Saturday, May 3, 2025
17.3 C
Beni
17.3 C
Beni
Saturday, May 3, 2025
Home Blog Page 277

गण्डकीका मुख्यमन्त्री अधिकारी पदमुक्त, पाण्डेलाई नियुक्ति गर्न परमादेश

0

सर्वोच्च अदालतले  गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएको फैसला सुनाएको छ ।साथै अब गण्डकी प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सभामुख कृष्णप्रसाद धितालले ३० जनाको समर्थनमै मुख्यमन्त्री खगराजले विश्वासको मत पाएको घोषणा गरेका थिए । जबकी संविधान अनुसार ३१ प्रदेशसभा सदस्यले समर्थन गर्नुपर्ने थियो । सभामुख प्रयोग भएर खगराजलाई विश्वासको मत दिलाएपछि कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे सर्वोच्च गएका थिए ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र सुनील पोखरेलको इजलासले खगराजलाई पदमुक्त गर्दै ठूलो दलको हैसियतमा सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो । onlinekhabar

यूवालाई खेलमा जोड्न युवा संघले धेरै लगानी गरेको छ : क्षितिज थेवे

0

युवा संघले देशको खेलकुद क्षेत्रलाई अगाडी बढाउनका लागि फरक तबरले योगदान दिएको राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले बताउनुभएको छ ।

रािष्ट्रय युवा संघ म्याग्दीले आयोजना गरेको पाँचौं भलिबल प्रतियोगिता तथा गण्डकी प्रदेश भित्रका पालिका स्तरीय प्रथम म्याग्दी युवा कप–२०८१ को उद्घाटन गर्दै उहाँले युवा संघले खेल क्षेत्रकालागि फरकफरक खेल आयोजना गर्दै आएको स्मरण गराउनु भएको थियो ।

उहाँले भन्नुभयो–‘केपी ओली कप फुटबल तथा क्रिकेट प्रतियोगिता राष्ट्रिय स्तरमा गर्दै आएको र जिल्ला तहमा पनि विभिन्न खेल बिधामा युवा संघले प्रतियोगिता अयोजना गर्दै आएको छ ।’ हालै केपी ओली कप फुटबल तथा क्रिकेट सकेको तथा नेकपा एमालेको जनवर्गिय संगठनहरुले नै पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता पनि अयोजना गर्ने गरेको स्मरण गराउनु भएको थियो ।

राष्ट्रिय युवा संघले आयोजना गरेको सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता सोमबार बेनीमा उद्घाटन् भएको हो । गण्डकी प्रदेश भित्रका पालिका स्तरीय पुरुष भलिबलमा पहिलो हुनेले दुई लाख, दोश्रो हुनेले एक लाख २० हजार, तेश्रो हुनेले ५० हजार र चौथोले २५ हजार रुपियाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै खुल्ला महिला भलिबलमा पहिलो हुनेले ८० हजार, दोश्रोले ४०, तेश्रोले २० तथा चौथो हुनेले १० हजार नगद सहित मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने राष्ट्रिय युवा संघ म्याग्दीका अध्यक्ष विजय घर्तीले जानकारी दिनुभयो ।

उद्घाटन सत्रको कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । युवा संघका अध्यक्ष बिजय घर्तीको अध्यक्षता, सचिव सुसन किसानको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष प्रदिप तिलिजाले स्वागत गर्नुभएको थियो ।

मंगला शिक्षा क्याम्पस स्ववियूले माविस्तरीय भलिबल आयोजना

0

मंगला गाउँपालिका-२, लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पस स्ववियूले म्याग्दी जिल्ला प्रदेश ख स्तरीय मावि तह छात्र भलिबल प्रतियोगिताको आयोजना गरेको छ । ‘स्वस्थ विद्यार्थीका लागि खेलकुद’ भन्ने मुल नाराका साथ आगामी जेठ १८ गतेदेखि खेल सुरु हुने स्ववियू सचिव रविन शाहीले बताए । उनले पश्चिम म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिका भित्रमा विद्यालयस्तरमा रहेको भलिबल प्रतिभाको पहिचानसँगै विद्यार्थीसँगको सहकार्यलाई बलियो बनाउन प्रतियोगिताको आयोजना गरिएको बताए ।

मंगला शिक्षा क्याम्पसभित्र विद्यार्थीको हकहितमा केन्द्रित भएर विभिन्न कार्यक्रम गदैं आएको स्ववियूले खेलकुदमार्फत रचनात्मक कार्य गर्ने गरी प्रतियोगिता गरेको सभापति भिममायाँ रोकाले बताइन । प्रतियोगितामा प्रथम, द्धितियलाई क्रमश २५ हजार र १५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने छ। मंगला शिक्षा क्याम्पस स्ववियूले क्याम्पस प्रांगणमा बृक्षारोपण, क्षमता विकास तालिम सहित विभिन्न कार्यक्रमहरु गर्ने गरेको छ ।

‘ट्रयाक’ खुलेको १३ वर्षपछि सडक स्तरोन्नति

0

दक्षिण बागलुङको ग्रामीण क्षेत्रलाई राष्ट्रिय राजमार्गसँग जोड्न निर्माण गरिएको सडक स्तरोन्नति गर्न थालिएको छ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरदेखि जैमिनी नगरपालिकाको बिनामारे, रिठेडाँडा, व्यार्थलालगायत जर्दनौँ गाउँसम्म जोड्ने गरी १३ वर्ष अगाडि निर्माण गरिएको सडक स्तरोन्नति गर्न थालिएको छ।

नगरपालिकाले गत वर्षदेखि नै यो सडक स्तरोन्नति गर्न थालेको हो। गाउँको सडक स्तरोन्नति हुन थालेपछि स्थानीय हर्षित भएका छन्।

हिउँदमा हिलो र बर्खामा धुलोका कारण यातायातका साधन नियमित गुड्न सक्दैन्थे। नगरपालिकाले स्तरोन्नति गर्न थालेपछि नियमित गाडी सञ्चालन हुनेमा स्थानीय विश्वस्त बनेका छन्।

आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाले विनियोजन गरेको १० लाखबाट करिडोरसँग जोडिएको खण्ड स्तरोन्नति गरिएको र यस वर्ष त्यसभन्दा माथिल्लो क्षेत्रमा काम गरिरहेको वडा नं-५ का अध्यक्ष ठगबहादुर थापाले जानकारी दिए।

यस वर्ष नगरपालिकाले १० लाख विनियोजन गरेको हुँदा उक्त रकमबाट सडक फराकिलो बनाउने, नाली निर्माण र अप्ठ्यारो स्थानमा ढलान गर्न थालिएको उनको भनाइ छ।

करिडोरदेखि पर्यटकीय क्षेत्र हाँडीकोटसम्म जोडिएको सो सडक करिब १६ किमी रहेको हुँदा बर्सेनि नगरपालिकाले बजेट व्यवस्थापन गरी काम गर्दै आएको अध्यक्ष थापा बताउँछन्।

करिडोर खण्ड निरिङ्गे, बिनामारे, रिठेडाँडा, व्यार्थला हुँदै हाँडीकोटको जोडिएको यस सडक बजेट अभावमा एकैपटक काम गर्न नसकिएको उनको भनाइ छ। केन्द्र र प्रदेश सरकारले बजेट व्यवस्थापन गरे एक/दुई वर्षमै काम गर्न सकिने थापाले बताए।

उनले भने, ‘यो सडकको ट्र्याक खुलेको धेरै वर्षपछि अहिले बल्ल स्तरोन्नतिको काममा लागिरहेका छौँ, यो सडकले धेरै ग्रामीण क्षेत्र जोडिएको हुँदा यात्रा र सामान ढुवानीमा समस्या छ, स्तरोन्नतिपछि सहज बन्नेछ, गाउँमा उत्पादन हुने वस्तुलाई बजारीकरण गर्न पनि यो सडकले महत्वपूर्ण टेवा पुर्‍याउनेछ, करिडोरदेखि हाँडीकोटसम्मको सडक समयमै स्तरोन्नति गर्नसके, पर्यटक भित्र्याउन र सहज रुप हाँडीकोट पुर्‍याउन सकिने थियो।’

जैमिनी–५ का स्थानीय फमबहादुर थापाले ट्र्याक खुलेको दशक वर्ष बढी हुँदा पनि सबै सडक स्तरोन्नति हुन नसक्दा हजारौँ नागरिकले सास्ती खेप्नुपरेको बताए। सडक स्तरोन्नतिका लागि करोडौँ रकम लाग्ने भए पनि नगरपालिकाले सीमित बजेट विनियोजन गरेर काम गर्दै आएको उनको भनाइ छ।

यो सडकलाई स्तरोन्नति गर्नका लागि प्रदेश र केन्द्र सरकारबाटै बजेट आउनुपर्ने थापा बताउँछन्। सडक अप्ठ्यारो हुँदा कृषिउपज वस्तु बजार पुर्‍याउँदा बढी भाडा तिर्नु परेको उनले सुनाए। केही ठाउँमा स्तरोन्नति हुँदा थोरै भए पनि यात्रमा सहज भएको उनको भनाइ छ।

गृहमन्त्री लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

0

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

अधिवक्ता अनुपम भट्टराईले सोमबार महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।

सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेलाई पदबाट निलम्बन गर्न र उनीविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग उनले गरेका छन्।

पदमा बहाल रहँदा सहकारी ठगी छानबिनको अनुसन्धानलाई प्रभावित पार्ने भएकाले पदबाट हटाउनुपर्ने निवेदकको माग छ। यसअघि उक्त रिट दरपिठ भएको थियो।

बुकीमै बसेर यार्सागुम्बाको खोजी

0
50 50 52 32 49 54 52 32 49 55 53 32 50 50 52 32 49 54 52 32 49 57 48 32 50 50 52 32 49 54 52 32 49 55 54 32 50 50 52 32 49 54 53 32 49 52 49 32 50 50 52 32 49 54 52 32 49 56 52 32 50 50 52 32 49 54 52 32 49 57 48 32 50 50 52 32 49 54 52 32 49 53 49 32 50 50 52 32 49 54 53 32 49 50 57 32 50 50 52 32 49 54 52 32 49 55 52 32 50 50 52 32 49 54 53 32 49 52 49 32 50 50 52 32 49 54 52 32 49 55 50 32 50 50 52 32 49 54 52 32 49 57 48 32 50 50 52 32 49 54 52 32 49 52 57 32 50 50 52 32 49 54 53 32 49 51 57 32 51 50 32

म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका कृष्ण पाइजा एक महिनादेखि कालीबराह बुकी क्षेत्रमा यार्सागुम्बा टिप्न व्यस्त छन् । बुकीमा ओढारमा बास बसेर पाइजासहित उनका साथीहरुले बहुमुल्य जडीबुटी यार्सागुम्बा सङ्कलन गरिरहेका छन् । चिमखोलाको कालीबराह बुकीदेखि धौलागिरि आइसफल आधार शिविर क्षेत्रमा यतिबेला यार्सा सङ्कलन गर्नेको भीड लागेको छ ।

चिमखोलाका करिब ५० जना अहिले यार्सा सङ्कलनका लागि बुकीमै बास बस्ने गरेको पाइजाले बताए । “करिब दुई महिनासम्म हामी बुकीमै बसेर यार्सा सङ्कलन गर्छौ, बिगतका तुलनामा यार्सा निकै थोरै भेटिने गरेको छ, दिनमा २० देखि २५ वटासम्म मात्रै हामीले यार्सा सङ्कलन गरिरहेका छौँ”, पाइजाले भने । यसअघिका वर्षमा दिनमा दुई सय वटासम्म यार्सा सङ्कलन हुने गरेको बताउँदै उहाँले यस वर्ष यार्सा कम भेटिएको बताए ।

यार्सा सङ्कलकहरु यतिबेला बुकीमा ओढार र त्रिपालको छाप्रो हालेर बास बस्ने गरेका छन् । सङ्कलन भएको यार्सा स्थानीय स्तरमा दुई सयदेखि दुई सय ५० सम्ममा बिक्री हुने गरेको चिमखोले बुकीमा यार्सा सङ्कलन गर्दै गरेका गमान गर्बुजाले बताए ।

यार्सा सङ्कलन भएपछि ठेकेदारले गाउँमै पुगेर यार्साको खरिद गर्दै आएका छन् । म्याग्दीमा केहि वर्ष अघि वार्षिक २० किलोभन्दा बढी यार्सा निकासी हुने गरेकोमा पछिल्ला वर्षहरुमा मात्रा घटेको छ । चालु आर्थिक वर्षमा आधा किलो यार्सागुम्बा सङ्कलनका लागि मात्रै पुर्जी लिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी विनयबहादुर अधिकारी खत्रीले जानकारी दिए ।

यार्सागुम्बा सङ्कलन र निकासीका लागि राजस्व तिरेर सङ्कलन पुर्जी र छोटपुर्जी लिएर मात्रै यार्सागुम्बा बिक्री र निकासी गर्न पाइन्छ । हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा न्यून मात्रामा भेटिने भएपछि यार्सा सङ्कलनकर्ताले सङ्कलन भएपछि मात्रै सोही बमोजिमको सङ्कलन पुर्जी काट्न थालेका छन् । जिल्लाको चिमखोला, कुइनेमङ्गले, मल्कबाङ, मुदी, गुर्जालगायतका स्थानीयबासी अहिले लेकाली क्षेत्रमा यार्सा सङ्कलनमा व्यस्त बनेका छन् ।

विशेष गरी वैशाखको मध्यदेखि जेठको अन्त्यसम्ममा हिमालको फेदीसम्म पुगेर जोखिम मोलेरै स्थानीयले यार्सा सङ्कलन गर्ने गर्छन् । धवलागिरि गाउँपालिका–१ गुर्जाबाट करिब एक सय ५० जना यार्सा सङ्कलनका लागी गुर्जा, चुरेन र पुथा हिमालको बुकीतर्फ गएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए । उनले यार्सा सङ्कलन हिमाली क्षेत्रका बासीन्दाका लागि रोजगारी र आयआर्जनको माध्यम बनेको बताए ।

यार्सा टिप्न जानेहरुले देवीदेवताको पूजापाठ गरी काम सुरु गर्छन् । यार्सा सङ्कलन हिमाली भेगका जनताका लागि मौसमी रोजगारी जस्तै बनेको छ । तर जोखिमपूर्ण तवरले सङ्कलित यार्साले उचित मूल्य नपाउँदा यार्सा सङ्कलनकर्ताहरु निरास बन्न थालेका छन् ।

सर्वसाधारणबाट व्यवसायिहरुले प्रतिकिलो पाँचदेखि छ लाखसम्ममा यार्सा खरिद गर्ने गरेका छन् । हालको बजारमूल्य प्रतिकिलो रु आठदेखि १० लाखसम्म रहेको जानकार बताउँछन् । रासस

गणतन्त्र दिवसको अवसरमा गलेश्वरका जेष्ठ नागरिकलाई भोजन

0

गणतन्त्र दिवसको अवसरमा बेनी नगरपालिका-९ गलेश्वरमा अवस्थित जेष्ठ नागरिक आश्रममा रहेका जेष्ठ नागरिक, संस्कृत विद्यालयका विद्यार्थीलाई भोजन गराइएको छ ।

सोमबार गणतन्त्र दिवस मुल समारोह समितिको आयोजना तथा म्याग्दी उद्योग बाणिज्य संघको ब्यवस्थापनमा गलेश्वर पुलस्तय अन्न क्षेत्र रहेका ज्येष्ठ नागरिक, संस्कृत विद्यालयमा अध्ययनरत विद्यार्थी गरी १ सयभन्दा बढीलाई भोजन गराइएको हो ।

सन्तानबाट तिरस्कृत भएका तथा बेसाहरा ज्येष्ठ नागरिकलाई कुनैपनि अभाव हुन नदिने गरी ब्यवस्थापन गर्नुपर्नेमा जिल्ला समन्वय समितिका प्रमुख एवम् मुल समारोह समितिका संयोजक राजकुमार थापाको भनाई थियो ।

घरपरिवार छोडेर आश्रममा बस्नुपर्ने बाध्यतालाई बुझेर स्वास्थ्य, खानपिन, लत्ताकपडा सहितका आधारभुत आवश्यकतालाई विषेश ध्यान दिनुपर्ने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए । आश्रममा म्याग्दीका साथै देशका विभिन्न जिल्लाबाट आएका करिव ८० बृद्धबृद्धाको बसोबास रहेको छ ।

घरपरिवारमा छोराछोरी भएका बृद्धबृद्धालाई समेत बोझ भन्दै आश्रममा छोडेर गएपछि अहिले संख्या बढेको छ । भोजन कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुबेदी, नेकपा माओवादी केन्द्रका अध्यक्ष शेरबहादुर केसी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, जिल्ला समन्वय समितिकी उपप्रमुख दिलकुमारी खत्री लगायतको उपस्थिती रहेको थियो ।

भोजन तथा दक्षिणा वितरण कार्यक्रमको सञ्चालन म्याग्दी उद्योग वाणिज्य संघका महासचिव नारायण जिसीले गरेका थिए । म्याग्दीमा गणतन्त्र दिवस प्रभातफेरी, बिरेन्द्रचोकमा दीप प्रज्वलन, ४० बर्ष देखि माथिका उमेर समूहका लागि बेनी अस्पतालमा निःशुल्क आधारभूत आँखा जाँच शिविर तथा जिल्लाका सबै स्थानीय तहमा गणतन्त्र दिवस मनाइने बताइएको छ ।

गणतन्त्र दिवसको अवसरमा बृहत स्वास्थ्य शिविर

0

गणतन्त्र दिवसको अवसर पारेर बेनी नगरपालिका ४ सिंगा मा बृहत स्वास्थ्य शिबिर हुने भएको छ । दर्शन फाउण्डेशन र नेपाल रेडक्रस सोसाइटी, सिंगा उपशाखा, म्याग्दीको संयुक्त आयोजना तथा युनाइटेड रेफरेन्स ल्याबोरेटरी, पोखरा र बेनी अस्पताल, म्याग्दीको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर हुन लागेको हो । गणतन्त्र दिवसको अवसरमा जेठ १५गते सिंगामा सिविरको आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटि सिंगा उपाखाका सभापति सुमन बानियाँले जानकारी दिनुभयो ।

विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आइ रहेको दर्शन फाउण्डेशनले स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको जनाएको छ । फाउण्डेसनले सिंगामा गर्ने स्वास्थ्य शिविरमा पेट, छाती, मुटु, मधुमेह तथा थाइराईड सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्ने जनाएको छ । त्यस्तै स्त्री तथा प्रसूती रोग सम्बन्धी विशेषज्ञ सेवाका साथै जनरल तथा ल्याप्रोस्कोपीक सेवापनि शिविरमा प्रदान गरिने छ । हाड, जोर्नी, नशा तथा बाथ रोग सम्बन्धी विशेषज्ञ सेवा तथा मधुमेह, रगतमा हुने खराब बोसो, युरिक एसिड सम्बन्धी रक्त एवं पिसाब परीक्षण समेत सिंगामै गरिने भएको छ । परिक्षण गरिएका बिरामीहरुलाइ आवश्कय सबैजसो औषधि निःशुल्क वितरण गरिने जनाइएको छ ।

जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा आयोजना हुने शिविरमा बिहान ७ बजे देखि दिउँसो २ बजेसम्म नाम दर्ता गर्न पाइने छ । स्थित धौलागिरी माविमा हुने शिविरमा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका पेट छाती तथा मुटुरोग बिशेषज्ञ डा कृष्णराज अधिकारी, वरिष्ठ हाड, जोर्नी, नशा तथा बाथ रोग डा सरोजचन्द्र दाहाल, जनरल तथा ल्याप्रोस्कोपीक सर्जन डा विराट शर्मा, मेडिकल अफिसर डा राज गुरुङले सेवा दिनुहुने छ । त्यस्तै बेनी अस्पतालकी निमित्त मेडीकल सुपरीटेण्डेन्ट एवम् स्त्री तथा प्रसुती रोग विशेषज्ञ, डा अन्जु थापा, मेडिकल अफिसर डा रामु सापकोटालगायतले सेवा प्रदान गर्नु हुनेछ ।

अन्नपूर्ण आरोहण दिवसमा म्याराथन हुँदै

0

अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा अन्नपूर्ण आरोहण दिवसका अवसरमा अन्नपूर्ण म्याराथन हुँदैछ । यही जेठ २१ गते चार हजार एक सय ३० मिटरको उचाइमा उक्त म्याराथन हुन लागेको हो ।

अन्नपूर्ण आधार शिविरबाट माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुकसम्म कूल ४२ दशमलव १९५ किलोमिटर दूरीमा धावक दौडिने अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष एवं अन्नपूर्ण म्याराथन मूल आयोजक समितिका संयोजक ललित गुरुङले जानकारी दिए।

‘पर्यटनका लागि सबै मौसम’ नाराका साथ २०७५ सालदेखि आरम्भ भएको अन्नपूर्ण म्याराथनको यो चौथो संस्करण हो । म्याराथनका माध्यमबाट अन्नपूर्ण आधार शिविरसहित यहाँको समग्र पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने उनले बताए । “संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबाट गत कात्तिक महिनामा अन्नपूर्ण आधार शिविरको भ्रमण हुनु, अमेरिकास्थित टाइम आउट म्यागेजिनले घान्द्रुकलाई भ्रमण गर्न लायक विश्वको सानो सुन्दर सहरको सूचीमा राख्नु, पोखरा पर्यटकीय राजधानी हुनुलगायत हामीले विगतदेखि गर्दै आएको यही कार्यक्रमको प्रभाव र उपलब्धि हुन् भन्ने ठानेका छौँ”, संयोजक गुरुङले भने।

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहणसँगै हिमाल आरोहणको क्रम सुरु भएकाले अन्नपूर्ण हिमाललाई आरोहणको जेठो हिमालका रुपमा समेत लिइन्छ । मौरिस हर्जोगको टोलीले जुन ३ मा अन्नपूर्ण प्रथमको आरोहण गरेकै कारण यस दिनलाई अन्नपूर्ण आरोहण दिवस (अन्नपूर्ण डे) का रुपमा मनाउने गरिएको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्षको अन्नपूर्ण म्याराथनमा अन्तर्राष्ट्रिय धावकको सहभागिता बढ्ने अपेक्षा गरिएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका सचिव मिकास गुरुङले बताए । महिला तथा पुरुषतर्फ छुुट्टाछुुट्टै प्रतिस्पर्धा रहने यस संस्करणका लागि नाम दर्ता गराउने क्रम जारी रहेको र हालसम्म ५० धावकले नाम दर्ता गराइसकेको उनले बताए। हालसम्म नाम दर्ता गराउनेमा ४० पुरुष र १० महिला रहेका छन् ।

नाम दर्ता गराउनेमा चार विदेशी नागरिकसमेत रहेका सचिव गुरुङले जानकारी दिए। म्याराथनमा सहभागी हुन महिलाका लागि रु पाँच हजार र पुरुषका लागि रु सात हजार शुल्क तोकिएको छ । महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु एक लाख ५० हजार, रु एक लाख र रु ७५ हजार पुरस्कार प्राप्त गर्नेे प्रचारप्रसार संयोजक टङ्कराज अधिकारीले जानकारी दिए ।

यसअघि म्याराथनको पहिलो, दोस्रो र तेस्रो संस्करणको उपाधि क्रमशः त्रिभुवन आर्मीका हरिकुमार रिमाल, डोटीका खगेन्द्रबहादुर भाट र जुम्लाका धीरबहादुर बुढाले जितेका थिए । तेस्रो संस्करणदेखि म्याराथनमा महिलालाई सहभागी गराइएको हो । महिला म्याराथनको उपाधि गणना भण्डारीले जितेका थिए ।

पर्यटकीय गन्तव्य बन्दै ज्यामरुककोट

0

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा पूर्वाधार विस्तार गरिएको छ । ज्यामरुककोटमा रहेका ऐतिहासिक र पुरातात्विक महत्वको खड्गभवानी कोत परिसरका सम्पदाको संरक्षण गर्दै पूर्वाधार विस्तार गरिएको हो ।

गण्डकी प्रदेश सरकारअन्तर्गतको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीको सहयोगमा खड्गभवानी कोत परिसरमा पूर्वाधार विस्तार गरिएको बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले जानकारी दिए ।

“बेनीमा आउने पर्यटकको बसाई लम्बाउन ज्यामरुककोटमा पूर्वाधार निर्माणलाई तीव्रता दिएका छौँ” उनले भने, “पूर्वाधार विस्तारसँगै यहाँ भक्तजन र पर्यटकको चहलपहल बढेको छ । पूर्वाधारले उनीहरुलाई सहज बनाएको छ ।”

प्रदेश सरकारको १० लाखको लागतमा खड्गभवानी कोतघर परिसरमा पर्खाल निर्माण गरेर फराकिलो बनाइएको छ । अठ्तीस मिटर लामो र दुई मिटर अग्लो मेसिनरी पर्खाल निर्माण गरिएको खड्कभवानी कोत मन्दिर संरक्षण समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताए ।

पर्खाल बनाएर फराकिलो बनाइएको कोतघर परिसरमा भक्तजन र पर्यटक बस्न १० बेञ्च राखिएका छन् । यसअघि प्रदेश सरकारको १५ लाखको लागतमा भकुण्डेदेखि खड्गभवानी कोतघर परिसरमा पुग्ने तीन सय आठ मिटर पक्की पदमार्ग निर्माण गरिएको पूर्ववडाध्यक्ष हीराबहादुर थापाले बताए ।

प्रदेश सरकारकै रु १० लाखबाट कन्थरथानतर्फबाट कोतघर परिसरमा पुग्ने पदमार्ग निर्माण गरिएको छ । कोतघर परिसरमा रु पाँच लाखमा गणेशको मन्दिर बनाइएको छ । कोत परिसरमा दुई सय १० मिटर घेराबार, दुई सय मिटर बाटो ढलान, पटाङ्गिनी निर्माण, नाग थान र मौलो राख्ने बेनी निर्माण गरिएका छन् ।

पन्धौँ शताब्दी प्रारम्भसँगै थापाहरूले राज्य गरेको ज्यामरुककोट (खड्गभवानी कोत) परिसरलाई पर्यटकीय गन्तव्य बनाउन बेनी नगरपालिका र वडा कार्यालयले पूर्वाधार निर्माणमा तीव्रता दिएका हुन् । यहाँ मल्लकालमा प्रयोग भएका दुर्लभ हातहतियारसमेत छन् । बयालिस रोपनी क्षेत्रफलमा रहेको कोत परिसरमा मल्लकालीन इतिहास, तोप, खुँडा, तरबारलगायत हातहतियार, प्राचीन शिला/इँटा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा अझै यथावत् छन् ।

समुद्री सतहदेखि एक हजार ६ सय ४८ मिटर उचाइमा रहेको ज्यामरुककोटबाट धौलागिरि, नीलगिरि, अन्नपूर्णलगायत हिमशृङ्खला, सदरमुकाम बेनी बजार, पञ्चकोट तथा विभिन्न ग्रामीण बस्ती अवलोकन गर्न सकिन्छ । रासस

error: Content is protected !!