Wednesday, April 30, 2025
18.1 C
Beni
18.1 C
Beni
Wednesday, April 30, 2025
Home Blog Page 297

सडक विस्तारको विवादले सडकमै पर्खाल !

0

सडक विस्तारको बिवादका कारण म्याग्दीको मंगला गाउँपालिका वडा नं १ कुहुँको अँधेरी खोलाको सडकमै रूख ढालेर र पर्खाल लगाएर बाटो अवरोध गरिएको छ । मंगला-१ कुहुँ र पूर्णगाउँ जोड्ने सडकखण्डमै पर्खाल लगाएर बाटो अवरुद्ध भएपछि यातायातका साधन प्रभावित भएको स्थानीय कृष्ण गौचनले बेनीअनलाइनलाई बताउनुभयो। ‘बाटो बन्द गरिएको छ,अहिलेसम्म बन्द छ‘स्थानीय यूवा गौचनले भन्नुभयो ।

सडकखण्डमा पर्खाल र रुख ढालेर अवरोधगरिएपछि कुुहुँ र पूर्णगाउँबाट सदरमुकाम बेनी तथा गाउँपालिकाको केन्द्रबावियाचौर जाने यातायातका साधन समेत प्रभावित भएको छ ।कुहुँ–भिरकटेरा हुदै टोड्के जाने सडकखण्ड विस्तारको विषयमा कुहुँ र पूर्णगाउँ बिचको विवाद रहेको छ ।

कुहुँ हुदै रघुगंगा गाउँपालिका–५, झिँ, पाखापानी लगायतका क्षेत्रमा आवतजावत गर्न भिरकटेरा हुदै छोटो मार्ग रहेको कुहुँबासीको भनाई छ भने पूर्णगाउँको सामुदायिक बन समुहले सडक टोड्के, झिँ जाने सडक हुदाँहुदै अर्को बैकल्पिक सडकले पहिरोको जोखिम भएको भन्दै डिभिजन बन कार्यालय म्याग्दीमा उजुरी दिएपछि थप सडक विस्तार रोकिएको थियो । पूर्णगाउँबासीले माथिल्लो क्षेत्रबाट बाटो खन्दा बाढीले खेतबारी जोखिममा परेको बताउँदै एउटै बाटोलाई सहज बनाउनुपर्ने माग गरेका छन् ।

हालसम्म भिरकटेरा हुदै चार किलोमिटर विस्तार भइसकेको छ भने साढे १ किलोमिटर सडक विस्तार गर्न बाँकी छ। सडक विस्तारका लागि २२ लाख बजेट विनियोजन गरिएको छ । सडक विस्तारमा देखिएको समस्या समाधानका लागि दुबै बस्तीका समुदायसँग बसेर समाधानको तयारी समेत भइरहेको छ ।

वडाका जनप्रतिनिधिले सडक विस्तारको विवादले कार्यसम्पादनमा समेत समस्या भएकाले सरोकारवाला निकायलाई समस्याको दिर्घकालिन समाधानमा सहयोग गर्न समेत अपिल गरेका छन् ।

 

पुख्यौली नाच प्रतियोगितामा काफलडाँडा बिजयी

0

सुरेन गुरुङ/म्याग्दीको पहिचानको रुपमा चिनिएको लोपउन्मुख मौलिक पुख्यौली नाच प्रतियोगिताको उपाधी अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाले जितेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा गाउँपालिका स्थापना भएपछि पहिलो पटक आयोजना गरिएको सर्वाधिक पुरस्कार राशीको पुख्यौली  प्रतियोगितामा वडा नम्बर १ दोवा द्धितिय र भुरुङ तातोपानी मैत्री समाज पोखरा तृतीय भएका छन् ।

प्रथम, दितृय र तृतीय हुने समूहलाई अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, वडा अध्यक्ष ओमप्रकाश फगामी लगायतले क्रमश नगद रु. ७५ हजार, ६० हजार र ४५ हजारका दरले पुरस्कार वितरण गर्नुभयो । ३ दिनसम्म सञ्चालन भएको १२ समूहले सहभागिता जनाएका थिए ।

मादलेमा अन्नपूर्ण गाउँपालिका–७ रिमा, मारुनीमा वडा नम्बर ५ शिख, हाइमार्नेमा पाउद्धार, भाका लय र शब्दमा काफलडाडा, पोशाकमा वडा नम्बर–४ नारच्याङ उत्कृष्ट भए भने वडा नम्बर २ भुरुङ तातोपानीले अनुशाषित समूहको उपाधी पाएका छन् ।

प्रतिभा पुन, डम्मर पुर्जा र लालबहादुर पुनको निर्णायक मण्डलले नृत्यको मूल्याङ्कन गर्नुभएको थियो । पुन, मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाचको संरक्षण र प्रचारप्रसारका लागि भूमे पुजाको अवसरमा भुरुङ तातोपानीको वडा कार्यालयले पुख्र्यौली नाच प्रतियोगिता आयोजना गरेको हो । नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने माध्ययमका रुपमा प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका मुल संयोजक समेत रहेका वडा अध्यक्ष ओमप्रकाश फगामीले बताउनुभयो । प्रतियोगितामा सहभागि पुख्र्यौलीनाचहरुमा अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडाका जनप्रतिनिधि, आमा समूह, युवायुवति, बालबालिका र बृद्धबृद्धा समेतले सहभागिता जनाएका थिए ।

अन्नपूर्ण गाउँपालिकाले रु ३ लाख बिनियोजन गरेको प्रतियोगिता सञ्चालन गर्न स्वदेश तथा विदेशमा रहेका भुरुङ– तातोपानीवासीको नेतृत्वमा रु. १९ लाख सहयोग जुटेको छ । अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनमगरले समुदायको सांस्कृतिक पहिचानको रुपमा रहेको पुख्र्यौली नाच अन्तरपुस्ता हस्तान्तरणको लागि प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । आगामी वर्षको नीति तथा कार्यक्रममा कला संस्कृति र सांस्कृतिक क्षेत्रलाई प्राथमिकता राखिने बताउँदै मौलिक कला र संस्कृतिको विकास, प्रवर्द्धन र प्रचारप्रसार गरिने बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले पर्यटकीय सम्भावनाले भरिपूर्ण अन्नपूर्ण गाउँपालिकामा रहेका कला र संस्कृतिलाई सांस्कृतिक पर्यटनको माध्यमबाट स्थानीयको आयआर्जन वृद्धि र जीवनस्तर सुधारमा गाउँपालिकाले जोड दिएको बताउनुभयो । म्याग्दीको थाली र पुख्यौली नाच सांस्कृतिक पहिचानको रुपमा चिनिन्छ ।

बागलुङ कालिकामा चैते दसैंमा ४० लाख रुपैयाँ भेटी सङ्कलन

0

गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको बागलुङ कालिका मन्दिरमा चैते दसैंको अवसरमा ४० लाख रुपैयाँ भेटी सङ्कलन भएको छ ।

कालिका मन्दिरमा बडादसैं र चैते दसैंमा सबैभन्दा बढी भेटी सङ्कलन हुँदै आएको छ । कालिका मन्दिरमा यस पटकको चैते दसैं (नवरात्री)को अवसरमा ४० लाख ७२ हजार ५५८ रुपैयाँ भेटी सङ्कलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।

उनका अनुसार गत वर्षको चैते दसैंको अवसरमा सङ्कलित भेटीको तुलनामा यस पटक ११ लाख कम सङ्कलन भएको छ । गत वर्षको चैते दसैंमा ५१ लाख रुपैयाँ भेटी सङ्कलन भएको थियो ।

नवरात्र सुरु भएपछि चैते दसैं अवधिभर पाँच लाखभन्दा बढी दर्शनार्थीले कालिका मन्दिर दर्शन गरेका थिए । उनीहरुले चढाएको भेटी, नगद सहयोग, बलि लगायतबाट उक्त रकम भेटी चढाएका छन् ।

चैते दसैंको अवसरमा कालिका भगवती मन्दिरमा यस पटक बलिको सङ्ख्या घटेकाले अघिल्लो चैते दसैंको तुलनामा ११ लाख रुपैयाँ कम भेटी सङ्कलन भएको खड्काको भनाइ छ ।

‘यस पटकको चैते दसैंमा दर्शनार्थी बढेको तर बलि घटेको पाइएको छ, बलि घट्नासाथ भेटीमा कमी आएको हो, तर धार्मिक पर्यटकको सङ्ख्या क्रमशः बढ्दै आएको हामीले पाएका छौँ, चैते दसैंमा पाँच लाख भन्दा बढी धार्मिक पर्यटक मन्दिरमा आएका छन्’, खड्काले भने, ‘चैते दसैंको नवरात्र अवधिभरमा सबैभन्दा बढी भेटी चैत्राष्टमी (चैते दसैं)को दिनमा नौ लाख १८ हजार रुपैयाँ भेटी सङ्कलन भएको छ ।’

मन्दिर आसपासमा रहेका सटरबाट मन्दिरले मासिक रु तीन लाख १४ हजार भाडा असुल गर्दै आएको छ । त्यसबाहेक मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट पनि कमाइ हुने गरेको छ ।

परेवा उडाउनेले तिर्ने शुल्क, विवाह र व्रतबन्ध शुल्क, मन्दिरमा आउने पण्डितले बुझाउने दस्तुरसमेतबाट आम्दानी जोडिने गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव निशान खड्काले जानकारी दिए ।

किरियापुत्रीलाई आर्थिक सहयोग

0

पर्वतको जलजला गाउँपालिका वडा नं ५ र मल्लाज कालान्जर सेवा समाज पोखराले बैशाख ८ गते अल्पायु मै निधन भएका मल्लाज लेखफाँट चिप्लेटीका बाबुराम केसीको परिवारलाई सहयोग हस्तान्तरण गरेका छन् । वडा नं ५ का अध्यक्ष तिलक बहादुर जिसी र मल्लाज कालान्जर सेवा समाज पोखराका अध्यक्ष तारा प्रसाद सुबेदीले किरियापुत्री बसेको घर जलजला २ बौर पुगेर नगद सहयोग हस्तान्तरण गरेका हुन ।

जलजला वडा नं ५ ले बिपतमा जनप्रतिनिधिको अभियान अनुसार वडाका कसैको निधन भएमा घर मै पुगेर श्रद्दान्जली दिने समबेदना प्रकट गर्ने र आर्थिक सहयोग गर्दै आइरहेको छ । सोहि अभियान अनुसार जलजला ५ लेखफांट घर भएका स्वर्गीय बाबुराम केसीका छोरा छोरा किरिया बसिरहेको घर जलजला(२ बौरमा पुगेर नगद १५ हजार हस्तान्तरण गर्नुभएको हो ।

त्यसैगरी आजै पर्वतको मल्लाज माझफाट, लेखफाट र सालिजा क्षेत्रबाट पोखरामा गइ बसोबास गरिरहेका बासिन्दाको संस्था मल्लाज कालान्जर सेवा समाज पोखराले स्वर्गीय बाबुराम केसीको परिवारलाई नगद ३० हजार सहयोग गरेको छ । समाजका अध्यक्ष तारा प्रसाद सुबेदीले मृतकका भाइ प्रेम केसीलाई नगद हस्तान्तरण गर्नुभएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा समाजका उपाध्यक्ष द्वय कौसिला जिसी र बिबेक पौडेल, सचिव डिल्लीराम रेग्मी र सदस्य उमानाथ सुबेदीको उपस्थिति रहेको थियो ।

रकम हस्तान्तरण कार्यक्रममा समाजका सचिव डिल्लीराम रेग्मीले स्वर्गीय बाबुराम केसीको परिवारलाई काज किरियामा समेत समस्यापरेको र आर्थिक संकलन अभियान संचालन गरिएको थाहा पाएर समजा सदस्यहरुले रकम संकलन गरेर हस्तान्तरण गरेको बताउनुभयो ।

सहयोग हस्तान्तरण कायक्रमको संचालन पर्बत उद्योग बाणिज्य संघ जलजला उपशाखाका अध्यक्ष हिराबहादुर जिसीले गर्नुभएको थियो । स्वर्गीय केसीका भाइ प्रेम केसीले यसरी सबैले सहयोग गरेर काज किरिया सम्पन्न गर्न सहयोग पुर्याउनु भएकोमा धन्यवाद दिएका छन् ।

लामो समयदेखि मिर्गौला र कलेजोको समस्याबाट पिडित केसीको मृत्यु भएको आज ८ दिन भएको छ । परम्परा अनुसार काजकिरिया सम्पन्न गर्न समेत समस्या भएपछी आर्थिक संकलन अभियान संचालन गरिएको छ । दाह संस्कार गर्न सागर पुगेका व्यक्तिबाट सोही दिन २५ हजार संकलन गरेर दाउरा खरिद गरेको र बाँकी रकम परिवारलाई हस्तान्तरण गरिएको थियो । सहयोग संकलन अभियान अझै पनि जारी रहेको छ ।

कालिगण्डकी करिडोरका होटल ब्यवसायी र मजदुरलाई तालिम

0

कालिगण्डकी करिडोरमा सञ्चालित होटल व्यवसायी र मजुदरलाई स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाहका सम्बन्धमा म्याग्दीको बेनी नगरपालिका-९,गलेश्वरस्थित होटल याकमा दुई दिने ‘स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाहसम्बन्धी’ तालिम सुरू भएको छ।

गण्डकी प्रदेशको ’लाइफलाइन’ मानिएको उत्तर–दक्षिण अन्तरदेशीय मार्ग अन्तरगत कोरला–त्रिवेणीमा पर्यटन क्षेत्रलाई थप पर्यटकमैत्री बनाउने र यस क्षेत्रमा कार्यरत जनशक्तिलाई खाद्य स्वच्छताका बारेमा जानकारी गराउन आयोजित तालिमको बेनी नगरपालिकाका मेयर सुरत केसीले उद्घाटन गदैं राम्रो खाना र आतिथ्यता पर्यटनका लागि अपरिहार्य आवश्यकता रहेको बताउनुभयो ।

‘सेवा र व्यवहारले पर्यटकलाई आकर्षत गर्न सकिन्छ, यो तालिमका उपलब्धीलाई व्यवहारमा उतार्नुपर्छ’ मेयर केसीले भन्नुभयो ।म्याग्दीमा पूराना बाहेक पूर्वाधार पुगेका पर्यटकीय सम्भावनाको दृष्टिले अत्यन्त सम्भावनायुक्त भएको मेयर केसीको भनाई थियो ।

कालिगण्डकी करिडोर क्षेत्रले हिमाल र पहाडलाई तराईलाई जोड्ने भएकाले यस क्षेत्रको पर्यटन पूर्वाधारको प्रचारप्रसारमा समेत जोड दिइएको थियो ।

होटल व्यवसायी महासंघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको संयुक्त आयोजनामा कोरिडोर क्षेत्रमा पर्ने पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा सञ्चालित होटल व्यवसायी, होटलमा कार्यरत कामदार र कर्मचारी गरी ६० जनाको सहभागिता रहेको तालिममा होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले गण्डकी प्रदेशलाई भारतीय सीमासँग जोड्ने एक मात्र नाका कालिगण्डकी करिडोर क्षेत्रको होटल ब्यवसायले नेपालको पर्यटन क्षेत्रमा ठूलो योगदान दिएको बताउँदै कोरला–त्रिवेणी खण्डमा पर्ने होटल ब्यवसायी र कर्मचारीलाई खाद्य स्वच्छता, सरसफाइ र पोसाक, पर्यटकमैत्री व्यवहार तथा आचरण, व्यवसायमा प्रविधिको प्रयोग, व्यवसायी र कर्मचारीबीच सम्बन्ध, व्यवसायको प्रचारप्रसार र प्रवद्र्धन, स्थानीय उत्पादनको व्यावसायीकरण लगायत विषयमा सिकाइने बताउनुभयो ।

नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखराका प्रिन्सिपल प्रकाश रेग्मी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अधिकृत ज्योति आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका लेखा अधिकृत सागर श्रेष्ठ लगायत विषय विज्ञहरुले तालिमको सहजीकरण गर्नेछन् ।

होटल तथा रेष्टुरेन्ट ब्यवसाय संघ म्याग्दीका कार्यवाहक अध्यक्ष ललिन्द्र थापामगरले साना तथा मझौला व्यवसायी तथा कामदार लाईस्वच्छता र पर्यटकमैत्री व्यवहारका बारेमा सिकाउने महत्वपूर्ण तालिम सञ्चालन भएको बताउनुभयो ।

तालिम उद्घाटन सञमा बेनी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, वडा नं ८ का अध्यक्ष उत्तमकुमार कर्माचार्य, होटल ब्यवसायी संघका केन्द्रिय सचिव ताराप्रसाद आचार्य, म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्य लगायतको उपस्थिती रहेको थियो ।होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशका महासचिव देवेन्द्र लम्सालले तालिमका बारेमा जानकारी सहित उद्घाटन सत्र सञ्चालन गर्नुभएको थियो ।

२५ विद्यालय गाभ्दै जलजला गाउँपालिका

0

पर्वत : जलजला गाउँपालिकाले भने विद्यालय शिक्षाको सुधार तथा रित्ता विद्यालयमा खर्च हुने अनावश्यक खर्चलाई रोक्न ४४ मध्ये २५ विद्यालयलाई अर्को विद्यालयमा गाभ्ने निर्णय गरेको छ।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२), (ज) ११ र १२ मा भएको व्यवस्था अनुसार विद्यालय गाभ्न लागिएको हो। यो व्यवस्था अनुसार सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान, विद्यालय समायोजन तथा कक्षा समायोजन गर्न गाउँ शिक्षा समिति र वडा शिक्षा समितिको संयोजकको बैठकबाट यो निर्णय गरिएको उनले बताए।

जलजला गाउँपालिका-२ मा रहेको सिद्धबाबा प्राविको कक्षा एकभन्दा माथिका, वडा नं. ३ को बेनी बजार प्राविको कक्षा ३ भन्दा माथिका, वडा नं. ४ को लुङ्दी आधारभूत विद्यालयको कक्षा ५ भन्दा माथिका र वडा नं. ८ को तारा प्राविको कक्षा १ भन्दा माथिका कक्षाहरू गाभ्ने तयारी भएको छ। यी विद्यालयका कक्षाहरू शिव माध्यमिक विद्यालयमा समायोजन गर्ने निर्णय भएको छ। शिव माविमा तत्काल नै गाडीको व्यवस्था नभएकाले केही समयका लागि चार विद्यालय हालकै स्थानमा रहनेछन्। तर शिव माविमा गाडीको व्यवस्थापन भएपछि भने विद्यालय समायोजन हुने छ।

यस्तै वडा नं. १ को देउराली प्रावि र जनज्योति प्राविको कक्षा १ भन्दा माथिकालाई ज्योति मण्डल माविमा, वडा नं. २ को दीनकल्याण प्राविको १ भन्दा माथिलाई समाज कल्याण प्राविमा, विन्दवासिनी प्राविको ३ भन्दा माथिलाई विद्याज्योति माविमा, वडा नं. ४ को भवानी प्राविको १ भन्दा माथिलाई फड्के ढुङ्गा आधारभूत विद्यालयमा सारिएको छ। वडा नं. ४ को सरस्वती प्राविको ३ भन्दा माथिकालाई लुङ्दी आधारभूत विद्यालयमा, वडा नं. ५ को मालिका आधारभूत विद्यालयको ५ भन्दा माथिलाई ज्योति माविमा, शिवालय प्राविको कक्षा १ भन्दा माथिलाई देवीस्थान प्राविमा र धवला प्राविका सबै कक्षाहरूलाई ग्रामप्रकाश माविमा सार्न लागिएको छ।

वडा नं. ५ को पञ्चमूल प्राविको तीन भन्दा माथिका कक्षालाई देवीस्थान प्राविमा, गद्देश्वर प्राविको तीन भन्दा माथिलाई मालिका आधारभूत विद्यालयमा, वडा नं. ६ को जनचेतना प्राविका सबै कक्षालाई शान्ति आधारभूत विद्यालयमा, युवा प्राविको १ कक्षा माथिलाई ज्योति माविमा, भगवती सम्झना प्राविको ३ भन्दा माथिलाई शान्ति आधारभूतमा र सर्वोदय प्राविका सबै कक्षालाई भूमे प्राविमा लैजाने निर्णय भएको छ।

यस्तै वडा नं. ७ को भूमे प्राविको तीन भन्दा माथिका, ज्योति प्राविका १ भन्दा माथिका, सरस्वती प्राविका एक भन्दा माथिका र देउराली प्राविका तीन भन्दा माथिका कक्षालाई कृष्ण भवन धर्म माविमा सार्ने तयारी छ। सोही वडाको अमर प्राविको १ भन्दा माथिका कक्षालाई फर्से धाइरिङ माविमा सार्न लागिएको छ। वडा नं. ८ को जन जागृति प्राविको एक कक्षा भन्दा माथिका कक्षाहरू जनकल्याण माविमा सार्ने तयारी छ।

‘विभिन्न कारणले देशैभरि नै विद्यार्थी सङ्ख्या घट्दै गइरहेको अवस्था छ। राज्यले विद्यार्थी सङ्ख्याको आधारमा दरबन्दी कटौती गरेको छ। विद्यालयमा विद्यार्थी थोरै हुँदा पनि सञ्चालन हुने कक्षा धेरै हुँदा दरबन्दी कटौती भएका शिक्षकहरुले जनशक्ति पुग्दैन’, गाउँपालिकाका अध्यक्ष आचार्यल भने, ‘जसले गर्दा विद्यार्थीको पढाइ खस्कियो। अहिले तत्कालका लागि अस्थायी रूपमा कतिपयका केही कक्षा र कुनै त पूर्णरूपमा अर्को विद्यालयमा गाभिएको छ। यो अस्थायी रूपमा लागू हुने छ। विद्यार्थीको संख्या बढे फेरि ती कक्षा फिर्ता गर्न सकिन्छ।’ Thakhabar

नेपाल लघुवित्त बैंकर्स संघ म्याग्दीको अध्यक्षमा रिजाल

0

नेपाल लघुवित्त बैंकर्स संघ जिल्ला समन्वय समितिको अध्यक्षमा टिकाराम रिजाल चयन हुनुभएको छ । शनिबार बेनी स्थित शिखर होटलमा सम्पन्न प्रथम वार्षिक साधारणसभाबाट अध्यक्ष पदमा रिजाल सर्वसम्मत चयन हुनुभएको हो ।

समितिको संयोजकमा अजय कोइराला,उपाध्यक्षमा चाम प्रसाद धमाला,सचिवमा अमृत सुर्खाली,सहसचिवमा प्रतीक गोराथोकी र कोषाध्यक्षमा प्रमिला श्रेष्ठ चयन हुनुभएको निवर्तमान अध्यक्ष लक्षमण पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार,सदस्यहरुमा बिमला खत्री, सुजता खत्री चोखाल, गिता पौडेल,शान्ता सुनार र सम्झना सुनार रहनुभएको छ।

निवर्तमान सचिव रिजालले सन्चालन ,उपाध्यक्ष संगित क्षेत्रीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा निवर्तमान अध्यक्ष पाठक र संयोजक कोइरालाले बोल्नुभएको थियो ।

बेल्जियममा सडक दुर्घटना हुँदा एक नेपालीको मृत्यु

0

बेल्जियमको मोल सहरबाट आन्त्वर्पेन आफैले गाडी चलाएर आइरहेका पर्वत जलजला ६ का वीर फगामी मगरलाई ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ।

जापानी खानाको व्यवसाय गर्दै आएका फगामी आफूले चलाएका रेस्टुराँहरूमा काम गर्ने कामदारहरू लिन भ्यान लिएर आन्त्वर्पेन जाँदै थिए।

यो गत बिहीबार दिउँसो १ बजेरतिरको घटना हो।

प्रहरीका अनुसार फगामीको भ्यान ठूलो ट्रकको पछि छिर्‍यो र पछाडिबाट आएको अर्को ट्रकले हिर्काउँदा नराम्रोसँग क्षतविक्षत भयो। एयरब्यागसम्म खुलेको भए ज्यान जोगिन सक्थ्यो तर एअर ब्याग खुलेन।

श्रीमतीसँग मिलेर व्यवसाय गर्दै आएका फगामीका १२ वर्षकी छोरी र दुई छोरा छन्।

स्थानीय शव गृहमा उनको शव राखिएको छ। मे ४ को दिन उनको दाहसंस्कार गरिने सल्लाह भएको राम बहादुर पुन मगरले बताए।

बेल्जियमको प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ। setopati.com

मोना जापानको फेस्टिवल सुरू (फोटो फिचर)

0

म्याग्दी जिल्लालाई जापानमा चिनाउने उद्देश्यले म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा  मोना फेस्टिवल सुरु भएको छ । आज शनिबार अर्थात अप्रिल २७ र २८ तारिखका दिन इताबासीमा सुरु भएको फेस्टिवलको उद्घाटन समारोहमा उत्साहजनक सहभागिता देखिएको छ । फेस्टिबलमा झाँक्री सहित विभिन्न भेषभुषामा नेपालीहरु उपस्थित भएका छन् ।

म्याग्दीको अर्गानिक उत्पादन, अल्लो, ढाकाको उत्पादनका साथै जिल्लाको पर्यटकीयस्थलहरुका बारेमा जानकारी सहित नेपाललाई नै चिनाउन आयोजित फेस्टिबलको केहीसमयपछि उद्घाटन गरिने मोना जापानले जनाएको छ । फेस्टिबलमा मोना अन्तराष्ट्रियका संस्थापक अध्यक्ष प्रकाश पुन, अध्यक्ष ददीवल खड्का,महासचिव सुनेश केसी, कोषाध्यक्ष नरेन्द्र फगामी, मोना कतारका पूर्व अध्यक्ष तिलु शर्मा पौडेल, मोना दक्षिण कोरियाका पूर्व अध्यक्ष कृष्ण सुञ्चेरी लगायत समेत पुगेका छन् । फेस्टिवलमा २४ स्टल राखिएकोमा म्याग्देलीको ४ देखि ५ स्टल राखिने छ ।मोना फेस्टिबलमा कुल ५० लाखभन्दा बढी नेपाली खर्च हुने बताइएको छ ।
तस्वीर सौजन्य तिलु शर्मा पौडेल, हिरा बुढाथोकी

राष्ट्रिय फूटबल टोलीकी स्ट्राइकर साम्बालाई मोना फ्रान्सको सम्मान

0

नेपालकी चर्चित महिला फुटबलर सावित्रा भण्डारी (साम्बा)लाई म्याग्दी प्रवासी नेपाली संघ मोना फ्रान्सले स्वागत तथा सम्मान गरेको छ । फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लब एना भान गेङगाङ्पमा अनुबन्ध हुनुभएकी साम्बालाई अध्यक्ष देबेन्द्र केसीले कदरपत्र र खादाले सम्मान गर्नुभएको थियो ।

राष्ट्रिय फूटबल टोलीकी स्ट्राइकर साम्बाले नेपाली फुटबलमा अहिलेसम्मकै सफल महिला स्टार खेलाडी साम्बाले विश्व महिला फुटबलको सबैभन्दा शीर्ष लिगमा पुगेर नेपालको शीर उच्च बनाएमा उत्साहित भएको भन्दै सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा मोनाका बरिष्ठ उपाध्यक्ष दिल गर्बुजा, महासचिव प्रताप मल्ल, हेमेन क्षत्री, सिर्जना केसी, समाजसेवी अमर भण्डारीको उपस्थिती रहेको थियो । विपन्न परिवारमा जन्मेर संघर्षका पहाड छिचोल्दै राष्ट्रिय टिम हुँदै युरोपेली लिगसम्मको उनको यात्रा धेरैका लागि प्रेरणा र पाठ बनेको मोनाका अध्यक्ष केसीको भनाई छ ।

नेपालमा खेलेर केही हुन्न भन्ने भाष्यलाई गलत सावित गरिदिएकी साम्बा मिहिनेत र प्रतिभा भए संसारका शीर्ष देश र क्लबको ध्यान खिच्न सफल भएको भन्दै साम्बाको सर्वत्र चर्चा हुने गरेको छ ।

error: Content is protected !!