Wednesday, April 30, 2025
17.2 C
Beni
17.2 C
Beni
Wednesday, April 30, 2025
Home Blog Page 293

जलविद्युतका सवारी साधनलाई अवरोध

0

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा जलविद्युत आयोजनाका सवारी साधनलाई अवरोध गरिएको छ । रघुगंगा गाउँपालिकामा निर्माणधिन जलविद्युत आयोजनाका ठूला सवारी साधन आवत जावत गर्दा धुलोले जनजिवन नै अस्तव्यस्त भएपछि स्थानीयबासी र युवाहरुले विहिवार विहानदेखि जलविद्युत आयोजनाका सवारी साधनलाई आवत जावत गर्न रोक लगाएका हुन् ।

रघुगंगा गाउँपालिकामा ४० मेघावाट क्षमताको राहुघाट, २२.५ मेगावाट क्षमताको ठूलोखोला , ४८ मेगावाट क्षमताको अपर राहुघाट, ३७.५ मेगावाट क्षमताको मङ्गले राहु घाट र २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना निर्माणधिन अवस्थामा रहेका छन् । विहानदेखि जलविद्युत आयोजनाका सवारी साधनलाई सञ्चालनमा अवरोध भएपछि निर्माण सामाग्री र उपकरणहरु बोकेका सवारी साधनहरु बिच सडकमै लाम लागेका छन् ।
गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँट हुँदै सवैजसो आयोजनाका ट्रिपर, ट्रक, ट्याक्टर ओहोर दोहोर गर्ने भएपनि सडकको धुलो व्यवस्थापनमा ध्यान नदिएपछि बाध्य भएर सवारी साधन रोक्नुपरेको मौवाफाँटमा रहेको समाजसेवा युवा क्लबका अध्यक्ष बृद्धि केसीले बताउनुभयो ।

निरन्तर ठूला सवारी साधन गुड्दा सडकको धुलो घरभित्रै पसेर मानव स्वास्थ्यमा गम्भिर असर गर्दा समेत सडकलाई स्तरीय बनाउन र धुलो व्यवस्थापनमा जलविद्युत आयोजनाहरुले वेवास्ता गरेपछि स्थानीयबासीले आन्दोलन स्वरुप सवारी रोकेको जनाइएको छ ।

स्थानीयबासीले कच्ची सडकलाई ग्राभेल गर्न र दैनिक रुपमा सडकमा पानि छरेर धुलो व्यवस्थापन गर्न माग गरेका छन् । जलविद्युत आयोजनाका सवारी साधनलाई आवत जावत गर्न रोक लगाइएको भएपनि अन्य सवारी साधनलाई भने आवत जावत गर्न दिइएको छ ।

’अपरेशन लालीगुराँस’को नालिबेली

0

गत चैत्र १९ गते पर्वतको जलजला गाउँपालिका-२,मल्लाजमा दहमा स्थानीय ६८ वर्षीय सूर्यबहादुर जिसी र उनकी पत्नी ६५ वर्षीया गमला जिसीको विभत्स हत्या भयो । धारिलो हतियार प्रयोग गरी हत्या भएको एक महिनाभित्रै हत्यामा संलग्न अभियुक्तको पहिचान भयो । मृतक दम्पत्तीको छिमेकी गाउँ नेपानेका ३२ बर्षिय कृष्ण बहादुर विश्वकर्मा र कुस्मा नगरपालिका–२,खुर्कोटका दिपक दर्जीलाई पर्वत प्रहरीले बिहिबार पत्रकार सम्मेलन गरी सार्वजनिक ग¥यो ।

अपरेशन लालीगुराँस नाम दिइएको थियो । प्रहरीले घटनाको एक महिना पुग्न लाग्दा पनि हत्याराको पहिचान गर्न नसकेको भन्दै आलोचना समेत भएको थियो । तर, गत मंगलबार गम्भीर किसिमका अपराधको अनुसन्धान गर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले दम्पत्ती हत्यामा संलग्न विश्वकर्मा र दर्जीलाई पक्राउ गरेको हो ।

‘अपरेशन लालीगुँरास’को नाममा गरिएको अनुसन्धानका बारेमा पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुषालले घटनामा संलग्नको चिनजान, घटनाको अघिल्लो दिनदेखि पक्राउ पर्दासम्मको नालिबेली प्रस्तुत गरेका छन् ।

घटनाको अनुसन्धानका लागि खटिएको सिआइबी, गण्डकी प्रदेश प्रहरी, केनाइन शाखाबाट ट्रयाकर विषयमा विशेष तालिम प्राप्त ट्रयाकर कुकुर, पर्वत र म्याग्दी प्रहरीको ठूलो जनशक्ती परिचालनले घटनास्थलको सुक्ष्म अध्ययन तथा विश्लेषण, प्राविधिक विश्लेषण, सूचना संकलन तथा विषेशज्ञ टोलीबाट विभिन्न पद्धतीहरुको प्रयोग गरी घटनाको अनुसन्धान गरिएको थियो ।

यसरी बनेको थियो दम्पत्ती हत्याको योजना ?
चैत्र १९ गते राती घर नजिकै आगलागीले परालको टौवा जल्ने जोखिम देखेपछि स्थानीयसँग मिलेर आगो नियन्त्रण गरी अन्दाजी ९ः५५ बजे घरको भुईतलाको कोठामा सुतेको अवस्थामा अभियुक्तले चुरोट किन्ने बाहनामा मृतक सूर्यबहादुरलाई आफ्नो परिचय दिएर बाहिर बोलाएर धारिलो आँसी, काठको लाठी लगायतका घरेलु हतियार प्रयोग गरी निर्ममतापूर्वक हत्या गरेका थिए ।

हत्या लगत्तै मृतक दम्पत्तीले लगाएको सुनको गरगहनाहरूm रिचार्ड कार्डहरु तथा केही नगद लुटेर भागेका थिए । अभियुक्तद्धय विश्वकर्मा र दर्जीबिच ४ बर्षअगाडी जिप चलाउने क्रममा चिनजान भएकोमा घटनाभन्दा १५ दिन अगाडी भेटघाट भई मदिरा तथा गाँजा सेवन गर्ने क्रममा मृतकको घरमा लुटपाट गर्ने योजना बनाएका थिए ।

आर्थिक अवस्था कमजोर, बैदेशिक रोजगारीमा जाँदा लागेको ऋणको भारलाई कम गर्ने तनावमा रहेका दर्जीले विश्वकर्मालाई जिसीको घरमा लुटपाट गर्ने तयारी सहित चैत्र १८ गते अभियुक्त दिपक पोखराबाट पर्वतको बौरबाट बेनीबजारको कालिपुल बसपार्कमा पुगेर दुबै जना भेटघाट गरी नजिकैको पसलमा रक्सी, चाउचाउ र चटपट किनेर कालिगण्डकी नदीमा बसेर खाएपछि दिउँसो करिब ४ बजे राममन्दिर हदुै मृतकको घरमा पुगेका थिए ।

सोही समयमा मृतक सूर्यबहादुर गाई दुहुदै गरेको र गमला पसलमै रहेको अवस्थामा करिब आधा घण्टा कुराकानी गर्दै चुरोट किनेर सेवन गदैं मृतकले लगाएको गरगहना, घरको अवस्था, आउने जाने बाटो लगायतको रक्की गरेका थिए ।

सोही दिन साँझ साढे ५ बजे अभियुक्त कृष्ण र दिपक घरमा गएर बेलुकाको खाना खाई छुट्टै भान्सा कोठामा सुतेका थिए । चैत्र १९ गते बिहानको खाना खाएर कृष्णबहादुर र दिपकले निलो रङको हाते सपिङ व्यागमा प्रतिवादी कृष्ण बहादुर बिश्वकर्माले लगाउने गरेको अतिरिक्त दुईवटा पाईन्ट, हसिया (आसी ),माछा मार्ने बल्छी लगायतका सामाग्रीहरु राखी माछा मार्न कालिगण्डकी नदीमा पुगेका थिए ।

सूर्यबहादुरको घर लुटपाट गर्ने योजना सहित कुराकानी गदैं माछा मार्ने क्रममा बल्छीमा माछा नपरे पश्चात साँझ ४ बजे तिर तिल्किनी स्थित बजारबाट चाउचाउ , चुरोट, र रक्सी किनी कालीगण्डकी नदीबाट घुमाउने तालको पुल हुँदै दह तर्फ उकालो लागेको र करीब राति ८ बजे सम्म जंगलमा रक्सी,चाउचाउ, चुरोट तथा गाँजा सेवन गरेका थिए ।

घटनाको दिन राती साढे ८ बजे दहको जंगल हुँदै निर्माणाधिन सिचाँई कुलो हुँदै गोपाल खत्रीको घर भन्दा तलको मोटरबाटोमा कुलो बनाउदाँ प्रयोग गरिएको काठ फेला पारी मृतकको घर माथी पुग्दा मृतकको घर अगाडीको जंगलमा आगलागी भएको देखेको साथै मृतक सुर्य बहादुर लगायतका स्थानियहरुले आगो निभाउदै गरेको देखीपछि करिब डेढ सय मिटर पर गई लुकेर बसेका थिए । आगो निभाउन गएका स्थानीय घर फर्किएपछि राती१० बजेको समयमा मृतकको घर माथीको मोटरबाटोमा आएर मृतक सुते नसुतेको कुरा बुझ्ने प्रयास गरेका थिए ।

घरको आगँनमा कृष्णबहादुरले चुरोट किन्ने बहानामा मृतक सुर्य बहादुरलाई हजुरवुवा म कृष्ण हो, मलाई चुरोट दिनुहोस् भन्दै बोलाएको, पसल बाहिरको बिजुलीको ब्लव निकाली नजिकै फालेको र भित्रबाट मृतक सुर्यवहादुरले पसलपट्टीको ढोका खोली चुरोट निकाली दिएकोे अवस्थामा अभियुक्त दिपकले ७० रुपैया मृतक सुर्यबहादुरलाई दिए पश्चात बाहिरको बत्ती किन बलेन भनी पसल बाहिर टाउको निकाली हेर्ने क्रममा कृष्णबहादुरले आफ्नो हातमा भएको लाठीले सुर्यबहादुरको टाउकोमा प्रहार गरेका थिए ।

गमलाले हारगुहार गर्दा उल्टै काठले प्रहार
श्रीमान सूर्यबहादुरलाई हसिँया प्रहार गरेपछि मृतक गमलाले उठी हारगुहार गर्दै गर्दा दिपकले लात्ताले बाहिरबाट मुल ढोकामा हान्दा ढोका भित्रको गरालो भाँचिएको थियो । अभियुक्त दिपकले गमलालाई लात्ता तथा काठको लाठीले टाउकोमा प्रहार गरे पश्चात धारिलो हतियार हसिँयाले घाटी रेटी हत्या गरेको प्रहरी समक्ष बयनामा स्वीकार गरेको छ । गमालाको हत्यापछि अभियुक्तले फेरी सूर्यबहादुरको घाटी तथा टाउकोमा हसियाँ प्रहार गरेका थिए ।

हत्या गरे पश्चात मृतकहरुले लगाएका सुनका गरगहना, पसलमा रहेको नगद तथा रिजार्ज कार्ड लिएर मोटरबाटो हुँदै १ सय मिटर पर जादै गरेकोमा अवस्थामा स्थानीयलाई देखेपछि पुनः मृतकको घरको बाटो हुँदै राममन्दिर झरी कालीगण्डकी नदी किनारको पर्वत पट्टीको कच्ची मोटरबाटो हुँदै हिड्दै मालढुंगा पुगी बस चढी पोखरा गएका थिए ।

लुटपाट गरेको सुन बाँडफाँड
चैत्र २० गते बिहान करिव ७ बजे पोखरा बाग्लुङ बसपार्कमा लुटेर ल्याएको गरगहनामा रगत लागेको अवस्थामा सफा गरी दुई जनाले बाँडफाँड गरी आफ्नो बाटो लागेका थिए । अभियुक्त कृष्णबहादुरले लुटेकोको सुनका गरगहना माइलाबा पर्नेकर्ण बहादुर बिकलाई गाल्न लगाई गालेको सुन बाग्लुङ परशुराम बिकलाई बेचेका थिए । घटनामा संलग्न अभियुक्त सहित सुन गाल्ने र खरिद गर्नेलाई पोखरा, बागलुङ तथा पर्वतबाट प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले बरामद गरेको सामान
घटनास्थलमा फुटेका चुराका टुक्राहरु भेटिएको थियो । त्यस्तै मोबाइल ४ थान, काठको टुक्राहरू, चावी हसिया (आसी ), रिचार्ज कार्ड १७ थान बरामद भएको थियो । अभियुक्त कृष्णबहादुरको घरबाट घटना घटाउने समयमा लगाएको भनिएको १ थान ज्याकेट,कालो रङको जुत्ता एक जोर जुत्ता र सुन किन्ने परशुराम विकको पसलबाट गालेको सुनको ढिक्का एक थान, कर्णबहादुर बिकको घरबाट सुन गाल्न प्रयोग भएको मेसिन औजार भेटिएको थियो ।

गाउँमा बृद्धबृद्धालाई लुट्ने योजना थियो
बैदेशिक रोजगारीमा जाँदा अभियुक्त दिपक दर्जीको चार लाख ऋण लागेपनि विदेशमा कमाई हुन नसकेपछि घर फर्किएका थिए । घरमा आएर केही समय बोलेरो र जीप चलाएपनि मदिरा सेवन, लागुऔषधको कुलतमा फसेका थिए । अभियुत्त mद्धयको घरको आर्थिक अवस्था कमजोर भएकाले लुटपाट गरी घरखर्च चलाउने र ऋण तिर्ने योजना बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ । अभियुक्तद्धयले बृद्धबृद्धा, एक्लै घर भएको ठाउँमा बस्ने, अपाङता र गरगहना लगाएकाहरूलाई निशाना बनाएका थिए । अभियुक्तद्धय विश्वकर्मा र दर्जी कुलतमा फसेको अवस्थामा परिवारका सदस्य समेत आजित भएका थिए ।

अभियुक्तको विवरण

कृष्णबहादुर विश्वकर्मा
३२ बर्षिय कृष्णबहादुर विश्वकर्मा बि.स २०६४–०६५ सालमा बैदेशीक रोजगारीको शिलशिलामा कतार गएर साढे तीन बर्ष काम गरी नेपाल फर्किएका थिए । बि.स २०६९ सालबाट मल्लाज,बेनी बजार लगायतका स्थानहरुमा बोलेरो जिप चलाउदै आएकोमा बिगत १ वर्ष देखी स्थायी रुपमा गाडी चलाउन छाडेको, गाउँघरमा बस्ने, मदिरा सेवन गरी दिन विताउने गरेका थिए । उनका एक श्रीमती, १ छोरा र छोरी छन् । उनी परिवारका अन्य सदस्यबाट अलग भएर बस्दै आएका थिए । ५ कक्षा पढेका विश्वकर्मा बि.स २०७३ सालमा जिप्रका बागलुङमासवारी ज्यान मुद्दामा दोषी देखिएका थिए ।

दिपक दर्जी 
उमेरले ३२ वर्षमा लागेका दिपक पर्वत कुश्मा नगरपालिका वडा नं. २ खुर्कोट घर भईे. जलजला गापा.वडा नं. ०२ बौर बस्दै गरेकोमा केही समय अगाडी मात्रै पोखरा स्थित नयाँबजार डेरा गरी बस्ने गरेका थिए । सन् २०२१ मा कतार गई ६ महिना बसी नेपाल फर्किएका दर्जी पोखरा-मुस्ताङ चल्ने टाटा सुमो जिप चलाउदै आएको थिए ।

कक्षा ३ पढेका दर्जी लागुऔषध गाँजाको कुलतमा बि.स ०८० साउन देखी माघ महिना सम्म ६ महिना बागलुङ स्थित नव जीवन सुधार गृहमा ६ महिनामा बसेर निस्किएका थिए । अपराधिक मानसिकताका दर्जीले पैसाका लागि अपराधिक योजना बनाएर विश्वकर्मालाई सुनाएका थिए भने विश्वकर्माले गाउँघरमा लुट्न सजिलो हुने मान्छे खोजीरहेका थिए । दर्जीको पारीवारीक बेमेल तथा बिचलन भएकै कारण कुलतमा फसेको देखिन्छ ।

सुन पगाल्ने कर्णबहादुर विक
६० बर्षमा लागेका कर्णबहादुर पर्वत जलजला गाउँपालिका वडा नं. १ घर भई कास्की पोखरा महानगरपालिका वडा नं. २५ हेम्जामा बस्दै आएका थिए । बिगत ६ वर्ष देखी आफ्नो श्रीमतीसँग डेरा गरी बस्दै आईरहेका उनी केही बर्ष अगाडी मात्रै साउदीबाट नेपाल आएका थिए । आफ्नै डेरा कोठामा सुन गाल्ने तथा बनाउने औजारहरु राखी सुन सम्बन्धी काम गदैं आएका विकले जिसी दम्पत्तीको हत्यापछि ल्याएको सुन पगाल्दा प्रहरीको खोरमा पुगेका छन् ।

बिल नहेरी सुन किन्दा फन्दामा
सुन ब्यवसायी परसुराम विकले कमाई हुने प्रलोभनमा हत्या गरी ल्याएको सुन खरिद गरेका थिए । उनले बागलुङ बानपा वडा नं. ७ घर भई जिल्ला बागलुङ बानपा २ लोकतान्त्रिक चोक स्थितमा पुर्णीमा सुनचाँदी पसलका संचालक विकले सुन खरिद गरेका थिए । उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । विना बिलको सुन खरिद गर्दा विक प्रहरीको हिरासतमा पुगेका छन् ।

प्रहरीले घाइते अवस्थामा आएका, बिल बिनाको सुन र हुलिया समेत संकास्पद लाग्नेहरुको सुन खरिद नगरिदिन समेत पत्रकार सम्मेलनमार्फत नै अनुरोध गरेको थियो । प्रहरीले विकको पसलमा सुन बिक्री गर्न आएको अवस्थाको सिसी फुटेजलाई समेत प्रमाण मानेको छ । उक्त घटनामा संलग्न २ जना सहित सुन पगाल्ने र खरिद गर्ने गरी चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

पक्राउ गर्नासाथ कबुल
यो घटनासँग सम्बन्धित केही महत्वपूर्ण सूचना प्राप्त भएपछि नेपानेका कृष्णबहादुर विश्वकर्मा हत्यामा संलग्न हुने अनुमानपछि सोझपुछ गरेका थिए । उनलाई सोझपुछसँगै निगरानीमा समेत प्रहरीले राखेको थियो । हत्यामा संलग्नताका बारेमा आशंका गर्दा उनले आफ्नो संलग्नतालाई स्वीकार गरेका थिएनन् ।

प्रहरीले घटनामा करिब २ हजारसँग सोझपुछ गरेपनि केहीलाई बयान गर्ने सर्तमा छोडेकोमा विश्वकर्मा समेत थिए । घटनाको सबैतिरबाट प्रमाण संकलन भएपछि नियन्त्रणमा लिएलगत्तै विश्वकर्माले स्वीकार गरेका थिए । अनुसन्धानका क्रममा प्रहरीले निकालेको निचोड र अभियुक्त विश्वकर्माको भनाइ म्याच गरेको थियो । अभियुक्त विश्वकर्मा र दर्जीले हत्याका बारेमा थप प्रमाणहरु प्रहरीलाई दिएका थिए ।

सुनका गहना लुट्न दम्पत्तीको हत्या, पर्वत प्रहरीलेसार्वजनिक गर्‍यो अभियुक्त

0

बैदेशिक रोजगारीमा गएको ऋण तिर्न र घरखर्च चलाउने पैसाको अभाव भएपछि दुई यूवाले एक दम्पतीको हत्या गरेको खुलेको छ । पर्वतको जलजला गाउँपालिका–२,मल्लाजमा दहमा चैत १९ राती कृष्णबहादुर विश्वकर्मा र दिपक दर्जीले ६८ वर्षीय सूर्यबहादुर जिसी र उनकी पत्नी ६५ वर्षीया गमला जिसीलाई ‘गरगहना र पैसा लुटपाट’ गर्ने उद्देश्यले धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् ।

हत्यामा संलग्न जलजला गापा–२ नेपानेका ३२ बर्षिय कृष्ण र कुस्मा नगरपालिका–२,खुर्कोटका दिपकलाई पर्वत प्रहरीले बिहिबार आयोजित पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

अभियुक्तद्धय विश्वकर्मा र दर्जीले घटनाको अघिल्लो दिन दिउँसो ४ बजेतिर मृतकको घरमा पुगेर करिब आधा घण्टा कुराकानी गरी चुरोट खरिद गरी मृतकले लगाएको गरगहना, घरको अवस्था, आउने–जाने बाटो लगायतका बारेमा रेक्की समेत गरेको अनुसन्धानबाट खुलेको छ।अभियुक्त कृष्णसँग परिचित बृद्ध सूर्यबहादुरले ढोका खोलेपछि धारिलो हतियारले आक्रमण गरेका थिए । घटना लगत्तै नगद, गरगहनासँगै रिचार्ज कार्डहरु समेत लुटेर लगेका थिए ।

अभियुक्तले सूर्यबहादुरको टाउकोमा प्रहार गरेपछि भित्र प्रवेश गरी दिपकले गमलाको टाउको, घाँटी र शरीरमा लगातार प्रहार गरेका थिए। घटना अगाडी घरमाथिको मोटरबाटोमा आएर मृतक दम्पत्ती सुते नसुतेको अवस्थाको एकिन गरी अभियुक्त कृष्णले पसल बाहिरको बिजुलीको बल्ब निकाली नजिकै फालेको समेत पाइएको छ ।

पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुसालले अभियुक्तबाट थप प्रमाणहरु संकलन भइरहेको बताए । उनले २५ दिनसम्म हिरासतमा राखेर थप तथ्य र प्रमाणहरु समेत खोज्ने बताए ।

गरिबी र पारिवारिक बिचलनमा परेका र कुलतमा फसेका अभियुक्तले योजनाबद्ध तरिकाले हत्या गरेपछि भागेको ठाउँ, गरगहना बिक्री गर्दाको सिसीटिभी फुटेजहरुबाट समेत पुष्टी भएको प्रनाउ भुषाललको भनाई छ । लुटपाट गर्ने, अन्य सम्पत्ति खोजीका लागि बाकस तोडफोड गरेका थिए।दम्पत्तीको हत्या गरेपछि अभियुक्तद्धय पैदलमार्ग हुदै राती मालढुंगाबाट सवारीसाधन चढेर पोखराको बागलुङ बसपार्क पुगेका थिए ।

मृतकको शरीरबाट निकालिएको गरगहना पोखरा महानगरपालिका–२५ हेम्जा बस्ने ६० बर्षिय कर्णबहादुर विकलाई सुन गाल्न लगाई बागलुङ बजारमा रहेको पूर्णिमा सुनचाँदी पसलका ४९ बर्षिय परसुराम बिकलाई बिक्री गरी पैसा बाँडेर आफ्नो बाटो लागेका थिए । लुटपाटको क्रममा आफ्नो परिचय खुल्ने भएपछि कृष्ण र दिपकले दम्पत्तीको विभत्स हत्या गरेको स्वीकार गरेका छन् ।

अभियुक्तद्धयको ४ बर्ष अगाडी चिनजान भएको थियो । बैदेशिक रोजगारीमा जाँदा लागेको ऋण तिर्नका लागि दिपकले मदिरा सेवनको क्रमा अपराधिक योजना बनाएर कृष्णलाई समेत सुनाउने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । अभियुक्तद्धय विश्वकर्मा र दर्जी लागुपदार्थ सेवनकर्ता रहेकोमा दर्जी ६ महिनासम्म बागलुङकाृ नबजीवन सुधार गृहमा बसेर निस्किएको समेत प्रहरीले जनाएको छ ।

सुन्तला बेचेर म्याग्दीमा २१ करोड भित्रियो

0

म्याग्दीका किसानले सुन्तला बेचेर यस वर्ष २१ करोडभन्दा बढी भित्र्याएका छन् । सुन्तला म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज हो ।

म्याग्दीमा यस वर्ष उत्पादन भएको तीन हजार छ सय मेट्रिक टन सुन्तला बिक्रीबाट २१ करोड ६० लाखको कारोबार भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी सम्झना आचार्यका अनुसार गत वर्ष १७ करोडको सुन्तला उत्पादन र बिक्री भएको थियो । सुन्तला प्रतिकिलो ५५ देखि ६० का दरले बिक्री भएको छ ।

बेनी नगरपालिकाबाट सबैभन्दा बढी तीन करोड ३८ लाखको सुन्तला उत्पादन तथा बिक्री भएको छ । मालिका गाउँपालिकाबाट एक करोड ३६ लाख, अन्नपूर्ण गाउँपालिका र मङ्गला गाउँपालिकाबाट क्रमशः एक करोड ३० लाखको दरले सुन्तला बिक्री भएको छ ।

धवलागिरि गाउँपालिकाबाट ३० लाख ७० हजार तथा रघुगङ्गाबाट २५ लाखको सुन्तला बिक्री भएको सूचना अधिकारी शर्माले बताए । बेनी नगरपालिका–३ भकिम्ली, मरेक र राखु क्षेत्रबाट मात्रै दुई करोड २० लाखको सुन्तला निकासी भएको छ । बेनी नगरपालिका–४ को सिङ्गास्थित थामडाँडा, बास्कुना र सुर्केमेलाबाट एक करोड १० लाखको सुन्तला निकासी भएको वडा सदस्यसमेत रहेका किसान सन्दीप खत्रीले बताए ।

म्याग्दीमा आठ सय १० हेक्टर क्षेत्रफलको जमिनमा सुन्तलाखेती गरिएकामा चार सय २० हेक्टरमा लगाइएको सुन्तलाले उत्पादन दिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले बताए । “सुन्तलाको प्रतिहेक्टर आठ दशमलव छ मेट्रिक टन उत्पादकत्व रहेको छ”, उनले भने, “अनुकूल मौसम, रोग तथा कीराको प्रकोप नियन्त्रण, किसानलाई बीउमल, विषादी, कृषि औजार एवं सामग्रीमा अनुदान सहयोग तथा क्षेत्रफल विस्तारले सुन्तलाको उत्पादन बढेको हो ।”

कृषि ज्ञान केन्द्र, स्थानीय तहको कृषि शाखा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनका प्राविधिकले म्याग्दीका विभिन्न ठाउँमा क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अवस्था अध्ययन गरेका थिए ।

जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिनलगायतका बजारमा सुन्तला निकासी भएको बेनी नगरपालिका–३ राखुका किसान खिम पुनले बताए । राखु, मरेक, सुर्केमेला, बरंजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा छन् ।

यातायात सुविधा भएकाले ब्यापारी सुन्तला किन्न गाडी लिएर बगैँचामै पुग्ने गरेका छन् । सुन्तलाखेती विस्तार, बगैँचा व्यवस्थापन र नर्सरी स्रोत केन्द्र स्थापनासम्बन्धी कार्यक्रमका लागि चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रले ५१ वटा फार्म, समूह र सहकारीका लागि रु ६२ लाख अनुदान दिन छनोट गरेको जनाएको छ । रासस

आकाशे पानी माग्दै ताकममा बरुण देवताको पूजा (फोटो फिचर)

0

लामो सयमसम्म पानी नपरेपछि म्याग्दीको धवलागिरी गाउँपालिका-७, ताकम पधेराचौरमा आकाशे पानी माग्दै बरुण देवताको पूजा गरिएको छ । लामो समयसम्म खडेरी परेपछि बनजंगलमा आगलागी र खेतीपाती सुक्न थालेपछि २४ घण्टे अखण्ड कृतन र ६ जना पण्डितले ४ घण्टासम्म जल समाधी गरी ४५ हजार जप गदैं पूजा समापन गर्नुभएको थियो ।

लामो खडेरी र अन्नपात खेतबारीमै सुक्ने थालेपछि ताकमबासीले परम्परागत मान्यताकै आधारमा मंगलबार र बुधबार गरी दुई दिनसम्म पूजाआजा गरेको स्थानीय पत्रकार गोपाल आचार्यले बताउनुभयो । ‘बरुण देवताको पूजा गरेपछि आकाशबाट पानी पर्छ भन्ने किम्बदन्ती रहेको छ, परापूर्वकालदेखि नै पूजा गर्ने चलन छ’ पत्रकार आचार्यले भन्नुभयो ।

लामो खडेरी पर्दा ताकमबासीले बरुण देवताको पूजा गरी आकाशे बर्षाको कामना गर्ने गरेका छन् । खडेरीले अन्नबालीमा क्षती, खानेपानीको मुहान सुक्दै जानुका साथै डढेलोले बनजंगल सखाप भएपछि ग्रामिण क्षेत्रका किसान निकै चिन्तित छन् ।
तस्वीर सौजन्य गोपाल आचार्य

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु

0

बागलुङमा  दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ। आगलागीबाट एक हजार २०० हेक्टर बढी क्षेत्रफलमा फैलिएको जङ्गल उजाडिएको छ।

वनमा अहिले कतै पनि हरियाली देख्न पाइँदैन। ठूला–ठूला काठ, मुडा डढेर अङ्गार बनेका छन्। झाडी सबै जलेर सकिएको छ। आगलागीले वन मात्रै जलेन वन्यजन्तुको बासस्थान नै ध्वस्त बन्यो। कति चराचुरुङ्गी र वन्यजन्तुसमेत आगोमा परी जले त्यसको लेखाजोखा छैन। आगलागीबाट ज्यान जोगाउन भागेका वन्यजन्तु यतिबेला नजिकको गाउँ पसेका छन्। गाउँमा झरेका वन्यजन्तुले स्थानीयलाई दुःख दिन थालेका छन्।

ढोरपाटन सिकार आरक्ष नजिक पर्ने निसीखोला गाउँपालिका–४ खाडाचौरदेखि सुरु भएको आगो बढाचौर हुँदै साम्झाधुरी नजिकै पुगेको छ। स्थानीयले बस्ती जोगाए पनि वन जोगाउन सकेका छैनन्। पाँच दिनदेखि लागेको आगो अझैसम्म पनि नियन्त्रणमा आएको छैन। आगोका कारण गाउँ झरेका वन्यजन्तुले पाक्न थालेको गहुँ, जौ, तरकारी खाइदिन थालेपछि स्थानीय हैरान बनेका छन्।

पछिल्लो समय बसाइँसराइका कारण गाउँमा झाडी बढ्न थालेपछि बाँदर, बँदेल, घोरललगायतका वन्यजन्तु तल्लो क्षेत्रमा झरेका छन्। त्यसमाथि पछिल्लो समय आगलागीले गर्दा ठूलो सङ्ख्यामा वन्यजन्तु बस्ती छिरेको स्थानीय बताउँछन्।

पहिले गाउँमा मानिसको चहलपहल हुँदा कहिलेकाहीँ बाँदर आउने गरे पनि अरु वन्यजन्तु नआएको ढोरपाटन नगरपालिका–८ का गुमानसिंह घर्तीमगरले बताए। एक महिनादेखि गाउँमा वन्यजन्तुको हुल नै हिँड्ने गरेको उनको भनाइ छ।

खासगरी माथिल्लो बस्तीमा वन्यजन्तुले आतङ्क मच्याउन थालेको घर्ती बताउछन्। बारीमा लगाएको तरकारीदेखि घरमा राखेको अन्न वन्यजन्तुले नष्ट गरिदिन थालेको उनले बताए। निसीखोलापट्टिबाट लागेको आगोले ठूलो रुप लिएको घर्तीको भनाइ छ।

‘पहिले घाँसदाउरा ल्याउन जङ्गलमा पुग्दा बाँदर भेटिन्थे, चार–पाँच वर्षदेखि गाउँमा कम मान्छे भएर होला अहिले गाउँमै बाँदर आउँछन्, वनभरि आगो लागिरहेको छ, त्यही भएर होला अहिले वन बस्ने अन्य जनावर पनि आएका छन्’, घर्तीले भने, ‘घर छाडेर एकैछिन कतै गएर आउँदा सबै सामान नष्ट गरिदिन्छ, एकजना हेरालु राख्नुपर्ने स्थिति आएको छ, गाउँमा आएका जनावरलाई लखेटेर कहाँ जाउन्?, वनमा आगो लागेको छ।’

स्थानीय पानकुमारी विकले बासस्थान जलेपछि वन्यजन्तु घरको करेसामा आएर बस्न थालेको सुनाउनुभयो। बाँदर, घोरल र स्यालले भित्रयाउने बेलाको गहुँबाली नष्ट गरिदिएको उनको भनाइ छ। आफ्नो घर जङ्गल छेउमै रहेको हुँदा सबैभन्दा बढी क्षति पनि आफ्नै गरिदिएको विकले गुनासो गरे। पहिलेको तुलनामा यस वर्ष धेरै ठाउँमा आगलागी भएको भन्दै माथिल्लो क्षेत्रका जीवजन्तु सबै तल्लो भेगमा झरेको उनको भनाइ छ।

दिन प्रतिदिन आगलागी हुँदै गएपछि वन्यजन्तु तितरबितर बनेर गाउँ झर्न थालेको डिभिजन वन कार्यालय बागलुङकी सूचना अधिकारी लक्ष्मी केसीले बताइन्। फागुनदेखि हालसम्म ४० बढी सामुदायिक वनमा आगलागी भएको उनले राससलाई जानकारी दिइन्। दिन प्रतिदिन जिल्लामा आगलागी बढ्दै गएको उनको भनाइ छ।

आगो निभाउन जिल्लामा रहेका डिभिजन वन कार्यालयबाट कर्मचारीसहित स्थानीय खटिइरहेको केसी बताउछीन्। अझै पनि एक दर्जन वनमा लागेको आगो नियन्त्रण बाहिर रहेको उनको भनाइ छ ।

केसीले भनीन्, ‘बागलुङमा यस वर्ष धेरै ठाउँमा आगलागी भयो, नागरिकको लापरबाहीका कारण आगलागीका घटना धेरै भएका छन्, निभाउन धेरै प्रयास भएका छन्, आगलागीबाट वन जङ्गल जोगाउन डिभिजन वन कार्यालय बागलुङले विभिन्न सञ्चारमाध्यमबाट सचेतनामूलक सन्देश प्रवाह गरिरहेको छ, तर नागरिक गम्भीर नहुँदा दिनदिनै वनमा लागो लागिरहेको छ, आगो लगाउनेलाई नियन्त्रणमा लिने प्रयास पनि गरेका छौँ।’

लघुवित्त बैंकर्स संघ म्याग्दीले मनायो मजदुर दिवस

0

नेपाल लघुवित्त बैंकर्स संघ जिल्ला समन्वय समितिले अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ को अवसरमा म्याग्दीको सदरमुकाम बेनीबजारमा सचेतनामुलक कार्यक्रम गरी मनाएको छ ।

‘मर्यादित काम, श्रमिकको सम्मानः हाम्रो अभियान’ नाराका साथ एक सय ३५ औँ विश्व मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा लघुवित्त बैंकर्स संघले बाजागाजा सहित बेनीबजार परिक्रममा गरी सम्पूर्ण मजदुरको सम्मान र पेशागत जिम्मेबारी पूरा गर्नुपर्नेमा जोड दिइएको थियो ।

दिवसको अवसरमा बिरेन्द्रचोकमा आयोजित कार्यक्रममा नेपालमा मजदुर माथि हुने दमन तथा मजदुरका समस्या, हरेक क्षेत्रमा मजदुरको भूमिकाका बारेमा कार्यक्रम संयोजक अजय कोइरालाले आफ्नो भनाई राख्नुभएको थियो ।

दिवसको अवसरमा लघुवित्त क्षेत्रमा सम्भावना, आवश्यकता, चुनौती तथा कर्मचारीमाथि भइरहेको भौतिक आक्रमण, घाईते तथा पेशामै कार्यरत रहुदाँ ज्यान गुमाउनुपरेका ज्ञातअज्ञात मजदुरको समेत सम्झना गरिएको थियो । कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष टिकाराम रिजाल र सञ्चालन सचिव अमृत सुर्खालीले गर्नुभएको थियो ।

मजदुरको न्यूनतम आवश्यकता पूरा गर्न पनि राज्यले बेवास्ता गरेको गुनासो

0

अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ मा नेकपा (एमाले)को भ्रातृ संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले म्याग्दीको सदरमुकाम बेनीबजारमा कार्यक्रम गरी मनाएको छ ।

‘मर्यादित काम, श्रमिकको सम्मानः हाम्रो अभियान’ नाराका साथ एक सय ३५ औँ विश्व मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताले गणतन्त्र स्थापनामा मजदुरको योगदान भएपनि सुविधा थप र न्यूनतम आवश्यकता पूरा गर्न भने राज्यका निकाय चुकेको गुनासो गरेका थिए ।

दिवसको उद्घाटन गदैं जिफन्टका उपमहासचिव नरनाथ लुईटेलले मजदुरको पारिश्रमिक, सामाजिक सुरक्षा, समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव नगर्ने लगायतका प्रतिबद्धताहरू पूरा नभएको बताउनुभयो । हरेक पालिकामा मजदुरहरुको सुचिकरण गर्ने, अनौपचारीक क्षेत्रमा पनि श्रमको उचित मूल्य र व्यवस्थापनका साथै स्थानिय तहलाई कामको केन्द्रका रुपमा विकास गर्नु पर्ने उहाँका तर्क थियो ।

नेकपा एमाले म्याग्दीका उपाध्यक्ष प्रमोद श्रेष्ठले मुलुकको विकासका लागि मजदुरको योगदान अतुलनीय रहेकोले उनीहरुको हित र सुरक्षामा सबैले प्रतिबद्धता जनाउनु पर्ने बताउनुभयो । राज्यले पनि मजदुरको सुरक्षाको वारेमा सोच्नु पर्ने बताउँदै श्रमको मुल्य र तोकिएको समयमा पारिश्रमिक पाउने व्यवस्थाका लागि पनि राज्यले नीति बनाएर कार्यान्वयनमा पनि कडाइ गर्नु पर्ने तर्क गर्नुभयो ।

दिवसको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, नेपाल पत्रकार महासंघका उपाध्यक्ष हरिकृष्ण गौतम, म्याग्दी हेभी इक्यूपमेन्ट अपरेटर संघका अध्यक्ष देबेन्द्र चोखालले मजदुरको आवश्यकता पूरा गर्नुपर्नेमा जोड दिएका थिए । सोही अवसरमा अनमी सुमित्रा थजालीले मजदुरलाई स्वास्थ्य सम्बन्धि जानकारी तथा मदिरा र सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने नोक्सानीका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

औपचारीक कार्यक्रम भन्दा पहिला नौमती बाजा सहित बेनीको वीरेन्द्रचोकबाट सुरु भएको ¥यालीले मजदुर हितका विषयमा नारा लगाउँदै मंगलाघाट, न्यूरोड, क्याम्पसचोक, अस्पतालचोक, संगमचोक हुँदै बजार परिक्रमा गरेर जिल्ला समन्वय समितिको सभा हलमा पुगेर कार्यक्रममा परिणत भएको थियो । जिफन्ट म्याग्दीका अध्यक्ष राजकुमार राई, स्वागत क्यूपेक नेपालका कार्यवाहक जितबहादुर किसान र सञ्चालन सचिव अर्जुन रानाले गर्नुभएको थियो ।

 

‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’

0

डिभिजनल वन कार्यालय ललितपुरले डढेलो नियन्त्रणसम्बन्धी राम्रो ज्ञान नभइ नियन्त्रणमा जाँदा ललितपुरमा दुई जानाको ज्यान गएको जनाएको छ। गोदावरी नगरपालिका-४ बडीखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा शङ्कर पहरीको मङ्गलबार तथा रमेश पहरीको आज बिहान मृत्यु भएको हो।

कार्यालयका अनुसार गोदावरी नगरपालिका-६ टीकाभैरवको सामुदायिक वन, सोही नगरपालिका-५ महादेव खोला सत्य सामुदायिक वन, वडा नं-४ बडिखेलको तपेश्वर मन्दिर वन, वडा नं-९ छेडा सामुदायिक वनमा डढेलो लागेको थियो।

यसैगरी वडा नं-३ जयभद्र सामुदायिक वन, वडा नं-१० चारघरे सामुदायिक वन, वडा नं-९ ढुङ्गेनी पातले सामुदायिक वन, वडा नं-२ ताप्लेछाप सामुदायिक वन, बागमती गाउँपालिका-५ कुँडुल्लेको सरकारी वन र महालक्ष्मी नगरपालिका-३ लुभु पातले सामुदायिक वनमा डढेलो लागेको थियो।

डिभिजनल वन कार्यालय ललितपुरका वन अधिकृत थीरप्रसाद कोइरालाले वन क्षेत्रमा लागिरहेको डढेलो सुरक्षित रहेर नियन्त्रण गर्ने ज्ञानको अभाव हुँदा दुई जनाले ज्यान गुमाउनु परेको बताए।

‘डढेलो भिरालो ठाउँमा लाग्दा निभाउन असजिलो भयो,’ उनले भने, ‘तलबाट आगो बल्दै माथि आउने भएकाले माथि बसेर नियन्त्रण गर्न खोज्दा ज्यान गएको हो, आगो नियन्त्रण गर्दा जहिले पनि आगोको लप्का आउने दिशाभन्दा विपरीत बस्नुपर्छ।’

तर कहिलेकाहीँ हावा चल्दा आगो विपरीत दिशातिर आइदिने भएकाले नसोचेको घटना हुने डोल्पाका डिभिजनल वन अधिकृत मुनबहादुर राउतले बताए। गत चैत महिनामा डोल्पाको ठुलीभेरी नगरपालिकाको मष्टा सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा तीन जना नेपाली सेनाले ज्यान गुमाएका थिए।

यसैगरी नेपाल प्राविधिक सङ्घका अध्यक्ष राकेश कर्णले वन डढेलो नियन्त्रणका कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए। ‘अधिकांश वन डढेलो मानिसले जानीजानी लगाएका हुन्छन्, मानवीय गतिविधि नियन्त्रण गर्न जरुरी छ,’ उनले भने, ‘वन व्यवस्थापनको क्रियाकलापलाई उच्च प्रथामिकता दिन जरुरी छ।’

मानिसले जङ्गलमा आगो लगाएमा कारबाही हुने कानुनी व्वस्था छ। वन ऐन २०७६ को दफा ४९ को ‘घ’ मा राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा सजाय हुने व्यवस्था छ।

वन डडेलो व्यवस्थापन रणनीति २०६७ मा डढेलो व्यवस्थापन गर्न आवश्यक नीतिगत तथा संस्थागत संरचनाको निर्माण एवं सुदृढिकरण गर्ने, डढेलो रोकथाम तथा नियन्त्रणमा स्थानीय, सरकारी तथा गैर सरकारी निकाय परिचालन गर्ने, डढेलोको जोखिमबारे अग्रिम जानकारी लिने र पूर्व तयारी गर्ने लक्ष्य रहेको उल्लेख छ।

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो !

0

तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च धान्ने एउटै माध्यम थियो सालको पात। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेस्थित डाँडाखर्ककी ४२ वर्षीया नरकुमारीले सालको पात बेचेरै पाँच वर्षदेखि जीविका चलाइरहेकी थिइन्। छोराछोरीको पढाइमा लाग्ने सबै खर्च पात बेचेरै जुटाउने गर्थिन।

आफ्नो जमिनमा फलेको अन्नले छ महिना पनि खान पुग्दैन। धेरै वर्षदेखि सालको पात टिप्ने गरेको देउले, भालासिरुवानी, दियाले चउर तथा चन्द्रमान राई सामुदायिक वनमा डढेलो लागेपछि उनी चिन्तित छिन्।

नरकुमारीको ११ वर्षीया छोरी भावना कक्षा सात, आठ वर्षका छोरा सोनाम कक्षा पाँच र पाँच वर्षीया छोरा विवेक कक्षा दुईमा पढछन्। भावना र सोनाम सोही नगरपालिकाको वडा नं ५ लफ्याङस्थित श्री माध्यमिक विद्यालय बाँसबोटे र विवेक खाल्लेकै डाँडाखर्कस्थित राष्ट्रिय प्रजातन्त्र आधारभूत विद्यालयमा अध्ययनरत छन्।

पाँच वर्षदेखि सालको पात टिप्दै आएको जङ्गलमा डढेलो लागेपछि दैनिक गुजाराको माध्यम नै तत्कालका लागि आगोले सखाप पारेको नरकुमारीले बताउँछिन्।

‘एक दिनमा २० मुठासम्म सालको पात टिपिन्थ्यो। दिक्तेल बजारमा सालको पात प्रतिमुठा ५० मा बिक्री हुन्छ। अहिले डढेलोले जङ्गल सखाप पार्‍यो’, उनले भनिन्, ‘सालको पातले दैनिक घर खर्च र छोराछोरीको पढाइ खर्च धान्ने गरेकी थिएँ। डढेलोले जङ्गल सखाप भएपछि कसरी घर खर्च जुटाउने भन्ने चिन्ता छ। गरिबलाई प्रकृतिले पनि ठग्दो रहेछ।’

त्यसो त रावाबेँसी गाउँपालिका-३ लामीडाँडास्थित तिर्पाबाट १३ वर्षअघि विवाह गरेर खाल्ले आएकी नरकुमारीको परिवारमा एकपछि अर्को समस्यामा पर्दै आएको छ। कान्छा छोरा विवेक जन्मिँदै मुटु रोगी जन्मिए। विसं २०७५ भदौ १८ गते जन्मिएका विवेक अहिले पनि बिरामी छन्।

गङ्गालाल हृदय रोग केन्द्र काठमाडौँमा उपचार गराइरहेका कान्छा छोरा चिकित्सकको निगरानीमा राखिएको छ। छोराको स्वास्थ्य अहिले सामान्य बन्दै गएको छ।

सुरुमा छोरालाई ग्रिनसिटी अस्पताल काठमाडौँ भर्ना गरिएको थियो। उपचारमा अस्पतालले सात लाख ५० हजार लियो।

‘जन्मिएको दुई दिनमा दुई सय लिएर जिल्ला अस्पताल खोटाङ लगेकी थिए। अस्पतालले यहाँ ठीक हुँदैन भनेपछि ५० हजारमा नन्दको सुन धितो राखेर काठमाडौँ लग्यौँ, उपचारमा १६ लाख सकियो,’ उनले भनिन्। ‘काठमाडौँको तीन/चारवटा अस्पताल डुलाउँदा १६ लाख सकियो। घरमा एक रुपैयाँ थिएन। सबै ऋण काढेर उपचार गर्‍यौँ, छोरा अलि ठीक भएपछि घर फर्कायौँ।’

छोराको उपचारमा खर्च भएको ऋण तिर्न नसकेपछि साहुले घरको पशुचौपाय लग्यो। ऋण तिर्न विदेश गएका श्रीमान् दुर्घटनामा परी उतै घाइते भए। घरमूली नै विदेशमा घाइते भएपछि परिवारको बिचल्ली भएको छ।

नरकुमारीको श्रीमान् दानबहादुर खत्री पाँच वर्षदेखि साउदी अरबस्थित एउटा घरको कोठामा अशक्त अवस्थामा छन्। ‘स्काफोल्डिङ’ को काममा विसं २०७६ माघ ७ गते साउदी अरब पुगेका दानबहादुर सात महिना नबित्दै लडेर घाइते भएका हुन्।

काम गर्ने क्रममा लडेर ढाड भाँचिएपछि साउदी अरबमै उपचाररत दानबहादुरको स्वास्थ्यमा सामान्य सुधार आएको बताइएको छ। तीन वर्षसम्म अस्पताल बसेर उपचार गराएका दानबहादुरले अहिले सामान्य हिँड्डुल गर्न सक्ने भएको फोनमा कुराकानी हुँदा बताउने गरेको नरकुमारीको भनाइ छ।

‘कमाउन विदेश गएका श्रीमान् बिरामी छन्। कलकलाउँदा उमेरका तीन छोराछोरी छन्। अहिले त सानो बाबु पनि ठीक हुँदैछ’, गहभरी आँसु पार्दै उनले भनिन्, ‘बनीबुतो गरेको पैसाले दैनिक हातमुख जोड्न  धौ-धौ छ। सालको पात टिपेर बेच्दै थिएँ त्यो पनि डढेलोले केही महिनालाई नपाइने भयो।’

छोराछोरीको पठनपाठन कसरी गराउने भन्ने चिन्ताले उनलाई रातभर निन्द्रा लाग्दैन। कसैले सहयोग गरे पढाउन सकिन्थ्यो कि भन्ने आशा छ। कमजोर आर्थिक अवस्थाका खत्री परिवारलाई वैदेशिक रोजगारसम्बन्धी कार्यक्रम गर्दै आएको सामी परियोजनाले ५० हजार आर्थिक सहयोग गरेको छ।

error: Content is protected !!