Thursday, May 15, 2025
21.9 C
Beni
21.9 C
Beni
Thursday, May 15, 2025
Home Blog Page 796

धवलागिरी गाउँपालिकामा ४० करोड ४९ लाख ४९ हजार बजेट पारित

0

म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल रु ४० करोड ४९ लाख ४९ हजारको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र उपाध्यक्ष रेशम पुनले प्रस्तुत गर्नुभएको बजेट छलफल सहित पारित गरिएको छ । गाउँपालिकाको बजेटमा सामाजिक सुरक्षा भत्ताको रकमलाई समावेश गरिएको छैन् ।

सभामा सार्वजनिक गरिएको बजेटमा आर्थिक विकासतर्फ रु ७८ लाख ८ हजार ९८०, सामाजिक विकासतर्फ रु ३ करोड ९७ लाख ४ हजार ६९०, पूर्वाधार विकासमा रु ८ करोड ७३ लाख, ५ हजार, वातावरण तथा विपद व्यवस्थापनमा रु ३६ लाख र सुशासन तथा संस्थागत विकासतर्फ रु ८ करोड ३४ लाख २० हजार ३३० बजेट विनियोजन गरिएको छ ।

बजेटमा गाउँपालिकामा सञ्चालित र अधुरा योजनालाई निरन्तरता दिँदै दिगो र आधारभुत विकासको आधार तयार गर्ने योजनाहरुलाई प्राथमिकता दिइएको उपाध्यक्ष पुनले बताउनुभयो । ताकममा निर्माणधिन अस्पताल, गुर्जाको स्वास्थ्य चौकी भवन लगायतका क्रमागत योजनालाई निरन्तरता दिएर सम्पन्न गराउने उपाध्यक्ष पुनले बताउनुभयो । वडा नम्बर ६ को वडा कार्यालय भवन निर्माणलाई रु ५० लाख, गुर्जामा वृहत खानेपानीका लागि रु ५० लाख , मुदी स्वास्थ्य चौकी भवनलाई रु ५० लाख, झोलुङ्गे पुल निर्माणतर्फ रु ८० लाख, सुरक्षित नागरिक आवास कार्यक्रमतर्फ रु ३३ लाख, लुलाङ–गुर्जा मोटरबाटो निर्माणका लागि रु ४५ लाख, खिबाङ मोटरबाटो निर्माणका लागि रु ५० लाख, मल्कबाङ–मलम्पार मोटरबाटोलाई रु २५ लाख बजेट विनियोजन भएको छ ।

दिर्घरोगीसंग गाउँपालिका अध्यक्ष कार्यक्रमका लागि रु १० लाख, सुनौलो हजार दिनका महिलासंग उपाध्यक्ष कार्यक्रमका लागि रु ५ लाख, लुलाङ, मुदी र मराङको प्रसुतीगृह मर्मतलाई रु २४ लाख, हेम माविमा सञ्चालिन नमुना आवासीय माविको छात्रावास व्यवस्थापनमा रु १० लाख, स्थानीय पाठ्यपुस्तक निर्माण गर्न रु ५ लाख , स्मार्ट स्कुल परियोजनाका लागि रु ३ लाख बजेट विनियोजन भएको छ । त्यसैगरि दृष्टिविहिन विद्यार्थिहरुको लागि प्रविधि हस्तान्तरण गर्न रु २ लाख ५० हजार बजेट विनियोजन गरेको धवलागिरी गाउँपालिकाले एक जना चिकित्सक र इन्जिनियर पढाउनका लागि रु १५ लाख बजेट विनियोजन गरेको छ ।

द्धन्द्धपीडित तथा अपांगता भएका व्यक्तिको जिविकोपार्जनका लागि रु ३ लाख , विपद व्यवस्थापनमा उद्धार, राहत र पुनस्र्थापनका लागि रु ३० लाख , विपद व्यवस्थापन आकस्मीक कोषमा रु ६ लाख बजेट विनियोजन भएको छ । वेरोजगार युवाहरुलाई ग्याविनजाली बुन्ने तालिम सञ्चालनका लागि रु १० लाख, प्रधानमन्त्री रोजगार कार्यक्रममा संघीय बाट आउने बजेटका अतिरित्त पालिकाले समेत साझेदारी गर्नका लागि रु ३० लाख , पाँच बर्षे उद्यम विकास रणनीति बनाउन रु ५ लाख बजेट विनियोजन भएको छ । वडा नम्बर ६ मा घरघरमा इन्टरनेट सुविधा पु¥याउन रु ६ लाख बजेट विनियोजन भएको छ ।
गाउँपालिका अध्यक्ष प्रेम प्रसाद पुनले गाउँपालिको सडक, भवन, खानेपानी लगायतका पूर्वाधार विकास, स्वास्थ्य र शिक्षाको गुणस्तर र भौतिक पूर्वाधार सुधार, उद्यमशीलताको विकास र रोजगार सिर्जना हुने क्षेत्रलाई नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिइएको बताउनुभयो । ‘कृषि, पर्यटन, पूर्वाधार र रोजगार ः समृद्ध धवलागिरी निर्माणको आधार’ भन्ने नारालाई अघि सारेको धवलागिरीमा द्धन्द्धपीडितको जिविकोपार्जन, दिर्घरोगका विरामीको उपचार, युवा स्वरोजगार , पालिकालेनै डाक्टर इन्जिनियर पढाउन सहयोग गर्ने लगायतका नयाँ कार्यक्रम अघि सारेको छ । लुलाङ, गुर्जा, खिवाङ, मलम्पार लगायतका बस्तीमा मोटरवाटो विस्तार गर्ने योजनालाई गाउँपालिकाले प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ ।

गाउँसभामा उपाध्यक्षको नेतृत्वमा रहेको न्यायिक समितिको सदस्यमा देवेन्द्र रोका र गंगादेवि पुन र देउप्रसाद छन्त्यालको संयोजकत्मा राजाराम उपाध्याय र सिता कुमारी छन्त्याल सदस्य रहेको लेखा समितिलाई समेत पूर्णता दिएको प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिनुभयो । सभामा उपाध्यक्ष पुनले प्रस्तुत गर्नुभएको आर्थिक विद्येययक र आर्थिक विकास समितिका संयोजक झक छन्त्यालले प्रस्तुत गर्नुभएको विनियोजन विद्येयक समेत पारित भएको छ । सभा सुरु हुनुपूर्व निर्वतमान गाउँपालिका उपाध्यक्ष रेशम छन्त्याल, नेपाली काँग्रेसका तमबहादुर थापा र तेजेन्द्र थापा, माओवादी केन्द्रका यामन रोका र रिमप्रकाश थापा लगायत राजनीतिक दलका प्रतिनिधिहरुले गाउँपालिकाले ल्याएका नीति तथा कार्यक्रम र बजेटको प्रभाबकारी कार्यान्वयन गरि विकसीत र समृद्ध धवलागिरी गाउँपालिका निर्माणको अभियानमा जुट्न सुझाब दिँदै सबै क्षेत्रबाट रचनात्मक सहकार्य हुनुपर्नेमा जोड दिनुभएको थियो ।

तस्विर कृष्ण राज पौडेल

म्याग्दीमा एउटै पालिकामा २१६ पहिरो, बस्ती जोखिममा

0

म्याग्दीको एउटै गाउँपालिकामा रहेका २१६ पहिरोका कारण बस्ती जोखिममा परेका छन् भने स्थानीयले आफ्नो जीउधनको सुरक्षा नभएको गुनासो गरेका छन् । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाका आठ वटा वडामा साना ठूला गरी २१६ पहिराे रहेका र ती पहिरोका कारण बस्ती नै जोखिममा रहेकाले पहिरो रोकथाम तथा नियन्त्रणका लागि पहिरोका डिपिआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको गाउँपालिकाले जनाएको छ ।

“गाउँपालिकाभित्र २१६ वटा पहिरोका डिपिआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएका छौँ”, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले भने, “कुइनेमङ्गले–८ मा रहेको चौरखानी, चिमखोलाको–७ मालाङ, पाखापानी–६ रायखोर र दग्नाम–४ को पहिरो रोकथामको लागि मुख्य प्राथमिकतामा रहेको छ ।”

यसैगरी रघुघाट गलेश्वर, तिलकेनी, कुइने, चौरखानी, धुपीचौर, अर्कला, बेग, दुलेपानी, सतिपोखरी, खौरेट, रोटेपानी, रिसिनचौतारी, बुडिचौरलगायतका बस्ती बाढी र पहिरोका उच्च जोखिममा रहेका र ती बस्तीको संरक्षणका लागि स्थानीय तहले प्राथमिकताका साथ काम गर्ने र थप बजेटका लागि प्रदेश वा सङ्घ सरकारसँग माग गरेर कार्य अघि बढाइने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सधैँ आश्वासन मात्रै बाड्ने तर काम नगर्ने प्रवृत्तिले गर्दा दर्जन बढी बस्ती बाढी र पहिराेकाे उच्च जोखिममा रहेका स्थानीयवासी  दीपक कार्कीले बताउछन् ।

यसैगरी ५२ घर रहेको रघुगङ्गा ८ चौरखानीमा हाल ३० परिवारको बसोबास छ । पहिरोको त्रासकै कारण आधाले घर छोडेर बेनी, पोखरा, काठमाडौँलगायतका ठाउँमा गएर बसेका छन् । गत वर्ष गाउँको बीचमा ठाडो चिरा परेर गएको पहिराले चौरखानीमा सामुदायिक भवन र एउटा घर भत्केका वडासदस्य यामकुमारी घर्तीले बताउछिन् ।

दुई किलोमिटर तल रघुगङ्गा नदीको किनारबाट सुरु भएको पहिरो चौरखानीको शिरमा रहेको पहाडको फेदीमा पुगेको छ। पहिरोले गाउँलाई चिरेर दुई भागमा विभाजन गरेको स्थानीय रैमान छन्त्यालले जानकारी दिए ।

यस्तै रघुगङ्गा ३ स्थित गलेश्वरको राहुघाट बस्ती पहिरोले पुरिने जोखिममा छ । गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा गरिएको लापर्बाहीले निम्तिएको पहिरोले पुरिने जोखिम बढेको हो । वस्तीमाथिको पाखोमा जथाभावी सडक खनेपछि पहिरो निम्तिएर गलेश्वपारिको ३० घरपरिवार जोखिममा रहेको स्थानीय मिम थकालीले बताए । बर्सात हुने बित्तिकै यहाँका बासिन्दा राति सुत्न पाएका छैनन् । विकासका नाममा निम्तिएको विनाशका कारण आफ्नो थाकथलो छोड्नुपर्ने अवस्था आएपछि यहाँका स्थानीयवासी चिन्तित बनेका छन् ।

कमजोर भ–ूभागमा सडक बनाउन डोजरले जथाभावी भत्काउनु र त्यसपछि संरक्षणका पर्खाल र नाली समयमा नबन्दा पूरै पाखो खस्न थालेको छ । वर्षौंदेखि बसेको घर छाडेर हिँड्नुपर्ने अवस्था आउन लागेको छ । यहाँका कतिपय बासिन्दा घर छोडेर गलेश्वर बजारमा भाडामा कोठा लिएर बसेका स्थानीयवासी तिलबहादुर पुनले बताए ।

यसैगरी रघुगङ्गा गाउँपालिका–३ पिप्ले गलेश्वरका २१ घर जोखिममा परेका छन् । भिरालो पाखोमा सडक खनेपछि पहिरो जाँदा ती घर जोखिममा परेका हुन् ।  गलेश्वर–भगवती–बेग सडक कालोपत्र गर्ने क्रममा भिरालो पाखोमा सडक खनिएको थियो । दुई किलोमिटर सडकखण्ड खनिएको सतीपहरादेखि च्युडीस्वारासम्मको क्षेत्रमा भूक्षय हुन थालेपछि बस्ती जोखिममा परेको हो । चुडीस्वाँरामा दुई वर्षअघिसम्म गाडी गुड्ने सडक थियो तर अहिले त्यसको कुनै नामोनिसान देखिन्न ।

निर्माणको दुई वर्षसम्म पनि नियामक पूर्वाधार विकास कार्यालय र ठेकेदार कम्पनीले पहिरो रोकथाममा कुनै काम नगर्दा असुरक्षा बढेको स्थानीयले बताएका छन् ।गाउँपालिकाभित्र रहेका सबै २१६ वटा पहिरोको डिपिआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको र स्थानीय तहले पनि पहिरो नियन्त्रण तथा रोकथामका लागि उच्च प्राथमिकताका साथ काम गरिरहेको गाउँपालिकाका अध्यक्ष भण्डारीले बताए ।

रघुगंगा गाउँपालिकाको ४६ करोड ८६ लाख २५ हजार बजेट पारित

0
????????????????????????????????????

म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गर्नुभएको आगामी आर्थिक बर्षको बजेट छलफल सहित पारित गरिएको हो ।

सभामा उपाध्यक्ष पुनले सामाजिक सुरक्षा भत्ता बाहेक कुल विनियोजन मध्ये चालुतर्फ ३२ करोड ९० लाख ७५ हजार र पुँजीगततर्फ १३ करोड ९५ लाख ५० हजार बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । सशर्त अनुदान अन्तरगतका धेरै कार्यक्रमहरु चालु खर्च अन्तरगत समावेश गरेकाले चालु बजेटको प्रतिशत बढी देखिएको गाउँपालिकाले जनाएको छ ।

बजेटमा नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु ८ करोड ९३ लाख, संघीय विभाज्य कोषबाट प्राप्त हुने राजश्व वाँडफाँटको ८ करोड ८५ लाख ९५ हजार, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु ९४ लाख ८२ हजार, प्रदेश राजश्व वाँडफाँटको रु ६७ लाख १९ हजार, गण्डकी प्रदेशबाट समपुरक अनुदान अन्तरगत रु ५० लाख, शसर्त अनुदान अन्तरगत रु ५० लाख, आन्तरिक राजश्वबाट रु ६५ लाख ८३ हजार, संघीय सशर्त अनुदान रु २० करोड ११ लाख, संघीय समपुरक अनुदान पूजीँगत तर्फ रु ७४ लाख संघीय विशेष अनुदान रु २ करोड ६० लाख प्राप्त हुने स्रोत अनुमान गरिएको छ ।

त्यसैगरि बजेटमा चालु आर्थिक बर्षको असार मसान्तसम्म खर्च भई बाँकी रहने अनुमानित नगद मौज्दात रु २ करोड ३४ लाख ४६ हजारलाई समेत समावेश गरिएको छ ।आर्थिक विकासतर्फ कृषिमा रु १ करोड २४ लाख, पशुपालनतर्फ रु ५८ लाख, उद्यमशिलता, श्रम तथा रोजगारमा रु २८ लाख ४० हजार बजेट विनियोजन भएको छ ।

स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रलाई समेटेर सामाजिक विकासतर्फ रु २४ करोड ५९ लाख ५० हजार बजेट विनियोजन भएको छ । सडक, पुल, खानेपानी, भवन लगायतका पूर्वाधार विकास क्षेत्रमा रु ८ करोड ९५ लाख बजेट विनियोजन भएको छ । त्यसैगरि वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ रु १ करोड ७० लाख बजेट विनियोजन भएको छ । सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रको लागि रु २ करोड ६९ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च तर्फ रु ८ करोड २० लाख बजेट विनियोजन भएको छ ।
गाउँ सभामा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले भौतिक पूर्वाधार विकास संगै सामाजिक, आर्थिक रुपान्तरण, शिक्षा र स्वास्थ्यको गुणस्तर र अवस्था सुधारका लागि नीति तथा कार्यक्रममा जोड दिइएको बताउनुभयो । गाउँपालिकाभित्र रहेको कृषि, पशुपालन, लघुउद्यम क्षेत्रको सम्भावनाको उजागर गर्न र युवाहरुलाई आकर्षित गर्ने नीति लिइएको छ भने धार्मिक र पर्यटकीय स्थलहरुमा पूर्वाधार निर्माण र प्रचार प्रसारमा जोड दिने नीति रघुगंगाले लिएको छ । गाउँसभाबाट पारित भएको नीति तथा कार्यक्रम र बजेटलाई प्रभाबकारी कार्यान्वयन गर्दै समृद्ध र विकसीत रघुगंगा गाउँपालिका निर्माणको अभियानमा केन्द्रित हुने प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश भलिबल संघको सदस्यमा म्याग्दीका गंगा केसी चयन

0

गण्डकी प्रदेश भलिबल संघको चौथो साधारण सभा तथा अधिवेशनबाट म्याग्दीका गंगा केसी कार्यसमितिमा निर्विरोध चयन हुनुभएको छ ।बेनी नगरपालिका–५ डडुवा निवासी केसी पूर्व भलिबल खेलाडी हुनुहुन्छ । जिल्ला भलिबल संघमा समेत आवद्ध केसी पुर्व खेलाडीसँगै प्रशिक्षण र रेफ्रीको भूमिकामा समेत देखिनुहुन्छ ।

पोखराको साईमन पार्टी प्यालेस सृजना चोकको सभा हलमा छ्याम बहादुर थापाको अध्यक्षमा सम्पन्न उक्त अधिवेशन मार्फत नवीन गुरुङले भलिबल संघको नेतृत्वमा चुनिएको थियो । म्याग्दीले यसपटक पदाधिकारीमा दावी गरेको अवस्थामा सबै जिल्लालाई समेट्नुपर्ने भएपछि कार्यसमितिमा प्रतिनिधित्व गरेको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो । अधिवेशनबाट ४ बर्षे कार्यकाल रहने संघको उपाध्यक्षमा हरि कुमार श्रेष्ठ(पर्वत) ,महासचिवमा टहल सिंह थापा(स्याङ्जा), कोषाध्यक्षमा जीवन भण्डारी(कास्की), र सदस्यहरुमा कमला श्रीस(बाग्लुङ), राजेन्द्र जिसि( कास्की) नौराज गुरुङ (लमजुङ) टुकराज गुरुङ (तनहुँ), रमेश श्रेष्ठ (कास्की), गजेद्र बम ( नवलपुर), राजन बाबू श्रेष्ठ (गोरखा) रहेका छन् ।

कार्यक्रममा गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजिव गुरुङको प्रमुख अतिथ्यता रहेको थियो भने नेपाल भलिबल संघका सल्लाहकार नारायण प्रसाद शर्मा, नेपाल भलिबल संघका सचिव डिबि, नेपाली नेपाल भलिबल संघका सदस्य राजकुमार गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ अध्यक्ष छ्याम बहादुर थापा, उपाध्यक्ष नवीन कुमार गुरुङ, उपाध्यक्ष देवेन्द्र के सि, उपाध्यक्ष देव नारायण काफ्ले लगायतको उपस्थिति रहेको थियो। असार १० गते सम्पन्न यस कार्यक्रम नेपाल भलिबल संघका सचिव डिबि नेपालीले संचालन गरेका थिए।

मंगला गाउँपालिकाको बजेट ४२ करोड ३४ लाख

0

पश्चिम म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ। शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले कुल ४२ करोड ३४ लाख ७० हजारको बजेट प्रस्तुत गर्नुभएको हो ।

उपाध्यक्ष खत्रीले चालुतर्फ २७ करोड ७९ लाख ७० हजार ( ६५.६५ ) प्रतिशत र पुँजीगततर्फ १४ करोड ५५ लाख ( ३४.३५) प्रतिशत बजेट प्रस्तुत गर्नुभएको हो । सवैभन्दा वढि बजेट सामाजिक विकासतर्फ २० करोड ९९ लाख विनियोजन भएको छ ।

त्यस्तै पूर्वाधार विकासतर्फ १० करोड ६७ लाख, आर्थिक विकासतर्फ २ करोड ५३ लाख, सुशासन तथा अन्तर सम्वन्धीत क्षेत्रतर्फ १ करोड ८८ लाख बजेट विनियोजन गरिएको छ । कार्यालय संचालन तथा प्रशासनिकतर्फ ६ करोड २७ लाख ७० हजार बजेट विनियोजन भएको छ । पूर्वाधारतर्फ सडक निर्माण तथा स्तरउन्नतीलाई उच्च प्राथमिकतामा राख्दै सिम कोत्रावाङ, खुम्लिया, पैँयुपाटा, कुँहु, खधेरीखोला, पूर्णगाउँ, टोड्के नमूना सडक निर्माणका लागि १ करोड ६० लाख रुपैयाँ विनियोजन भएको छ ।

त्यस्तै तोराखेत, सल्यान, हिडी सडकलाई ५० लाख, पखेर, पिङ्गे हाँसे डाँडा सडक निर्माणका लागि ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । भाडामा बस्दै आएको गाउँपालिकाले आफ्नै भबन बनाउन जग्गा खरिद तथा व्यवस्थापनका लागि २ करोड विनियोजन भएको छ । सामाजिक विकासतर्फ विद्यालय, युवा क्लव तथा विभिन्न संघ संस्थाका भवन निर्माण तथा मर्मत सम्भारका लागि २७ लाख तथा विद्यालयका विभिन्न कार्यक्रमका लागि शर्सत अनुदान समेत गरि १७ करोड ४९ लाख विनियोजन भएको छ ।

सिंचाई तथा खानेपानीका लागि रु ६७ लाख रुपैयाँ विनियोजन गरिएको छ । कृषि र कृषक संग सम्वन्धीत कार्यक्रमका लागि १ करोड ८६ लाख ५० हजार विनियोजन भएको छ । यसअघि गाउँसभामा गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले आर्थिक बर्ष २०७९÷०८० का लागि पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।अध्यक्ष रोकाद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष खत्रीद्वारा प्रस्तुत बजेट गाउँसभाले शुक्रबारनै पारित गरेको छ । प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले जानकारी दिनुभयो ।

गाउँसभाले आर्थिक विधेयक र विनियोजन विधेयक पनि पारित गरेको छ । गाउँसभाले उपाध्यक्ष खत्री संयोजक रहेको न्यायिक समिति र लेखा समिति, वडा नम्वर १ का अध्यक्ष एकजित रोका संयोजक रहेको विधायन समिति र वडा नम्वर ५ का अध्यक्ष भुपेन्द्र खत्री संयोजक रहेको सुशासन समिति पनि निर्माण गरेको अधिकृत ढुंगानाले बताउनुभयो । गाउँसभा पालिका अध्यक्ष रोकाको अध्यक्षता, प्रदेश सभा सदस्य नरदेवि पुनको प्रमुख आतिथ्यता, विशिष्ट अतिथि जिल्ला समन्वय समितिकी उपप्रमुख दिलकुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत ढुंगानाको स्वागत र सूचना अधिकारी राजेन्द्र आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

मालिका गाउँपालिकाको बजेट ४८ करोड १८ लाख

0

म्याग्दीको मालिका गाउँपालिकाले आगमी आर्थिक बर्ष २०७९÷८० को निति तथा कार्यक्रम र बजेट पारित गरेको छ । छ्यारछ्यारेमा सम्पन्न गाउँपालिकाको दोस्रो गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रम र उपाध्यक्ष लक्ष्मीदेबी घर्ति मगर पुनले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रुपमा पारित भएको हो ।

उपाध्यक्ष घर्ति मगर पुनले आगमी आर्थिक बर्षका लागि ४८ करोड १८ लाख ३६ हजार रुपैयाँ (सामाजिक सुरक्षा तथा संरक्षण भत्ता बाहेक) को बजेट प्रस्तुत गर्नुभयो । आन्तरिक आयतर्फ ५० लाख,संघिय सरकारको वित्तिय समानिकरण अनुदान तर्फ ९ करोड ६५ लाख ,राजश्व बाँडफाट तर्फ ८ करोड ६४ लाख ७२ हजार,समपुरक अनुदान तर्फ ३ करोड ५० लाख ,सशर्त अनुदान तर्फ १८ करोड ५० लाख र विशेष अनुदान तर्फ ३ करोड ३७ लाख रुपैयाँ रहेको छ ।

त्यसैगरी ,प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान तर्फ १ करोड ५ लाख ६४ हजार ,राजश्व बाँडफाट तर्फ ४६ लाख ,समपुरक अनुदान तर्फ ५० लाख र विशेष अनुदानतर्फ ५० लाख रुपैयाँ अनुमान गरिएको छ । भने चालु आर्थिक बर्षको मौज्दात तर्फ २ करोड रुपैयाँको बजेट अनुमान गरिएको छ ।

उपाध्यक्ष घर्ति मगर पुनले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ २९ करोड ९५ लाख ७० हजार , पुँजिगत तर्र्फ १८ करोड २० लाख ६६ हजार र ,सशर्त तर्फ १८ करोड ५० लाख रुपैयाँ विनियोजन गरिकएको छ । गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले कृषि,शिक्षा,स्वास्थ्य तथा विपद व्यवस्थापन ,पुर्वाधार विकास ,युवा स्वरोजगार,पर्यटन, सिँचाई,भवन निर्माण,उर्जा,संचार,सामाजिक विकास नीति,आर्थिक विकासलाई प्राथमिकता दिइएको बताउनुभयो ।

गाउँसभामा वडा नम्बर १ का वडा अध्यक्ष टंकप्रसाद पुन ,वडा नम्बर २ का वडा अध्यक्ष उदयकुमार बुढाथोकी ,वडा नम्बर ३ का वडा अध्यक्ष मोतिप्रसाद बढा , ६ का वडा अध्यक्ष पथबहादुर रोका ,वडा नम्बर ७ का वडा अध्यक्ष टकबहादुर पुन र गाउँसभा सदस्य तुल्सीदेबी पुर्जाले बोल्नुभएको थियो ।

नेपालको विकास गर्न निम्स दाइको मोडल

0

उनीहरू विदेशी गगल्स लगाएर गाउँ घुम्थे। शिरमा छत्रे टोपी सिउरन्थे।ज्यानमा जिन्स पाइन्ट, ज्याकेट र जुत्ता; नाडीमा महँगो घडी; घाँटीमा क्यामरा; अनि हातमा टेप।

ब्रिटिस पल्टनबाट फर्केका नेपाली लाहुरेहरूलाई देखेर हामी कलिला केटाहरू हिरिक्कै हुन्थ्यौं। हाम्रा निम्ति उनीहरू नै प्रेरणाका स्रोत थिए।हामी जुन समाजमा हुर्कियौं, त्यहाँ उनीहरूको विशेष सम्मान थियो। हाम्रै गाउँको एकाघरका तीन दाजुभाइ लाहुरे थिए। त्यस्तो संयोगलाई गाउँलेहरू ‘ट्रिपल पप्लु’ भन्थे।

मैले पढेको पोखराको गण्डकी बोर्डिङ स्कुलमा लाहुरेका छोराहरू धेरै थिए। उनीहरूले राम्रा विदेशी कपडा र जुत्ता लगाएको देख्दा बेलाबखत हिनताबोध हुन्थ्यो। कतिपय सिनियर दाइहरू र आफ्नै समकालीन साथीहरू पनि पढ्दा पढ्दै वा १० कक्षा पास गरेर भर्ती भएका थुप्रै उदाहरण छन्।

सन् २०१६ को कुरा हो। म पिएचडी सिलसिलामा भारतमा थिएँ। मुवाबुवालाई देहरादुन र मसुरी घुमाउन लगेको थिएँ।

हामी ब्रिटिस सरकारले देहरादुनमा स्थापना गरेको खलंगा युद्ध स्मारिका गयौं। ब्रिटिस साम्राज्य र नेपालबीच सन् १८१४ मा भएको पहिलो युद्धमा गोर्खाली सेनाले देखाएको बहादुरीको सम्मान गर्दै यो स्मारिका बनाइएको थियो।

त्यहाँ घुम्दा मेरो मन भरिएर आयो। देहरादुनको नालापानीमा बलभद्र कुँवर नेतृत्वको गोर्खाली सेनाले देखाएको बहादुरी सम्झँदा गर्वले छाती फुल्यो। त्यसलाई शत्रु पक्षको सम्मानमा स्थापना गरिएको विश्वको एकमात्र स्मारक मानिन्छ। गोर्खाली सेनाको बहादुरीको उच्च मूल्यांकन गर्दै ब्रिटिस सेनामा भर्ना गर्ने चलन त्यति बेलैदेखि चलेको रहेछ।

दुई सय वर्षभन्दा पुरानो यो परम्परा अहिले पनि निरन्तर छ।कुनै बेला साम्राज्यवादको चरम विन्दुमा घाम नअस्ताउने ब्रिटिस साम्राज्यको इतिहासमा यस्तो विशेष व्यवस्था नेपालसँग मात्र छ। यो व्यवस्थामा नेपालका प्राय: मगर, गुरूङ र राई समुदाय आबद्ध छन्।

आमनेपाली नागरिकमा विदेशप्रति मोहको बिजारोपण यही प्रथाबाट सुरू भएको हो भन्दा अतिसयुक्ति नहोला।

अब नेपालको अर्को विशेषताको कुरा गरौं। करिब २४ सय किलोमिटर लामो हिमाली शृंखलाको तीन भागको एक भाग नेपालमा पर्छ। यस्तो उच्च शृंखला संसारको अर्को कुनै ठाउँमा छैन। यो शृंखलाको भौगोलिक बनोट बेजोड र अद्धितीय छ। यही उच्च हिमाली शृंखलाको पिँधमा विभिन्न समुदाय आदिमकालदेखि बस्दै आएका छन्। तीमध्ये शेर्पा एक प्रमुख समुदाय हो जो नेपालको प्राय: सोलुखुम्बु क्षेत्रको हिमाली भेगमा बस्छ।

हिमाल चढ्ने र सहयोगी दलको सदस्यका रूपमा शेर्पा विश्वप्रसिद्ध छन्। शेर्पाकै नाममा हिमाल चढ्ने सामग्री तथा उच्च भेगमा लगाउने विशेष किसिमका जुत्ता, कपडा लगायतको विश्वप्रसिद्ध ब्रान्ड स्थापित छ।

उच्च हिमाली भेगमा जन्मेर त्यहीँ हुर्केका शेर्पाहरू प्राकृतिक हिमाल आरोही हुन्। पाँच देशमा फैलिएको २४ सय किलोमिटर लामो हिमाली शृंखलामा विविध समुदाय बसोबास गरे पनि नेपालको शेर्पा समुदाय नै सात दशकदेखि हिमाल आरोहणमा अब्बल र अतुलनीय रूपमा स्थापित छन्।

ब्रिटिस सेनामा एउटै मात्र विदेशी नागरिकले भर्ना पाउने गोर्खाली र हिमाल चढ्न अब्बल शेर्पा समुदाय — यी दुवै नेपालका मौलिक विशेषता हुन् जुन विश्वको अन्य कुनै मुलुकमा पाइँदैन।

गोर्खाली सेनाको बहादुरी र वफादारीले विश्व प्रसिद्धि कमाएको छ भने अग्लो उचाइको हिमाल आरोहण गर्ने समुदायका रूपमा शेर्पाको विकल्प छैन।

पहिलो र दोस्रो विश्वयुद्ध लगायत अफगानिस्तानजस्ता सुरक्षा दृष्टिले संवेदनशील र जोखिमपूर्ण स्थानमा ब्रिटिस सेनाअन्तर्गत गोर्खाली सेनाले अद्भुत बहादुरी, साहस र क्षमता प्रदर्शन गरेको छ भने शेर्पाको संलग्नताबिना हिमाल चढ्ने अभियान कठिन र जोखिमपूर्ण हुने भाष्य स्थापित भइसकेको छ। शेर्पा समुदायका लागि हिमालका शिखरहरू पानीपँधेरोजस्तै भएको छ।

विविध विशेषताको संगमबाट विशिष्टता सिर्जना हुन्छ। निमल पुर्जा उर्फ ‘निम्स दाइ’ यही विशिष्टताका एक असाधारण प्रतिबिम्ब हुन्।

उनले यी दुई विशेषताको नवीन प्रयोग गरेर कसैले नसोचेको उपलब्धि हासिल गरेका छन्।

हुन त आठ हजार मिटर उचाइका १४ वटै हिमाल आरोहण गर्ने निम्स दाइ एक्ला होइनन्। विभिन्न मुलुकका करिब ४० जनाले १४ वटै हिमाल चढिसकेका छन्। निम्स दाइले भने ३६ वर्ष उमेरमा आठ हजार मिटर उचाइका १४ वटै हिमाल सबभन्दा छोटो अवधिमा चढेर विश्व कीर्तिमान बनाएका हुन्।

उनले छ महिना छ दिन लगाएर २९ अक्टोबर २०१९ का दिन यो कीर्तिमान राखेका थिए। यो असाधारण उपलब्धि हो।

उनीभन्दा अगाडि रेकर्ड राख्ने कोरियन नागरिकले सात वर्ष ३१० दिन लगाएका थिए।

निर्मल पुर्जाले सन् २०१७ देखि नै विश्व रेकर्डहरू बनाउँदै आएका थिए। उनले एक गरिब राष्ट्रको नागरिकका रूपमा अन्तर्राष्ट्रिय व्यवस्थापन तथा अभियानमार्फत् आफ्नो लक्ष्य हासिल गरेका छन्। देशको विशेषता र सम्भावनालाई आफ्नो सफलताको माध्यमबाट अभिव्यक्त गरेका छन्।

मगर समुदायको सरलपन र इमानदारी; ब्रिटिस गोर्खा आर्मीको तालिम र अनुशासन; शेर्पाको हिमाल चढ्ने प्राकृतिक कला र क्षमता; विदेशी बसाइले उघारेको सोच, पहुँच र अभियानको शैली; परिवारको साथ; आफैंप्रति अद्भुत आत्मविश्वास, अदम्य साहस र कठिन मिहिनेत; र यी सबै विशेषताको संगमबाट जुरेको एक असाधारण सफलताका प्रतिबिम्ब हुन् निम्स दाइ।

अर्थशास्त्रको विद्यार्थीका नाताले म निम्स दाइलाई फरक अन्दाजमा बुझ्ने कोसिस गर्दैछु। यो प्रयासबाट केही उत्प्रेरणा र केही अन्तर्दृष्टि मिलेको छ।

यो आलेखको मुख्य उद्देश्य नै उनको उत्कृष्ट अन्तर्राष्ट्रिय सफलतालाई कसरी उनको धरातल अर्थात् नेपाल र नेपालीसँग जोड्न सकिन्छ र नयाँ नेपालको सन्दर्भमा उनको जीवनबाट के कस्ता प्रेरणा र सिकाइ ग्रहण गर्न सकिन्छ भन्ने हो।

व्यस्तताबीच लामो समय यो विषयसँग कहिले नजिकिने र कहिले टाढिने प्रसंग चल्दै गर्दा विचारले ठोस रूप लिन कठिन भयो। उनको ‘फोट्टिन पिक्स’ वृत्तचित्र हेरेको पनि करिब छ महिना भइसकेछ। उक्त वृत्तचित्र हेर्दाहेर्दै मष्तिस्कमा नेपाल र नेपालीको विशिष्टतासम्बन्धी नवीन अवधारणा बिजारोपण भए पनि परिस्कृत ढंगले व्याख्या गर्न निकै समय लाग्यो।

यो आलेख तयार पारेर प्रकाशित भएपछि पनि मेरो मस्तिष्कले यसका विविध पक्ष जोडेर हेर्ने र अर्थ्याउने थप प्रयास गर्ने छ। म विश्वस्त छु, यो विषयबाट प्रवाह हुने अन्तर्दृष्टि मुलुकको दिशानिर्देशका लागि महत्वपूर्ण प्रेरणा स्रोतका रूपमा स्थापित हुनेछ। उनको उपलब्धि लाखौं नेपाली युवाका लागि अर्थपूर्ण र प्रेरणादायी छ।

मुलुकभित्रको अत्यासलाग्दो राजनीतिक र निराशाजनक विकासको अवस्थाबीच उनको अनुभव, साहस र उपलब्धिले एक सामान्य नेपाली युवालाई पनि विश्वले कहिल्यै नदेखेको सफलता र उचाइ हासिल गर्न उत्प्रेरित गर्नेछ।

जिन्दगीको अर्थ, सफलता र सन्तुष्टिको एउटा उत्तम मापन यो पनि त हो!

मुलुकको सम्भावना देशभित्रै खोज्ने हो। मुलुकको विशेषता र मुलुकमै उपलब्ध स्रोतमा आधारित व्यवसाय तथा उत्पादन दिगो हुन्छ, उच्च अभिवृद्धिको सम्भावना हुन्छ। दातृ संस्थाले प्रवर्द्धन गर्ने विकासे मोडल कपी-पेस्ट गरेर मुलुक धेरै टाढा पुग्छजस्तो लाग्दैन।

दातृ संस्थाको आधा शताब्दीको संलग्नतामा पनि मुलुकमा समृद्धि आएको छैन। क्षमता अभिवृद्धिका नाममा दातृ संस्थाले बर्सेनि अर्बौं रूपैयाँ खर्चेर पनि सार्वजनिक सेवाको गुणस्तर र प्रभावकारिता दयनीय छ। हाम्रो मुलुकको विकासको मौलिक मोडेल हामीले नै खोज्ने हो, निर्धारण र लागू गर्ने हो। विदेशी अनुदानका रूपमा आउने अधिकांश स्रोत झिनामसिना कार्यक्रममा खेर गइरहेका छन्।

दातृ संस्थाबाट निर्देशित कार्यक्रम मुलुकको प्राथमिकता तथा धरातलीय यथार्थभन्दा पृथक छन्, त्यसैले नतिजा अमूर्त छन्। सबै समाधानका उपाय आयातित हुनुपर्दैन, स्थानीय समस्याको निदान प्राय: स्थानीय उपायबाटै सम्भव हुन्छ। हाम्रोजस्तो मुलुकमा तलदेखि माथिको (बटम अप) विकासे अवधारणाअन्तर्गत स्थानीय उपाय तथा विशेषता र अन्तर्राष्ट्रिय स्रोतको सम्मीश्रण नतिजामुखी र प्रभावकारी हुन्छ।

यी विषयमा आजकाल दातृ संस्थाहरूमा काम गर्ने स्वदेशी तथा विदेशीहरूसँग मेरो गम्भीर बहस हुने गर्छ। त्यस क्रममा उनीहरूले केही मुलुकको अपवाद घटना तथा सफल कथा (सक्सेस स्टोरी) को उदाहरण दिन्छन्। अर्थन्त्रको सैद्धान्तिक कुरा गर्छन्।

मेरो बुझाइ के भने, अपवाद त अपवाद नै हो! कुनै देशको अपवादलाई अन्य मुलुकले अनुसरण गरेर विकासको फड्को मार्न सकिन्छ भन्ने कुरा सैद्धान्तिक रूपले मननयोग्य भए पनि व्यावहारिक रूपले प्राय: असान्दर्भिक हुन सक्छ।

अर्थतन्त्रको सिद्धान्तका हकमा माग र आपूर्तिजस्ता केही आधारभूत सिद्धान्तबाहेक अन्यमा अर्थशास्त्रीय धारपिच्छे फरक अवधारणा छन्। क्लासिकल र किन्सका धारणा फरक छन्, त्यसैले एकै समस्याका लागि उनीहरूले पेस गर्ने समाधानका उपाय फरक हुन्छन्। हामीले पनि हाम्रो समस्याको समाधान आफ्नै तथ्यांक, प्रमाण र सन्दर्भमा आधारित व्यवहारिक नीति तथा योजनामार्फत खोज्नुपर्छ।

दुई सय वर्षभन्दा पुरानो पृथक संस्कृतिलाई यहाँसम्म ल्याउने क्रममा लाखौं गोर्खाली सैनिकमध्ये कतिले निम्स दाइले जस्तो फरक सपना देखेका होलान् वा नवीन अवधारणाबाट सम्भावना खोजेका होलान्?

सात दशकदेखि सहयोगीका रूपमा अरूलाई हिमालको शिखरमा पुर्‍याउने क्रममा कति शेर्पाले पृथक सोच राखेर विश्वमा आफ्नो नाम स्थापित गरे र आफ्नो सिपलाई व्यवसायका रूपमा अपनाए होलान्?

गोर्खाली सेना र शेर्पा विश्वको दोस्रो मुलुकमा छैन। यी दुई नितान्त नेपालका मौलिक विशेषता हुन्। निम्स दाइले यी मौलिक विशेषता मिश्रण गरेर आफ्नो विशिष्टता स्थापित गरेका छन्। अहिले त्यही उपलब्धि र विशिष्टतालाई पेसा बनाएर सफल व्यवसायी बनेका छन्।

यस अर्थमा निम्स दाइ विशिष्टतामा आधारित सम्भावनाका एक अभूतपूर्व प्रतिबिम्ब हुन्। हामीले पनि उनले जस्तै देशको मौलिक विशेषतालाई विशिष्टतामा रूपान्तर गरेर यस्तै नवीन अवधारणामार्फत नयाँ सम्भावना खोज्नुपर्छ। उत्पादन तथा अन्तर्राष्ट्रिय व्यापारको सन्दर्भमा सर्वाधिक प्रयोग गरिने शब्द ‘तुलनात्मक लाभ’ को अवधारणा नै यही हो।

देशमा उपलब्ध नहुने आयातित कच्चापदार्थमा आधारित उद्योगबाट सामान्य मूल्य अभिवृद्धि गरेर पुन: निर्यात गर्ने परम्परागत मोडलले हाम्रोजस्तो भूपरिवेष्ठित राष्ट्र धेरै टाढा पुग्दैन। मुलुकको मौलिक विशेषतामा आधारित सम्भावना पहिचान गरेर समृद्धि हासिल गर्नुपर्छ।

पानी, प्राकृतिक सुन्दरता तथा विविधता, उचाइको विविधता, खनिज, पहाड, वनजंगल, युवा, सामाजिक विविधता, सरलता, इमानदारी आदि हाम्रा विशेषता हुन्। हामीले हाम्रो सम्भावना यही विशेषताभित्र खोज्नुपर्छ। यस्तै विशिष्टतामा आधारित उत्पादन तथा मूल्य अभिवृद्धिको मजबुत जगमा मुलुकले विकास र समृद्धिको छलांग मार्नुपर्छ।

निम्स दाइलाई नेपालसँग जोड्ने क्रममा उनको व्यक्तित्व र उपलब्धिलाई संकुचित सोच, परिधि र परिभाषामा बाँधेर राख्ने गल्ती गर्नु हुँदैन।

उनी अन्तर्राष्ट्रिय सेलेब्रेटी हुन्। उनले अधिकांश समय जोखिमपूर्ण वातावरण र युवा तथा विश्वलाई नै प्रेरित गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानमा लगानी गरेका छन्। उनलाई हाम्रो निरन्तर साथ, प्रेरणा, हौसला र मार्गदर्शनको खाँचो छ।

निम्सले अझ धेरै प्रगति गर्नुपर्छ। सफलताका नयाँ शिखरहरू चुम्नुपर्छ र उनको उपलब्धिले युवा र विश्वलाई थप प्रेरित गर्नुपर्छ।उनको उपलब्धिको उदाहरणले नयाँ नेपाल निर्माणमा एउटा नयाँ मार्गदर्शन प्रदान गर्न सकोस्, हार्दिक शुभकामना!

(लेखक विश्वास गौचनसर्वांगिण विकास अध्ययन केन्द्र (आइआइडिएस) का कार्यकारी निर्देशक हुन्।) Source: setopati.com

अन्नपूर्ण गाउँपालिकाको बजेट ४९ करोड ७३ लाख

0

म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० लागि अनुमानित ४९ करोड ७३ लाख ३६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले शुक्रबार भएको १५ औँ गाउँसभामा आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गदै उक्त बजेट सार्वजनिक गरेकी हुन् ।

सार्वजनिक बजेटमध्ये चालु खर्च तर्फ ३३ करोड १५ लाख ३७ हजार ४०० रुपैया र पूँजीगत तर्फ १२ करोड १७ लाख ९८ हजार ६ सय र कोषतर्फ २ करोड ५० लाख रुपैयाँ बजेट रहेको छ ।

प्रस्तुत बजेटमध्ये शिक्षातर्फ १ करोड ६५ लाख, स्वास्थ्तर्फ २७ लाख ५० हजार रुपैयाँ, बुहक्षत्रीय पोषण कार्यक्रम अन्तरगत १० लाख, भौतिक पुर्वाधार अन्तरगत सडकतर्फ १ करोड ४४ लाख, रणनीतिक महत्वको सडकको डिपिआर तयार गर्न ५० लाख, गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लािग जग्गा ब्यवस्थापनमा ५० लाख, पर्यटनतर्फ ५० लाख, खेलकुदजन्य भौतिक पुर्वाधारका लागि ८४ लाख ७६ हजार, प्रकोप जन्य विपद ब्यवस्थापन कोषमा ९० लाख, कृषितर्फ ३० लाख, पशुसेवातर्फ ४० लाख, आयुर्वेद तथा योगतर्फ ५ लाख, सूचना प्रविधि तर्फ १५ लाख रुपैया लगायत क्षेत्रमा बजेट विनियोजन गरिएको छ ।

गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको छ। नीति तथा कार्यक्रममा ‘एक विद्यालय एक बालविकास केन्द्र’, गाउँपालिका अध्यक्षसंग शैक्षिक सुधार कार्यक्रम, सामुदायिक विद्यालयमा निशुल्क सेनेटरी प्याड र दिवा खाजा ब्यवस्थापन कार्यक्रम, ‘एक वडा एक मेला’, अध्यक्ष कप, स्थानीय श्रम डेस्क र विषय गत शाखाहरु शिक्षा, स्वास्थ्य, कृषि, पशु र खानेपानी तथा सरसफाईको शासकिय प्रवन्ध लगायतका योजनाहरु समावेश गरिएको छ ।

गाउँपालिका अध्यक्ष भरत कुमार पुनले शिक्षा, स्वास्थ्य, सडक, स्वरोजगार मूलक सिप विकास तालिम, कृषि र पर्यटनलाई प्राथमिकता दिएर आगामी आर्थिक बर्ष बजेट सार्वजनिक गरिएको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष पुनको अध्यक्षता, उपाध्यक्ष पुनद्वारा नीति तथा कार्यक्रम प्रस्तुत र प्रमुख प्रशासकिय अधिकृत सुरणप्रसाद शर्मा पौडेलको सहजकीरणमा १५ गाउँसभा भएको थियो । गाउँसभामा उपस्थित सदस्यहरुले युवा बर्गलाई आवश्यक सिपको विकास, पोखरबगरको फोहोर ब्यवस्थापन, र उधमीलाई बजार ब्यवस्थापन, कृषि क्षेत्रमा युवाहरुको आकर्षण बढाउने तालिम, कृषि ऋण र प्रविधिहरुको ब्यवस्थापन गर्न जोड दिएका थिए ।

पालिका सदस्यहरुबाट उठेका प्रश्नहरुको जवाफ सामाजिक विकास संयोजक ओम फगामी, आर्थिक विकास संयोजक थमबहादुर फगामीले दिनुभएको थियो । गाउँसभामा विनियोजन विद्येयक, आर्थिक विधेयक र न्यायिक समितिको प्रतिवेदन पेश गर्दै छलफल गरिएको थियो ।

बेनी नगरपालिकाले ल्यायो ७३ करोड २२ लाख रुपैयाँको बजेट

0

म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित बेनी नगरपालिकाले आउँदो आवको लागि कुल ७३ करोड २२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको हो ।

बेनी नगरपालिकाद्वारा आयोजित ११औं नगर सभा तथा अधिवेशनमा नगर उपप्रमुख ज्योती लामिछानेले आगामी आर्थिक वर्षका लागि कुल ७३ करोड २२ लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो । नगरसभामा प्रस्तुत विनियोजित बजेटमध्ये चालु खर्चतर्फ ४६ करोड १४ लाख अर्थात् ६३ दशमलव ०१ प्रतिशत र पुँजीगततर्फ २७ करोड आठलाख रुपैयाँ अर्थात् ३६ दशमलव ९९ प्रतिशत रहेको छ ।

सभामा प्रस्तुत बजेटमध्ये सबैभन्दा धेरै सामाजिक विकासतर्फ ३८ करोड ४३ लाख ७५ हजार अर्थात् ५२ दशमलव ५० प्रतिशत बजेट विनियोजन भएको छ । पूर्वाधार विकासतर्फ २५ करोड १० लाख अर्थात् १७ दशमलव ३५ प्रतिशत, आर्थिक विकासतर्फ चार करोड १० लाख, सुशासन र संस्थागत विकासतर्फ एक करोड ३८ लाख रुपैयाँ विनियोजन भएको छ । यसैगरी वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि ‘विपद्मा मेयर कार्यक्रम’ सञ्चालनसहित एक करोड पाँचलाख रुपैयाँ बजेट विनियोजन भएको उपप्रमुख लामिछानेले जानकारी दिनुभयो ।

प्रस्तुत बजेटमध्ये आर्थिक विकासअन्तर्गत कृषि क्षेत्रतर्फ दुई करोड नौलाख ४० हजार, पशुपन्छी विकासतर्फ ५६ लाख ६० हजार, उद्योगतर्फ ३५ लाख, पर्यटनमा ७४ लाख, जलस्रोत तथा सिँचाइतर्फ ३० लाख र सहकारी क्षेत्रतर्फ पाँचलाख रुपैयाँ बजेट विनियोजन भएको छ । त्यस्तै सामाजिक विकासअन्तर्गत शिक्षातर्फ २७ करोड ९९ लाख, स्वास्थ्यतर्फ चार करोड ३८ लाख, युवा तथा खेलकुदतर्फ २१ लाख ५० हजार, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणतर्फ ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमसहित ५७ लाख ५० हजार विनियोजन भएको छ ।

खानेपानी तथा सरसफाइतर्फ चार करोड ७३ लाख, विविधतर्फ एक करोड ३१ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । पूर्वाधार विकासअन्तर्गत सडक तथा पुल निर्माणतर्फ दश करोड ४५ लाख, भवन, आवास तथा सहरी विकासतर्फ चार करोड २९ लाख र उर्जा कार्यक्रमका लागि आठलाख रुपैयाँ बजेट विनियोजन भएको नगर उपप्रमुख लामिछानेले बताउनुभयो ।

यसअघि नगरसभामा नगर प्रमुख सुरत केसीले आगामी वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत नीति तथा कार्यक्रममा लगानीमैत्री वातावरण निर्माण गरिने, उत्पादन बढाउने तथा रोजगारीको सिर्जना गर्ने, मानव पुँजी निर्माण, असमानता तथा गरिबी न्युनीकरण गर्ने, दीगो विकास तथा पर्यावरणीय सन्तुलन कायम राख्ने र सङ्घीयताको मर्मअनुसार गुणस्तरीय सेवा प्रदान गरिने लगायतका विषयहरु उल्लेख गरिएको छ । यसैबीच बेनी नगरसभाले प्रस्तुत वार्षिक बजेट, नीति तथा कार्यक्रममाथि आवश्यक छलफल गरी संशोधनसहित शुक्रवार नै बजेट समेत पारित गरेको बेनी नगरपालिकाले जनाएको छ ।

औषधी ब्यवसायीले दिवसको अवसरमा बिरामीलाई फलफुल वितरण

0

नेपाल औषधि व्यवसायी संघको ४९ औं स्थापना दिवसको अवसरमा बेनी अस्पतालका बिरामीलाई फलफुल वितरण गर्रिएको छ । शुक्रबार अस्पतलामा रहेका बिरामीलाई म्याग्दी शाखाले बिरामीको स्वास्थ्य लाभको कामना सहित फलफुल विताण गरिएको हो । कार्यक्रममा अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेल,संघका पदाधिकारी सहितको टोलीको उपस्थिती रहेको थियो ।

स्थापना दिवसको अवसर नेपाल औषधि व्यवसायी संघ म्याग्दीको प्रथम साधारण सभा समेत सम्पन्न भएको छ । साधारणसभाको अध्यक्षता अमर प्रसाद पाण्डेले गर्नुभएको थियो भने प्रमुख अतिथि गण्डकी प्रदेशका बरिस्ठ उपाध्यक्ष शिव बहादुर केसी, साबिक धौलगिरी शाखाका उपाध्यक्ष एबं शाखा सल्लाहकार भीम प्रसाद आचार्यले मन्तब्य राख्नुभएको थियो।

कोषाध्यक्ष कुमार बानियाँले प्रतिवेदन सहित कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । म्याग्दी जिल्लामा रहेका औषधी ब्यवसायीको साझा संस्था संघले कोरोनाको रोकथाम सहितका अभियानमा समेत साथ दिएको थियो भने विभिन्न रचनात्मक कार्यहरु गदैं आइरहेको छ । म्याग्दीमा औषधी ब्यवसायी कानुनी दायरमा ल्याउन विगतमा समेत पटकपटक आवाज उठिरहेको अवस्थामा औषधी ब्यवसायीले समेत मापदण्डको पालना गर्नेमा प्रतिबद्धाता समेत जनाएका छन् ।