Saturday, June 28, 2025
25.5 C
Beni
25.5 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 677

रघुगंगामा तेस्रो ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता सुरु

रघुगंगा गाउँपालिकाको आयोजनामा अन्तर मावि स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । रघुगंगा गाउँपालिका– ३ पिप्लेमा आईतबारदेखि संचालित प्रतियोगिताको उदघाटन गण्डकी प्रदेश सभा सदस्य हरी भण्डारीले गर्नुभएको हो ।

सो प्रतियोगितामा बोल्दै भण्डारीले खेलकुद क्षेत्रको विकासमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो । प्रदेश सदस्य भण्डारीले विद्यालयस्तरको शिक्षा र खेलकुदसंगसंगै अगाडी बढाउन स्थानीयतह लगायत सबै जनप्रतिनिधिसंग समन्वय गरेर योजनाबद्ध नीति निमार्णमा प्रदेश सरकारमा प्रभावकारी भूमिका निभाउने प्रतिवद्धता जनाउनुभएको थियो ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले राष्ट्रियस्तरमा म्याग्दी जिल्लालाई चिनाउने खेलाडीहरुले रघुगंगाले उत्पादन गरेको बताउदै विद्यालयस्तरको शिक्षा र खेलकुदलाई प्रभावकारी रुपमा अघि बढाउन जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी र अभिभावकविच समन्वय गरेर योजनाबद्ध अघि बढ्न आग्रह गर्नुभएको थियो ।

प्रतियोगितामा गाउँपालिकाभित्रका १० वटा माध्यमिक तहका विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका छन् । माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथमलाई ५० हजार, द्धितियलाई ३० हजार रुपैयाँ र तितृय हुेन विद्यालयलाई २० हजार रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । प्रतियोगितामा महिला र पुरुषतर्फ भलिबल र एथलेटिक्स विद्यातर्फ विभिन्न १३ इभेन्टमा विद्यार्थीहरुबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको हरेक विद्यामा स्वर्ण, रजत र कास्य पदक बिजेतालाई नगद एक हजार रुपैया, ७ सय र ५ सय रुपैयाँका दरले पुरस्कृत समेत गरिने छ ।

गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद ढकाल, जिल्ला शिक्षा समन्वय ईकाईका इकाई प्रमुख दलबहादुर थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, गाउँपालिका प्रवक्ता मनकुमार शेरपुञ्जा, वडा अध्यक्ष अमृत भण्डारी लगायतले गाउँपालिकास्तरबाट छनौट हुने खेलाडीहरुले जिल्ला स्तर हँुदै प्रदेश र राष्ट्रिय स्तरमा समेत सहभागीता जनाउन पाउने भएकाले अनुशासित भएर खेल प्रतिभाको प्रदर्शन गर्न खेलाडीहरुलाई आग्रह गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुनलको स्वागत र लेखाअधिकृत खगराज सुवेदीका ेसंचालनमा भएको कार्यक्रम राष्ट्रियस्तकारका बाल गायक सुप्रिम मल्ल, विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

थाइबाङबाट बेनि हिँडेको ग १ज ६९३८ को बोलेरो जिप दुर्घटना  हुँदा एकको मृत्यु, ७ जना घाइते

म्याग्दीको मङ्गला गाउँपालिका-२ काफलगौरमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ६९३८ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

प्रहरी निरीक्षक राजन ढकालले मङ्गला-१ की ६० वर्षीया फौमाया गर्बुजाको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको जानकारी दिए।

उनकाअनुसार घाइते मङ्गला–२ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी कसी र पाँच वर्षीया रिवान केसीलाई थप उपचारका लागि पोखरा पठाइएको छ।

मङ्गला-१ की १५ वर्षीया बबिना परियार उपचारपछि घर पठाइएको छ भने मङ्गला-२ की २२ वर्षीया विपना कार्की, मङ्गला-१ का ३८ वर्षीय तेजबहादुर गर्बुजा, मङ्गला-२ का ५० वर्षीय भूमिकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ।

ओरालो सडकमा जिप पल्टिएर दुर्घटना भएको थियो। जिप चालकलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको प्रहरी निरीक्षक ढकालले बताए। मंगला गाउँपालिका र बाबियाचौरका राजु पाण्डेको गाडीमा घाइतेलाई बेनी अस्पताल ल्याइएको थियो ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा म्याग्दीका डा. मिन श्रेष्ठ

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीन बहादुर श्रेष्ठ नियुक्त हुनु भएको छ । म्याग्दीको बेनी नगरपालिका वडा नं ४ सिंगा स्थायी घर हुनुभएका श्रेष्ठलाई प्रचण्ड नेतृत्वको सरकारले उपाध्यक्षमा नियुक्ती गरेको प्रधानमन्त्री प्रचण्डका स्वकिय सचिवालयका पुनम खड्काले जानकारी दिनुभयो । यसअघि २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री भएका बेला पनि श्रेष्ठ नै योजना आयोगको उपाध्यक्ष थिए ।

नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक श्रेष्ठले अघिल्लो बाम गठबन्धनको सरकारमा आर्थिक सम्बन्धित समितिमा बसेर समेत योगदान दिनुभएको थियो । नेपालबाट एमपीए, बेलायतबाट एमबीए र अष्ट्रेलियाबाट अर्थशास्त्रमा विद्यावाधिरि गर्नुभएका डा. श्रेष्ठको परिकल्पनामा हरियाली मोडेलको कृषि अभियान समेत सञ्चालित छ ।

नेकपा माओवादी केन्द्रबाट समानुपातिकको सूचीमा समेत रहनुभएका उपाध्यक्ष डा. श्रेष्ठले साढे ४ वर्ष राष्ट्र बैंकको अनुसन्धान विभागमा कार्यकारी निर्देशक र त्यसपछि राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी सम्हालेको अनुभव छ । अघिल्लोपटक उपाध्यक्ष हुदाँ श्रेष्ठकै पहलमा बेनी दरबाङ सडकखण्ड कालोपत्रेले गति लिएको थियो ।

गएको प्रतिनिधिसभा तथा प्रदेशसभामा डा. श्रेष्ठ बामलोकतान्त्रिक गठबन्धनलाई जिताउन जिल्लाका अ अधिकांस चुनावी अभियानमा पुग्नुभएको थियो । म्याग्दीको भुगोलका बारेमा राम्रोसँग जानकार श्रेष्ठ उपाध्यक्ष भएपछि यसपटक विकास निर्माणका क्षेत्रमा थप प्राथमिकतामा पर्ने अपेक्षा म्याग्देलीले गरेका छन् ।

रोकिराखेको बोलेरो पल्टिदाँ ६ जना घाईते

म्याग्दीको मंगला गाउँपालिका वडा नं २ काफलचौरमा बोलेरो दुर्घटना हुदाँ ६जना घाईते भएका छन् ।थाईवाङबाट बेनी तर्फ आउँदै गरेकोबोलेरो रोकिराखेको अवस्थामा एक्कासी सडकमै पल्टिएको प्रहरी चौकी बावियाचौरका प्रहरी सहायक निरिक्षक लालबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार सडकमा एक्कासी पल्टिएपछि यात्रुको शरीरका विभिन्न भागमा चोट लागेको छ ।

घाईते हुनेमा बिपना भण्डारी, रेजिना परियार, टेक बहादुर गर्बुजा फमाया गर्बुजा र सन्तु केसी रहेको बेनी अस्पतालका सदस्य विज्ञानराज शर्माले बताउनुभयो। उहाँका अनुसार घाईतेमध्ये फमायाँ गर्बुजालाई गहिरो चोट लागको छ । दुर्घटनामा घाईते भएका अन्यको अवस्था सामान्य रहेको छ । घाईतेलाई मंगला गाउँपालिका र म्याग्दी उद्योग वाणिज्य संघ बावियाचौर इकाईका सभापति राजु पाण्डेको सवारीसाधन प्रयोग गरी थप उपचारका लागि बेनी अस्पतालमा ल्याइएको छ ।

घाईतेको उद्धारका लागि मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका सहितको टोली घटनास्थलमा पुग्नुभएको थियो । अध्यक्ष रोकाले तत्कालै थप उपचारको तयारीका लागि बेनी अस्पतालमा समेत खवर गर्नुभएको थियो । बोलेरो दुर्घटनामा परेको देखेपछि स्थानीय उद्धारमा खटिएका थिए । बोलेरोमा ९ देखि १२ जना सवार रहेको बताइएको छ । बोलेरो स्टाटमै रहेको अवस्थामा असावधानीका कारण दुर्घटनामा परेको हुनसक्ने प्रारम्भीक अनुमान गरिएको छ ।

 

आँगनमा धारा बनेको एक वर्ष पुग्यो, पानी आएन

बेनी नगरपालिका–१ उपल्लाचौरकी कल्पना थापामगरको आँगनमा धारा छ । खान, गाईवस्तुलाई खुवाउन र सरसफाइका लागि आवश्यक पानी सार्वजनिक धाराबाट पाइपमा जोडेर आपूर्ति गर्छन्।

“आँगनमा धारा भए पनि पानी आउँदैन”, उनले भने, “टोलको सार्वजनिक धारामा पानी आउँदा पालो लगाएर पाइपबाट ल्याएको पानी ड्रम, गाग्री र ग्यालिनमा सँगालेर उपभोग गर्छौँ ।” कल्पनाजस्तै उपल्लाचौर र सालघारी टोलका धेरैजसो घरमा निजी धारा बनेको करिब एक वर्ष पुगे पनि पानी आपूर्ति भएको छैन ।

कालीगण्डकीको पानी तानेर घर–घरमा खानेपानी सुविधा पु¥याउने उद्देश्यले सुरु भएको रत्नेचौर लिफ्ट खानेपानी आयोजना निर्माणले गति लिन नसक्दा उपभोक्ताको दुःख नहटेको हो । रत्नेचौरमा विस २०३५ मा निर्माण भएको खानेपानी आयोजना जीर्ण र अव्यवस्थित छ । जीर्ण संरचना र मुहान सुक्दै गएकाले पर्याप्त पानी आपूर्ति हुनसकेको छैन । आयोजना निर्माणमा भएको ढिलाइले घर–घरमा धाराबाट शुद्ध खानेपानी उपभोग गर्न पाउने आशा गरेका नागरिक निरास बनेका स्थानीय कृष्ण बोगटीले बताए।

दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित सञ्चालित करिब रु सात करोडको खानेपानी आयोजनाले ठेक्का सम्झौता भएको ३१ महिनासम्म पनि पूर्णता पाएको छैन । बेनी नगरपालिका–१ रत्नेचौरका वडाध्यक्ष टेकबहादुर थापाले सम्बद्ध कार्यालय र निर्माण व्यवसायीको समझदारी नमिल्दा खानेपानी आयोजना निर्माणले निरन्तरता पाउन नसकेको बताए। “ताकेता ग¥यो भने १५–२० दिन काम हुन्छ । अनि फेरि रोकिन्छ, हैरान भएका छौँ”, उनले भने, “निर्माण कम्पनीका सञ्चालक र खानेपानी कार्यालयको असमझदारीले आयोजना प्रभावित बनेको हो ।”

खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दी र प्राकृतिक–प्रदीप–जुम्ली जेभीबीच २०७७ असार २४ गते रु दुई करोड ७५ लाख ३६ हजार पाँच सयमा ठेक्का सम्झौता भएको थियो । कूल रु छ करोड ७६ लाख लागत अनुमान गरिएको आयोजनाको उपभोक्ता समितिले गर्नुपर्नेबाहेकका संरचना बनाउन ठेक्का लगाइएको हो । विसं २०७९ असार २३ गतेसम्म मुहानमा इनार, मुख्य लाइन, सङ्कलन, रिजर्भ र वितरण ट्याङ्कीलगायत संरचना निर्माण गरिसक्ने सम्झौता थियो ।

हालसम्म एक वटा रिजर्भ फेरो ट्याङ्की निर्माण सकिएको छ । दुईवटा ट्याङ्की र इनार निर्माणलाई पूर्णता दिन बाँकी छ । मुख्य पाइप लाइन जडान र गाड्ने, शाखा लाइन खन्ने गाड्ने काम बाँकी छ । निर्माण कम्पनीका प्रतिनिधि होमनाथ सापकोटाले बाँकी कामलाई पूर्णता दिन शनिबारदेखि मजदुर र उपकरण परिचालन गरेको बताए।

“इनार बनाउन खाडल खनिएको छ, कार्यालयले छिटो लाइन दियो भने मुख्य लाइनको जिआइ पाइप वेल्डिङ पनि तत्कालै सुरु हुन्छ”, उनले भने, “बाँकी रहेका धारा बनाउन र पाइप लाइन पुर्नका लागि मजदुर ल्याएको छु । समुदाय र कार्यालयबाट वातावरण बन्यो भने दुई महिनाभित्र आयोजना निर्माण सकिन्छ ।”

विसं २०७७ माघ ११ गते तत्कालीन प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले आयोजनाको शिलान्यास गरेका थिए। सिमस्थित कालीगण्डकी नदी किनारबाट पानी तानेर रत्नेचौर, उपल्लाचौर र सालघारीमा दुई सय ४३ घरधुरीमा निजी धारामार्फत खानेपानी वितरण गर्ने योजना छ । हालसम्म एक सय २० भन्दा बढी घरमा निजी धारा निर्माण भइसकेको छ । तीस हर्सपावर क्षमताको सम्पवयलको सहायताले प्रतिसेकेण्ड ४.७ लिटर पानी चार सय ५० मिटरमाथि सालघारीमा निर्माण हुने एक सय १५ क्यूबिक क्षमताको ट्याङ्कीमा खसालेर घर–घरमा धारा जडान गरेर वितरण गरिने भएको छ ।

घर–घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिने यो आयोजनाको वितरण लाइनको कुल दूरी १८.७ किलोमिटर छ । खानेपानी कार्यालयले भने ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कामलाई तीव्रता दिन ताकेता गरिएको जनाएको छ ।

बाँदरले खेती बाली सखाप पारेपछि रुख फँडानी अभियान

पर्वत । बाँदरले खेती बाली सखाप पारेको तथा खेतबाट ल्याएर घरमा थन्काएको बालीसमेत घरभित्रै छिरेर लैजाने गरेको गुनासो कृषकले गर्न थालेका छन् ।बाँदरले बाली खाइदिँदा खेतीयोग्य जमिनसमेत बाँझो छोड्नु परेको उनीहरुको भनाइ छ।

जिल्लाका कृषकले आफ्ना स्थानीय तहहरूलाई बाँदर आतङ्क नियन्त्रणका लागि केही न केही गरिदिन पटकपटक अनुरोध गर्दै आएका छन् । यही गुनासोको सुनुवाइ गर्दै जिल्लाको महाशिला गाउँपालिकाले बाँदर छोपेर अन्यत्रै पठाउने काम पनि गरेको थियो । बाँदर छोप्न विज्ञ टोली ल्याएर छोपिएका बाँदरलाई राष्ट्रिय निकुञ्जमा पठाएको थियो ।

जिल्लाका धेरै ठाउँमा बाँदर धपाउन कृषक खेती बाली रुँगेर बसिरहेको अवस्था छ । लगाएको बाली बाँदरले नष्ट पारेपछि धेरै कृषक कृषिबाट विस्थापित हुँदै जाने क्रम बढिरहेको छ ।

यही समस्या बढ्दै गएपछि जिल्लाको पैयुँ गाउँपालिकाले भने बाँदर नियन्त्रणका लागि बस्ती आसपासका रुख र झाडी काटेर सफा गर्ने अभियान सुरु गरेको छ ।

बाँदरको आतङ्क न्यूनीकरणका साथै बस्ती संरचनाको सुरक्षाका लागि रुख काट्न थालेको बताएको छ ।

“पालिकाका सबैजसो वडामा बाँदरको बिगबिगी बढेपछि त्यसको नियन्त्रण गर्न रुख काट्न लागिएको हो ।

बाँदरले बालीनालीका साथै घरमा राखिएको अन्नपातसमेत खाएर हैरान पारेपछि कृषकले बाँदर नियन्त्रणका लागि अनुरोध गर्छन् ।

बाँदरलाई नियन्त्रणमा राख्ने ठ्याक्कै उपाय पनि त छैन”, गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले भने, “बस्ती र खेतीयोग्य जमिनबाट ८० मिटर वरपरका रुख काट्न थालिएको छ । बाँदरको आतङ्कले कृषकले उत्पादन गरेका बालीनाली र मान्छेलाई पनि क्षति पुग्ने गरेको छ ।”

बाँदर नियन्त्रण गर्ने उपाय यही नै छ भन्ने नभएकाले कम्तीमा पनि झाडीमा घेरिएका घर वरपरको सरसफाइको लागि रुख काट्ने अभियान थालिएको हो ।

विगतमा बसाइँसराइ कम भएको तथा जनसङ्ख्या वृद्धिदर बढी हुँदा गाउँमा चहलपहल हुने गरेको भए पनि अहिले तिनै गाउँहरू सुनसान बन्दा जङ्गली जनावरको आतङ्क बढेको छ ।

“पहिले जनसङ्ख्या धेरै थियो । बसाइँसराइ पनि हुँदैनथ्यो । अहिले जन्मदर घटेको छ । बसाइँसराइ निरन्तर बढेको छ ।

गाउँघर सुनसान बनेका छन् । गाउँमा रहेका केहीले खेतीपाती गरे पनि बाँदर, दुम्सी, चरा, मृगलगायतले खाइदिन्छन”, मल्ले भने, “गाउँ रित्तो भइसक्यो । खेतबारी जङ्गल बनिसके ।

रुख काटियो भने केही कम हुनसक्छ भनेर यो निर्णय गरेका हौँ । गाउँपालिकाका सातवटै वडामा बस्ती आसपासका रुखहरू हटाउने छौँ ।”

रुख काट्ने अभियानका लागि गाउँपालिकाले नै प्रत्येक वडामा एक÷एक वटा रुख काट्ने मेसिन र १५ दिनका लागि दुई÷दुई जनाको दरले कामदार खटाएको छ ।

सन्तानलाई सुविधायुक्त विद्यालयमा पढाउने, स्वास्थ्य सुविधाको पहुँच हुनेलगायतका कारण ग्रामीण बस्तीबाट सहरमा बसाइँसराइ बढिरहेको अवस्था छ । गाउँका घर खाली हुँदै गएका छन् भने बस्ती नै रुखले ढाकिरहेको अवस्था छन् ।

बस्तीसम्मै रुख र झाडी बन्दा बाँदरलगायतका अन्य वन्यजन्तुको पहुँच मानव बस्तीमा बढिरहेको छ ।

बाँदरले बर्खाको समयमा मकै सखाप पार्छ भने हिउँदको समयमा धान, सुन्तला, फलफूल, आलु, तरकारी, अलैँची र अम्लिसो टुसा नै च्यातेर तहसनहस पार्ने गरेको छ ।

घरभित्र राखेको अन्न समेत बाँदरबाट जोगाउन नसकिने अवस्था आउँदा कृषक हैरानीमा परेका छन् ।

फोटो प्रदर्शनीमा १ सय वर्ष अघिको बेनी : १० हजार दर्शकले गरे अवलोकन

धु्रवसागर शर्मा
म्याग्दी ८ माघ
म्याग्दीको सदरमुकाम बेनीमा शनिवार (हिजो) साँझ सम्पन्न सातौं म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला तथा कृषि, पर्यटन औद्योगिक व्यापार मेलामा आकर्षणको रुपमा रहेको फोटो प्रदर्शनीमा १० हजार बढी दर्शक अवलोकन गरेका छन् ।
फोटो प्रदर्शनीमा १ सय वर्ष अघिको बेनी बजारका तस्वीरले सबैको मन खिचेको स्टल संचालक एवम् फोटो संकलक भोजबहादुर रिजालले बताए ।

गत पुस २८ गतेदेखि संचालित महोत्सवमा जिल्लाको प्रचार प्रसारमा टेवा पु¥याउने उद्धेश्यले जिल्लाका ऐतिहासिक,धार्मिक र पर्यटकीय स्थलहरुका १ सय बढी फोटाहरु राखिएको थियो ।जिल्लाका ऐतिहासिक, धार्मिक, पर्यटकीय स्थलहरुलाई समेटेर महोत्सवमा प्राथमिकताको साथमा विशेष स्टल नै राखेर फोटो प्रर्दशनी गरिएको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ ।
फोटो प्रदर्शनी स्थलमा भेटिनुभएका ८७ वर्षिय बेदप्रसाद उपाध्यायले बेनी बजारको पुरानो फोटो देख्दा आफू केटाकेटी हुँदा देखेको बेनीबजारको झझल्को आएको बताए । ‘मलाई बाल्यकालमा देखेको बेनीबजारको याद आयो, त्यति बेलाको बेनी बजार र अहिलेको बेनी बजार देख्दा आफ्नो जीवनकालमा नै यति ठूलो परिवर्तन भएछ भन्ने कुराको बोध पनि भयो’ उपाध्यायले भने ।
त्यसैगरी अर्का जेष्ठ नागरिक ६९ वर्षिय टेकबहादुर मिजारले आँफै घुमेर जिल्लाका प्राकृतिक,धार्मिक र पर्यटकीय स्थलहरु देख्न नपाए पनि फोटोमा हेरेर जिल्लाका राम्रा राम्रा ठाउँहरु चिन्ने अवसर पाएको बताए ।
बेनीमा फोटो स्टुडियो संचालन गर्नुभएका रिजालले जिल्लाका पत्रकार,फोटो ग्राफर र विभिन्न संघसंस्थाहरुबाट संकलन गर्नुभएका फोटा आकर्षक कलेबर(फ्रेम) सहित प्रदर्शनी स्थलमा राखिएको छ ।
फोटो प्रर्दशनीले जिल्लाको प्रचारप्रसारमा समेत ठुलो योग्दान पुगेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए । प्रदर्शनीमा फोटाहरु हेर्न स्कुले बालबालिकाहरुदेखि बृद्धबृद्धाहरुको समेत भीड लागेको थियो ।

खुल्ला लोकदोहोरीको उपाधी लोक दोहोरी गीत प्रतिष्ठानको पोल्टामा

सातौं म्याग्दी महोत्सव, माघेसङ्क्रान्ति मेला, गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक, व्यापार मेलाको अवसरमा आयोजना गरिएको खुल्ला लोकदोहोरीगीत प्रतियोगितामा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति म्याग्दी प्रथम भएको छ।

शनिबार बेनीको खुल्ला मञ्चमा म्याग्दी सामुदायिक पुस्तकालयको समुह र प्रतिष्ठानकाबीच फाइनल प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा प्रतिष्ठानले १६ सय ४० र पुस्तकालयले १६ सय ३९ अंक प्राप्त गरेको निर्णयक मण्डलका कृष्ण जिसीले बताउनुभयो ।

यसैगरी श्रीकृष्ण हार्डवयर बेनी तेस्रो र बानियाँ गहना पसलको समुहले सान्त्वना स्थान हासिल गरेका छन् । प्रतियोगितामा प्रथम,द्धितिय,तृतिय र सान्त्वना भएका समुहले क्रमशः एकलाख एघार हजार एकसय ११, ५५ हजार ५ सय ५५,२५ हजार र १५ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् ।

Adv

समापन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारी,प्रदेश सांसद हरि भण्डारी,जिसस प्रमुख राजकुमार थापा,बेनी नगरपालिकाका प्रमुख सुरत केसी म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल लगायतले विजयी समुहलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

डेढ लाख आन्तरिक पर्यटकले अवलोकन गरेको महोत्सवमा खुल्ला लोकदोहारी प्रमुख आर्कषणमा मानिएको थियो  म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा बेनीबजारको खुलामञ्चमा गएको पुस २८ गतेदेखि सुरु भएको महोत्सवमा प्रतियोगितात्मक खेलसँगै विभिन्न संघसंस्थाको जनजातिका झाँकी र भेषभूषासहित प्रतियोगिताले कला, संस्कृति तथा भेषभूषाको जगेर्नामा समेत सघाएको आयोजकको भनाई छ । तस्वीर सौजन्य शिव आचार्य 

सातौं म्याग्दी महोत्सव समापन, १० करोडको कारोबार

१० दिनदेखि म्याग्दीको सदरमुकाम बेनीमा जारी सातौं म्याग्दी महोत्सव आज समापन भएको छ। शनिबार १० दिनदेखि सुरु भएको सातौं म्याग्दी महोत्सव, माघेसङ्क्रान्ति मेला, गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक, व्यापार मेला समापन भएको हो।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालका अनुसार उद्योग वाणिज्य संघको मूल आयोजनामा बेनीबजारको खुलामञ्चमा पुस २८ गतेदेखि सुरु भएको महोत्सवमा १० करोडको कारोबार भएको हो।

adv

उनले भने, ‘अपेक्षा गरे अनुसारकै कारोबार भएको छ, महोत्सव सफल बनाउने सबैप्रति आभारी छौ।’  महोत्सवको अवसरमा विभिन्न संघसंस्थाको जनजातिका झाँकी र भेषभूषासहित प्रतियोगिताले कला, संस्कृति तथा भेषभूषाको जगेर्नामा समेत सघाएको आयोजकको भनाई छ।

महोत्सवको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गरेका थिए भने समापन गण्डकी प्रदेशका नवनियु्क्त मुख्यमन्त्री खगराज अधिकारीले समापन गरेका थिए। महोत्सवमा कालीगण्डकी नदीमा ¥याफ्टिङ, महिला पुरुष भलिबल, बास्केटबल, लोक दोहोरी, गण्डकी लोक स्टार, रत्यौली, पुख्यौली, एकल र खुल्ला नृत्य प्रतियोगिता समेत आयोजना गरिएको थियो।

महोत्सवस्थलमा व्यापारिक र अन्य गरी कुल २ सय ५८ वटा स्टलहरुमा समेत उत्साहजनक कारोबार भएको थियो। महोत्सवमा एक करोड २४ लाख ८७ हजार रुपैयाँ आम्दानी, एक करोड १५ लाख ७७ हजार २११ रुपैयाँ खर्च र नौ लाख नौ हजार ७८९ रुपैयाँ बचत हुने अनुमान गरिएको छ। म्याग्दीको बेनीमा २०५७ सालदेखि माघेसङ्क्रान्ति मेला लगाउन सुरु गरिएकोमा २०६० सालबाट म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा म्याग्दी महोत्सव लगाउन सुरु गरिएको थियो। हरेक तीन–तीन वर्षको अन्तरालमा महोत्सव आयोजना गर्ने गरिए पनि सातौं महोत्सव भने विश्वभर फैलिएको कोरोना भाइरस र लकडाउनका कारण यसवर्ष आयोजना गरिएको थियो।

बेनी अस्पतालमा उपचार गर्न आउने गरी सहयोग गर्छु :-मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बेनी अस्पतालमा आएर सेवा लिने गरी गुणस्तरीय सुविधालाई थप गर्ने बताउनुभएको छ । उहाँले ५० बेड क्षमतामा स्तरोन्नतिसहित निर्माणधीन बेनी अस्पतालको भवन समयमै सम्पन्न गरेर यहाँ उपचारका लागि आउने गरी काम गर्ने बताउनुभएको हो ।

सदरमुकाम बेनीमा जारी सातौं म्याग्दी महोत्सव,माघेसङ्क्रान्ति मेला, गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक, व्यापार मेलाको समापन समारोहमा शनिबार बोल्दै मुख्यमन्त्री अधिकारीले नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवी सिंहलाईभवन अलपत्र परेर जनतालाई गुणस्तरीय सेवा दिन समस्या भएको बताउनुभयो ।

‘भवन समयमै बनाएर जनताको आँसु पुछ्न ठेकेदार रबीजीलाई निर्माणकार्य छिटो सम्पन्न गर्नुहोस्’ मुख्यमन्त्री अधिकारीले भन्नुभयो । ‘यो अस्पतालले धौलागिरी क्षेत्रमै राम्रो उपचार गरेको धेरै जानकारी छ,‘बागलुङमा नभएको शल्यक्रिया यहाँ आएर सफल भएको समाचार मैले पनि सुनेको थिए’ मुख्यमन्त्री अधिकारीले भन्नुभयो ।

उहाँले निक साइमनबाट प्राप्त सहयोगले अस्पतालले गुणस्तरीय सेवा दिएको बताउँदै भवन सम्पन्नमा ढिलाई नगर्न समापन समारोहस्थलबाटै निर्देशन दिनुभएको थियो ।

Adv

‘पोखरामा जस्तै यहाँ पनि सेवा दिन सकिन्छ, कुनैदिन बेनी अस्पतालमा उपचार गर्न आउने चाहना छ’ मुख्यमन्त्री अधिकारीले बताउनुभयो । पाँचबर्षबाट फर्किदै गर्दा अस्पतालमा उपचार गर्न आउने गरी आफ्नाृ निरन्तर सहयोग हुने बताउनुभयो ।

स्मरणरहोस् मुख्यमन्त्री अधिकारी नै स्वास्थ्यमन्त्री हुदाँ बेनी अस्पताल २५ शैयाबाट ५० सैयामा स्तरउन्नती भएको थियो । पटकपटक थप भएको समयमा समेत निर्माण व्यवसायीले भवन निर्माणमा तदारुकता नदेखाएको र निर्माण कम्पनीलाई काम गरेभन्दा बढी भुक्तानी दिएको सार्वजनिक भएको थियो । अहिले भवन अलपत्र अवस्थामा छ ।

निर्माण व्यवसायी सिंहकोे तस्बिर र सम्पर्क नम्बरसमेत उल्लेख गरी निर्माण व्यवसायी हराएको सूचना टाँस गरेर समेत विरोध गरिएको थियो । अहिले छिमेकी जिल्ला पर्वतका पदम गिरी संघीय सरकारको स्वास्थ्य मन्त्री नियुक्ती भएकाले भवन सम्पन्न गर्न ठेकेदारलाई दवाव पुगेको अवस्थामा मुख्यमन्त्रीको निर्देशनले अलपत्र कामले गति लिन सक्ने अनुमान गरिएको छ ।

Adv

तत्कालिन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङसँंग २१ पुस २०७३ मा महादेव खिम्ती, गल्वा रफिना जेभीले १८ करोड ८४ लाख ८ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो ।

२० मंसिर २०७६ भित्र निर्माणकार्य सम्पन्न गर्ने सम्झौता भए पनि योजना अलपत्र परेपछि अहिले चौतर्फी आलोचना र गुनासो बढेको छ ।निर्माण सम्पन्न गर्नुपर्ने म्याद गुजारेको करिब तीन वर्ष पुग्न लाग्दा बेनी अस्पतालको भवन निर्माण योजनाका काम करिब ५० प्रतिशतमात्रै सकिएको छ ।

निर्माण व्यवसायीको चरम ढिलासुस्ती र लापरबाहीका कारण बेनी अस्पतालको निर्माणाधीन भवन ढिलासुस्तीको नमुना बनेको छ ।

बेनी अस्पतालले अहिले भवन अभावमा अस्थायी संरचनाबाट स्वास्थ्योपचार सेवा दिँदै आएको छ । समयमै भवन नबन्दा स्वास्थ्यसम्बन्धी सबै सेवा गुणस्तरीय रूपमा सेवाग्राहीलाई दिन नसकेको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभयो । अध्यक्ष सुबेदीले प्रधानमन्त्री प्रचण्ड सहित संघीय सरकारका विभिन्न निकायमा पुगेर समेत दवाव दिएको बताउनुभयो ।