Wednesday, April 30, 2025
25.9 C
Beni
25.9 C
Beni
Wednesday, April 30, 2025
Home Blog Page 296

जानकीको दुःखान्त कथा

0

‘बाह् वर्षपछि खोलो पनि उभो फर्किन्छ भन्थे तर म्याग्दीको बेनी नगरपालिका-६,डम्बराकी जानकी विकलाई कसैले बनाएको यही उखानले नै झुक्कायो । सुन्दर भविष्यको सपना बुनेर आर्थिक अवस्था अत्यन्तै कमजोर परिवार खर्च चलाउन, चार छोरीहरूको लालनपालनका लागि बि.स २०६१ फागुन ९ गते श्रीमान मैतकुमार विकलाई साउदी अरब उडाएर फर्किएकी जानकी श्रीमान परदेश गएपछि घरको अवस्था सुध्रिनेमा ढुक्क थिइन ।

साउदीमा पुगेका श्रीमानको कमाइ पनि राम्रै थियो घर खर्च चलिरहेको थियो । केहीबर्ष घरखर्च चलाउँदै आएका मैतकुमारले साथीहरूलाई दिएको सापटी पैसा फिर्ता नभएपछि १६ बर्षसम्म साथीहरूलाई दिएको सापटी माग्दामाग्दै परदेशमै अस्ताए । उनको साउदी अरब गएपछिएकपटक पनि घर फर्कने सोच पलाएन ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८, जलथलेबाट बेनीमा बस्न थालेकी जानकीले १६ बर्षसम्म श्रीमानको पखाईमा विताइन् । केही वर्षपछि गाउँकासाथीहरु घर फर्किए। तर जानकीका श्रीमान फर्केनन्। श्रीमानको पखाईमा बसेकी जानकीले बि.स २०७७ साल मंसिरमा सुतिरहेको ठाउँमा असामयिक निधन भएको खबर पाइन् ।

१६ बर्षसम्म स्वदेश नफर्केका मैतकुमार चार महिनापछि फागुन २६ गते काठको बाकसमा फर्किए । श्रीमानको शव नेपाल पठाउन समेत जानकीले धेरैलाई अनुरोध गर्नुप¥यो । नेपाली दुताबासलाई हम्मेहम्मे पर्यो, सानो कम्पनीमा काम गर्ने र बिगत १६ बर्षदेखी जीवनबिमा, श्रम सम्झौता नभएकाले आवश्यक कानुनी सहयोग गरि आर्थिक जुटाएर घर पठाइयो ।

वैदेशिक रोजगारीमा पुगेका श्रीमानले धन कमाएर ल्याउँला र सुखसँग जीवन बिताउँला भन्ने जानकीको सपना थियो, त्यो भताभुङ्ग भयो । एक्कासी काठको बाकसमा शव आएपछि श्रीमान् घर आउने प्रतीक्षामा दिन गनेर बसेकी जानकीको जीवनकै भरोसा टुट्यो, सहारा गुम्यो ।

लाउँला खाउँला भन्ने उमेरमा भएको श्रीमानको अकल्पनीय मृत्युको बज्रपातले जानकीलाई‘न दिनमा भोक न रातमा निद्रा’ को स्थितिमा पु¥याइदियो। दिनभर मजदूरी गरी चार छोरीहरूको विवाह गरेकी जानकी अहिले डम्बरामा एउटा टिनको छाप्रोमा बस्छिन् ।

सानो झुप्रोमा उनले अहिले छोरीज्वाँइले छोडेर अलपत्र पारेकी नातिनी सृष्टि विकसँग जीवन व्यतित गर्दै आएकी छन् ।मंगला गाउँपालिका–१ कुहुँका ज्वाइँले अर्को विवाह गरेको केही बर्षपछि छोरीले समेत दोस्रो विवाह गरेपछि नातिनीको लालनपालन र पठनपाठनका लागि आफूसँगै राखेर सहारा दिइरहेकी छन् । आफ्नो भोक, प्यास, निन्द्रा, सबै बिर्सेर नातिनीको शिक्षादीक्षाका लागि पसिना बगाएकी छन् तर, पनि जानकीले गरिबीबाट छुटकारा पाएकी छैनन् ।

‘मैले पाएको दुःख शब्दमा वर्णन गर्न सक्दिन, आफ्ना दुःख सम्झिदाँ पनि अझै सपनाजस्तै लाग्छ’ जानकीले भनिन् । डम्बरामा श्रीमानले पठाएको पैसा संकलन गरी एउटा छाप्रो खरिद गर्ने पैसा दिएपनि अपुग भएको बताइन् । ‘उहाँको पखाईमा जवानी बित्यो, दुःख गर्दागदैं वित्नुभयो, केही अपूरो सपना पूरा गर्न अहिले पनि मजदुरी गर्दछु‘जानकीले भनिन् ।

अहिले नातिनीको खुसीको लागि आफ्ना पीडा मनभित्रै गुम्साएर राखेकी छिन्। नातिनीको शिक्षादीक्षामा लाग्ने खर्च, घरको गर्जोटार्न दिनरात मिहिनेत गर्छिन्। बु्ढेशकालमा पनि दुःखले हाँगा हालेको अवस्थामा पेटभरी नखाई साहसका साथ जिन्दगी जिइरहेकी उनका अब दुई वटा लक्ष्य छन्। छोरीले अलपत्र छोडेकी नातिनीको शिक्षादीक्षा, र घडेरीका लागि अपुग डेढ लाख पैसा जुटाएर पास गर्ने ।

भोकभोकै रात विताए
तीनवटा कोठा भएको टिनको छाप्रोमा रित्तो ग्याँसको सिलिण्डर, सानो चुल्हो छ । नजिकै रहेको म्याग्दी खोलाबाट चलेको सिरेटोले मुटु नै कमाउने गरी हावा,बर्खाको समयमा टिनको छानोले पानी ओत्दैन । चर्को घाममा टिन तातेर र हावाहुरी चल्दा भत्किएर अप्रिय दुर्घटना हुन सक्ने खतरा उत्तिकै छ ।

झट्ट सुन्दा र प्रत्यक्ष गएर हेर्दा यो सुत्ने कोठा जस्तो नै लाग्दैन । पेटभरी खाने अन्न छैन्,‘मागेर खानुपर्ने बाध्यतालाई लुकाउने कैयौँ रात भोकै सुत्नु परेको छ’ जानकीले भनिन् । नातिनीलाई पेटभरी खान दिन नसकेको पीडाले रातभरी निन्द्रा समेत नलाग्ने उनले सुनाइन् । उनले धेरै रात एक छाक खाएर भोकै सुत्ने गरेको दर्दनाक कथा सुनाइन् ।

सुत्ने र खाना पकाउने कोठामा पुगेपछि जानकीले आँखाभरी आँसु निकाल्दै भनिन्, ‘जिवितै भए पनि नर्कमा छु जस्तै लाग्छ, ‘तपाईले यहाँ क्यामेराले के खिच्नुहुन्छ ?’ उनले दैनिक ज्याला मजदुरी गरी कमाएको पैसाले घर खर्च चलाउन मुस्किल हुने गरेको बताइन् । नातिीनको राम्रो शिक्षादिक्षा दिएर छोरीज्वाईलाई देखाउने हुटहुटी भने मनमा रहेको उनको भनाई छ ।

नेपाल आइडलमा म्याग्दीका सन्तोष पुन उत्कृष्ट १२ मा प्रवेश

0

नेपालको पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो ‘नेपाल आइडल’को पाँचौं संस्करणमा म्याग्दीका सन्तोष पुन उत्कृष्ट १२ जनामा पर्न सफल भएका छन् । म्याग्दीको बेनी नगरपालिका–८,का सन्तोष पुनले उत्कृष्ट १२ मा छनौट भएपछि अब टप १० का लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपाल आइडलको सुरुवातदेखि नै उत्कृष्ट लयमा रहेका पुनले म्याग्दी जिल्लाको पूरानो गीतसँगै यूवापुस्ताले रुचाइरहका कोशेली पस्किरहेका छन् । उनका प्रस्तुतीले स्वदेश तथा विदेशमा रहेका म्याग्देलीको ध्यान तान्न सफल भएको छ । उनलाई उत्कृष्ट १० भित्र पार्न भोटिङ खुल्ला गरिएको छ । भोटिङका लागि मोवाइलको एसएमएसमा १३ लेखेर ३७००० मा पठाउन सकिन्छ ।

सन्तोषले हालसम्म अडिसन सहित ८ पटक दिएको प्रस्तुतीमा निर्णायकको भूमिकामा रहेका न्ह्यू बज्राचार्य, इन्दिरा जोसी र कालीप्रसाद बाँस्कोटाले प्रेरणादायिक जिम्मेबारी सहित गायन क्षेत्रमा प्रचुर सम्भावना भएको भन्दै प्रशंसा गर्ने गरेका छन् । उनले गोल्डेन माइक समेत पाएका छन् ।

क्यान्सर पीडित आमाको उपचार, बुबाले गरेको पसलको जिम्मेबारी तथा गायन क्षेत्रलाई समेत समय दिएको बताउँदै गायन क्षेत्रलाई थप उचाईमा पुर्याउने भन्दै निरन्तर मेहनत गरिरहेका छन् । उनले कोरोनाको लकडाउनको समयमा सांगीतिक क्षेत्रमा प्रवेश गरेका थिए । हातमा गितारसँगै परिवारको जिम्मेबारीलाई समेत निभाइरहेका पुनको प्रस्तुती दर्शकले समेत मन पराइरहेका छन् ।

मोना जापानको फेस्टिवलमा १६ हजारले अवलोकन गरे, ५ करोड जापानी येनको कारोबार

0

म्याग्दी प्रवासी नेपाली संघ मोना जापानले टोकियोमा आयोजना गरेको मोना फेस्टिवल उत्साहजनक सहभागितामा सम्पन्न भएको छ । म्याग्दीका उत्पादन, पर्यटकीयस्थल सहित सम्रग नेपाललाई चिनाउने उदेश्यले आयोजित फेस्टिवलको इताबासी नगरप्रमुख साकामोतो ताकेशी, नेपाली राजदूतावासका कार्यबाहक राजदूत अम्बिका जोशी, मोना अन्तराष्ट्रियका अध्यक्ष ददिवल खड्का, संस्थापक अध्यक्ष तेजप्रकाश पुन लगायतका अतिथिले फेस्टिवलको रिबन काटेर उदघाटन गरेका थिए ।

उदघाटन समारोहमा बोल्दै मेयर साकामोतोले जापान र नेपाल बीचको सम्बन्धलाई थप टेवा पुग्ने यसप्रकारको संयुक्त कार्यक्रम आफ्नो गृहनगरमा सम्पन्न गर्न पाउँदा खुशी लागेको बताए । उनले जापान र नेपालको कला, सँस्कृति, भेषभुषा, खानपान, रहनसहन, गीत–संगीतमार्फत दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म बिकास गर्न यसप्रकारका कार्यक्रमहरु महत्वपूर्ण हुने बिचार ब्यक्त गरे ।

समारोहमा नेपाली राजदूतावासका कार्यबाहक राजदूत अम्बिका जोशी, मोना आइसीका अध्यक्ष ददिवल खड्का, इभेन्ट पार्टनर रोबिन शेरचन, एनआरएन जापानका अध्यक्ष नबिन निउरे, मोनाका आइसीका संस्थापक अध्यक्ष तेजप्रकाश पुन लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

फेटिस्वलमा करिब १६ हजारले अवलोकन गरेको र ५ करोडभन्दा बढी जापानी येनको कारोबार भएको सांस्कृतिक संयोजक तिलक मल्लले जानकारी दिए ।

समुद्घाटन समारोह अघि घुम्टे नौमती बाजा समुह, धौलागिरी भजन समुह, मोहन ड्रागन महर्जन समुहको नेवारी सँस्कृतिमा आधारित लाखे नृत्य सहितको झाँकी, नेपाल आदिबासी जनजाति महासंघ जापानका विभिन्न जातजातिका भेषभूषा र सँस्कृति झल्कने साँगीतिक प्रस्तुती सहितको झाँकीले फेस्टिवल स्थल परिक्रमा गरेका थिए ।

फेस्टिवलको दुबै दिन नेपाली र जापानीहरु कलाकारहरुले पालैसंग साँगीतिक प्रस्तुती राखेका थिए । साँगीतिक प्रस्तुती दिनेहरुमा एभरेष्ट इन्टरनेशनल स्कुल, तमु धी जापान, मोना जापान, घुम्टे नौमति बाजा, धौलागिरी भजन समुह, थकाली सेवा समिति, शेर्पा संघ जापान, तामाङ समाज जापान, पुन क्लव जापान, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जापान लगायतका संघस्थाहरु रहेका थिए ।

यसैगरी जापानी कलाकारहरुले पनि जापानी सँस्कृति झल्कने कलात्मक प्रस्तुतीहरु राखेका थिए । फेस्टिवलमा दुबैदिन प्रो रेस्लिङ खेल पनि च्यारिटी शो गरिएको थियो ।नेपालीका साथै जापानीहरुको उल्लेख्य सहभागिता रहेको फेस्टिवलको दुबै दिन दिनभरजसो साँगीतिक कार्यक्रम चलेको थियो ।

फेस्टिवलमा नेपाली तथा जापानी खानाका स्टलहरु पनि राखिएका थिए । फेस्टिवलमा दक्षिण कोरियाबाट मोना आइसीका महासचिव सुनेश केसी र कतारबाट मोना आइसीका कोषाध्यक्ष नरेन्द्र फगामी मोना कोरियाको उपाध्यक्ष रिम भण्डारी, कतारबाटै मोना कतारका पूर्व अध्यक्ष समेत रहेका सञ्चारकर्मी तिलु शर्मा लगायतका रहेका थिए ।

फेस्टिवल संयोजकद्वय ज्ञानेन्द्र कार्की र सुजुकी ताकुयाको स्वागत मन्तब्य रहेको समुद्घाटन समारोह मोना जापानका अध्यक्ष बिशाल केसीको सभापतित्वमा सम्पन्न भएको थियो । यसैबीच मोना जापानले दुई दिने फेस्टिवल उल्लासमय तरिकाले सम्पन्न भएकोमा सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ।

आत्मरक्षा तालिमले बढायो आत्मविश्वास

0

म्याग्दीको मंगला गाउँपालिका-१,कुहुँ दिपशिखा माविका छात्राले कक्षाकोठामै आत्मरक्षा सम्बन्धि तालिम दिन थालिएको छ। मंगला गाउँपालिका र सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग एवं मिलन म्याग्दीको आयोजना र व्यवस्थापनमा सञ्चालित तिनदिने तालिममा सहभागी छात्राको अगुवाइमा कक्षाकोठामा पुगेर सिकेको सीप हस्तान्तरण गर्न सुरु गरेका छन् ।

पालिकास्तरीय तालिममा सहभागी कक्षा ९ मा अध्ययनरत दिया पुन लगायतले शारीरिक प्रहार हुँदा बच्न,अस्वाभाविक छुवाइलाई इन्कार गर्न,गलत नियतको हेराइको प्रतिवाद गर्ने र दुव्र्यवहारको प्रतिकार गर्नका बारेमा अभ्यास सहित सिकाउन थालेको विद्यालयका प्रधानाध्यापक डा.नन्दबहादुर खत्रीको भनाई छ। ‘तालिमलाई निरन्तरता दिन्छौ, आवश्यकता अनुसार अनुभवी प्रशिक्षकबाट पनि सिकाउने वातावरण बनाउँछौ’ प्रअ खत्रीले भन्नुभयो ।

विद्यालयमा आधारभुत तहदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई कसैले गलत नजरले घुरिरहने, पछ्याउने वा हमला गर्न आए आफूलाई कसरी सुरक्षित राख्ने भन्ने तालिममा सिकेपछि अहिले आफ्नो सुरक्षा आफैं गर्न सक्ने अनौठो साहस पलाएको विद्यार्थीको भनाई छ । म्याग्दीमा आत्मरक्षा तालिमको सहजीकरण गरिरहेको मिलन म्याग्दीकी अध्यक्ष दिलु विटालुले जिल्लाका सबै विद्यालयका छात्रालाई तालिमको आवश्यकता रहेको बताउँदै तालिममा सहभागि भएकाले विद्यालयमा पुगेर सिकाउने गरी अभ्यास समेत गरिने बताउनुभयो ।

दोश्रो मोना युएई ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

0

म्याग्दी प्रबासी नेपाली संघ राष्ट्रिय कार्यसमिति (मोना) युएईले आयोजना गरेको दोश्रो मोना यूएई ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। आईतबार दुबैस्थित फर्टुना स्र्पोट्स एकेडेमीमा तीनवटा लेभलमा प्रतिस्पर्धामा २६ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको लेभल ए अन्तरगत खिम बराल र खेम सङ्ग्रौलाको जोडी विजेता र गौसे आजम र बलबहादुर गुरुङको जोडी उपविजेता हुनुभएको थियो।

लेभल वि पलस अन्तरगत खेम स्रंगौला र जियन शर्माको जोडी विजेता र प्रकाश कुवर रुक मगत पंगेनीको जोडी उपविजेता हुन सफल भए । त्यस्तै लेभल वि मा याम मगर र केसु थापा मगरको जोडी विजेता र भिम गोले र भरत गौतमको टिम उपविजेता बनेको थियो । प्रतियोगितामा बेस्ट पेलेयर खिम बराल बन्नुभएको थियो ।

प्रतियोगितालाई सम्पन्न गराउन प्राविधिक सहयोग गर्ने दिपेश श्रेष्ठ र प्रमित उदय, रेफ्री विक्कि बुढा र किरण राई सम्मानपत्रले सम्मान गरिएको थियो । विजेता खेलाडीलाई समापन समारोहविच नगदसहित ट्रफीले सम्मान गरिएको खेलकुद संयोजक किरन खत्रीले बताउनुभयो।

मोना यूएईका अध्यक्ष सुवास राम्जाली, बरिष्ठ उपाध्यक्ष एवम् प्रतियोगिताका संयोजक किरन खत्री, महासचिव काजीमान बुढाथोकी लगायत कार्यसमिति सदस्यहरुको उपस्थितमा प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रतियोगितामा सहभागि खेलाडी, आयोजक सदस्यहरुलाई नेपाली परिकार सेलरोटी र अँचारको परिकार खुवाउनुभएको थियो भने मोना यूएईकी सदस्य माया पुनले थाली नाच प्रस्तुत गर्नुभएको थियो ।

प्रतियोगितालाई सफल गराउन सहभागि हुने खेलाडी, प्रायोजक, उपस्थित हुने मोनाका सदस्यहरुलाई अध्यक्ष राम्जालीले धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

हाईभोल्टेज करेन्ट’ प्रवाह हुदाँ घारमा ६० घरमा क्षती, ५ जना सामान्य घाईते

0

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६,घारमा आइतबार विद्युत लाइनमा ‘हाईभोल्टेज करेन्ट’ प्रवाह हुँदा झण्डै ६० घरमा क्षती पुगेको छ भने ५ जना सामान्य घाईते भएका छन् ।

घारको ओडारे, भुवानीथान, भुन्या ईदार , बिरौटा क्षेत्रका घरधुरीमा क्षती पुगेको छ । नेपाल विद्युत प्राधिकरण अन्तरगतको मेन लाइन र डिस्ट्रीव्युसन लाइनको तार जोडिदाँ हाइ भोल्टेज करेन्ट प्रवाहका कारण राम बरुवालको घरमा आगलागी भएको छ भने ५९ जनाको घरमा मिटर बक्स र वाइरिङमा क्षति पुगेको मुक्तिमार्ग माविका प्रधानाध्यापक ठकराज बरुवाल क्षत्रीले जानकारी दिनुभयो ।

‘हाईभोल्टेज करेन्ट’ प्रवाह हुँदा गाउँका ५ वटा कुटानी पिसानी मिलमा क्षति पुगेको छ ।करेन्ट लागेर घाईते भएकाहरुको अवस्था समान्य रहेको र घरमै आराम गरिरहेको बताइएको छ ।

हाईभोल्टेज करेन्ट’ प्रवाह हुदाँ टेलिभिजन, मोटर, पंखा, फ्रिज, बत्ति लगायतका विद्युतिय उपकरण जलेर कामै नलाग्ने भएको प्रअ क्षत्रीको भनाई छ ।विगतमा समेत हाईभोल्टेज करेन्ट’ प्रवाहका बारेमा जानकारी गराउँदा समेत बेवास्ता भएको स्थानीयको गुनासो छ । क्षतिको यकिन विवरण आउँन बाँकी छ । यसैबीच हा–इभोल्टेजबाट भएको क्षतीको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

भिरमुनी सामुदायिक बनमा आगो लगाउँदै गरेका दिलबहादुर समातिए

0

म्याग्दीको बेनी नगरपालिका वडा नं ५ भिरमुनी सामुदायिक बनमा आगो लगाउँदै गरेको अवस्थामा स्थानीयले एक जनालाई नियन्त्रणमा लिएका छन् । पुलाचौर बस्ने ५२ बर्षिय दिपक बानियाँ भन्ने दिलबहादुर बानियाँलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

‘थप कारवाहीका लागि डिभिजन बन कार्यालयलाई जिम्मा लगाइएको छ, कसैले वन जंगलमा आगोलागी गराएमा १०० मा फोन गरी जानकारी दिन समेत अनुरोध गरिएको छ’ प्रहरीले आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट अपिल गरेको छ।

यसअगाडी बेनी नगरपालिका–६को खैरेनी सामुदायिक बनमा आगो लगाउने सोही वडाका एक यूवालाई पक्राउ गरिएको थियो । म्याग्दीमा ३ सय ११ सामुदायिक वनमध्ये १ सय १७ वटाको हाराहारीमा १ हजार हेक्टरमा डढेलोले जलेर खरानी बनेको छ ।

प्रदेश वन निर्देशनालयले गण्डकी प्रदेशका ११ जिल्ला मध्ये सबैभन्दा बढी म्याग्दीको बन क्षेत्रमा क्षती पुगेको तथ्याङ्कले देखाउँछ ।आगलागीले जिल्लाका अधिकांस सामुदायिक र राष्ट्रिय बनक्षेत्र उजाड र नाङ्गो भएको छ ।नयाँ घाँस पलाउने आसमा डढेलो लगाउँदा साना तथा ठूला सयौं रूख विरुवा जलेर नष्ट भएको डिभिजन बन कार्यालय म्याग्दीका प्रमुख विष्णु अधिकारीले बताए ।

सामुदायिक बन क्षेत्रमा अग्नीरेखा सहित आगो फैलिन नदिने गरी विभिन्न योजनाहरू मार्फत समुदायलाई नै तालिमको आवश्यकता रहेको उपभोक्ता समुहको भनाई छ । वन ऐन २०७६ दफा ५० को उपदफा ४ अनुसार वन डढेलो लगाएर कसुर गर्नेलाई क्षति भएको विगो असुल गरि तीनवर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ।

फूपुको छोरीको हत्या गर्ने म्याग्दीका समरबहादुर ९ बर्षपछि पक्राउ

0

फोनमा चर्को स्वरमा बालेको भन्दै निहुँमा फूपुकी छोरीको हत्या हत्या गरेर फरार भएको ९ वर्षपछि म्याग्दीका एक यूवा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले म्याग्दीको मंगला गाउँपालिका वडा नं १ कुहुँ तत्कालीन कुहुँ गाविस–५ का ४७ वर्षीय समरबहादुर सार्कीलाई ९ वर्षपछि शनिबार पक्राउ गरेको हो। ९ वर्षअघि आफ्नै फुपूकी छोरी सुनमाया किसान (सार्की)को हत्या गरेको आरोप छ।

सुनमाया कीर्तिपुरस्थित कुष्ठरोग आरोग्य आश्रममा बसेर कीर्तिपुर कृषि कार्यालयमा जाने सुनमायाँलाई समरबहादुरले हत्या गरेको स्वीकारिसकेका छन्। २०७१ साल असोज ३१ गतेका दिन पनि समर बुबालाई भेट्न गएका थिए। समरले प्रहरीलाई दिएको बयान अनुसार राति सँगै खाना खाएर समर सुतेको थिए। त्यतिबेला सुनमाया फोनमा बोलिरहेकी अवस्थामा समरले सुन मायालाई सानो स्वरमा बोल्न आग्रह गरेको तर नमानेपछि विवादकै क्रममा सुनमायाले समरबहादुरमाथि हँसिया प्रहार गरेको समरबहादुरले बयानमा भनेका छन्।

सुनमायाको टाउकोमा हातले हिर्काउन सुनमाया कोठाको पलङको धारमा ठोक्किएर बोहोस भएको र आधा घन्टासम्म सुनमाया होसमा नआएपछि दुवै हातले घाँटी चिथेर मारेको प्रहरीलाई बयान दिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकी डिएसपी सुरक्षा केसीले बताइन् ।हत्यापछि उनले बिहान ४ बजेतिर नजिककै शौचालयमा लास राखेर भारत भागेका थिए। उनी नेपाल आएको भन्ने गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको डिएसपी केसीले बताइन्।

 

 

बुबाआमाले बिर्सेकी सृष्टिको गायक र इन्जिनियर बन्ने सपना

0

चरम गरिबीसँग जुधेर पनि पढाइमा अब्बल छिन् म्याग्दीको बेनी नगरपालिका-६,डम्बराकी १२ वर्षीया सृष्टि विक । जन्मदिने आमाबुबाले छाडेर गएपछि माइतकी हजुरआमा जानकी विकसँग बस्दै आएकी सृष्टि बेनपा-२,बगरफाँट स्थित सरस्वती आधारभुत विद्यालयमा कक्षा ६ मा अध्ययनरत छिन् ।

https://youtu.be/e0pPzV5TJE0

नौ महिना कोखमा बास गराएर संसार देखाउने आमार बुबाको माया पाउन नसकेकी उनी अभावै-अभावमा हुर्किएपनि पढाइमा अब्बल दर्जामा उभ्याएकी छिन् । जेहन्दार,अध्ययनशील र अनुशासित सृष्टिलाई बस्ने ठाउँमा पढ्ने उचित वातावरण नै छैन ।

चरम गरिबीसँग जुधेर भए पनि डाक्टर बन्ने सपनालाई पूरा गर्ने मेहनत गरेको बताउँछिन्।‘आमाबुबाले छोडेर जानुभयो, हजुरआमाले मजदुरी गरी खान दिनुहुन्छ,छोडेर गएका आमाबुबालाई राम्रो पढेर देखाउने रहर छ’ सृष्टिले भनिन् ।

उनले आमाबुबाको साथ र सहयोग नपाएको भन्दै अर्को जुनीमा आमाको कोखमा छोरा भएर जन्मिने चाहना रहेको बताइन्। ‘मलाई छोरी भनेर कहिल्यै फोन आउँदैन्, मेरोलाई सबै हजुरआमा मात्रै हुनुहुन्छ’सृष्टिले भनिन् ।

उनले भविस्यमा इन्जिनियर र गीत गाउने रहर भएको बताउँदै आफ्नै पीडाले भरिएको गीत विद्यालयका कार्यक्रमहरूमा गाउने गरेको बताइन् । विद्यालयका प्रधानाध्यापक छमप्रसाद गर्बुजाले विहानबेलुकी दुई छाक पेटभरी खान नपाउने, शैक्षिक साम्रागीको अभावका बिच पनि नियमित विद्यालय आउने गरेको बताए ।

‘सहयोग पाएमा सृष्टिको भविस्य सुन्दर छ, विद्यालयकै नमुना विद्यार्थी भित्र पर्छिन’ प्रअ गर्बुजाले भने । उनले पढ्ने वातावरण, अतिरिक्त कक्षा सहित उपयुक्त रेखदेख भएमा उनको सपना पूरा गर्न सहज हुने प्रअ गर्बुजाको भनाई छ ।

उनले विद्यालयमा आयोजना गरिने अतिरिक्त क्रियाकलापमा समेत निर्धक्क भएर आमाबुबाले छोडेर गएको पीडा सुनाउँदा विद्यार्थी, शिक्षक समेत भाबुक हुन्छन् ।

अत्यन्त गरिब परिवारका बालबालिकालाई अभिभावकले छोडेर गएपछि शिक्षादीक्षामा संकट परेको छ । शैक्षिक सामाग्रीदेखि बिस्तार र लगाउने लुगा तथा अगेनामा पाक्ने खाद्यान्नसमेत नभएको अवस्थामा भोकभोकै आउन बाध्य विद्यार्थीलाई सहयोग आवश्यक रहेको विद्यालयले जनाएको छ ।

मिजार समाज म्याग्दीद्वारा प्रकाशित भित्तेपात्रो विमोचन

0

म्याग्दी । मिजार समाज म्याग्दीले नयाँ वर्ष २०८१ को भित्तेपात्रो प्रकाशन गरेको छ । शनिवार बेनी स्थित होटल डाँफेमा एक समारोहको आयोजना गरि सो भित्तेपात्रोको विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि जेष्ठ नागरिक मनिवर चर्मकार, मिजार समाज नेपालका केन्द्रिय सचिव याम किसान, गण्डकी प्रदेशका उपाध्यक्ष दिल बहादुर चर्मकार लगायतले भित्तेपात्रो विमोचन गर्नुभएको हो ।

कार्यक्रममा वोल्दै केन्द्रिय सचिव याम किसानले मिजार जातीको पहिचान, विकास र एकताका लागि मिजार समाजको भूमिका महत्वपूर्ण रहदै आएको बताउनुभयो । उहाँले मिजारहरुले आफ्नो परम्परागत सिप, पेशा तथा कलालाई उजागर गर्दै लैजानुपर्ने पनि बताउनुभयो । कार्यक्रममा मिजार समाज गण्डकी प्रदेशका उपाध्यक्ष दिल बहादुर चर्मकार, केन्द्रिय सदस्य मन बहादुर चर्मकार, निर्वतमान जिल्ला अध्यक्ष सुकलाल किसान लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा समाजका कोषाध्यक्ष सोलिना किसानले हालै सम्पन्न भएको समाजको दोस्रो जिल्ला अधिवेशनको आम्दानी तथा खर्च विवरण पनि सार्वजनिक गर्नुभएको थियो । उहाँका अनुसार जम्मा आम्दानी ३ लाख ३० हजार ६ सय ९९ रुपैयाँ, जम्मा खर्च १ लाख ७६ हजार ४ सय ३२ रहको छ ।

त्यस्तै नगद मौज्दात १ लाख ४ हजार ३७ रुपैयाँ र उठन बाँकी रकम ५० हजार २ सय ३० रपैयाँ रहेको कोषाध्यक्ष किसानले बताउनुभयो । समाजका अध्यक्ष भिम किसानले संस्थालाई आम्दानीको श्रोतको रुपमा समाजका विभिन्न गतिविधिहरु समेत झल्काउदै ६५० प्रति भित्तेपात्रो प्रकाशन गरिएको बताउनुभयो । कार्यक्रम समाजका अध्यक्ष किसानको अध्यक्षता र सचिव कमल किसानको संचालनमा सम्पन्न भएको थियो ।

error: Content is protected !!