Friday, May 2, 2025
21.2 C
Beni
21.2 C
Beni
Friday, May 2, 2025
Home Blog Page 278

‘खेल्छ गण्डकी’ महिला भलिबल प्रशिक्षण समापन

0

म्याग्दीका बेनी नगरपालिका वडा नं २ हाँडेभीरमा सञ्चालित १२ दिने ‘खेल्छ गण्डकी’ महिला भलिबल प्रशिक्षण समापन भएको छ । गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजना, म्याग्दी जिल्ला भलिबल संघको ब्यवस्थापन र जिल्ला खेलकुद विकास समिति म्याग्दीको संयोजनमा सञ्चालित प्रशिक्षण आइतबार समापन गरिएको हो ।

गण्डकी प्रदेशमा नयाँ प्रतिभाको खोजी र भएका खेलाडीको क्षमता तिखार्न ‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत विपन्न वर्गका बालबालिका लक्षित प्रशिक्षण सफलतापूर्वक सम्पन्न भएको जल्ला भलिबल संघका महासचिव कुमार किसानले बताए । १२ दिने प्रशिक्षणको प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले शुभारम्भ गरेका थिए ।

समापन कार्यक्रममा भलिबल संघ म्याग्दीका अध्यक्ष एवम् प्रशिक्षक तेजेन्द्र बाँनियाले गण्डकीमा महिला खेलाडीहरुलाई उत्प्रेरणा जगाउन प्रशिक्षण सफल भएको बताए । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई लामो समयसम्म प्रशिक्षणमा राखेर उनीहरूको सीपलाई खेलमार्फत नतिजा निकाल्ने, नयाँनयाँ प्रतिभा खोजी गरी अवसर दिने, खेलवृत्तमा गण्डकी प्रदेशको गौरव बढाउने खेलाडी तयार पार्ने लक्ष्य रहेको छ ।प्रशिक्षणमा ८ जिल्लाका ३० महिला खेलाडीको सहभागिता रहेको छ । प्रशिक्षक तेजेन्द्र बानियाँ, मलिन रोका, ब्यवस्थापनमा कुमार किसान र राजिन पुरी रहेका थिए ।

म्याग्दीमा मगरभाषा,थाली तथा कौडानाँच प्रशिक्षण

0

लोपोन्मुख भाषा,संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तालाई आफ्नो पुख्र्यौली पहिचान हस्तान्तरण गर्ने उद्धेश्यले म्याग्दीमा मगर भाषा, थाली र कौडा नाँचको प्रशिक्षण आयोजना गरिने भएको छ ।

नेपाल मगर संघ म्याग्दीको आयोजनामा सोमबार (भोलि) देखि आयोजना हुने उक्त १५ दिने प्रशिक्षणमा मगर भाषा र मगर संस्कृतिका जानकार दानबहादुर आलेले प्रशिक्षण दिनुहुने नेपाल मगर संघ म्याग्दीका सचिव हिरा पुनले जानकारी दिनुभयो।

मगर वाहुल्य जिल्ला म्याग्दीमा मगर भाषा र लिपिको बारेमा नयाँ पुस्तालाई जानकारी दिने र पुर्खाको विरासतको रुपमा रहेको मगर संस्कृति र परम्परालाई जोगाइ राख्ने उद्धेश्यले प्रशिक्षणको आयोजना गरिएको सचिव पुनले बताउनुभयो ।
२०७८ को जनगणना अनुसार एक लाख,सात हजार ३३ जनसंख्या रहेको म्याग्दीमा मगर जातीको मात्रै ४३ प्रतिशत अर्थात् ४६ हजार २५ जनसंख्या रहेको छ ।

जिल्लामा गत वैशाखमा मगर जातिको उत्पत्ती, दर्शन र मगरात सभ्यताको अध्ययन–अनुसन्धान समेत गरिएको थियो । नेपालमा जातिगत जनसंख्याको हिसाबले मगर नेपालको तेस्रो ठूलो जाति हो भने आदिवासी जनजाति समुदायको पहिलो हो।

म्याग्दीमा करिव चार सय वर्ष अघि गुमेको मगर ‘ढुट’ भाषाको बारेमा पछिल्लो समय चासो वढ्न थालेको पाइएको छ । सातवर्ष अघि बेनीमा नेपाल मगर संघले प्रशिक्षण कक्षा सञ्चालन गरेर मगर भाषा सिकाउन थालेको थियो ।

तर निरन्तरता नपाउँदा सिक्न चाहना भएकाहरुले समेत सिक्ने अवसर नपाएको अवस्थामा अहिले मगरभाषाका साथै मगर संस्कृतिका धरोहर मानिने थाली र कौडा नाँचको प्रशिक्षण राखिएकोले सम्पूर्ण मगर समुदायलाई उक्त अवसरको फाइदा लिन मगर संघ म्याग्दीले अनुरोध गरेको अध्यक्ष लोकेश पुन मगरले बताउनुभयो ।

मल्लकालमा तत्कालीन राज्य सञ्चालकले फरकफरक भाषा बोल्दा गोपनीयता भङ्ग हुने, सुरक्षामा असर र सूचना आदानप्रदान गर्न असहज भएको भन्दै मगर भाषा बोल्न प्रतिबन्ध लगाएका मगर समुदायको जेष्ठ नागरिकहरुको भनाइ छ ।

१८ मगरात क्षेत्रअन्तर्गत पर्ने म्याग्दी र बागलुङमा सन १६सयमा आफ्नो भाषा बोल्ने मगर समुदायलाई दण्ड, जरिवाना गर्न थालिएपछि बोलीचालीमा प्रयोग गर्न छाडेका बताइन्छ । त्यसयता मगर भाषा बोलीचालीको प्रचलनमा छैन । म्याग्दीको बस्तीको नामाकरण र बोलीचालीमा मगर भाषाको लवज आउने गरेको पाइन्छ ।

पक्की पुल बनेपछि म्याग्दीका निस्कोट र छिस्वाङ सडक सञ्जालमा समाहित

0

पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदीमाथि पक्की पुल निर्माण भएपछि मालिका गाउँपालिकाको निस्कोट र मङ्गला गाउँपालिकाको छिसबाङ दरबाङ सडक सञ्जालमा जोडिएका छन् ।

पक्की पुलले मालिका गाउँपालिका–१ मा पर्ने निस्कोट र मङ्गला गाउँपालिकाको वडा नं ५ मा पर्ने छिसबाङलाई दरबाङसँग जोडेपछि यहाँका पाँच हजार बढी जनता लाभान्वित हुनुका साथै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज बजार पु¥याउन सहज भएको छ।

विसं २०७७ साउन ४ गते रु चार करोड ४५ लाख ८१ हजारमा पूर्वाधार विकास कार्यालयले प्रदीप जुम्ली जेभीसँग ४० मिटर लामो पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । उक्त योजनाअन्तर्गत ‘स्टिल ट्रस’ प्रविधिको मोटरेबल पुल निर्माण भएर सञ्चालनमा आएको कार्यालयका प्रमुख इन्जिनियर विष्णु पौडेलले बताउनुभयो ।

पुल निर्माणपछि मालिका गाउँपालिका–१ निस्कोट, २ रुमका साथै मङ्गला गाउँपालिका–५ का छिसवाङ, टिकवाङ र छिमेकी जिल्ला बागलुङको ताराखोलाका सर्वसाधारण लाभान्वित भएका मालिका गाउँपालिका–१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले बताउनुभयो । उहाँका अनुसार पुल निर्माणसँगै निस्कोटबाट मङ्गलाको टिकवाङ–रुम–बागलुङको ताराखोला–खोप्टी–छिसवाङसम्म सडक सञ्जाल विस्तार भएको छ ।

“चौध वर्षअघि सडक पुगेको निस्कोट म्याग्दी नदीमाथि पक्की पुल नहुँदा पालिकाको केन्द्र दरबाङ यातायात सेवाबाट विच्छेद थियो । हिउँदमा नदीबाट नै जोखिमपूर्ण यात्रा गरे पनि वर्षामा समस्या हुने गरेको थियो, छ्यारछ्यारेमा पुल बनेपछि सिङ्गो वडामा बाह्रै महिना यातायात सम्पर्क स्थापित भएको छ”, अध्यक्ष पुनले बताउनुभयो ।

“पुल बनेपछि निकै सहज भएको छ, अब नदीमा हेलिएर वारपार गर्नुपर्ने समस्या छैन”, मङ्गला–५ छिसबाङका विकल सेनले भन्नुभयो, “स्थानीयले उत्पादन गरेका तरकारी, फलफूल, कृषि उपज र दुग्धजन्य पदार्थको बजारीकरणमा पनि पुलले निकै भएको छ ।”त्यसैगरी मालिका गाउँपालिका–१ निस्कोटका रामबहादुर पुनले पनि आफूले उत्पादन गरेको तरकारी र सुन्तला बिक्रीका लागि पुल बनेपछि निकै सजिलो भएको बताउनुभयो ।

सोमबारदेखि यूवा संघ नेपालको सर्वाधिक धनराशीको प्रतियोगिता

0

नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा सोबारदेखि हुने सर्वाधिक धन राशीको गण्डकी प्रदेशस्तरीय पुरुष तथा खुल्ला महिला ‘प्रथम म्याग्दी यूवा कप’ भलिबलको तयारी पुरा भएको छ ।

आइतबार नेकपा एमाले म्याग्दीको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सोमबार विहान ११ बजेदेखि सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको संघका अध्यक्ष विजय घर्तीमगरले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको यूवा संघ नेपालका केन्द्रिय अध्यक्ष क्षितिज थेबेको प्रमुख आतिथ्यतामा सोमबार दिउँसो औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

पत्रकार सम्मेलनमा प्रतियोगितामा पुरुष तर्फ १३ र महिलातर्फ ६ टिमको सहभागिता रहेको छ । प्रथम हुने टिमलाई २ लाख रुपैयाँ,उपविजेतालाई एक लाख २० हजार रुपैयाँ, तृतिय ५० हजार, सान्त्वना २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ।

त्यस्तै महिलातर्फ प्रथम हुनेलाई ८० हजार, द्धितिय ४० हजार, तृतिय २० हजार, सान्त्वना १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ।

प्रतियोगितामा दर्ता शुल्क पुरुषतर्फ ८ हजार, र महिलातर्फ ४ हजार कायम गरिएको छ । पत्रकार सम्मेलनमा नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुबेदीले युवा र खेलकुद अहिलेको समाजको प्रमुख पक्ष भएकाले खेलकुदले युवाको दैनिक जीवनमा धेरै सकारामत्क भूमिका खेल्ने बताउनुभयो ।

युवाहरूको शारीरिक र मानसिक विकासमा खेलकुदको सकारात्मक प्रभाव पार्ने भएकाले नियम अनुसार खेल खेल्न समेत अनुरोध गर्नुभयो ।

पत्रकार सम्मेलनको संघका सचिव सुसन किसानले सञ्चालन गर्नुभएको थियो भने नेकपा एमाले जिल्ला सचिव थमसरा पुनमगर, सचिवालय सदस्य नारायण जिसी, राष्ट्रिय यूवा संघ नेपालका पूर्व अध्यक्ष प्रविण शाही, नेकपा एमालेका कार्यालय सचिव हरिकृष्ण सुबेदी, रेफ्री संयोजक जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँ, खेल संयोजक सौगात गुरुङल लगायतको उपस्थिती रहेको थियो ।

प्रेस युनियनको स्थापना दिवसमा विपन्नलाई खाद्यान्न र स्वास्थ्य परीक्षण

0

नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा म्याग्दीमा स्वास्थ्य परीक्षण, विपन्न परिवारलाई खाद्यान्न साम्रागी वितरण गरिएको छ ।

नेपाल प्रेस युनियन म्याग्दी शाखाले आयोजना तथा नेपाल औषधि ब्यवसायी संघ म्याग्दीको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिक, पत्रकार एवम् संचारकर्मी, विद्यार्थी, मजदुर गरी ६७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । संघका अध्यक्ष एवम् स्वास्थ्यकर्मी शम्भुराज पाण्डेको नेतृत्वमा सुगर, प्रेसर परीक्षण गरिएको थियो ।

त्यस्तै पत्रकार महासंघको कार्यालयमा सरसफाई गर्ने बेनी नगरपालिका–३, भकिम्लीकी मनकुमारी परियार, म्याग्दीबाट प्रकाशित हुने पत्रिका वितरक गर्ने पर्वत जलजला गाउँपालिका–७ धाइरिङका सन्ते नेपाली र बैदेशिक रोजगारीमा श्रीमान गुमाउनुभएकी बेनपा–६ डम्बराकी जानकी विश्वकर्मालाई करिब २२ हजार बराबरको खाद्यान्न साम्रागी वितरण गरिएको थियो ।

स्थापना दिवसको उद्घाटन गदैं नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य धुब्रसागर शर्माले नेपाल पत्रकार महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियानलाई युनियनले ऐक्यबद्धता जनाएको बताउँदै विचार र आस्थाका आधारमा सदस्यता नवीकरण हुन नदिने र सदस्य हुनबाट वञ्चित गर्ने कार्य भएमा प्रतिवाद गर्ने बताउनुभयो ।

‘जिल्लाबाट भएको निर्णयलाई हामीले सर्मथन गछौं, फरकबाटोबाट सदस्यता आएमा मान्य हुने छैन’ केन्द्रिय सदस्य शर्माले भन्नुभयो । स्थापना दिवसको अवसरमा पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम, प्रेस चौतारी म्याग्दीका सचिव अमृत विश्वकर्माले श्रमजीवी पत्रकारको हकहित संरक्षणमा सहकार्यसँगै प्रेस युनियनले रचनात्मक कार्यक्रम गर्दै आएकोमा धन्यवाद दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापति हरिकुमार श्रेष्ठ, पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का, क्रान्तिकारी पत्रकार संघ म्याग्दीका अध्यक्ष कमल खत्री, टे«ड यूनियन कांग्रेस म्याग्दीका सभापति कोमलप्रसाद उपाध्याय लगायतको उपस्थिती रहेको थियो । सोही अवसरमा बेनी सामुदायिक विद्यालयका विद्यार्थीको चेकजाँच सँगै सुगर र प्रेसर रोगका बारेमा सचेतनामुलक कार्यक्रम समेत गरिएको थियो ।

पूर्वाधारको पर्खाइमा कोरला नाका

0

उत्तरी छिमेकी देश चीनको सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१, स्थित कोरला नाकामा आवश्यक भौतिक पूर्वाधार निर्माण नहुँदा समस्या भएको छ । गत कात्तिक अन्तिम सातादेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि खुलाइएको कोरला नाकाको नेपालतर्फ आवश्यक भौतिक संरचना नहुँदा व्यापारी, स्थानीयवासी र पर्यटक समस्यामा परेका हुन् ।

चार वर्षपछि खुलेको कोरला नाकाको नेपालतर्फ आवश्यक पूर्वाधार नहुँदा व्यावसायिक लाभ लिन नपाएको लोमान्थांका व्यवसायी टसी नर्बु गुरुङले बताए । “चीनतर्फ सबै पूर्वाधार छन्,” उनले भने, “नेपालतर्फको सिमानामा भन्सार, सामान भण्डारण, सुरक्षा निकायका लागि भवनलगायतका पूर्वाधार बनेको छैन, त्यसैले कोरला नाका व्यावसायिकरुपमा चल्न सकेको छैन ।”

चीनले एक दिनमा एक जना मात्र जान पाउने र गाडी लैजान नदिने नियम बनाएको छ । झोला र बोरामा अटाउने सामान ल्याउने गरिएको व्यवसायी गुरुङले बताए । चिनियाँ बजारबाट सामान किनेर नेपाली भूगोलमा गाडीमा ल्याउनुपर्दा झन्झट हुने व्यवसायी मिना गुरुङले बताइन् । कोरलाबाट ल्याएको सामान जाँचपास गराउन १३ किमी तल नेचुङ भन्सार कार्यालय र प्रहरी चेकपोष्टमा ल्याउनुपर्दा झन्झट हुने उनको भनाइ छ  ।

नाकामा भन्सार र सुरक्षा निकायको नियमित उपस्थितिका लागि भवन, खानेपानी, सञ्चार सुविधा र शौचालयको तत्कालै व्यवस्थापन गर्नुपर्ने लोमान्थाङ-१ छोसेरका छिरिङ ल्यामो गुरुङले बताए । “नाकामा प्रहरीको उपस्थितिका साथै नेपाली गाडी चीनको बन्दरगाहसम्म पुग्न दिने र एक दिनमा एकपटक मात्र चीनतर्फ जान पाउने नियम हटाएमा सहज हुने थियो,” उनले भने, “यहाँ १० किमी तलबाट पिउने पानी ओसार्नुपर्छ ।”

कोरला घुम्न आउने पर्यटक र व्यापारीका लागि छोसेरका व्यवसायीले त्रिपालको अस्थायी टहरा बनाएर चिया तथा खाजा पसल सञ्चालन गरेका छन् । चिनियाँ बजारबाट स्थानीयवासीले दैनिक उपभोग्य, मदिरा, फर्निचर र कपडाजन्य सामान किनेर ल्याउने गरेका छन् । नेपालतर्फबाट चामल, फापरको पिठो, चिउरा, चाउचाउ, जडीबुटी, पश्मिनालगायत सामान निर्यात गर्न सकिने सम्भावना छ । हाल चीनबाट आयात मात्र भएको छ । नेपाली सामान निर्यात हुन सकेको छैन ।

चीनतर्फ निर्मित भवनभित्र पसलहरू छन् । चीनले कोरला सम्म कालोपत्र सडक निर्माण गरेको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले जारी गरेको प्रस्थान प्रवेशपत्र भएका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा कोरलाको चिनियाँ बजार जान पाउँछन् । करिब एक हजार जनाले प्रस्थान प्रवेशपत्र लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कोरोना महामारी फैलिएपछि २०७६ देखि कोरला नाका पूर्णरूपमा बन्द भएको थियो । त्यसअघि कोरलामा  वर्षमा दुईपटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो । २०३२ देखि कोरला नाका आवतजावतमा कडाइ गरिएको थियो । २०५८ सम्म रोकटोक नरहेको सीमा २०५९ देखि चीनले तारबार गरेर मेलाबाहेकको अवधिमा बन्द गर्दै आएको थियो । कोरला नाका नियमित सञ्चालन र सबै मुस्ताङवासीलाई आवतजावतको व्यवस्था भएपछि स्थानीयलाई सहज भए पनि व्यावसायिकरूपमा सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधारको खाँचो रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले बताए ।

कोरला नाकामा नेपाली सुरक्षाकर्मी र भन्सारका कर्मचारीका लागि चीनले गत कात्तिकमा १० जना अटाउन सक्ने चार कन्टेनर उपलब्ध गराएको थियो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले सुरक्षाकर्मी त्यहाँ गएको अवस्थामा कन्टेनरलाई प्रयोग गरिएको र प्रदेश सरकारको सहयोगमा ‘प्रिफ्याब’ भवन निर्माण प्रक्रियाअघि बढाएको बताए ।

पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत कार्यान्वयन गर्नेगरी प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट पठाएको छ । तीनकोठे ‘प्रिफ्याब’ भवन बनाउन ठेक्का आह्वान भइसकेको र चालु आर्थिक वर्षभित्र तयार हुने पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले जानकारी दिए । रासस

कांग्रेसको नाराबाजीबिच संसद्‍बाट नीति तथा कार्यक्रम पारित

0

प्रतिनिधि सभामा नेपाली कांग्रेसका सांसदको नाराबाजीका बीच सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित गरेको हो।

बैठकमा पनि नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको छानबिन गर्नुपर्ने माग राख्दै अवरोध गरेको थियो।

बैठकमा विरोधबीच अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण पेस गरेका थिए। त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति कार्यक्रमाथिको छलफलको प्रस्ताव पेस गरेका थिए।

नीति तथा कार्यक्रममाथिको छलफलमा सत्तापक्षका तीन सांसदले भाग लिएका थिए। राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको संशोधनको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।

सरकारको तर्फबाट गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए।

बाँदरका कारण बाली जोगाउन नसकेपछि जमिन बाँझै

0

पर्वतको पैयुँ गाउँपालिकाले बाँदर धपाउन ३५ जना हेरालु कर्मचारी नियुक्त गरेको छ । अन्नबाली जोगाउन बाँदर समस्या समाधानका लागि विभिन्न उपाय अवलम्बन गरे पनि समाधान समाधान नभएपछि पालिकाका सातवटै वडामा पाँच-पाँच जनाका दरले हेरालु कर्मचारी नियुक्त गरिएका छन् ।

यसअघि महाशिला गाउँपालिकाले करिब रु ३० लाख लगानी गरेर बाँदर पक्रिने र निकुञ्जमा लगेर छाड्ने अभियान सञ्चालन गरेको थियो । त्यसक्रममा पाँच सयभन्दा बढी बाँदर पक्रेर चितवन राष्ट्रिय निकुञ्जमा छोड्दा पनि समस्या समाधान नभएपछि अभियान स्थगित गरियो । कुश्मा, फलेवास, विहादी र मोदी गाउँपालिकाले पनि बस्ती र खेतबारी वरपरका रुखबिरुवा काट्ने अभियान थाले । पालिका र वडा कार्यालयले लाखौँ खर्च गरेर रुखबिरुवा हटाउँदा पनि बाँदरको समस्या नियन्त्रण हुनसकेको छैन । पीडितहरूले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी गृहजिल्ला पुगेका बेला बाँदर धपाउन कानुन निर्माण गर्न मागपत्रसमेत पेस गरे ।

स्थानीय किसान पुनाखर पराजुलीले विभिन्न उपाय अपनाए पनि बाँदरको आतङ्क न्यूनीकरण हुन नसकेपछि अहिले पर्वतमा खेतीयोग्य जमिन बाँझो राख्ने क्रम बढेको बताउनुभयो । “युवा शक्तिको पलायन, भौगोलिक अवस्था, कृषिमा यान्त्रिकीकरणको अभावजस्ता कारणले बर्सेनि जमिन बाँझो राख्नेक्रम बढ्दै गएको थियो, त्यसैमा बाँदर आतङ्क बढेपछि थप समस्या भएको छ । अहिले हामी बाध्यभएर जमिन बाँझो राख्न थालेका छौँ”, उहाँले भन्नुभयो ।

कृषि ज्ञान केन्द्र पर्वतका अनुसार अहिले पर्वतमा पाँच हजार दुई सय ४४ हेक्टर खेतीयोग्य जमिन बाँझो छ । जिल्लाभर २८ हजार पाँच सय ९२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन भए पनि २३ हजार तीन सय ४८ हेक्टरमा मात्र खेती हुने गरेको छ । ग्रामीण क्षेत्रमा बर्सेनि बालीनाली लगाउन छाडेको जमिनको बढ्दै गएको केन्द्रले जनाएको छ ।

जिल्लाको खेतीयोग्य जमिनमध्ये नौ हजार ७० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । जसमध्ये बाह्रैमहिना सिँचाइ सुविधा भने छ हजार चार सय २० र मौसमी सिँचाइ सुविधा दुई हजार छ सय पचास हेक्टर क्षेत्रफलमा पुगेको छ । पन्ध्र हजार एक सय एक हेक्टरमा सिँचाइ सुविधा पुगेको छैन ।

ज्ञान केन्द्र प्रमुख परशुराम अधिकारीले जिल्लाका सातवटै पालिकामा बर्सेनि जग्गा बाँझो रहने क्रम बढ्दै गएको जानकारी दिनुभयो । कृषिको आधुनिकीकरण, युवाहरूका लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याएर किसानको आम्दानी वृद्धि र दीगो जीवीकोपार्जनमा योगदान पुग्ने अवस्था नभएसम्म खेतीयोग्य जमिन बाँझो राख्ने क्रम बढ्दै जाने उहाँले भनाइ छ । “यहाँको भौगोलिक अवस्था, सिँचाइ सुविधा, युवा जनशक्तिको पलायन र बाँदर आतङ्कका कारण निरन्तर समस्या बढ्दो छ । जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले तत्कालीन जिल्ला विकास समितिको आठौँ जिल्ला परिषद्ले जमिन बाँझो राख्नेलाई कारबाही गर्ने नीति ल्याएको थियो तर त्यो लागू हुन सकेन । यसहिसाबले पर्वतमा जग्गा बाँझो रहने क्रम बढ्दै गएको छ”, अधिकारीले भन्नुभयो ।

पछिल्लो समय विभिन्न स्थानीय तहले पनि बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहनमूलक कार्यक्रम ल्याए पनि प्रभावकारी हुनसकेको छैन । समन्वय समितिले जमिन बाँझो राख्नेलाई कारबाहीस्वरूप जरिवाना तिराउने निर्णय गरेको पनि आठ वर्ष बित्यो । धेरै जमिन भएर, फुर्सद नपाएर, जनशक्ति नभएरलगायतका बहाना बनाउँदै जमिन बाँझो राख्ने जमिनदारलाई हरेक बालीअनुसार प्रतिरोपनी रु ५० का दरले जरिवाना लगाउने त्यसबेला उल्लेख थियो । त्यसैगरी जग्गाधनीले खेती गर्न सक्ने अवस्था नभए नजिकको छिमेकी वा खेती गर्न इच्छुकलाई बाली लगाउन दिनुपर्ने कार्यविधिमा बनाएको थियो तर अहिलेसम्म पनि जग्गाधनीले न आफूले खेती गरेका छन् न अरूलाई नै जिम्मा लगाएका छन् । यो समस्या जिल्लाभर छ । त्यसैले सिँचाइको पर्याप्त सुविधा हुने क्षेत्रमा पनि खेती गर्ने गरिएको छैन ।

कुश्मा नगरपालिका-९ का पुनाखर पराजुलीले बाँदरको हैरानीले करिब २५ रोपनी खेत बाँझै छाडेको बताउनुभयो । काम गर्ने जनशक्ति नभएपछि बाह्रै महिना सिँचाइ हुने जमिनमा पनि उहाँले हिउँदे बाली नलगाउने गरेको बताउनुभयो । स्थानीय विष्णुहरि पराजुलीले पनि ३३ रोपनी खेत बाँझै छाड्नुभएको छ । वर्षमा तीन खेती हुने अवस्थता रहे पनि विष्णुहरि र पुनाखरले जनशक्ति नभएकै कारण बर्खे धानबाहेक हिउँदे खेती लगाउने अवस्था नरहेको बताउनुभयो । पर्याप्त सिँचाइ सुविधा भएर पनि खेत बाँझो राख्ने पुनाखर र विष्णुहरि एक्ला भने होइनन् । जिल्लामा बाह्रै महिना सिँचाइ हुने नौ हजार हेक्टरमध्ये तीन चौथाइ जमिन बाँझो रहेको जानकारहरू बताउँछन् ।

पछिल्ला केही वर्षयता बाँदरका बथान बस्तीबस्ती चहार्न थालेपछि दुःख गरेर लगाएको खेती थन्क्याउन नपाएपछि किसानमा निराशा बढेको छ । केही किसानले व्यावसायिक रूपमै तरकारी र फलफूलखेती गरेको भए पनि बाँदर र अन्य प्राकृतिक कारणले अपेक्षित लाभ लिन नसकेको बताउँछन ।

फलेवाससका नगरउपप्रमुख शोभा क्षेत्रीले गाउँमा ज्येष्ठ नागरिकबाहेक कोही पनि नबस्ने भएकाले जनशक्ति अभावमा खेतीयोग्य जमिन बाँझिदै गएको बताउनुभयो । उहाँले किसानलाई प्रोत्साहनका लागि नगरले विभिन्न कार्यक्रम लागू गरेको बताउनुभयो । “स्थानीय तहहरूले व्यावसायिक खेती गर्ने किसानलाई प्रोत्साहनका कार्यक्रमसमेत ल्याइरहेका छौँ तर पनि बाँझो जमिन सदुपयोग हुनसकेको छैन । थप के उपाय गरेर किसानलाई प्रोत्साहन गर्न सकिन्छ भनेर हामी छलफलमै छौँ”, क्षेत्रीले थप्नुभयो ।

कृषि ज्ञान केन्द्र पर्वतका बागवानी विकास अधिकृत शङ्कर पौडेलले यहाँका अधिकांश स्थानीय तहले किसानलाई घाँसदेखि बीउ र उत्पादित सामग्रीमा समेत अनुदान दिन थाले पनि व्यावसायिक कृषितर्फ आकर्षण बढ्न नसकेको बताउनुभयो । यसका लागि राज्यले अझै उचित नीति र कृषकमुखी कार्यक्रम ल्याउनुपर्ने उहाँको सुझाव छ । रासस

राजनीति प्रतिनिधि सभामा कांग्रेसको नाराबाजी कायमै, सहकारी ठगीमा छानबिन समिति गठन हुनु पर्ने राप्रपाको माग

0

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रतिनिधि सभामा सहकारी ठगी प्रकरणमा छानबिन समिति गठनको माग गरेको छ ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा सुरुमै समय मागेर बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सहकारी पीडितहरुको अवस्थामा गम्भीर बनेकोतर्फ ध्यानाकर्षण गराउँदै सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन आवश्यक रहेको बताए ।

वर्तमान गृहमन्त्री रवि लामिछाने प्रतिपक्षमा रहँदा सहकारी ठगी प्रकरणमा छानबिन आवश्यक रहेको बताउने गरेको स्मरण गराउँदै शाहीले अहिले छानबिन समिति नै गठन नुहुन दुःखद् भएको टिप्पणी गरे ।

उनले भने, ‘सहकारीपीडितहरु सडकमा छन् । नेपाली जनतालाई मार्न पाउने अधिकार कसैलाई छैन । मुटु छ कि छैन गृहमन्त्री ज्यू ? डराएको हो ? फिर्ता पठाएको हो ?’

नेपाली कांग्रेसका सांसदहरुले सहकारी ठगी प्रकरणमा छानबिनको माग गर्दै प्रतिनिधिसभाको आइतबारको बैठकमा पनि नाराबाजी गरेका छन् । उनीहरुको नाराबाजीका बीच सभामुख देवराज घिमिरेले बैठक कार्यसूचीमा प्रवेश गराएका छन् । अहिले अर्थमन्त्री वर्षमान पुनःले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् ।

बाबुछोरा नै क्रिकेट खेलाडी !

0

म्याग्दीको बेनी नगरपालिका-२,कोप्रेका ४८ बर्षिय बालकृष्ण रोकाले शनिबार सदरमु्काम बेनीस्थित खुल्लामञ्चमा सम्पन्न भएको प्रथम म्याग्दी जिल्ला क्रिकेट लिग प्रतियोगिमा रिभरसाइड यूवा क्लव बगरफाँटबाट रत्नेचौर क्रिकेट समुहमाथि दुई रनको झिनो रोमाञ्चक जितका लागि निर्णायक बन्न सफल भए । उनले चार खेलमा ९ छक्का, ११ चौका प्रहार गरे भने फाइनलमा २ छक्का र ४ चौका प्रहार गरेका थिए ।

रोकाले लिग खेल अवधिभर १ सय २० रन जोड्न सफल भए । प्रतियोगितामा प्लेयर अफ द सिरिज घोषित भएका रोकाको खेल देखेर युवा खेलाडी समेत दंग परेका थिए ।उमेरले ५ दशक नजिक पुगेका रोका उत्कृष्ट ब्याटिङ र बलिङ गर्छन् । भारतीय सेनाबाट अवकाश प्राप्त भएपछि गृहजिल्ला फर्किएका रोका भारतमा हुदाँ नियमित क्रिकेट खेल्ने गरेका थिए ।

म्याग्दीमा नियमित रुपमा क्रिकेट खेल नहुदाँ क्रिकेट खेलमा रुची रहेका खेलाडीहरू ओझेलमा परेको महसुस गरेका रोकाले आफ्ना छोरा आयुषलाई क्रिकेट खेलमा जोड्ने प्रयास गरे । शारीरिक रूपमा फुर्तिलो, नियमित अभ्यास गर्ने रोकाले छोरालाई समेत क्रिकेट खेलमा आर्कषित गरेपछि पहिलोपटक बाउछोरा रिभरसाइड यूवा क्लवबाट लिग खेलेका छन् ।

आयुषले खेलअवधिभर ८५ रन बनाए्र । ‘क्रिकेट खेलमा यूवापुस्ताको आर्कषण बढाउन खेल खेलेको थिए, मेरो खेलबाट यूवा खेलाडीमा उर्जा थपिएको छ, अब म्याग्दीमा क्रिकेट खेलको प्रर्बधनमा लाग्छु’ रोकाले बेनीअनलाइनलाई भने ।

उनले म्याग्दीमा क्रिकेट खेलको सम्भावना रहेकाले अब अवकाशपछिको दिनहरू क्रिकेट खेलको प्रर्बधनमा केन्द्रित गर्ने सोच सहित पहिलोपटक म्याग्दीमा आयोजित लिग खेलमा सहभागि भएको बताए ।

उनले नेपालले क्रिकेटमा अन्तर्राष्ट्रिय प्रतियोगितामै उत्कृष्ट प्रर्दशन गरिरहेको अवस्थामा म्याग्दीमा लुकेका खेलाडीको प्रतिभा पहिचान गरी नियमित अभ्यास गरेमा राष्ट्रियस्तरका खेलमा समेत सहभागि हुने सम्भावना रहेको बताए । उनले छोरासँगै प्रतियोगितामा सहभागि भएर जिल्लामा रहेका क्रिकेट खेलाडीको हौसला बढाउन सफल भएको समेत बताए ।

एक छोरालाई पढाइसँगै खेलकुदलाई पनि सँगसँगै लैजाने सोचमा रहेका बालकृष्णले पढाई र खेलकुद दुवै भएमा मात्र भविष्यमा केही गर्न सकिने बताउँछन् । जिल्ला क्रिकेट संघ म्याग्दीका अध्यक्ष प्रविण पौडेलले बुबाछोरा नै क्रिकेट खेलाडीको रुपमा देख्दा निकै उत्साहित भएको बताउँदै जिल्लाको क्रिकेटमा यो महत्वपूर्ण उपलब्धी भएको बताउँछन्।

उनले बालकृष्ण रोका आफु र आफ्नोको मात्रै हैन, क्रिकेट खेलाडीको सफलताका पनि उत्प्रेरक भएको बताए । अब म्याग्दीमा म्याग्दीमा नियमित वन डे, लिग तथा टी–२० नियमित हुने गरी अनुभवी खेलाडीहरुको साथ र सहयोगले सहज भएको । जिल्ला क्रिकेट संघ म्याग्दीले जनाएको छ ।

error: Content is protected !!