Wednesday, April 30, 2025
17.4 C
Beni
17.4 C
Beni
Wednesday, April 30, 2025
Home Blog Page 294

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो !

0

तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च धान्ने एउटै माध्यम थियो सालको पात। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेस्थित डाँडाखर्ककी ४२ वर्षीया नरकुमारीले सालको पात बेचेरै पाँच वर्षदेखि जीविका चलाइरहेकी थिइन्। छोराछोरीको पढाइमा लाग्ने सबै खर्च पात बेचेरै जुटाउने गर्थिन।

आफ्नो जमिनमा फलेको अन्नले छ महिना पनि खान पुग्दैन। धेरै वर्षदेखि सालको पात टिप्ने गरेको देउले, भालासिरुवानी, दियाले चउर तथा चन्द्रमान राई सामुदायिक वनमा डढेलो लागेपछि उनी चिन्तित छिन्।

नरकुमारीको ११ वर्षीया छोरी भावना कक्षा सात, आठ वर्षका छोरा सोनाम कक्षा पाँच र पाँच वर्षीया छोरा विवेक कक्षा दुईमा पढछन्। भावना र सोनाम सोही नगरपालिकाको वडा नं ५ लफ्याङस्थित श्री माध्यमिक विद्यालय बाँसबोटे र विवेक खाल्लेकै डाँडाखर्कस्थित राष्ट्रिय प्रजातन्त्र आधारभूत विद्यालयमा अध्ययनरत छन्।

पाँच वर्षदेखि सालको पात टिप्दै आएको जङ्गलमा डढेलो लागेपछि दैनिक गुजाराको माध्यम नै तत्कालका लागि आगोले सखाप पारेको नरकुमारीले बताउँछिन्।

‘एक दिनमा २० मुठासम्म सालको पात टिपिन्थ्यो। दिक्तेल बजारमा सालको पात प्रतिमुठा ५० मा बिक्री हुन्छ। अहिले डढेलोले जङ्गल सखाप पार्‍यो’, उनले भनिन्, ‘सालको पातले दैनिक घर खर्च र छोराछोरीको पढाइ खर्च धान्ने गरेकी थिएँ। डढेलोले जङ्गल सखाप भएपछि कसरी घर खर्च जुटाउने भन्ने चिन्ता छ। गरिबलाई प्रकृतिले पनि ठग्दो रहेछ।’

त्यसो त रावाबेँसी गाउँपालिका-३ लामीडाँडास्थित तिर्पाबाट १३ वर्षअघि विवाह गरेर खाल्ले आएकी नरकुमारीको परिवारमा एकपछि अर्को समस्यामा पर्दै आएको छ। कान्छा छोरा विवेक जन्मिँदै मुटु रोगी जन्मिए। विसं २०७५ भदौ १८ गते जन्मिएका विवेक अहिले पनि बिरामी छन्।

गङ्गालाल हृदय रोग केन्द्र काठमाडौँमा उपचार गराइरहेका कान्छा छोरा चिकित्सकको निगरानीमा राखिएको छ। छोराको स्वास्थ्य अहिले सामान्य बन्दै गएको छ।

सुरुमा छोरालाई ग्रिनसिटी अस्पताल काठमाडौँ भर्ना गरिएको थियो। उपचारमा अस्पतालले सात लाख ५० हजार लियो।

‘जन्मिएको दुई दिनमा दुई सय लिएर जिल्ला अस्पताल खोटाङ लगेकी थिए। अस्पतालले यहाँ ठीक हुँदैन भनेपछि ५० हजारमा नन्दको सुन धितो राखेर काठमाडौँ लग्यौँ, उपचारमा १६ लाख सकियो,’ उनले भनिन्। ‘काठमाडौँको तीन/चारवटा अस्पताल डुलाउँदा १६ लाख सकियो। घरमा एक रुपैयाँ थिएन। सबै ऋण काढेर उपचार गर्‍यौँ, छोरा अलि ठीक भएपछि घर फर्कायौँ।’

छोराको उपचारमा खर्च भएको ऋण तिर्न नसकेपछि साहुले घरको पशुचौपाय लग्यो। ऋण तिर्न विदेश गएका श्रीमान् दुर्घटनामा परी उतै घाइते भए। घरमूली नै विदेशमा घाइते भएपछि परिवारको बिचल्ली भएको छ।

नरकुमारीको श्रीमान् दानबहादुर खत्री पाँच वर्षदेखि साउदी अरबस्थित एउटा घरको कोठामा अशक्त अवस्थामा छन्। ‘स्काफोल्डिङ’ को काममा विसं २०७६ माघ ७ गते साउदी अरब पुगेका दानबहादुर सात महिना नबित्दै लडेर घाइते भएका हुन्।

काम गर्ने क्रममा लडेर ढाड भाँचिएपछि साउदी अरबमै उपचाररत दानबहादुरको स्वास्थ्यमा सामान्य सुधार आएको बताइएको छ। तीन वर्षसम्म अस्पताल बसेर उपचार गराएका दानबहादुरले अहिले सामान्य हिँड्डुल गर्न सक्ने भएको फोनमा कुराकानी हुँदा बताउने गरेको नरकुमारीको भनाइ छ।

‘कमाउन विदेश गएका श्रीमान् बिरामी छन्। कलकलाउँदा उमेरका तीन छोराछोरी छन्। अहिले त सानो बाबु पनि ठीक हुँदैछ’, गहभरी आँसु पार्दै उनले भनिन्, ‘बनीबुतो गरेको पैसाले दैनिक हातमुख जोड्न  धौ-धौ छ। सालको पात टिपेर बेच्दै थिएँ त्यो पनि डढेलोले केही महिनालाई नपाइने भयो।’

छोराछोरीको पठनपाठन कसरी गराउने भन्ने चिन्ताले उनलाई रातभर निन्द्रा लाग्दैन। कसैले सहयोग गरे पढाउन सकिन्थ्यो कि भन्ने आशा छ। कमजोर आर्थिक अवस्थाका खत्री परिवारलाई वैदेशिक रोजगारसम्बन्धी कार्यक्रम गर्दै आएको सामी परियोजनाले ५० हजार आर्थिक सहयोग गरेको छ।

फगामी परिवारद्वारा बाल जागृतिका विद्यार्थीलाई खाद्यान्न सहयोग 

0

बेनी नगरपालिका-७ मंगलाघाटका रमेश फगामी र गुनमाया फगामीको परिवारले वगुवाखोला स्थित बाल जागृति आधारभूत विद्यालयमा अध्ययनरत वौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गर्नुभएको छ ।

१३५ औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर फगामीका छोरा वुहारी हाल अष्ट्रेलियामा रहनुभएका वर्षात र दुर्गा फगामीको सहयोगमा रु २५ हजार बराबरको खाद्यान्न तथा शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।

बुधबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि फगामी परिवारले दाल, चामल, नुन, तेल, कपी, कलम लगायतका खाद्यान्न तथा शैक्षिक सामग्री विद्यालयका प्रधानाध्यापक धन बहादुर क्षेत्रीलाई प्रदान गर्नुभएको हो ।

सहयोग रकम हस्तान्तरण गर्दै बेनी नगरपालिका वडा नम्वर ७ का वडा सदस्य समेत रहनुभएका फगामीले वौद्दिक रुपमा अपांगता भएका विद्यार्थीहरुलाई अध्ययन सहित खानपानको समेत व्यवस्थापन गर्दै आएको विद्यालयलाई सहज होस भनेर खाद्यान्न सहयोग उपलब्ध गराईएको बताउनुभयो । साथै उहाँले छोरा वुहारीको ईच्छा अनुसार यस्तै सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।

सहयोग ग्रहण गर्दै विद्यालयका प्रधानाध्यापक क्षेत्रीले फगामी परिवारको यो सहयोगले विद्यालयमा अध्ययनरत वौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई राहत मिल्ने बताउनुभयो । कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बेल बहादुर कटुवाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विज्ञान केसी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन दुर्गा वुढाले गर्नुभएको थियो ।

म्याग्दी नदीमा साहसिक जलयात्रा (फोटो फिचर)

0

म्याग्दी नदीमा जलयात्रा (र्‍याफ्टिङ) सञ्चालन गरिएको छ । म्याग्दी र कालिगण्डकी खण्डमा जलयात्राको प्रचुर सम्भावना रहेको अवस्थामा बेनी नगरपालिका–७, बाट म्याग्दी र कालिगण्डकी नदीको सङ्गम स्थल हुदै मालढुंगासम्म छोटो प्याकेजटको जलयात्रा सुरु गरिएको हो ।

र्‍यापिट रनर नामक र्‍याफ्टिङ कम्पनीका सुवास रानामगरले म्याग्दी नदीबाट नियमित जलयात्रा गर्न सकिने बताए । ‘नदी आसपासमा निर्माणधिन अवस्थामा रहेको संरचनाले जलयात्रालाई असहज बनाएको छ, म्याग्दी नदीको अहिलेको अवस्थामा जलयात्रामा भने कुनै असर गदैन’ गाइड रानामगरले भने । उनले म्याग्दी नदीबाट कम्पनीले नियमित जलयात्राको तयारी समेत गरेको बताए ।

बेनी नगरपालिका वडा नं ६ र ७ वडाभित्रका केही ठाउँमा समस्या भएपनि पहिलोपटक जलयत्रामा निस्किएका पर्यटकले आनन्द महसुस गर्ने बताए । यसअगाडी गलेश्वरदेखि म्याग्दी र कालिगण्डकी दोभान आसपासबाट जलयात्रा गराउने गरेको कम्पनीले म्याग्दी खण्डलाई समेत रोज्न थालेका छन् । म्याग्दीबाट नयाँ पुल हुँदै मिर्मी सम्म पनि जलयात्रा गर्न सकिने गाइड रानामगरको भनाई छ ।

यसअगाडी बेनीको कालिपुलस्थित गण्डकी होटलले समेत स्पलास नेपाल एडभान्चरसँगको सहकार्यमा जलयात्रा सञ्चालन गदैं आइरहेको छ। म्याग्दी र कालिगण्डकी नदीमा दुर्घटनाको जोखिम कम र पानीको बहाव राम्रो भएकाले पनि बालबालिकादेखि बृद्धबृद्धासम्मले जलयात्रा गर्न सकिन्छ ।

बेनीदेखि मालढुङा, नयाँ पुल हुँदै मिर्मी सम्म पुग्न तीन दिन जलयात्रा गर्नुपर्दछ । र्‍याफ्टिङको प्रबद्र्धन गर्न सके आन्तरिक पर्यटकका लागि पर्यटनको ‘हव’ बनाउन सकिने भएकाले म्याग्दी उद्योग वाणिज्य संघले समेत थप योजना बनाइरहेको अध्यक्ष सुविन श्रेष्ठले बताए । ‘म्याग्दी र कालिगण्डकीबाट साप्ताहिक रुपमा र पछि नियमित सञ्चालनको योजना छ, र्‍याफ्टिङ ब्यवसायीसँग सहकार्यको तयारी भइरहेको छ’ अध्यक्ष श्रेष्ठले भने । म्याग्दीमा निजी क्षेत्रको प्रयासमा महोत्सव तथा अन्य समयमा समेत ¥याफ्टिङ सञ्चालन हुने गरेको छ ।

 

 

 

पत्रकार महासंघ म्याग्दी शाखा गण्डकी प्रदेशकै उत्कृष्ट घोषित

0

नेपाल पत्रकार महासंघ म्याग्दी शाखा गण्डकी प्रदेशमा उत्कृष्ट भएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा संस्थागत मर्यादा र ब्यवसायिक निष्ठापूर्वक कार्य गरेको भन्दै उत्कृष्ट शाखाको रुपमा सम्मान गरिएको हो ।

बुधबार विहान आयोजित साधारणसभा तथा अधिवेशनको अवसरमा गण्डकी प्रदेशसभाका प्रमु्ख डिल्लिराज भट्ट, महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्माले म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेललाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो ।

पत्रकार महासंघ म्याग्दीले संस्थागत विकास, शुद्धिकरण अभियान र पेशागत हकहितका लागि गरेका कार्यको प्रशंसा गरिएको थियो । गण्डकी प्रदेशका ११ जिल्लामा उत्कृष्ट शाखा भएको पत्रकार महासंघ म्याग्दी शाखा पहिलोपटक प्रदेशमा उत्कृष्ट भएको छ । ‘प्रदेशकै उत्कृष्ट शाखा हुन सबैको योगदान छ,‘ संस्थाको यो गरिमालाई उचाईमा पु¥याउनु छ’ अध्यक्ष पौडेलले भन्नुभयो ।

बि.स २०६३ सालमा स्थापाना भएको शाखा निवर्तमान अध्यक्ष तारानाथ शर्माको कार्यकालमा बेनी नगरपालिकासँग समन्वय गरी जग्गा ब्यवस्थापन गरेको थियो भने अध्यक्ष पौडेलको नेतृत्वमा संरचना बनाएर आफ्नै भवनबाट कार्यसम्पादन गरिरहेको छ ।

नर्थ अन्नपूर्ण शिविरलाई म्याग्दीकै उत्कृष्ट पर्यटकीय गन्तब्य बनाइने

0

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको प्रर्बधनका लागि जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा सहित म्याग्दीका स्थानीय तहका प्रमुख सहितको ६० जनाको टोली प्रस्थान गरेको छ । अन्नपूर्ण गाउँपालिकाले आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजनामा अन्नपूर्ण म्याराथुनको समेत सम्भाब्यता अध्ययन गरिने छ ।

समुद्री सतहदेखि चार हजार एक सय ९० मिटरको उचाइमा पुगेर समन्वय बैठक समेत हुने छ । सन् १९५० जुन ३ तारिकका दिन फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेका थिए।

अन्नपूर्ण हिमालको प्रथम आरोही हर्जोगको नामबाट नामाकरण गरिएको नारच्याङ हुँदै आधारशिविर पुग्ने पदमार्ग, आश्रयस्थल, पुल लगायतका पूर्वाधार निर्माण भइसकेकाले यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन गाउँपालिकाले प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताए।

नारच्याङ हुँदै–छोटेपा–हुमखोलासम्म २० किलोमिटर दुरीमा सडकको ट्र्याक निर्माण भएपछि पर्यटकलाई सहज भएको छ। हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दुरीमा पदमार्ग, आश्रयस्थ लगायत पर्यटन पूर्वाधार निर्माण गरेपछि नर्थ अन्नपूर्ण आधार शिविरमा गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि एकैदिनमा पुग्न सकिन्छ भने ३ र ५ दिनको यात्रा निकै सहज हुन्छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले अन्नपूर्ण क्षेत्रको प्रर्बधनका लागि संरचना सँगै प्रर्बधनात्मक कार्यक्रमलाई समेत प्राथमिकता दिएको बताए । पछिल्लो समय पदमार्ग सहितको संरचनाले बेसक्याम्पसम्म पुग्न निकै सहज भएकाले थप पूर्वाधारका लागि समेत आगामी बजेटमा समेत सम्बोधन गरिने बताए ।

बुबाआमाले बिर्सेकी सृष्टिको शैक्षिक अभिभावक बने किसान जिसी

0

जन्मदिने आमाबुबाले बिर्सिएकी बेनी नगरपालिका–६,डम्बरा बस्ने १२ बर्षिय सृष्टि विकले शैक्षिक अभिभावक पाएकी छन्। जन्मदिने आमाबुबा दुबैले दोस्रो विवाह गरेपछि सुकुम्बासी जिवन बिताइरहेकी माइतकी हजुरआमा जानकी विकसँग बस्दै आएकी सृष्टिलाई यूकेमा रहेका बेनपा-६,छापका किसान जिसीले कक्षा १२ सम्मको पठन–पाठनका लागि आवश्यक वार्षिक १६ हजार ५०२ नगद आर्थिक सहयोग गरेका छन् ।

म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रियका उपाध्यक्ष समेत रहेका किसान जिसीले चरम गरिबीसँग जुधेर पनि पढाइमा अब्बल सृष्टिलाई शिक्षादीक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता सहित सामाजिक संस्था गंगा जिसी फाउण्डेशनका संस्थापक अध्यक्ष नारायण जिसीमार्फत मंगलबार विद्यालयमा एक कार्यक्रम गरी अभिभावकत्व ग्रहण गरेका हुन् ।

गरिबी र नियतिको भूमरीमा परेकी हजुरआमाले आफ्नो भोक, प्यास, निन्द्रा, सबै बिर्सेर नातिनीको शिक्षादीक्षाका लागि बुढेशकालमा पनि ज्यालामजदुरी गर्ने गरेको समाचार बेनीअनलाइनबाट प्रकाशित भएपछि सहयोगदाता जिसीले आफ्नो जन्मदिनको अवसरमा शैक्षिक अभिावकत्व ग्रहणको प्रतिबद्धता जनाएका थिए ।

‘गरिबीलाई नजिकबाट महसुस गरेको छु, सृष्टिको शैक्षिक यात्रामा कुनै कमि हुन दिन्न,‘गरिबीलाई पार गर्न पनि उनलाई शैक्षिक वातावरण आवश्यक पर्छ’ मोना आइसीका उपाध्यक्ष जिसीलाई उद्धित गदैं दाजु नारायण जिसीले भने ।

यसअगाडी पनि सहयोगदाता जिसीले सरस्वती आधारभुत विद्यालयमै पढ्ने पुष्पा राई, न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा पढ्ने अभिभावकविहिन करिना कार्की लगायत आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका दर्जनौलाई सहयोग गरेका छन् ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष क्या. मिनबहादुर कार्कीले विपन्न परिवारकी सृष्टिको शैक्षिक भविस्यका लगि यो सहयोगले ठूलो राहत मिलेको बताए। जेहन्दार,अध्ययनशील र अनुशासितका साथै विद्यालयकै मेधावी छात्रा सृष्टिले भविस्यमा गायक र इन्जिनियर बन्ने सपना बोकेकी छन् ।विद्यालयका प्रधानध्यापक छेमप्रसाद गर्बुजा पुनले विपन्न र बेसहारका लागि भइरहेको प्रयासबाट उत्साहित भएको बताए ।

प्रअ गर्बुजाले विहान–बेलुकी हातमुख जोड्न समेत ठुलै यूद्ध जिते जस्तै हुने गरेको परिवारमा सहयोगले पढाईलाई खर्चका लागि सहज भएको बताए । सहयोग हस्तान्तरण कार्यक्रममा सृष्टिकी हजुरआमा जानकीले नातिनीको शिक्षादिक्षामा खर्च गर्ने र आफुँले मजदुरी गरी घरखर्च चलाउने बताईन् ।आँखामा टिलपिल–टिलपिल आँसु बगाउँदै जानकीले नातिनीलाई छोरीज्वाईले कलिलै अवस्थामा छोडेर गएपछि आफुँले हुर्काएको बताइन्।

आमाबुबाको साथ र सहयोग नपाएको भन्दै अर्को जुनीमा आमाको कोखमा छोरा भएर जन्मिने चाहना रहेको सृष्टिको भनाई छ ।‘मलाई छोरी भनेर कहिल्यै फोन आउँदैन्, मेरो आमाबुबाको जिम्मेबारी हजुरआमा लिनुभएको छ,’सृष्टिले भनिन् । एकाबिहानै उठ्ने, नियमित घरायसी काम गर्ने, खाना पकाउने, हजुरआमालाई सघाउने सघाउने र फुर्सदको समयमा पढ्ने गरेकी सृष्टि विद्यालयमा मेहनती, लगनशील र इमानदार विद्यार्थीको रूपमा चिनिन्छन्।

मंगलाका उत्कृष्ट ५ कृषकलाई प्रोत्साहन रकम हस्तान्तरण

0

म्याग्दीको मंगला गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा सक्रिय रहेका उत्कृष्ट कृषकलाई प्रोत्साहन रकम हस्तान्तरण गरेको छ। गाउँपालिमा कृषि र पशुपालनमा आर्कषित गर्ने गरी उत्पादन प्रोत्साहन सहयोग गरेको छ । गाउँपालिकामा कृषकलाई कृषि पेसामै टिकाइराख्ने उद्देश्यसहित कृषि र पशुपंक्षी पालनमा सक्रिय रहेका कृषकमध्येबाट उत्कृष्ट ५ जनालाई नगद १० हजार सहित जिन्सी सामान समेत वितरण गरिएको कृषि शाखाका प्राविधिक जगत बानियाँले बताउनुभयो ।

गाउँपालिकाले अनुदानका लागि सार्वजनिक गरेको सूचनामा १५ जनाले आवेदन दिएकोमा मंगला–१ का यामबहादुर बुढाथोकी, वडा नं २ थमप्रसाद पौडेल, वडा नं ३ नरिलाल कामी, वडा नं ४ क्षेत्रबहादुर रोका, वडा नं ५ धनबहादुर रोकालाई प्र्रोत्साहन रकम उपलब्ध गराइएको थियो ।

प्रोत्साहन रकम हस्तान्तरण गदैं गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले कृषकलाई कृषिमा आत्मनिर्भर बनाउन र यान्त्रिकीकरण सहित नगद प्रोत्साहनको नीतिलाई प्राथमिकता दिएको बताउनुभयो । निर्वाहमुखी पेसा गरिरहेकालाई सहयोग गरेर व्यावसायिक बनाउने लक्ष्यसहित आगामी दिनमा कृषकलाई परिचयपत्र, बास्तविक कृषकलाई अनुदानमा प्राथमिकता दिने बताउनुभयो ।

गाउँपालिका भित्रका ५ वटै वडामा रहेका कृषकलाई माटो सुहाउँदो उत्पादनमा प्रोत्साहन सहित अनुदान र तालिममार्फत समेत सीप हस्तान्तरण गरिने जनाइएको छ । कृषकलाई प्रोत्साहन रकम हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष पेमा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद पौडेल, अधिकृत कुलप्रसाद आचार्य लगायतको उपस्थिती रहेको थियो ।

शैक्षिक भ्रमणमा आएका विद्यार्थी बोकेको बस मुस्ताङमा दुर्घटना : २१ जना घाइते

0

काठमाडौंको अनामनगरस्थित लिबर्टी कलेजबाट शैक्षिक भ्रमणमा आएका विद्यार्थी सवार बस मंगलवार (आज) मुस्ताङको कागबेनीमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मुक्तिनाथ दर्शन गरी जोमसोमतर्फ फर्कँदै गरेको ३–०१–००६ ख ६२२ नम्बरको बस वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ४ कागबेनीस्थित सेल्फिडाँडामा दुर्घटना भएको हो ।बसको ब्रेक फेल भई सडकमा पल्टिएको मुस्ताङका प्रहरी प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।

प्रनाउ पाण्डेका अनुसार घाइते हुनेमा काठमाडौं कीर्तिपुरकी प्रतीक्षा खड्का, भक्तपुर चाँगुनारायणकी विन्दा दाहाल, सिरहा लहानका आदेश आचार्य, भक्तपुर मध्यपुर ठिमीका अनुज न्यौपाने, सिरहा गोलबजारकी ज्योति साह, गुल्मी रुरुकी समीक्षा ज्ञवाली रहेका छन् ।

त्यैगरी दुर्घटनामा परी सुनसरी हरिनगरका निशान रसाइली, धनुषा धनगढीका सुरजकुमार परियार, बर्दिया मधुवनका सुवास नेपाल, काभ्रे तेमालका सौगात त्रिपाठी, सर्लाही कौडैनाका साहुल साह, काठमाडौंका साइरस तामाङ, भक्तपुर सूर्यविनायकका अनामिका सुवार, धनुषा जनकपुरका दीपककुमार निधि, सर्लाही हरिवनका निरञ्जन साह र डोटी शिखर नगरपालिकाका रोहित बलायर घाइते भएका छन् ।

यस्तै काठमाडौं एयरपोर्टकी अनामिका थापा, कैलाली गोदावरीका ध्रुवराज जोशी, भोजपुर भोजपरनका पेसल बस्नेत, महोत्तरी जलेश्वरकी रम्मा कुमारी, पाँचथर कुम्मायका आदेश लावती घाइते भएका र उनीहरुको जिल्ला अस्पताल मुस्ताङमा उपचार भईरहेको जनाइएको छ ।

बेनी नगरको आफ्नै ‘कृषि बजार’, कृषकको उत्पादन खरिद गरी अनुदान दिइने

0

बेनी नगरपालिकाले आफ्नै कृषि बजार सञ्चालन गर्ने भएको छ । नगरपालिका भित्र उत्पादिन कृषिजन्य बस्तुको बजारीकरणमा सघाउने र उत्पादनमा आधारित अनुदान वितरणलाई प्राथमिकता दिने उद्देश्यले बेनी नगरपालिकाले वडा नं ८ कालीपुलमा कृषि बजारको भवन निर्माण सुरु गरेको हो।

संघीय सरकारको विशेष अनुदानमा तीन करोडको लागतमा १५ कोठाको भवन निर्माण गर्न लागिएको वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो ।

संघीय सरकारको कृषि तथा पशुपक्षी बजार प्रवर्द्धन कार्यक्रमअन्तर्गत नगरपालिकामा चालु आर्थिक वर्षमा प्राप्त भएको रु ३० लाख २५ हजार बजेटबाट भवन निर्माण सुरु गरिएको र आगामी आवमा समेत बजेटको प्रतिबद्धताले सहज भएको वडा अध्यक्ष कर्माचार्यको भनाई छ । यता नगरप्रमुख सुरत केसीले नगरभित्र उत्पादनका केन्द्रित कृषकलाई मात्रै अनुदान दिइने बताउनुभयो ।

‘कृषकको उत्पादन अब खेर जादैन, उत्पादन भएका सबै कृषिजन्य बस्तु एकैठाउँबाट बिक्री गछौं’ नगरप्रमुख केसीले भन्नुभयो । नगरपालिका भित्र उत्पादन गरी बिक्री गरिने कृषिजन्य बस्तुको कृषि बजारले खरिद गर्ने र अनुदान समेत थपेर कृषकलाई उपलब्ध गराइने छ । कृषि बजारमा नगरपालिकाको कृषि शाखा समेत राखिने छ ।

नगरभित्र सिजनमा आलु तथा अन्य नगदेबाली बिक्री नहुदाँ कृषक समस्या झेल्दै आएकोमा अब नगरपालिकाको कृषि बजारले बजारीकरणमा सघाउने भएपछि कृषक समेत उत्साहित छन् । कृषि केन्द्रमा कृषकले बजारमा बिक्री गर्ने मुल्यमा खरिद गरी अनुदान थपेर दिने सहितका थप आर्कषक प्रोत्साहन सहितका कार्यक्रमहरु समेत बनाउने नगरपालिकाले जनाएको छ । केन्द्रभित्र तरकारी र मासु पसल हुनेछ ।

दम्पती हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

0
पर्वतको जलजला गाउँपालिका-२, मल्लाजमा दहमा चैत १९ भएको एक दम्पती हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । ६८ वर्षीय सूर्यबहादुर जिसी र उनकी पत्नी ६५ वर्षीया गमला जिसी मृत अवस्थामा भेटिएका थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले कृष्ण विक र दिपक परियारलाई मंगलबार पक्राउ गरेको ब्यूरोका एसपी होविन्द्र बोगटीले जानकारी दिनु भयोे ।
विकलाई पर्वत र परियारलाई पोखराबाट पक्राउ गरेर थप अनुसन्धान गरिरहेको र अहिलेसम्मको जाँचमा लुटपाट गर्ने उद्देश्यले नै हत्या भएको देखिएको छ ।
error: Content is protected !!