै खोसेर कुखुरालाई दिनुभयो। आफ्नै कमजोरीका कारण मुखैको आहारा गुमेको त्यस परिस्थितिमा म केबल मुकदर्शक मात्र बन्न विवश थिंए। कुखुराहरू भने आंगनमा रमाइरमाइ चारा टिप्दै थिए।

मलाई यतिखेर सन्दर्भ जोड्न मन लागेको छ कि–त्यतिबेला आमाले भुट्नुभएको पहिलो घानकै मकै गुमुर्काएर खल्तीभरि राखेर मौकाको फाइदा उठाउन सफल मेरो स्वार्थप्रति आहारिसे बनेकैले मेरा दाजुले उक्त खाजा पोख्याउदां खुच्चिङ भावले पनि त्यही निहुँमा खोसेर फालिदिएको हुन सक्ने आशंकाका साथ दाजुको त्यो कदम आग्रही थियो कि भन्ने प्रशस्त ठाउँ नभएको होइन।

तर आजको परिपक्वताले मैले महसुस गरेको छु कि–भुटेको मकैमा मैले प्राथमिकता पाउनु दाजुको समर्पण भावको कारणले थियो र पोखिएर उठाएको मकै कुखुरालाई दिनुमा उमेरले वहांमा प्राप्त सहि निर्णयन क्षमता र लोभ–त्यागको भावना थियो। दुई चार भोटो बढी फटालेको मेरो दाजुमा जागेको सचेतनाकै कारण मभन्दा वहाँमा “लोभानीमुक्त“ भाव र व्यवहार बढी थियो भन्ने निष्कर्ष मैले यतिखेर निकालेको छु।

“विशुद्ध मानवहितका दृष्टिले आजसम्म यो धर्तीमा जन्मेका अनेकौं दर्शनहरु मध्येको महान मानवतावादी र उत्कृष्ट दर्शन हो माक्र्सवाद।“ यतिखेर चन्द्रप्रकाश सरको यिनै लेखकीय अभिव्यक्तिसंग धेरै सहमति र केही मात्र विमतिका भावनाहरु पोख्दै वहाँद्वारा सम्प्रेषित विचार कै सेरोफेरोमा रम्ने र रमाउने चेष्टा गर्दैछु।

“हतियारले आफै गल्ती गर्दैन, तर हतियार प्रयोग गर्ने मान्छेको आपराधिक चिन्तनका कारण घातकसिद्ध भए झैं माक्र्सवादको कार्यान्वयन गर्ने सन्दर्भमा अनेकौं गल्ती कमजोरी भएका छन्, गम्भीर भुलहरू मात्र होइन् –कैयौं जघन्य र अक्षम्य अपराध समेत भएका छन्।“ त्यसैले त मानवतावादी उक्त उत्कृष्ट दर्शन एउटा अमानवीय निकृष्ट दर्शनका रुपमा प्रयुक्त हुदैछ भन्ने स्वीकारोक्तिका साथ पस्कनुभएको चन्द्रप्रकाश सरको त्यस आशयसंग विमति राख्नुपर्ने कुनै ठाउँ नै छैन । त्यसैले त माक्र्सवादीहरूको यहि गम्भीर भुलका कारण मार्क्सवाद पतनोन्मुख दिशातर्फ उद्दत छ भन्ने कुरा पनि दुविधाको बिषय हो जस्तो लाग्दैन ।

विश्वका किसान मजदुरहरू एक हौं भन्ने प्रतीकात्मक सन्देशरुपी हसियां हथौडा अङ्कित लालझण्डा बोक्ने नेपाली कम्युनिस्टहरूको विडम्बना भनेकै बाईस सत्ताइस झुन्डहरूमा विभाजित हुनु हो। यहि कुरालाई मनन र स्मरण गराउदै चन्द्रप्रकाश सरसंगको बेनीस्थित पीपलचोक नेरको भेटवार्तामा कम्युनिस्ट नीति अब्बल नरहेकै र बाटो स्पष्ट नभएकैले नेपाली कम्युनिस्टहरू विभाजित भएको प्रसङ्गमा यदि कम्युनिस्टहरू एक नहुने हो भने नेपाली यूवाहरूलाई आकर्षित र आबद्ध गर्न नसक्ने र नहुने आशय मैले व्यक्त गरेको थिंए।

“कम्युनिस्टहरू लोभानी पापानी मुक्त हुन्छन्, हुनैपर्छ । त्यसो गर्न नसक्ने हो भने कम्युनिस्ट भनाउनुको कुनै अर्थ रहदैन। लालफिताको फेटा बाधेकै भरमा कोहि कम्युनिस्ट हुँदैन। हसिंया हथौडायुक्त झण्डा बोकेकै भरमा कोहि कम्युनिस्ट भनाउन लायक बनिहाल्दैन।“ हुबहु चन्द्रप्रकाश सरको यहि यथार्थ टिप्पणीलाई आधार बनाइ कसी लाउने हो भने अवश्यमेव यस परिधिभित्र अधिक व्यक्तिहरू अट्न सक्दैनौं भन्ने कुरा निसन्देह छ।

चन्द्रप्रकाश सरकै मप्रतिको सद्भावयुक्त र भरोसापूर्ण शब्दका आधारमा “वर्ग र बौद्धिकताले खांट्टी कम्युनिस्ट हुनुपर्ने मान्छे अजयमिलन सर(म स्वयं)“ पनि यस परीक्षणमा उत्तीर्ण हुने कुरै भएन । त्यसैले त म वहाँका भाषा र भावप्रति पूराकापूर सहमत हुदैछु। अब भन्नुहोस–केपी ओलि वा प्रचण्डको त कुरै छाडौं, मुलुकमा कति जना र क–कसले आफूलाई कम्युनिस्ट बनाउने र भनाउने दुस्साहस गर्नुहोला ? यहि जिज्ञासापूर्ण बिषय र प्रश्न मेरो मानसपटलमा घुमिरहेको छ।

संयोगवश आज नेपालका दुई ठूला कम्युनिस्ट घटक एमाले र माओवादी केन्द्र चुनावी गठबन्धन गर्दै पार्टी एकीकरणको दिशामा अघि बढीरहेका छन्। नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा यो विषय निश्चय पनि सुखद पक्ष नै हुनेछ। तर कथंकदाचित यी दुई पार्टी एक भएछन् भने पनि चन्द्रप्रकाश सरले भन्नु भएझैं सैद्धान्तिक व्यवहारिक दृस्टीले त्यो नया पार्टी अपेक्षित भिन्नै खालको अनुभुति गर्न नसकिने भने निश्चितै छ। त्यसैले पार्टी परिवर्तन गरी नयां कम्युनिस्ट पार्टीको सदस्य बन्नेहरूलाई विचार परिवर्तनको अनुभुति गर्ने अवसर भने कदापि मिल्ने छैन।

केबल व्यक्तिगत नाफा नोक्सानको जोड घटाउ मै पार्टी परिवर्तन गर्नेहरूको कमी नरहेको हाम्रो मुलुकमा उक्त ठूलो बाम पार्टीमा सदस्यता लिनेको भीड बढेमा कुनै अस्वाभाविक हुने छैन “व्यक्तिगत हिसाबले कम्युनिस्टको “क“नबुझेको मान्छेले पनि उक्त पार्टीमा सदस्यता पाउने र यथाशीघ्र विशेष अवसर र जिम्मेवारी समेत पाउने, यस सन्दर्भमा म्याग्दीमा पनि हामीले भोगेका र अनुभव गरेका उदाहरण प्रशस्तै रहेको“ चन्द्रप्रकाश सरको अभिव्यक्तिसंग सहमत हुँदै मलाई एउटा थप कुराको स्मरण समेत भएको छ–वहाँ स्वयम् ०४८ को संसदीय निर्वाचनमा म्याग्दीको तत्कालीन क्षेत्र नं.२ बाट निर्वा्चित हुनुभयो।

यतिखेर मलाई भन्न मन लागेको छ–एमालेबाट प्रतिनिधित्व गर्दै माननीय सांसद बन्नुभएका चन्द्रप्रकाश सर, जुन पार्टीमा आज वहाँ अटाउन सक्नुभएको छैन भने अन्यको आगमन उपस्थिति वा सहभागिताको अर्थ र औचित्य के रहला र खै ? हामीलाई अवगत छ, बेलाबेलामा वहाँले राजनीतिप्रति होइन कि,पार्टीप्रति वितृष्णा जागेको भाव सार्वजनिक गर्दै आउनुभएको छ।

तसर्थ पनि चन्द्रप्रकाश सरको यहि आशयका साथ अभिव्यक्त एक प्रसङ्ग अमेरिकाका पूर्व राष्ट्रपति अब्राहम लिङ्कनले लेखेको एउटा चिट्ठीको मर्म “भीडबाट डोरिन हुदैन“ को उदाहरण दिदै “कम्युनिस्ट पार्टीको रुपमा निकै ठूलो भीड जम्मा हुनुलाई उक्त पार्टीको सदस्यता लिने लालशा र शर्त नबनाउनु“ भन्ने आग्रहप्रति पूरा सहमति जनाउदै नवयूवाहरूप्रति त्यही आग्रहलाई पुनरावृत्ति गर्दैछु।

“हतियारले गल्ती गर्दैन“ भन्दै गर्दा तरकारी काट्नकै लागि मात्र पनि एउटा भयानक तरवारको उपयोग गर्न थालियो भने असहज मात्र होइन अनिष्ट पनि हुन सक्छ। तसर्थ विकल्पमा उपयुक्त सानो चक्कुको प्रयोग गर्दै सो तरवारलाई महानवमीका दिन पूजा आजाका साथ बलि दिने कार्यमा प्रयोग गर्ने गरी सुरक्षित तबरले पूजाकोठामा सजाएर राखिन्छ ।

मानवकल्याणकै निम्ति निर्मित तरवार हिंसात्मक कार्यमा उपयोग हुने खतराले सजकता अपनाइए झैं “मार्क्सवादको आत्मा विशुद्ध मानव हितमा समर्पित“ रहेको तथ्यमा सहमत हुदाहुदै पनि आज त्यसलाई पुस्तकालयको सुन्दर ¥याकमा सजाएर राखिनुको विकल्प छैन भन्ने मेरो बुझाई छ।

लिङ्कनको चिट्ठीमा सम्प्रेषित “आकाशमा उडिरहेका चराहरू,घमाइलो दिनमा भुन्भुनाइरहेका माहुरीहरू र पहाडी काखमा फूलेका फूलहरूको श्वासत रहस्य बुझ्न दिनु पर्ने“ बिषयमा मुखरित भावनाप्रति मार्क्सवाद सम्वेदनशील भयो वा होला ? अनि लिङ्कनकै सोही पत्रको अन्तिम वाक्य र निष्कर्ष निर्भीक, साहसी र उत्साही बन्न प्रेरित हुँदै “मानवताप्रति नरम र आस्थावान हुने“ दिशातर्फ मार्क्स्वाद गम्भीर र उदार रह्यो वा रहला ? आजको सरल तर जटिल सवाल नै यहि हो।

तसर्थ पनि चन्द्रप्रकाश सरले अनुमान गर्नुभएझैं र वहाँकै भाषामा अभिव्यक्त “कहिल्यै कम्युनिस्ट हुन सक्नुहुन्छ जस्तो नलाग्ने“ र “जन्म र संगतले कांग्रेसी कित्तामा“ उभ्याइएको मैलेभने बाल्यकालमा केही गेडामात्र भुइँमा खस्दा पनि लोभनीमुक्त हुन नसकेको र आमाले हाम्रा निम्ति भुटिदिनुभएको मकै खाजा मेरै कमजोरीले गर्दा कुखुराको चारा बन्न पुगेको घटना स्मरण गर्दैछु।
अन्तमा मेरो पनि चन्द्रप्रकाश सरकै झैं एउटै आग्रह छ–कम्युनिस्टहरू या त दर्शन अनुरुप व्यवहारमा सच्चिनुपर्छ कि त व्यवहार अनुसारकै सैद्धान्तिक व्याख्या गरिनुपर्छ।

होइन भने रछ्यानमा असरल्ल घोप्टिएका आहारा टिप्ने जिब्रोले स्वच्छता, स्वस्थता र सभ्यताको नारा लगाउन किमार्थ सुहाउदैन। तसर्थ नेपाली जनताले यतिखेर चन्द्रप्रकाश सरको परिभाषा यसरी परिष्कृत हुँदै–“कम्युनिस्टहरू लोभानी– पापानीयुक्त हुन्छन्, यसै गरिरहने हो भने पनि कम्युनिस्ट भनाउनुको अर्थ रहिरहन्छ। लाल फिताको फेटा बाधेकै भरमा यहाँ कम्युनिस्ट भैरहन सकिन्छ। हसिया हथौडायुक्त झण्डा बोकेकै भरमा जो कोहि कम्युनिस्ट भनाउन लायक बनिहालिन्छ।“ का रुपमा परिमार्जन भएको देख्न अवश्यै चाहदैनन् । ( बेनी साप्ताहिकबाट )

कपाल फुल्यो ? चिन्ता नलिनुहोस, यी हुन् छुटकारा पाउने उपाय

0

युवा अवस्थामै कपाल फुल्ने समस्याले अधिकांश मानिस तनावमा हुन्छन् ।दूषित हावापानी खानपान ज्यादा चिन्ता लिने आदत आदिले कपाल फुल्ने गर्दछ त्यस्तै कसैको बंशानुगत गुणले पनि युवा अवस्थामै कपाल फुल्ने समस्या हुन जान्छ । सेतो कपालले मानिसको पर्सनालिटीमा समेत असर पुर्‍याउँछ । मेलेनिन, भिटामिन बी–१२ को कमी, वंशाणुगत गुण, थाइराइडलगायतका समस्याले पनि मानिसको कपाल फुल्ने गर्छ ।

कपाल सेतो हुनबाट जोगाउन धेरै खर्च गर्ने प्रबृत्ती बढ्दो छ तर, घरमै पनि केही सावधानी अपनाउन सकेमा कपाल फुल्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

अमला
अमलामा एन्टिअक्सिडेसन हुन्छ, जसले कपालका कोषिकाहरूलाई सेतो हुन दिँदैन । त्यसका लागि अमलाको धुलोले नुहाउनुपर्छ वा मेहदीसँग मिलाएर लगाउनुपर्छ । अमलाले कपाललाई मजबुत बनाउन पनि सघाउ पुर्‍याउँछ । अमलाको धुलोलाई कपालमा लगाएमा कपाल सेतो हुने, झर्ने, चुँडिने र पातलो हुने समस्याबाट बिस्तारै मुक्ति पाउन सकिन्छ ।

भिटामिन बी–१२
खानपानमा अलिकति ध्यान दिने हो भने पनि कपाल फुल्न वा सेतो हुन पाउँदैन । भिटामिन बी–१२ युक्त खानाको प्रयोगले कम उमेरमै कपाल फुल्न पाउँदैन । यदि तपाईं शाकाहारी हुनुहुन्छ भने दूध र दूधजन्य पदार्थको सेवन गर्न सक्नुहुन्छ । नत्र माछा, अन्डा, मेवा, कुखुराको मासु पनि दैनिक रूपमा मात्रा मिलाएर सेवन गर्न सक्नुहुन्छ । यस्ता खाद्यपदार्थबाट प्रचुरमा मात्रामा भिटामिन बी–१२ प्राप्त हुन्छ ।

नरिवलको तेल

तपाईं नरिवलको तेल कत्तिको प्रयोग गर्नुहुन्छ रु यदि प्रयोग गर्ने बानी छैन भने आजैदेखि प्रयोग गर्न सुरु गर्नुहोस् । नरिवलको तेलले तपाईंको कपाललाई निकै फाइदा पुर्‍याउँछ । नरिवलको तेलले कपाल मालिस गर्दा कपाल कालो बनाउन मात्र मद्दत गर्दैन, बलियो पनि बनाउँछ । यसले कपाल झर्ने समस्याबाट पनि छुटकारा दिन्छ । नरिवलको तेल सर्वसुलभ रूपमा पाइने भएकाले पनि प्रयोग गर्न सजिलो हुन्छ ।

८ घण्टाभन्दा कम सुत्ने मानिसलाई यस्तो खतरा !

0

दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डप्रेसन)को समस्या देखिएको एक अध्ययनले देखाएको छ ।

अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य पत्ता लागेको जनाएको थियो ।सुत्ने समयावधि र मानसिक अवस्था बीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्नेमा बढी मानसिक समस्या र चिन्ता देखिएको सो अध्ययनमा पत्ता लागेको हो ।

विश्वविद्यालयले अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनमा बढी सुत्ने मानिसमा भन्दा कम सुत्ने मानिसमा बढी नकारात्मक सोचाई पाइएको पनि उल्लेख गरेको छ ।आठ घण्टा भन्दा कम सुत्ने मानिसहरुमा चिन्ता, कुन्ठा, तनाव र निराशा धेरै आउने गरेको सो विश्वविद्यालयद्वारा प्रकाशित मेडिकल जर्नलको पछिल्लो संस्करणमा छापिएको समाचारमा जनाइएको छ ।

त्यसैगरी सो अनुसन्धानले सुत्ने समयमा अनियमितता भएका मानिसहरुलाई ध्यान एकत्रित गर्न निकै गाह्रो हुने गरेको पाइएको पनि बताएका छन् ।सुताई नपुगेका मानिसहरुमा आउने नकारात्मक सोचाईका कारण ध्यान एकत्रित गर्न पनि गाह्रो हुने गरेको अनुसन्धानकर्ताहरुको निष्कर्ष छ ।

अनियमित सुताई भएकाहरुमा नकारात्मक सोँचको विकास हुने गरेको र उनीहरुको जीवनमा नै नकारात्मक असर असर समेत पर्ने गरेको पाइएको समाचारमा जनाइएको छ ।अनुसन्धान टोलीका एकजना सदस्य जाकोब नोटाले नकारात्मक सोँचका कारण उत्पन्न परिस्थितिले मानिसलाई तनावका साथै मानसिक असन्तुलनतर्फ समेत उन्मुख गराउनसक्ने खतरा देखिएको बताउनुभयो ।अनुसन्धानकर्ताहरुले मानसिक तनाव र चिन्ता कम गर्न नियमित रुपमा र दिनमा कम्तीमा आठ घन्टासम्म सुत्नुपर्ने सुझाव पनि दिएका छन् ।

दिनमा ३ कप कफी पिउदा कलेजोसम्बन्धी रोग र क्यान्सरबाट मुक्त

0

समय र मात्रा मिलाएर खाने हो भने कफीले स्वास्थ्यलाई निकै फाइदा गर्छ । गर्भवती महिलाबाहेक अन्य मानिसले दिनमा ३ कप कफी पिउनाले स्वास्थ्यलाई फाइदा गर्ने एक अध्ययनले देखाएको छ ।

‘युनिभर्सिटी अफ साउद ह्याम्पटन’का अनुसन्धानकर्ताहरुले गरेको अध्ययनले आवश्यक मात्रामा कफी पिउनाले मानिसलाई कलेजोसम्बन्धी रोग, क्यान्सर र पक्षघात लगायत दीर्घकालिन प्राणघातक रोगको जोखिम कम हुने देखाएका छन्। कफीमा क्रिम र केक नमिसाउन सल्लाह दिएका छन् ।

३ कप कफी पिउनुको सबैभन्दा ठूलो फाइदा कलेजोसम्बन्धी रोग र क्यान्सरको जोखिम कम हुने देखिएको उल्लेख गरेका  छन् । ठिक्क मात्रामा कफी सेवन गर्नुको फाइदा धेरै भएको  प्रा.रोड्रिकले जनाएका छन् । अध्ययनले हड्डीमा समस्या देखिएको महिलाहरुले पनि कफीको मात्रा कम गर्न सुझाव दिएको छ ।

५२ बर्ष अगाडीको संसारमा फर्किदा.. (फोटो फिचर)

0
Date: 1966-01-31 Location: Beni, Myagdi Description: Dancing at a wedding.

करिव ५२ बर्ष अगाडी म्याग्दीको भकिम्ली गाविस–३ सिम निवासी प्रधानपञ्च रणबहादुर रोका मगरले त्यहाँबाट देखिने हिमश्रंखलाको प्रचारप्रसारका लागि अमेरिकाबाट म्याग्दीमा स्वयमसेवकको रुपमा काम गर्न आएको टोलीलाई अनुरोध गरे । उनको तस्वीरसंगै Wayne Stinson/ Public health malaria specialist) को टोलीले म्याग्दी जिल्लाको गुर्जा देखी बेनीबजारसम्म खिचेका तस्वीरहरूमा पाँचदशक अगाडीको म्याग्दी जिल्लाको अवस्थालाई झल्काउँछ ।

Date: 1965-11-22 Location: Galeshwor, Myagdi Description: Mela

भकिम्लीबाट देखिएको बेनीबजार, आसपासको दृष्य, तत्कालिन समयमा स्थानीयबासीले मुसुङडोलेको मैदानलाई एयरर्पोट बनाउन गरेको प्रयास, गलेश्वरमा लाग्ने बालाचतुर्दशी मेलामा दर्शन गर्न आएका दर्शनार्थी, मुना, देविस्थान, रुमका स्थानीयको संस्कृति रहनसहन लगाएतको दृष्य समेत देख्न पाईन्छ । तत्कालिन समयमा बेनीबजारभित्रको दैनिकी, विभिन्न निर्वाचनका साथै ग्रामिण क्षेत्रका जनताको दैनिकी समेत जस्ताको त्यस्तै तस्वीरमा उतारेका Wayne Stinson ले हरेक तस्वीरको मिति र स्थानलाई समेत प्रष्ट उल्लेख गरेका छन् ।

झट्ट हेर्दा रंगीन र काल्पनिक जस्तै लाग्ने तस्वीरहरूमा रहेका स्थानहरूबाट देखिने डाँडापाखा, गाउँबस्तीले समेत पुस्ताको दैनिकीको कल्पना गर्न सकिन्छ ।  ३० बर्ष अगाडीसम्मका तस्वीरहरुदेखिने गरेको भएपनि बेनीबजारमा निकै सिमित घरहरु, विस्तारै निर्माणधिन अवस्थामा रहेका सरकारी कार्यालय र अहिलेको बेनीबजारलाई जोडेर बहस गर्न सजिलो हुन्छ । बेनीबजार बयरको झाँडी थियो भन्न बुढापाकाको भनाई समेत यहाँ देखाइएको तस्वीरबाट प्रष्ट हुन्छ ।अमेरिकाबाट आएको पिस संयमसेवकको टोलीसंग नजिक रहेका तत्कालिन जिल्ला सभापति भिमप्रसाद गौचनले काम गरेका थिए । बेनीअनलाइनले पुराना तस्वीरलाई प्राथमिकतामा राखेर सम्प्रेसण गरिरहेको छ ।

Date: 1967-03-13 Location: Beni, Myagdi Description: PDO Dor Bahadur and the schools sub-inspector working on Peace Corps volunteer’s porch.
Date: 1965-12-20 Location: Bhakilmi, Myagdi Description: Houses on the hillside and Dhaulagiri in the distance.
Date: 1966-01-28 Location: Beni, Myagdi Description: View of village. Government compound is the set of white buildings on the left. Kali Gandaki River on the right.
Date: 1965-12-20 Location: Myagdi
Description: Malaj village and Annapurna I, Annapurna South, and Hiun Chuli.
Date: 1965-12-21 Location: Bhakilmi, Myagdi Description: “Flat” spot at 7000 feet where residents wanted to build an airport or school. Timbers and stone for building are ready. Ammapurna I, Annapurna South, Hium Chuli, and Machhapuchchre in the backround.
Date: 1967-06 Location: Beni, Myagdi Description: 18 month old son of Vishnu Maya.
Date: 1965-12-20 Location: Myagdi Description: Myagdi Valley seen from 5000 feet above.
Date: 1965-11-13 Location: Malaj, Myagdi Description: Village view. Fence made from slate sheets
Date: 1965-12-21 Location: Bhakilmi, Myagdi Description: Pradhan Panch, posing. He wanted the carpets to block view of Himals.
Date: 1965-11-14
Location: Malaj, Myagdi
Description: Beni bazar as seen from Malaj trail. Myagdi river is above the Panchayat compound outside of the village center. Kali Gandaki river flowing from lower right to center left where the Myagdi river joins it.
Date: 1967-06
Location: Beni, Myagdi
Description: A proud Tek Bahadur and his son.
Date: 1965-12-03
Location: Beni, Myagdi
Description: District assembly: Mula, Ror Bahadur, Kimchour, Nar Bahadur.
Date: 1967-03-13
Location: Beni, Myagdi
Description: Observers at election of district chairman.
Date: 1965-12-03
Location: Beni, Myagdi
Description: Students posing for class picture. Teachers in front.
Date: 1966-08-21
Location: Ratnechaur, Myagdi
Description: View from a helicopter
Date: 1966-01-26
Location: Beni, Myagdi
Description: Shri Panchami sacrifices for Saraswati puja from primary school students.
Date: 1965-12-23
Location: Beni, Myagdi
Description: Gouchan posing for his photo.
Date: 1966-02-08
Location: Beni, Myagdi
Description: Lakshman Baidya, compounder
Date: 1965-11 Location: Beni, Myagdi Description: Opening of the revenue office. Note the microphone.
Date: 1966-02-06 Location: Beni, Myagdi Description: Four men.
Date: 1967-06 Location: Beni, Myagdi Description: Surji Narayan and family
Date: 1965-11-22 Location: Galeshwor, Myagdi Description: Mela
Date: 1967-06 Location: Beni, Myagdi Description: Departure from Beni, last view of Surji Narayan’s hotel.
Date: 1966-01-26 Location: Beni, Myagdi Description: Shri Panchami, Singeing the hide of a sacrificed goat.
Date: 1967-04 Location: Tatopani, Myagdi Description: Looking north with cable suspension bride over the river.
Date: 1966-12-09 Location: Beni, Myagdi Description: Women at Maya Devi’s wedding.
Date: 1967-04 Location: Devistan, Myagdi Description: Temple with Dhaulagiri in the background.
Date: 1965-11-22 Location: Beni, Myagdi Description: The wives of Devendra and Uttam Lal
1966-04-26 Location: Muna, Myagdi Description: Shaman performing rain dance (the thunder rumbled but it didn’t rain).
1966-04-26 Location: Muna, Myagdi Description: Shaman performing rain dance (the thunder rumbled but it didn’t rain)
1966-04-26 Location: Muna, Myagdi Description: Shaman performing rain dance (the thunder rumbled but it didn’t rain).
1966-04-26 Location: Muna, Myagdi Description: Shaman performing rain dance (the thunder rumbled but it didn’t rain).
Date: 1966-02-19 Location: Beni, Myagdi Description: Double wedding of Mukhya and his brother.
Date: 1967-03-13 Location: Beni, Myagdi Description: Election of district chairman.
Date: 1967-03-28 Location: Beni, Myagdi Description: Myagdi District Assembly.
Date: 1966-01-04 Location: Beni, Myagdi Description: Laying the cornerstone for the future road to Pokhara. Suspension bridge over the Kali Gandaki in the background.
Date: 1967-01-26 Location: Beni, Myagdi Description: Shri Panchami, girls preparing food.
Date: 1965-12-26 Location: Darwang, Myagdi Description: Bahun cooking rice for a community event.
Date: 1966-01-24 Location: Beni, Myagdi Description: Looking north at sunset in the Kali Gandaki valley.
Date: 1967-06 Location: Beni, Myagdi Description: Village schoolhouse and cliff across the river
Date: 1966-04-26 Location: Muna, Myagdi Description: Dhan Bahadur’s women-folk. Wood for construction.
Date: 1967-04 Location: Devistan, Myagdi Description: Gompa, with Nilgiri in background
Date: 1965-11 Location: Beni, Myagdi Description: Opening of the revenue office. Note the microphone.
Date: 1965-11-22 Location: Galeshwor, Myagdi Description: People at a mela.

जिरा पानी पिउनुहोस् हुन्छन् यस्ता अचुक फाईदा

0

हामी जिरालाई भान्सामा प्रयोग गरिने मसलाको रुपमा लिन्छौं तर यसलाई हामीले सही तरिकाले प्रयोग गर्न सक्यौं भने यसले हाम्रो शरिरलाई फाइदा पनि गराउँछ । जिरालाई पानीमा उमालेर खान सकेको खण्डमा शरिर स्फूर्त रहन्छ ।

जिरा पानीले एसिडबाट हुने असरलाई कम गर्छ । तपाईलाई पेट फुल्ने समस्या छ भने जिरा पानी पिउँदा हुन्छ । त्यस्तै जिरा पानीले पाचन प्रकिृया समेत सहज बनाउँछ । रक्त प्रवाह सही बनाउन, टाउको दुख्ने समस्याट बामुक्त हुन, शरिरमा आइरनको मात्रा पुर्याउन समेत जिरा फलदायी हुन्छ । बजन घटाउन मा पनि जिरा पानी ले निकै मदत गर्छ , कोलोस्ट्रोल लाइ कन्ट्रोल गर्छ जले गर्दा हार्ट अट्याक देखि बचाउछ , शरीर मा रक्त को प्रबाह लाइ सुचारु गर्नु का साथै पाचन तन्त्र लाइ ठिक गर्छ ।

पुरुषले गर्ने स्थायी बन्ध्याकरण के हो ?

0

भ्यासेक्टोमी पुरुषले गर्ने स्थायी बन्ध्याकरण हो । यो सुरक्षित सामान्य शल्यक्रिया हो । यो शल्यक्रिया गर्दा पुरुषको अण्डकोषथैलीमा एउटा सानो प्वाल पारी त्यहींबाट दुबैतिरका  शुक्रकीटबाहिनी नली (वीर्यनली) बाँधेर काटिन्छ । भ्यासेक्टोमी गरेपछि पुरुषको यौन षमतालाई कुनै असर गर्दैन। भ्यासेक्टोमी गरिसकेपछि ३ महिनासम्म यौन सम्पर्क गर्नपरेमा पुरुषले कण्डम प्रयोग गर्नुपर्छ । किनभने शुक्रकीटबाहिनी नलीमा रहिरहेको शुक्रकीट नख्रिन करीब ३ महिना लाग्छ।

भ्यासेक्टोमीले कसरी गर्भ रोक्छ ?

भ्यासेक्टोमी गर्दा पुरुषको अण्डकोशमा एउटा सानो प्वाल पारी त्यहींबाट शुक्रकीट नलीहरु काटेर बाँधिन्छ । शुक्रकीट आउने दुवै नली बन्द गरेपछि शुक्रकीट आउन पाउँदैनन् । महिलाको डिम्ब र पुरुषको शुक्रकीट भेट हुँदैन र गर्भ रहन पाउँदैन । तर भ्यासेक्टोमीले एचआइभी र यौन रोग सर्नबाट बचाउँदैन । त्यसैले एचआइभी र यौन रोग सर्नबाट बच्न कण्डमको पनि प्रयोग गर्नुपर्छ।

भ्यासेक्टोमी कस्ता पुरुषलाई उपयुक्त हुन्छ ?

  • सन्तानको रह पुगिसकेको
  • एचआइभी संक्रमित र एड्स भएको अथवा एन्टीरेट्रोभाइरल औषधि –एचआइभीको औषधि) सेवन गरिरहेका पुरुषले

भ्यासेक्टोमी गरिसकेपछि ध्यान दिनुपर्ने कुराहरु

  • ज्वरो आएमा, घाउ पाकेको शंका लागेमा अथवा सुन्निएर दुखेमा तुरुन्तै स्वास्थ्य संस्थामा गएर जचाउनुपर्छ।
  • भ्यासेक्टोमी गरेपछि ३ महिनासम्म यौन सम्पर्क गर्दा अनिवार्य रुपमा कण्डम प्रयोग गर्नुपर्दछ । वीर्य जाँच गर्ने सुबिधा भएको ठाँउ छ भने भ्यासेक्टोमी गरेको ३ महिनापछि वीय जाँच गराएर शुक्रकिट भए नभएको यकिन गर्नु अझ राम्रो हुन्छ।
  • भ्यासेक्टोमी गरेको १ हप्तासम्म साइकल, घोडा वा रुख चढ्ने जस्ता काम गर्नु हुँदैन।
  • भ्यासेक्टोमी गरेपछि विशेष परिस्थितिमा शुक्रबाहिनी नली जोडाउन पनि सकिन्छ  । तर, नली जोडेपछि बच्चा हुन्छ नै भन्ने यकिन गर्न सकिंदैन।

भ्यासेक्टोमी गर्न चाहने पुरुषहरुलाई जानकारी

  • भ्यासेक्टोमी गर्न चसो वा जाडो मौसम नै कुर्नु पर्दैन, जुनसुकै महिनामा पनि गर्न सकिन्छ।
  • बन्ध्याकरण गरेको घाउ ५/७ दिनपछि आफैं निको हुन्छ।
  • नजिकको स्वास्थ्य संस्थामा १ हप्तापछि जचाउन जानुपर्छ।
  • भ्यासेक्टोमी गरिसकेपछि कम्तिमा ३ महिनासम्म यौन सम्पर्क गर्दा कण्डमको प्रयोग नगरेम गर्भ रहन सक्छ।

भ्यासेक्टोमी सम्बन्धी वास्तविकताहरु

  • भ्यासेक्टोमी गरेपछि पुरुषलाई ढाड दुख्ने वा कमजोर हुने हुँदैन र पहिलेको जस्तो गाह्रो कामहरु गर्नसक्छन्।
  • भ्यासेक्टोमी गरेपछि पुरुषको पुरुषत्व घट्ने, सम्भोगकार्यमा कमी आउने अथवा कम उत्पादनशील हुने कुनै पनि समस्याहरु हुँदैनन्।
  • भ्यासेक्टोमी पश्चात् सम्भोगमा स्खलन हुने वीर्यको मात्रा, बाक्लोपन अथवा स्वरुपमा केही पनि पहिलेभन्दा फरक हुँदैन तर वीर्यमा शुक्रकीटहरु हुँदैनन्।
  • भ्यासेक्टोमी गर्नु भनेको खसी पार्नु होइन। भ्यासेक्टोमीबाट अण्डकोषको कार्यहरुमा जस्तै शुक्रकीट तथा हर्मोन उत्पादनमा कुनै असर गर्दैन। स्वास्थ्य खबरपत्रिका

तामाको भाडोमा पानी राखेर पिउनुहोस, हुन्छन् यस्ता चमत्कारी फाइदा

0

हिन्दु परम्परामा नभै नहुने धातुको रुपमा मानिने तामा बैदिक मात्र नभइ वैज्ञानिक हिसाबले पनि त्यक्तिकै उत्तम मानिएको छ । विषेश गरेर धार्मिक तथा वैदिक कार्यहरुमा तामाका भाडाहरुको प्रयोग अनिवार्य मानिने गरेको छ ।तामाको भाडाको धार्मिकसंगै वैज्ञानिक हिसावले समेत फाइदाजनक हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । अध्ययनले तामाको भाडामा राखिएको पानी पिउदा विभिन्न फाइदा पुग्ने पनि देखाएको छ । यसरी तामाको भाडामा राखेको पानी पिँउदा यूरिक एसिडको समस्या कम गर्ने, मोटोपना घटाउने, शरिरमा थाइरोक्सिन हर्मोनमा नियन्त्रण लगाएतका समस्या समधानका लागी मद्धत गर्ने गर्दछ । यति मात्र नभइ अरु थुप्रै फाइदा पुग्ने अध्ययनले देखाएको छ ।

 यस्ता पनि छन अरु फाइदाहरु:

१ . तामाको भाँडामा राखेको पानी पिउनाले युरिक एसिडको समस्या कम हुन्छ र जोर्नीको दुखाई कम गर्न रामवाण सावित हुन्छ ।

२. तामाको भाँडमा राखेको पानीमा घुलेको तामा तत्वले शरिरमा थाइरोक्सिन हर्मोनमा नियन्त्रण गर्दछ । जसले थाईराइढको समस्या उत्पन्न हुन दिँदैन ।

३. तामाको भाँडामा राखेको पानी पिउनाले एसिडिटी तथा पेटमा ग्याँस जम्मा हुने समस्याबाट छुटकारा मिल्छ र पाचन प्रणाली पनि सुुध्रन्छ ।

४. तामाको भाँडामा कम्तिमा आठ घण्टा राखेको पानी नियमित रुपमा पिउनाले रक्तअल्पता जास्ता समस्या कम हुन्छ ।

५. तामाको भाँडामा राखेको पानी पिउनाले कोलेस्ट्रोलको समस्या कम हुन्छ र मुटु स्वस्थ राख्न सहयोग पुग्दछ । त्यसैले मुटुका रोगीहरुका लागि तामाको भाँडामा राखेको पानी नियमित रुपमा पिउनु फाइदाजनक हुन्छ ।

६. तामाको भाँडामा राखेको पानीमा पर्याप्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ । यसले सरीरमा क्यान्सर प्रतिरोधी क्षमताको विकाश गर्नुका साथै छिटै बुढ्यौलीका लक्षण देखिने समस्या पनि कम हुन्छ ।

७. शरीरको वजन कम गर्न पनि सहयोग मिल्दछ ।

८. तामाको भाँडामा राखेको पानीमा ब्याक्टेरिया प्रतिरोधी गुण पाइन्छ । जसले पानीमा भएका जिवाणु नष्ट गर्दछ । त्यसैले तामाको भाँडोमा राखेको पानी पिउनाले कमलपित्त, आउँ जस्ता रोगको खतरा कम गर्दछ ।

९. तामाको भाँडामा राखेको पानीमा पाइने लवणका कारण कपाल झर्ने समस्या पनि कम हुन्छ ।

 

आँखाको दृष्टि जोगाउने ७ उपाय

0

डा.राजेन्द्र के.सी

सामान्य र स्वस्थ आँखाले विना कुनै दुखाई टाढा एवम् नजिकको वस्तु स्पष्ट हेर्न वा देख्न सक्दछ । कुनै व्यक्ति जसको आँखा सामान्य छ्रैन उसले टाढाको बस्तु धमिलो देख्न सक्दछ । टाढाको बस्तु हेर्न आँखाका परेलाहरु च्यातेर हेर्नुहुन्न यदि यसो गरेमा आँखा दुख्छ । कुनै बस्तुलाई हेरिरहँदा पनि आँखा दुख्छ । सामान्य आँखा दिनभर निरन्तर घुमिरहन्छ । यसले आफ्नो फोकस एक ठाउँबाट अर्कोतर्फ हेर्दा परिवर्तन गरिरहन्छ । अर्कोतर्फ असामान्य आँखा नजिकको बस्तु हेर्दा स्थिर हुन्छ । त्यसैले आखाँ चलायमान हुन आवश्यक ठानिन्छ । कुनै पनि सिंगो बस्तुलाई पूर्णरुपमा हेर्नुभन्दा त्यसको कुनै भागलाई पहिले हेर्ने र त्यसपछि विस्तारै सिंगो बस्तुलाई हेर्नुपछ । सबै आँखालाई आराम प्रदान गर्नुपर्छ ।

यो जान्न हामीले  पढ्दा, लेख्दा, सिउँद, बुन्दा, टि.भी. वा सिनेमा हेर्दा हाम्रो आँखालाई कसरी प्रयोग गर्नुपर्छ ।

१. झिम्क्याउने
निरन्तररुपमा आँखा झिम्काउन सिक्नुपर्छ । शुरुवातमा यो सचेत रहेर गर्नुपर्छ । पछि गएर यो बानी बन्ने हुन्छ । एक हरफ पढ्दा दुईपटक जति आँखा झिम्काउनु पर्ने हुन्छ । आँखा झिम्काउँदा आँखालाई आराम हुन्छ । कुनै काम गर्दा आँखा झिम्काउनाले काममा बाधा पुग्दैन किनभने आँखाका परेलीहरु नजोडिएजस्तो लाग्छ ।

२. पढाइ र लेखाइ
पढ्दा वा लेख्दा किताबलाई आँखाको धेरै नजिक राख्नुहुनन । आँखा र कितावको दूरी लगभग १२ इन्च जति कायम गर्नुपर्छ । एक घन्टाजतिको निरन्तर पढाएपछि आँखालाई आराम दिनुपर्छ । आँखालाई बन्द गरेर वा आँखामा सफा चिसो पानी छयापेर आराम दिन सकन्छि । यद्यपि, दुबै हत्केलाले आँखालाई ढाक्नु सबैभन्दा उत्तम मानिन्छ ।

३. यात्रा गर्दा पढाइ
गुडिरहेको गाडीमा पढ्ने बानीलाई हटाउनुपर्छ पढिहाल्ने भए पनि बाहिरपट्टी पछाडि गइरहेका/छोडिएका बस्तुलाई हेर्ने क्रम निरन्तर गर्नाले आँखालाई आराम पुग्न जान्छ ।

४. रातमा पढाइ
एकदमै चम्किलो प्रकाशमा पढ्नु हुँदैन । टेबल–ल्याम्पको सहायताले पढ्दा बत्तिको उन्यालो सिधा कितावमा पर्नुहुन्न । सिधा र प्रत्यक्ष प्रकाश कितावको अलि छेउमा पर्नुपर्छ । धमिलो प्रकाशमा पनि पढ्नुहदैन । ट्युबलाइट विद्युतिय बल्बको तुलनामा पढ्नको लागि राम्रो मानिन्छ ।

५. सिनेमा टि.भीः
सिनेमा तथा टेलिभिजन कम हेर्नुपर्छ । १२ वर्षमुनिका केटाकेटीमा आँखा सम्बन्धी इतरदोष बढ्ने सम्भावना बढी हुने हँुदा यो उमेरमा धेरै टि.भी, सिनेमा हेर्न दिनुहुँदैन ।

सिनेमा टी.भी हेर्दा टाउको अलि पछाडी लगी आरामले हेर्नुपर्छ । चिउँडो अलिकति उठाउनुपर्छ ताकि माथिल्लो परेला आधा बन्द जस्तो रहोस् । निरन्तर परेला झिम्काउन बिसर्नु हुँदैन । आँखालाई आराम दिई चलाइरहनुपर्छ ।

६. सिलाइ–बुनाइ
सिउँदा वा बुन्दा सियोको चालसँगै आँखा पनि घुमाउनुपर्छ । एउटै ठाउँमा केन्द्रित नभई आँखालाई चारैतिर घुमाउनुपर्छ ।

७. चस्मा
अत्यन्त चक्किलो प्रकाशमा सस्तो र गुणस्तरहीन चस्मा लगाउनुहुन्न किनभने यसले आँखालर्य असर पु¥याउँछ । राम्रो गुणस्तरको चस्मा मात्र प्रयाृेग गर्नुपर्ने हुन्छ ।

निरन्तरको चस्मा लगाइ आँखाको लागी हानिकारक हुन्छ । आँखाको लागि प्राकृतिक प्रकाश आवश्यक र लाभदायक हुन्छ । दिन–रात चस्मा लगाउनु आँखाको लागि हानिकारक मानिन्छ । त्यसबाहेक आँखाको सहन शक्ति पनि घट्न जान्छ । कमजोर आँखा विभिन्न रोगहरुको शिकार बन्दछ । यस्तो आँखामा प्रकाश प्रति संबेदनशील र सुख्खा हुन्छ ।

दुर्गम क्षेत्रमा सुरक्षित गर्भपतन सेवा विस्तार प्राथमिकतामा

0

जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना र आइपास नेपालको सहयोगमा बिहीबार सदरमुकाम बेनीमा सुरक्षित गर्भपतन सेवासम्बन्धी विषयमा अन्तत्र्रिmया र छलफल सम्पन्न भएको छ । ‘सुरक्षित गर्भपतन सेवा ः प्रजनन अधिकारलाई टेवा’ भन्ने मूल नारासहित जिल्ला परियोजना सल्लाहकार समितिको वैठकमा अन्तत्र्रिmया गरिएको हो ।

कार्यक्रममा आइपास नेपालका जिल्ला संयोजक उपमा बरालले आइपासको परिचय, कार्यक्रमको उद्देश्य, संस्थागत कार्यदिशा, सुरक्षित गर्भपतन सेवामा आइपास नेपालको भूमिका, म्याग्दी जिल्लामा सुरक्षित गर्भपतन सेवाको अवस्था, सेवा प्रदायक संस्था, गत आर्थिक वर्ष २०७३÷७४ को प्रगति र प्राविधिक सहयोग, सबल पक्ष, समस्या र चुनौती लगायतका विषयमा सहजीकरण गरेकी थिइन् ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले जिल्लाको ग्रामीण भेगमा सुरक्षित गर्भपतनसम्बन्धी सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा सुझाव दिएका छन् । उक्त वैठकमा पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–१ गूर्जा र अन्नपूर्ण–८ राम्चेमा सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउनका लागि आवश्यक पहल गर्ने तथा गूर्जालाई प्राथमिकतामा राख्ने निर्णय समेत गरिएको छ ।

म्याग्दी जिल्लाको बेनी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र दरबाङ, रुम, ताकम, लुलाङ, अर्मन, सिङ्गा, भकिम्ली, ज्यामरुककोट, पाखापानी, राखुपिप्ले, भगवती, भूरुङ–तातोपानी र शिख स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतनको सेवा उपलब्ध रहेको छ । महिलाको मन्जुरीमा १२ हप्तासम्मको गर्भपतन सेवा गराउन पाइने कानुनी व्यवस्था रहेको छ भने हार्डनाता तथा जबरजस्ती करणी, मानसिक असन्तुलन र महिलाकै ज्यान जोखिममा रहेको अवस्थामा १८ हप्तासम्मको गर्भपतन गराउन सकिन्छ ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीको अध्यक्षता, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठको प्रमुख आतिथ्य र प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर नारायणप्रसाद रेग्मीले गरेका थिए ।