Saturday, May 3, 2025
19.4 C
Beni
19.4 C
Beni
Saturday, May 3, 2025
Home Blog Page 276

स्वास्थ्य शिविरमा साढे चार सयको निःशुल्क उपचार

0

गणतन्त्र दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी बेनी नगरपालिका–४ सिंगा उपशाखा र दर्शन फाउण्डेसन पोखराको संयुक्त आयोजनामा भएको स्वास्थ्य शिविरबाट साढे चार सय जना सर्वसाधारणले सुविधा लिएका छन् ।

मानव स्वास्थ्यको रक्षाका लागि स्वास्थ्य शिविर राख्नुका साथै स्वास्थ्य क्षेत्रमा कार्य गर्दै आएको कास्कीको पोखरामा रहेको दर्शन फाउण्डेसन तथा सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटीको सिंगा उपशाखाको आयोजनामा आयोजिति उक्त शिविरमा चार सय ५७ जनाले सेवा लिएको दर्शन फाउण्डेसनका पितम बहादुर सेनले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो –अलिक बढी जोखिम रहने महिलाको स्वस्थ्यलाई मुख्य रुपमा महत्व दिँदै आयोजना गरिएको शिविरमा ९२ जना महिलाहरुले स्त्री रोग सम्बन्धी सेवा लिनु भएको छ ।

त्यसैगरी हाडजोर्नी तथा नसा रोग, मुटु, सुगर लगायतका रोगको पनि सेवा आफ्नै ठाउँमा पाउँदा स्थानीयहरु उत्साहीत भएको उहाँको भनाई छ । दर्शन फाउण्डेशन र नेपाल रेडक्रस सोसाइटी, सिंगा उपशाखा, म्याग्दीको संयुक्त आयोजना तथा युनाइटेड रेफरेन्स ल्याबोरेटरी, पोखरा र बेनी अस्पताल, म्याग्दीको प्राविधिक सहयोगमा आयोजित उक्त शिविरमा विशेषज्ञ डाक्टरहरुले निःशुल्क रुपमा सेवा दिनु भएको थियो ।

सामाजिक क्षेत्रमा काम गर्दै आइ रहेको दर्शन फाउण्डेशनले सिंगामा गरेको स्वास्थ्य शिविरमा पेट, छाती, मुटु, मधुमेह तथा थाइराईड सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरेको छ । स्त्री तथा प्रसूती रोग सम्बन्धी विशेषज्ञ सेवाका साथै जनरल तथा ल्याप्रोस्कोपीक सेवा पनि शिविरमा सिंगाबाटै पाएको धवलागिरी माध्यामिक विद्यालयका शिक्षक डण्डपाणी पौडेलले जानकारी दिनुभयो ।

हाड, जोर्नी, नशा तथा बाथ रोग सम्बन्धी विशेषज्ञ सेवा तथा मधुमेह, रगतमा हुने खराब बोसो, युरिक एसिड सम्बन्धी रक्त एवं पिसाब परीक्षण समेत सिंगामै गर्नुका साथै परिक्षण गरिएका बिरामीहरुलाइ आवश्कय सबैजसो औषधि निःशुल्क वितरण गरिएको थियो ।

जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा आयोजना भएको शिविरमा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका पेट छाती तथा मुटुरोग बिशेषज्ञ डा.कृष्णराज अधिकारी, वरिष्ठ हाड, जोर्नी, नशा तथा बाथ रोग डा.सरोजचन्द्र दाहाल, जनरल तथा ल्याप्रोस्कोपीक सर्जन डा.विराट शर्मा, मेडिकल अफिसर डा.राज गुरुङले सेवा दिनुभएको थियो । बेनी अस्पतालकी निमित्त मेडीकल सुपरीटेण्डेन्ट स्त्री तथा प्रसुती रोग विशेषज्ञ, डा अन्जु थापा, मेडिकल अफिसर डा रामु सापकोटालगायतको टोलीले विशेषज्ञ सेवा प्रदान गरेको नेपाल रेडक्रस सोसाइटी सिंगा उपशाखाका सभापति सुमन बानियाँले जानकारी दिनुभयो ।

म्याग्दी समाज न्युयोर्कको तेस्रो साधारण सभा

0

अमेरिकाको न्यूर्योकमा बसोबास गर्ने म्याग्देली बिचको एकता र सहकार्यका लागि संस्थागत रुपमा सहभागिता आवश्यक रहेको एक कार्यक्रमका बक्ताले बताएका छन् । म्याग्दी समाज न्युयोर्कको तेस्रो साधारण सभाको अवसरमा बोल्ने बक्ताले जन्मभूमि नेपाल तथा कर्मभुमीमा हुने विभिन्न गतिविधिमा म्याग्देलीको सहभागिता परिणामुखी हुने बताइएको थियो ।

म्याग्दी समाज न्युर्योकका अध्यक्ष रमेश तुलाचनको अध्यक्षता तथा संस्थाका उपाध्यक्षय सोम बुढाथोकीको स्वागत मन्तब्य भएको साधारणभामा समाजका वरिष्ठ सल्लाहकार मन रोकाले म्याग्देलीको रचनात्मक कार्यहरुलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

सोही अवसरमा मगर संघ अमेरिकाका अध्यक्ष एवम् समाजका बरिष्ठ उपाध्यक्ष याम पुन, सल्लाहकार तथा संरक्षक भविन शेरपुन्जा, समाजसेवी क्याप्टेन कर्णबहादुर रोका, नेपाल सरकारका अवकाश प्राप्त प्रहरीका एसपी दान बहादुर मल्लले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

साधारणसभाको सञ्चालन महासचिव चयन्द्र बहादुर थापा ( प्रकाश )ले गरेका थिए। साधारणसभामा सांगठनीक प्रतिवेदन संस्थाका महासचिव थापा, आर्थिक प्रतिवेदन कोषाध्यक्ष तिर्थ घर्तीले प्रस्तुत गरेका थिए । साधारणसभामा अध्यक्ष तुलाचनले संस्थामार्फत भइरहेका कार्यहरुलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता जनाए ।

रघुगंगामा निर्माणधिन जलविद्युतका ‘आश्वासन धेरै, काम थोरै’

0

म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेका जलविद्युत आयोजनाले प्रयोग गर्ने सडक मर्मत र स्तरोन्नती नहुदाँ स्थानीयले ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य छन् ।

पटक–पटक जलविद्युत आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाको मागलाई दग्नाम, चिमखोला र कुइँनेमंगलेमा निर्माणधिन अवस्थामा रहेका जलविद्युत आयोजना र गाउँपालिकाले बेवास्ता गर्दा दैनिक सर्वसाधारणले सास्तीपूर्ण यात्रा गर्नुपरेको छ ।

गाउँपालिकाको केन्द्र मौवाफाँट, दग्नाम, दरमिजा, चिमखोला र कुईनेमँगलेको लाइफलाइन मानिने यो सडकको तत्काल स्तरोन्नतिका लागि गाउँपालिका, प्रदेश र संघीय सांसद् जलविद्युत आयोजनाले ध्यान नदिएको भन्दै सडक नै अवरोध गर्दा समेत जलविद्युत आयोजनाले अटेरी गरेको छ ।

गाउँपालिकामा निर्माणाधीन पाँचवटा जलविद्युत आयोजनाले प्रयोग गर्ने पहुँच मार्ग मर्मत र स्तरोन्नतिमा उदासिनता देखाउँदा दुर्घटनाको जोखिम, धूलो र हिलोको समस्या र जोखिमपूर्ण यात्रा गर्नुपरेको ८ का वडासदस्य अगेन्द्र छन्त्यालले बताए । आयोजनाले सडकखण्डमा ग्रडिङ मिलाउने, जोखिमपूर्ण स्थानमा मर्मत लगायतका सहमति अनुसार काम भएको छैन् ।

हिउँदमा धुलो र बर्खायामा सवारीसाधन नचल्ने समस्या रहेको पत्रकार गोपाल छन्त्यालले बताए । मौवाफाँट, दग्नाम, दरमिजा, चिमखोला र कुईनेमँगलेको लाइफलाइन मानिने यो सडकको स्तरोन्नतिका लागि तत्काल गाउँपालिका, प्रदेश र संघीय सांसद्को विशेष पहलको आवश्यकता रहेको छन्त्यालको भनाई छ।

यता गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले विगतमा गरिएको सहमति अनुसार आयोजनाले पिप्ले, मौवाफाँटदेखि कुइनेमंगलेसम्मको प्रतिबद्धता अनुसारको काम गर्ने ताकेता गरिएको छ । उनले हालै भएको सहमति अनुसार काम गर्ने जलविद्युत आयोजनालाई दवाव दिएको समेत बताए ।

विगतमा समेत जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दासँग लिखित सहमति गरेपनि कुनैपनि काम नगरेपछि बेलाबेलामा स्थानीयले जलविद्युतका सवारीसाधनहरु अवरोध गर्ने गरेका छन् ।

रहुघाट जलविद्युतले कालिगण्डकीमा रहेको दाहसंस्कारस्थलमै असर गर्ने गरी फोहोर फाल्नेदेखि सडक मर्मत तथा घुलाम्मे सडकबाट स्थानीयलाई परेको सास्तीलाई समाधान गर्न अटेर गर्ने गरेको छ । जलविद्युत आयोजनाले स्थानीयस्तरमा खानेपानीको मुहान, घर नै चर्किने र अन्य आयआर्जनमा पुर्याएको क्षती अधिक भएपनि विकासमा अवरोध नगर्ने स्थानीयलाई पेलेरै जलविद्युत कम्पनी अगाडी बढ्न खोजेको देखिन्छ ।

रघुगंगामा संंसारको सातौ (८,१६७ मिटर) अग्लो धवलागिरी हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीहरूमा १६७.३ मेगावाट क्षमताका ५ वटा जलविद्युत आयोजना निर्माणाधीन छन्। रघुगंगा नदीमा ४० मेगावाट क्षमताको राहुघाट, २२.५ मेगावाट क्षमताको ठूलोखोला, ४८ मेगावाट क्षमताको अपर राहुघाट, ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट र २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना निर्माणाधीन छन्।

मानिस हिँड्न समेत डर लाग्ने अक्करे पहाड ‘अजिङ्गर भिर’ मा करिब पाँचबर्ष पहिल्य गाउँपालिका र तुँदी पावर कम्पनीसंगै प्रदेश र संघिय सरकारको समेत सहकार्यले पहुँचमार्ग खोलिएको थियो । दैनिक रुपमा जिप, बोलेरो, ट्याक्टर, मोटरसाइकल आवत जावत गर्ने यस सडकमा जलविद्यूत आयोजनाका सामानहरु लिएर ठुलाठुला ट्रकहरु हिड्न थालेपछि सागुरो सडक जिर्ण बनेको छ। सडक समयमै स्तरोन्नती भएमा सहज यात्रा र स्थानीय उत्पादनलाई बजार पु¥याउन सहज हुने देखिन्छ ।

कालीगण्डकीको कटान रोकथाम गर्न पर्खाल निर्माण

0

म्याग्दीको सदरमुकाम बेनीमा कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि ‘काउन्टर फोर्ट’ प्रविधिको पर्खाल निर्माण भएको छ ।

रुपाताल संरक्षण परियोजनामार्फत बेनी नगरपालिका–७ मा रहेको म्याग्दी जेसिजको भवनबाट वडा नं ८ स्थित म्याग्दी उद्योग वाणिज्य संघको भवन पछाडिसम्म कालीगण्डकी नदी किनारमा नयाँ प्रविधिको पक्की पर्खाल निर्माण भएको हो । सो योजना निर्माणका लागि नौ करोड ५६ लाख रुपैयाँमा विसं २०७८ पुसमा रौताह–बिएनबी जेभीले ठेक्का सम्झौता गरेको थियो ।

कालीगण्डकीको कटानबाट उच्च जोखिम रहेको सो क्षेत्रमा एक सय ४० मिटर लम्बाइ भएको काउन्टर फोर्ट (नयाँ प्रविधिको हेभी पर्खाल) र ३० मिटर ग्राभेटी प्रविधिको पर्खाल निर्माण गर्ने काम सकिएको रौताह–बिएनबी जेभीका प्रतिनिधि राजकुमार श्रेष्ठले बताए । उनका अनुुसार नदी किनारमा १४ मिटर फराकिलो जग ढलान गरी ३२, १६ र १२ एमएमको गोलाइ भएका रडहरू प्रयोग गरी दुई मिटरमाथिबाट ५० सेन्टिमिटर बाक्लो र आठ मिटर अग्लो पक्की पर्खाल निर्माण गरिएको छ । पर्खाल निर्माणका लागि कालीगण्डकी नदीलाई डाइभर्सन गरिएको थियो ।

यो ठेक्कामार्फत यसअघि कालीपुल बसपार्कमा ८० मिटर लामो, आठ मिटर अग्लो ग्राभिटी र मङ्गलाघाटस्थित म्याग्दी नदी किनारमा ४६ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माण भएको थियो । विसं २०८१ वैशाखसम्म ठेक्का सम्झौताको म्याद भए पनि २०८० चैतमै निर्माण सकिएको रौताह–बिएनबीका प्रतिनिधि श्रेष्ठले बताए ।

परियोजनामार्फत करिब रु ४८ करोड लागतमा सञ्चालित सातमध्ये चारवटा योजना सम्पन्न भएका र थप तीनवटा सम्पन्न हुने चरणमा छन् । परियोजनाका प्रमुख कालीबहादुर शाहीले ९० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएका योजनाको ठेक्का टुङ्ग्याउने प्रक्रिया अघि बढाएको बताए ।

बेनी नगरपालिका–२ भसभसेस्थित म्याग्दी र कालीगण्डकीको दोभानमा ७५ मिटर लम्बाइ भएको कम्पोजिट पर्खाल निर्माण गर्न रु दुई करोड ३० लाखमा ठेक्का लिएको हिमालयन कन्ट्रक्सनले दुई वर्षको काम चार महिनामै सकेको थियो ।

पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा रहेको कालीगण्डकी आमा समूहको भवन पछाडि ८४ मिटर लामो र आठ मिटर अग्लो पर्खाल बनाउन रु तीन करोड ५० लाखमा ठेक्का सम्झौता गरेको डाभा कन्ट्रक्सनले सुरु गरेको चार महिनामै ९० प्रतिशत निर्माण सकेको परियोजनाका इन्जिनियर कृष्ण विश्वकर्माले बताए ।

जलजला गाउँपालिका–२ र ३ नं वडामा पर्ने बगरफाँटस्थित कालीगण्डकी किनारमा ९० मिटर लामो कम्पोजिट पर्खाल निर्माण गर्न तीन करोड २० लाखमा माछापुच्छ्रे निर्माण सेवाले ठेक्का लिएको योजनाको ९५ प्रतिशत भौतिक प्रगति भएको छ ।

जलजला–२ राममन्दिर संरक्षणका लागि कालीगण्डकी नदी किनारमा एक सय ३८ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । यो योजना निर्माणका लागि माछापुच्छ्रे निर्माण सेवाले रु चार करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

बेनी नगरपालिका–७ मङ्गलाघाटस्थित म्याग्दी नदी किनारमा दुई सय ६२ मिटर कम्पोजिट पर्खाल बनाउन १२ करोड ३७ लाख रुपैयाँमा ठेक्का लिएको सुप्रिम कन्ट्रक्सनका सञ्चालक सुुरेश खड्काले बर्खाअघि नै निर्माण सकिने बताए ।

बेनी नगरपालिका–९ गलेश्वरस्थित राहुघाट र कालीगण्डकी नदी किनारमा एक सय १० मिटर कम्पोजिट पर्खाल निर्माण गर्न भाग्यलक्ष्मी कन्ट्रक्सनले दुई करोड २५ लाख रुपैयाँमा ठेक्का लिएको थियो। राहुघाट नदी किनारमा पर्खाल निर्माण भइसकेको र कालीगण्डकी किनारमा दुई–तीन दिनमा सकिने निर्माण कम्पनीका प्रतिनिधिले जनाएका छन् ।

सबै योजना निर्धारित समयभित्रै काम सकिएका र सम्पन्न हुने चरणमा रहे पनि भुक्तानी नपाउँदा समस्या भएको निर्माण कम्पनीका सञ्चालकले गुनासो गरेका छन् । चालु आवमा नौ करोड रुपैयाँ विनियोजन भएको बजेट भुक्तानी भइसकेको र थप रु नौ करोड बजेट रकमान्तरणका लागि संघीय अर्थ मन्त्रालयमा कागजात पेस गरेको परियोजनाका प्रमुख शाहीले बताए ।

म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनीबजारलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ । परियोजनाले बेनी बजार र आसपासका बस्तीमा कटान नियन्त्रणका लागि गत वर्ष एक अर्ब १९ करोड रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर स्वीकृत गराएको थियो ।

बेनी नगरपालिका–४ सिङ्गा तातोपानी बजार संरक्षणका लागि परियोजनामार्फत काम गर्न आगामी आवमा बजेट प्रस्ताव गरिएको छ । बेनी नगरपालिकाका प्रमुख सुुरत केसीले परियोजनामार्फत कालीगण्डकी र म्याग्दी नदी किनारमा कटान नियन्त्रणका लागि स्वीकृत डिपिआरअनुसार थप बजेट व्यवस्थापन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालयमा पहल गरिएको बताए ।

गाँजाको व्यवसायिक खेती गरिने

0

सरकारले गाँजाको व्यवसायिक खेतीलाई प्रवद्र्धन गर्ने भएको छ।

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१\०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको बताए।

औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यवसायिक उत्पादनका जरुरी रहेकाले व्यावसायिक खेती गर्नका लागि कानुनी व्यवस्था मिलाइने अर्थमन्त्रीले बताए।

यार्सा टिप्न गएकी युवतीको मृत्यु

0

यार्सागुम्बा टिप्न डोल्पा गएकी रुकुम पश्चिमको आठविसकोट नगरपालिका–४ गोतामकोटकी जमुना विष्टको सोमबार लेक लागेर मृत्यु भएको छ ।

डोल्पाको काईके गाउँपालिकाको लैनीमाथिको डाँडामा पुगेपछि २२ वर्षीया विष्टको मृत्यु भएको वडाध्यक्ष नरसिंह विष्टले जानकारी दिए । उनका अनुसार यार्सागुम्बा टिप्नका लागि डोल्पाको नाउँरेमा पुगेपछि निज लेक लागेर बिरामी परेकी थिइन् ।

‘बाटोमा बिरामी भएपछि यार्सा टिप्न सँगै गएका बहिनी र भिनाजुसँग घर फकिर्दै गर्दा मृत्यु भएको हो’, वडाध्यक्ष विष्टले भने, ‘शसस्त्र प्रहरी बलको सहयोगमा गत राति शव डोल्पा जिल्ला अस्पताल दुनैमा ल्याइएको थियो ।’ अहिले अस्पतालमा पोष्टमार्टम गर्ने तयारी भइरहेको जानकारी दिँदै पोष्टर्माटम पश्चात् शव गोतामकोटमा ल्याइने बताए ।

म्याग्दीमा मनाइयो गणतन्त्र दिवस

0

१७ औं गणतन्त्र दिवसको अवसरमा म्याग्दीमा विविधि कार्यक्रम गरी मनाइएको छ । गणतन्त्र दिवस मुल समारोह समितिको आयोजनामा मंगलबार सदरमुकाम बेनीबजारमा प्रभातफेरीको आयोजना गरिएको थियो । सदरमुकाम बेनीमा राजनीतिक दल, सरकारी निकाय तथा विभिन्न संघसंस्थाको सहभागितामा प्रभातफेरी कार्यक्रममा सहभागिता रहेको थियो ।

म्याग्दीमा यस वर्ष जेठ १४, १५ र १६ गते तीन दिनसम्म बृद्धबृद्धालाई भोजन, प्रभातफेरी,बिरेन्द्रचोकमा दीप प्रज्वलन, ४० बर्ष देखि माथिका उमेर समूहका लागि बेनी अस्पतालमा निःशुल्क आधारभूत आँखा जाँच शिविर लगायतका कार्यक्रमहरु तय गरिएको थियो ।

नेपाली जनताको आन्दोलन र परिवर्तनको आकांक्षासँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा राजनीतकि परिवर्तन मात्रै नभई हरेक जनताको आर्थिक, सामाजिक तथा सम्रग क्षेत्रमा परिवर्तन गरे मात्रै गणतन्त्र संस्थागत हुनेमा जोड दिइएको थियो। जिल्ला समन्वय समितिका प्रमुख एवम् मुल समारोह समितिका संयोजक राजकुमार थापाको अध्यक्षतामा कार्यक्रमहरु भइरहेको छ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र युद्ध र सात राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासन सत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना गरेका थिए भने त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसद्बाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो।

 

 

गणतन्त्र स्थापनाको १७ औं वर्ष : जनताका अपेक्षा अपूरै

0

आज १७ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। जननिर्वाचित पहिलो संविधानसभाबाट वि.सं २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो।

जनआन्दोलन ०६२ /६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ। शुरूका दिनहरूमा आमनागरिकले स्वस्फूर्त रूपमा घरघरमा मैनवत्ती, दीप प्रज्वलन गरेर गणतन्त्र दिवसलाई महत्वपूर्ण पर्वका रूपमा मनाउने गरेका थिए तर अहिले अवस्था त्यस्तो छैन ।

गणतान्त्रिक शासन व्यवस्थाका वास्तविक लाभहरू पाउन नसकेकाले उनीहरूमा निराशा छाएको छ । शासकीय स्वरूप त परिवर्तन भए तापनि आमजनताको जीवनस्तरमा खासै सुधार आउन सकेन । जनताका गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीका समस्याहरू आशातीत रूपमा पूरा हुन सकेन ।

वि.सं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम वि.सं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गर्नुभएको थियो। यसअघि संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन। निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने हटाउने श्रृंखला चल्यो। त्यसविरुद्ध आन्दोलनले व्यापक रूप लियो। गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रूपमा स्थापित भयो ।

विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्‍यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ ।

यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो। संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य ग¥यो र गणतन्त्रको जग बनायो।

विसं २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो। संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो। जसअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरिरहेका छन्। newsiofnepal.com

महिनावारी हुँदा महिला ट्राफिक प्रहरी सडकमा नखट्ने, मापसे गर्नेलाई स्वयमसेवक बनाइने

0
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको समयमा महिला ट्राफिक प्रहरीहरुले ड्युटी गर्न नपर्ने व्यवस्था मिलाइएको जनाएका छन् । त्यसको साटो मापसे गरी ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा सघाउने छन् ।लामिछानेले यो जानकारी सामाजिक सन्जालमार्फत् दिएका हुन् ।

गणतन्त्र दिवसको अवसरमा सानो प्रयास गरिएको भन्दै लामिछानेले लेखेका छन्, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ ।’

नदीले बगाएर बेपत्ता भकिम्लीका आले अझै भेटिएनन

0

म्याग्दी नदीले बगाएर बेनी नगरपालिका–३,भकिम्लीका टेकबहादुर आले बेपत्ता हुनुभएको छ । विहिबार राति म्याग्दी र कालिगण्डकी नदी दोभान नजिकै म्याग्दी नदीमा माछा मार्न जाल हान्ने क्रममा करिब दश ४५ बजेको समयमा आलेलाई नदीले बगाएको थियो । आले सहित चार जनाको टोली नदीमा जाल खेल्न गएका थिए ।नदीले बगाएर बेपत्ता हुनुभएका आले फेला नपरेपछि परिवारका सदस्यहरु र आफन्त चिन्तित छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरिक्षक राजन रायमाझीका अनुुसार,बेपत्ता आलेको खोजतलास भइरहेको छ ।

‘सम्बन्धीत ठाउँमाहरुमा खोजतलास भइरहेको छ ।र,अन्य पक्षहरुबाट पनि अनुसन्धान भइरहेको छ’,उहाँले भन्नुभयो,‘खोजीका लागि सशस्त्र प्रहरीको गोटाखोर टोली समेत परिचालन गरिएको छ ।’आलेका श्रीमती सहित दुई छोरा छन् । बेपत्ता आलेको खोजीमा सहयोग गरिदिन उहाँका परिवार र आफन्तले अपिल गरेका छन् ।

error: Content is protected !!