Friday, May 9, 2025
22.6 C
Beni
22.6 C
Beni
Friday, May 9, 2025
Home Blog Page 814

स्थानीय तहमा यस्ता छन् विकृति

0

महाललेखापरीक्षक कार्यालयको ५९ औं वार्षिक प्रतिवेदनले मुलुकभरका ४९१ वटा स्थानीय तहले कानुन विपरीत ८८ करोड ६५ लाख रूपैयाँ बाँडेको औंल्याएको छ।

स्थानीय तहले आर्थिक वर्ष २०७७/७८ मा मनपरी ढंगले झण्डै एक अर्ब रूपैयाँ विभिन्न व्यक्ति र संस्थालाई आर्थिक सहायताको नाममा रकम बाँडेका छन्। महाललेखापरीक्षक कार्यालयको ५९ औं वार्षिक प्रतिवेदनले मुलुकभरका ४९१ वटा स्थानीय तहले कानुन विपरीत ८८ करोड ६५ लाख रूपैयाँ बाँडेको औंल्याएको छ।

स्थानीय तहले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहको रकमबाट आर्थिक सहायता, चन्दा, पुरस्कार एवं संस्थागत अनुदान वितरण गर्न पाउने व्यवस्था गरेको छैन। स्थानीय तहले भने सो कानुनलाई लत्याउँदै मनपरी ढंगले आफू निकटका आसेपासेलाई आर्थिक सहायताको नाममा रकम पोस्ने काम गर्दै आइरहेको देखिएको छ।

प्रतिवेदनले २०७ स्थानीय तहले सहायता वितरण सम्बन्धी कार्यविधीसमेत नबनाइ ३१ करोड ७० लाख ६४ हजार रूपैयाँ आर्थिक सहायता वितरण गरेको औंल्याएको छ। ‘यस्ता संस्थालाई आर्थिक सहायता दिन मिल्ने कानुनी व्यवस्था नभएकाले अनुत्पादक आर्थिक सहायता खर्च नियन्त्रण गर्नुपर्दछ,’ प्रतिवेदनमा भनिएको छ– ‘२ सय ३१ स्थानीय तहले विभिन्न सहकारी संस्थालाई एक अर्ब ३४ करोड रूपैयाँ अनुदान उपलब्ध गराएका छन्। जुन कानुन विपरीत देखिएको छ।’

आर्थिक वर्ष २०७७/७८ मा स्थानीय तहले आन्तरिक आयबाट दुई खर्ब ३ अर्ब १७ करोड आम्दानीको लक्ष्य राखेका थिए। सो अवधिमा स्थानीय तहले कुल लक्ष्यको ९०.८८ प्रतिशत अर्थात् एक खर्ब ८४ अर्ब आम्दानी गरेका छन्। यो वर्ष ७५३ वटा स्थानीय तहमध्ये ७४४ स्थानीय तहको ९ खर्ब ९३ अर्ब ५९ करोडको मात्रै ललेखापरीक्षण गरिएको छ। यो वर्ष १९ स्थानीय तहले ऐनमा व्यवस्था नभएको चाडपर्व खर्च बापत ६१ लाख ७७ हजार रूपैयाँ खर्च गरेका छन्। त्यसैगरी २२ स्थानीय तहले पोसाक सुविधामा ६९ लाख ४९ हजार अनियमित ढंगले खर्च गरेका छन्। मुलुकभरका दुई सय १ स्थानीय तहले कानुन विपरीत यातायात तथा अनुमगन सुविधा लगायतमा ९ करोड ९८ लाख ७१ हजार रूपैयाँ अनियमित ढंगले खर्च गरेको औंल्याएको छ।

मुलुकभरका १५५ स्थानीय तहले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७५ विपरीत तीन करोड ९२ लाख रूपैयाँ बैठकभत्ता बापत अनियमित ढंगले खर्च गरेको हुँदा सो रकम असुलउपर गर्न महाललेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ। आर्थिक वर्ष २०७७/७८ मा मुलुकभरका २३२ स्थानीय तहले स्वकीय सचिव र सल्लाहकार नियुक्ति गरी १० करोड २९ लाख रूपैयाँ पारिश्रमिक स्वरूप भुक्तानी गरेका छन्। महाललेखापरीक्षकको ५९ औं प्रतिवेदनले त्यस्तो खालको खर्च नियन्त्रण गर्नुपर्ने सुझाव दिएको छ। मुलुकभरका ५१२ स्थानीय तहले कानुन विपरीत करारमा कर्मचारी नियुक्ति गरेर तलब भत्तामा ६ अर्ब २९ करोड रूपैयाँ खर्चिएका छन्।

प्रतिवेदन अनुसार २६४ स्थानीय तहले दरबन्दी नभएको तथा दरबन्दीभन्दा बढी करारमा नियुक्त गरी एक अर्ब ३१ करोड रूपैयाँ खर्चिएको दलेखाएको छ। मुलुकभरका २७९ स्थानीय तहले कानुन नबनाइ कर्मचारी प्रोत्साहन भत्तामा ५५ करोड ६८ लाख ३७ हजार खर्च गरेका छन्।

५२३ वटा स्थानीय तहले खुला प्रतिस्पर्धा नगराइ तीन अर्ब ६९ करोड ७४ लाख रूपैयाँको वस्तु तथा सेवा बिना प्रतिस्पर्धा सोझै खरिद गरेका छन्। महाललेखापरीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा पछिल्लो समय स्थानीय तहले सम्भाव्यता अध्ययनको नाममा चर्को रकम खर्च गर्ने गरेको औंल्याएको छ। ‘यस वर्ष ३९५ स्थानीय तहले सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन एवं गुरुयोजना तयारी कार्य बाह्य परामर्शदाताबाट एक अर्ब ४२ करोड रूपैयाँ खर्च गरेका छन्,’ प्रतिवदेनमा भनिएको छ– ‘परामर्श सेवाको लागत अनुमान तयार गर्ने नम्र्ससमेत स्वीकृत नभएको अवस्थामा गरेको यस्तो खर्च यथार्थमा आधारित देखिँदैन ।’

आर्थिक वर्ष २०७७/७८ मा १८४ स्थानीय तहले कानुन विपरीत ३७ करोड ४४ लाख रूपैयाँ बराबरको सवारी साधन खरिद गरेका छन्। अर्थमन्त्रालयद्वारा जारी निर्देशिका, २०७४ मा भने नेपाल सरकारबाट उपलब्ध गराएको बजेटमा कार्यालयको नियमित प्रयोजनको लागि सवारी साधन खरिद गर्न नपाइने व्यवस्था गरेको छ। स्थानीय तहले संघीय सरकारले उपलब्ध गराएको बजेटबाट कानुन विपरीत सवारीसाधन खरिद गरेकाले त्यस्ता कार्य नियन्त्रण गर्न निर्देशन दिएको छ। महाललेखापरीक्षक कार्यालयको प्रतिवेदनले मुलुकभरका ११४ स्थानीय तहले नाफा कमाउने उद्देश्यले स्थापना भएका ३१९ संस्थालाई १७ करोड २८ लाख रूपैयाँ खर्च गरेको प्रतिवेदनले औंल्याएको छ। स्थानीय तहले उपभोक्ता समितिमार्फत कानुन विपरीत भारी उपकरणको प्रयोग गरेर गरिने जटिल प्रकृतिका काम करिब तीन अर्ब रूपैयाँ बराबरको खर्च  गरेका छन्।

विद्यालयबन्दः दिवा खाजा खर्च ५८ करोड

कोभिड १९ लगायतका कारणले विद्यालय बन्द भएको अवस्थामा पनि १९२ स्थानीय तहले विद्यार्थीको प्रमाणित हाजिरी अभिलेख बेगर दिवा खाजामा ५८ करोड ९७ लाख खर्च गरेका छन्। कार्यक्रम कार्यन्वयन पुस्तिकामा विद्यार्थीको हाजिरीको आधारमा दिवा खाजाको रकम खर्च लेख्ने व्यवस्था छ। महाललेखा परीक्षकको प्रतिवेदन अनुसार २१६ स्थानीय तहले नागरिकता र जन्म मिति एउटै भएका लाभग्राहीलाई २ वा सोभन्दा बढी परिचयपत्र जारी गरेर दोहोरो हुने गरी एवं मृत्यु भइसकेका लाभग्राहीको लगत कट्टा नगरी ६ करोड ५४ लाख खर्च गरेको दलेखाएको छ। प्रतिवेदनले बढी भुक्तानी दिनेलाई जिम्मेवार बनाउन पनि औंल्याएको छ ।

‘कृषिमा अनुदान बालुवामा पानी’

0

कृषिका नाममा वितरण गरिएको अनुदान वितरणमा महालेखाले पुनः प्रश्न गरेको छ । कृषि उत्पादन बढाउन र आयात प्रतिस्थापनका लागि भन्दै सरकारले वितरण गरेको ‘कृषि क्षेत्रको अनुदान बालुवामा पानी’ हाले सरह भएको भन्दै यसलाई सुधार गर्न महालेखा परीक्षणको ५९ औं प्रतिवेदनले सरकारलाई सुझाएको हो ।

अनुदानका नाममा राज्यको ढुकुटीबाट रकम वितरण तीव्र बन्दा त्यसबाट उत्पादन र आयात प्रतिस्थापनमा योगदान नपुगेको महालेखा परीक्षकको ५९औं प्रतिवेदनमा औल्याइएको हो । आर्थिक वर्ष २०७७/०७८ मा कृषि अनुदानका लागि कृषि मन्त्रालयले २३ अर्ब ४ करोड ४१ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा १९ अर्ब ६८ करोड २ लाख रुपैयाँ वितरण भएको प्रतिवेदनमा उल्लेख छ ।

रासायनिक मल खरिद, उन्नत बीउ बिजन, उत्पादन एवं खरिद, मत्स्य विकास, बाली संरक्षण तथा विकास, कृषि यान्त्रीकरण तथा खाद्य सुरक्षा, बाली तथा पशुधन बीमा, तरकारी खेती, पोखरी निर्माणलगायतका क्रियाकलाप सञ्चालनका लागि उक्त रकम विनियोजन गरिएको प्रतिवेदनमा जनाइएको छ ।

सो वर्ष रासायनिक मल खरिदका लागि कृषि सामग्री कम्पनी लिमिटेडलाई ८ अर्ब ७६ करोड १७ लाख र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई ३ अर्ब ३० करोड समेत गरी १२ अर्ब ६ करोड १७ लाख अनुदान दिएको थियो । समग्र कृषि क्षेत्रको अनुदानमा १६.९३ प्रतिशतले वृद्धि हुँदा उत्पादनमा भने झिनो वृद्धि देखिएको प्रतिवेदनले औल्याएको छ ।

अनुदान बढाइए पनि खाद्यान्न उत्पादन १.८२ प्रतिशत, तरकारी उत्पादन २.६१ प्रतिशत र फलफूल उत्पादन २४.०९ प्रतिशतले मात्रै वृद्धि भएको देखिएको छ । यस्तै उक्त आवमा आयात वृद्धिदर २०७५/७६ को तुलनामा २०७६/७७ मा ११.५८ प्रतिशत र २०७६/७७ को तुलनामा २०७७/७८ मा २७.०९ प्रतिशत रहेको प्रतिवेदनमा भनिएको छ । अनुदानमा बृद्धि हुँदा वस्तुको आयात वर्षेनि बढ्दै गएको प्रतिवेदनमा भनिएको छ onlinekhabar.com

स्थापना दिवसमा म्याग्दी बालगृहका बालबालिकालाई फलफुल वितरण

0

मानवअधिकार एलायन्स जिल्ला कार्यसमिति म्याग्दीले आज (बुधवार) आफ्नो २३औं स्थापना दिवस फलफुल वितरण कार्यक्रम गरेर मनाएको छ ।

एलायन्स जिल्ला कार्यसमितिको आयोजना, संगम म्याग्दी र मिलन म्याग्दीको सहयोगमा म्याग्दी बालगृहका बालबालिकाहरुलाई फलफुल वितरण गरी दिवस मनाइएको हो ।

नेपाल बाल सङ्गठन म्याग्दीमार्फत सञ्चालित म्याग्दी बालगृहमा आवासीय सुविधासहित अध्ययनरत ११ जना बालबालिकाहरुलाई मौसम अनुकुल हुने गरी विभिन्न किसिमका फलफुलहरु वितरण गरिएको मानवअधिकार एलायन्स जिल्ला कार्यसमिति म्याग्दीले जनाएको छ ।

बालबालिकाहरुलाई नेकपा एमाले म्याग्दीका उपसचिव एवं जनवर्गीय सङ्गठनका प्रमुख थमसरा पुनले फलफुल वितरण गर्नुभएको थियो ।

बालबालिकालाई फलफुल वितरण गर्दै धवलागिरि गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत रहनुभएकी उपसचिव पुनले मानव जीवनलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि सन्तुलित भोजन, फलफुलको सेवन र शारिरीक व्यायाम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले म्याग्दी बालगृहमा रहेका बालबालिकाहरुलाई राम्रोसँग अध्ययन गरी योग्य र सक्षम नागरिक बन्नुपर्ने सुझाव दिँदै बालबालिका र बालगृहको क्षमता बढाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गनुपर्ने बताउनुभएको थियो ।
मानवअधिकार एलायन्स जिल्ला कार्यसमिति म्याग्दीका अध्यक्ष दिपक पौडेलको अध्यक्षता र सचिव दिलमाया बिटालुको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल बाल सङ्गठन म्याग्दीका सचिव सन्दीप खत्री तथा एलायन्सका पदाधिकारी र बालगृहका कर्मचारीको उपस्थिति रहेको थियो ।

कबड्डीमा चम्किएकी गिता थजाली

0

१२ औँ राष्ट्रिय राष्ट्रपति खेलकुद प्रतियोगितामा म्याग्दीकी गिता थजालीको निकै चर्चा भयो । गण्डकी प्रदेशको कबड्डी टोलीबाट सहभागीअन्नपूर्ण गाउँपालिका–४,नारच्याङकी थजालीले प्रदेशभरीबाट छनौट भएका खेलाडीको नेतृत्व गरिन् । अघिल्ला प्रतियोगितामा महिला कबड्डीमा पदक विहिन हुने गण्डकी प्रदेशले यसपटक दोस्रो हुदै रजत पदक हात पारेपछि खेलाडीहरूलाई प्रदेशका प्रशिक्षक उत्साहित हुदैं बधाई दिए।

फाइनल खेलमा सुदरपश्चिम प्रदेशसँग ६६–३९ ले पराजित भएको गण्डकी प्रदेशले खेलमा रणनीति अनुसार प्रर्दशन गर्न नसकेको प्रशिक्षक टोलीका सदस्य राजकुमार परियारले बताए।

‘पदकविहिन हुने अवस्थाको अन्त्य भयो,‘खेलाडीबिचको तालमेलको अभावले उपविजता भएपनि म्याग्देली खेलाडीको खेल उत्कृष्ट थियो’ परियारले भने । म्याग्दीबाट राष्ट्रिय टोलीमा छनौट भएकी थजालीसँगै गोमा विकको खेल सन्तोषजनक नै रहेको बताउँदै थप प्रशिक्षण् पाएमा राष्ट्रियटोली बाटै खेल्न सक्ने अवस्था रहेको बताइएको छ।

नारच्याङको प्रभा माविबाट जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक जितेर प्रदेशस्तरीय प्रतियोगितामा सहभागी भएकी कप्तान थजालीले म्याग्दीलाई प्रदेशमा समेत प्रथम बनाउन सफल भएकी थिईन् ।

जिल्ला र प्रदेशमा स्वर्ण पदक जितेकी थजालीले राष्ट्रियस्तरमा समेत रजत जितेर यसपटक पदकविहिन हुनबाट जोगाएकी छन्। कबड्डी खेलमा थजालीको नियमित मेहनतले राष्ट्रियस्तरका प्रशिक्षको समेत नजरमा परेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

राष्ट्रिय टोलीमा प्रवेशका लागि यसपटकको खेलले बाटो खोलिदिएको प्रशिक्षक परियारको भनाई छ । जिल्ला र प्रदेशमा दुईपटक सहभागी भएकी थजालीले यसटक राष्ट्रियस्तरको खेलको प्रदेशबाट नेतृत्व गर्न पाउनु अवसर भएको बताईन् । उनले आगामी दिनमा कबड्डीबाट थप प्रगतिका लागि निरन्तर मेहनत गर्ने बताईन् ।

म्याग्दीबाट कबड्डी खेलमा पुरुष टिमको प्रदर्शन प्रदेशमा समेत स्थापित हुन नसकेको अवस्थामा महिला टोलीको खेलले प्रशिक्षक समेत उत्साहित छन् । म्याग्दीमा विद्यालयस्तर प्रतियोगितामा नारच्याङकको प्रभा माविलाई कबड्डीको केन्द्रविन्दु मानिन्छ । जिल्लामा हुने कबड्डीमा खेलमा प्रभा माविको वरीपरी स्वर्णपदक घुमे जस्तै गण्डकी प्रदेशमा समेत म्याग्दीले कबड्डीबाट नाम कमाउन सफल भएको छ ।

प्रशिक्षक र पूर्वाधार अभावका कारण खेलाडीले सोचे अनुसारको सफलता हात पार्न नसकेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए । उनले यसपटक सिमित तयारीमा जिल्लामा खेल सम्पन्न गरिएकाले खेलाडीको पहिचान राष्ट्रियस्तरसम्म पुगेको बताए ।

पछिल्लो समय म्याग्दीमा फुटबल, भलिबल पछि युवा पुस्तामा यस खेलप्रतिको आकर्षण पनि गज्जबको रहेको अध्यक्ष केसीको भनाई छ । जिल्लाभित्र खेलाडीहरू खेल जीवनले घर धान्न नसकेपछि लामो समय टिकिरहन नसक्ने अवस्था नहुँदा खेलबाट पलायन हुनुपर्ने अवस्था रहेको खेलाडीको भनाई छ ।

 

म्याग्दीका दिपेश पूर्जाले राष्ट्रिय खेलमा रजत पदक जिते

0

म्याग्दीका तेक्वान्दो खेलाडी दिपेश पूर्जा (पवन)ले राष्ट्रिय खेलमा रजत पदक जित्नुभएको छ । जिल्लाको रघुगंगा गाउँपालिका वडा नं १ बेग घर भएका पूर्जा काठमाण्डौमा जारी १२ औं राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशबाट ४८ केजी तौल समुहमा रजत पदक प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक कर्ण प्रधानले बताउनुभयो।

‘खेलमा धेरै सुधार भएको छ,‘अबका खेलहरूमा थप उपलब्धी हासिल गर्न सक्छन्’ प्रशिक्षक प्रधानले भन्नुभयो । मार्सल आर्ट अन्तरगतको विधामा बेनीमा सम्पन्न भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक जितेर गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी पूर्जाले प्रदेशमा समेत स्वर्ण जित्नुभएको थियो ।

बेनीको न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा कक्षा ९ मा अध्ययनरत पूर्जाले पदक जित्न निरन्तर अभ्यास गरेकाले यसपटक प्रदेशलाई पदकको अपेक्षा गरिएको थियो । जिल्ला र प्रदेशमा सोचेजस्तो नतिजा आएपनि राष्ट्रियस्तरको खेलमा भने दोस्रो स्थानमा चित्त बुझाउनुपरेको जिल्ला तेक्वान्दो संघले जनाएको छ । म्याग्दी मार्सल आर्ट अन्तरगतको तेक्वाण्डो, कराँते र उसु विधामा गण्डकी प्रदेशमा पदक जित्ने जिल्लामा पर्छ ।

 

बेनीलाई सुन्दर पर्यटकीय सहरको रुपमा विकास गरिने

0

बेनीलाई पर्यटकीय सहरको रुपमा विकास गर्ने योजना अघि सारिएको नगरप्रमुख सुरत केसीले बताउनुभएको छ । नगरपालिकाले बुधबार बेनीमा आयोजना गरेको सार्वजनिक सुनुवाईमा उहाँले बेनीको खस्किएको साख बचाउन पर्यटन विकासको अवधारणा अघिसारिएको बनाउनुभयो ।

मुस्ताङ जाने आउने र म्याग्दी आएका पाहुनाको बेनीमा बसाई लम्बाउने योजनाका लागि डिपिआर बनाउन आर्थिक वर्षमा बजेट बिनियोजन गरेको बताउनुभयो । बेनीको अस्पतालचोक देखि बराहपाखो सामुदायिक वन हुदै बजार माथिबाट महारानीथान, कालीगण्डकी र म्याग्दी नदीको किनारै किनार पैदलमार्ग बनाउने, बजार पछाडिको नदि किनार र माथिको पाखोमा आकर्षक बगैचा बनाउने डिपिआर बनाउन लागिएको नगरप्रमुख केसीले बताउनुभयो ।

यसैगरी बेनी भिडन्तमा गोली लागेर छियाछिया परेको विद्युतको पोललाई नगरपालिका परिसरमा रहेको बंकर नजिकै राखेर शान्ति स्मारक बनाउने, सहिदका तस्विर राख्ने र बेनी भिडन्तका तस्विर तथा दृष्य संग्रह गर्ने योजना अघि सारिएको बताउनुभयो । तातोपानी कुण्डलाई प्राकृतिक स्थल बनाउने, नयाँ गन्तब्य पहिचान गरि निजी क्षेत्रको लगानी भित्र्याउने र बेनीको गुमेको ब्यापारिक साख फर्काउन सकिने नगरप्रमुख केसीले बताउनुभयो ।

बेनीका छाडा चौपाया व्यवस्थापन गर्न लागिएको जानकारी दिदै नगरप्रमुख केसीले नगरको विकासका लागि सबै जनप्रतिनिधी एकतावद्ध भएको, कर्मचारीको साथ रहेको, संघ, प्रदेश सरकार र अन्य निकायसँग समन्वयमा जुटेको बताउनुभयो ।

नगरउपप्रमुख ज्योती लामिछानेले दिर्घकालिन महतवका योजना तथा कार्यक्रम छनौट गरेर त्यसलाई दिगो, पारदर्शी, जनसहभागितामुलक र प्रभावकारी बनाउन प्राथमिकता दिएको बताउनुभयो ।

बेनीको खुल्ला मञ्च खेलमैदानलाई मिनि स्टेडियम बनाउने, रावण पार्क निर्माणलाई पूर्णता दिने, सडकमा नियमित यातायात सञ्चालन, खानेपानी सुविधा विस्तार र फोहोर व्यवस्थापन तथा सरसफाईमा जोड दिएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले गत आर्थिक वर्षमा बिनियोजन भएको ७६ करोड ४६ लाख १४ हजार रुपैयाँ बजेट मध्य समग्रमा ८२.१६ प्रतिशत खर्च भएको जानकारी दिनुभयो । नगरपालिकाबाट छनोट भएका ४७० योजना तथा कार्यक्रम मध्य ४२० वटा सम्झौता र ४१८ वटाको अन्तिम भुक्तानी भएको जानकारी गराउनुभयो ।

सार्वजनिक सुनुवाईमा सहभागि सर्वसाधारणहरुले नगरको विकासका लागि दिर्घकालिन गुरुयोजना बनाएर कार्यान्वयन गर्न, सार्वजनिक जग्गाको अतिक्रमण हटाएर संरक्षण गर्न, बेनी बजारको जोखिमयुक्त तार हटाउन, योजना कार्यान्वयनमा हुने नातावाद र ढिलासुस्ति तथा अपारदर्शी क्रियाकलाप हटाउन, कार्यालयमा डिजिटल सूचना पाटी राख्न, कार्यालयको संरचनालाई अपाङ्गमैत्री बनाउन, स्तरोन्नति भएका सडकमा यातायात भाडादर समायोजन गर्न, फोहोर व्यवस्थापनलाई सुरक्षित बनाउन, पहिरो पिडितलाई निजी आवास पुनिर्माण गरेवापतको अनुदान छिटो उपलब्ध गराउन माग गरेका थिए ।

सरकारी कार्यालय अगाडीको फोहोर व्यवस्थापनमा ध्यान नदिइएको सहभागीले गुनासो गरेका थिए । प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले कालोपत्र भएको सडकमा भाडादर समायोजनको तयारी भएको, स्थानीय तहका प्राबिधिकले नापजाँच र सिफारिस गरेपछि पहिरो पिडितलाई घर निर्माण वापतको अनुदान उपलब्ध गराइने, सार्वजनिक कार्यालयलाई अपाङ्गमैत्री बनाउने बताउनुभयो ।

केही बेनीबजारबासीले बेनीमा लागू गरिएको एकतर्फी यातायात हटाउन माग गरेपनि दुर्घटना घटेको, यातायात व्यवस्थापन सुधार भएको, पैदलयात्रुलाई सहज भएकाले निरन्तरता दिनुपर्ने प्रजिअ रानाको धारणा थियो । तोकिएको कोटा संख्या भन्दा बढी संख्यामा सेवाग्राही आउने भएकाले राष्ट्रिय परिचयपत्र बनाउन समस्या भएको विषयमा सचेत रहेको र सुधारको प्रयास गरेको बताउनुभयो ।

वडा नम्बर ७ का अध्यक्ष तथा कार्यपालिकाका प्रवत्ता रमेशकुमार श्रेष्ठ, वडा नम्बर ८ का अध्यक्ष उत्तमकुमार कर्माचार्य, वडा नम्बर ४ का अध्यक्ष अणबहादुर खड्का (भगवान) लगायतले सहभागीले सोधेका प्रश्नको जफाव दिनुभएको थियो । नगरपालिकाका प्रशासकीय अधिकृत युवराज थापाले सञ्चालन गर्नुभएको कार्यक्रमको सहजिकरण पत्रकार महासंघ म्याग्दीका सचिव सन्तोष गौतमले गर्नुभएको थियो ।

कतारमा पीडित बनेका म्याग्देलीको मोना कतारले गर्‍यो उद्धार

0

कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले एक पीडितको कतारबाट उद्धार गरेको छ । वैदेशिक रोजगारीका क्रममा एक वर्षदेखि कतारमा रहे पनि विविध समस्यामा परी नेपाल फर्कन असमर्थ एक म्याग्देलीलाई संघले उद्धार गरी नेपाल पठाएको हो ।

जिल्लाको मालिका गाउँपालिका सिस्नेरीका हस्तबहादुर सुनार अवैधानिकरूपमा कतारमा रहेको जानकारी पाएपछि संस्थागत रूपमा उनको उद्धार गरिएको मोना कतारका अध्यक्ष नरेन्द्र फागामीले बताए । नेपालबाट श्रम सम्झौता गरेर आएको कम्पनी छोडेर अवैधानिक रूपमा काम गर्दै आएका सुनार बिरामी परेपछि थप समस्यामा परेको फगामीले जानकारी दिए ।

संस्थागत रूपमा टिकट व्यवस्थापन र काउन्सेलिङ गर्दै कतार एयरवेजमार्फत मंगलबार राति उनलाई नेपाल पठाइएको मोना कतारले जनाएको छ । सन् २००३ मा स्थापना भएको सामाजिक संस्था मोना कतारले जिल्ला तथा कतारमा समस्यामा परेका हरेकलाई आवश्यक सहयोग गर्ने गरेको छ ।

राहदानीको म्याद ६ महिना भएकाले जुनसुकै देश जान पाउँछः विभाग

0

राहदानी विभागले एकवर्ष भन्दा बढी समयावधि बाँकी रहेको राहदानी नवीकरणका लागि पेश नगर्न सूचित गरेको छ ।
पछिल्लो समय एकवर्षभन्दा बढी समयावधि बाँकी रहेको राहदानी बाहकले नवीकरणका लागि विभागमा निवेदन दिने क्रम बढेको भन्दै विभागले त्यसरी निवेदन नदिन सूचित गरेको हो ।

विभिन्न एजेन्सीहरूले राहदानीको बहाल अवधि ३ वर्षभन्दा बढी भएमा मात्र विदेश जान पाउने भनेकाले अवधि बाँकी रहेका व्यक्तिले पनि निवेदन दिएको पाइएको विभागका प्रवक्ता शरदराज आर्यनले बताए ।

विभागले राहदानीको बहाल अवधि ६ महिनाभन्दा बढी रहेका सबैले विदेश यात्रा गर्नसक्ने स्पष्ट पार्दै आवश्यक परेको बखतमात्र राहदानी बनाउन अनुरोध गरेको छ । राहदानी ऐन २०७६ को दफा (१२) मा राहदानी बाहकको नाममा जारी भएको राहदानीको बहाल अवधि १ वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा अर्को जारी गर्न नसकिने व्यवस्था छ । lokanthar.com

 

बेनीका दिपेश पुर्जा तेक्वाण्डोमा राष्ट्रिय खेल खेल्ने

0

म्याग्दीका तेक्वान्दो खेलाडी दिपेश पूर्जा (पवन) तेस्रो पटक राष्ट्रिय प्रतियोगितामा सहभागीताका लागि छनौट भएका छन् । मार्सल आर्ट अन्तरगतको विधामा बेनीमा सम्पन्न भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक जितेर गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी भएका पूर्जाले प्रदेशमा समेत स्वर्ण जितेका थिए ।

बेनीको न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा कक्षा ९ मा अध्ययनरत पूर्जाले पदक जित्न निरन्तर अभ्यास गरेको बताए । उनले विगतको अनुभवलाई यसपटक पदक जितेर मात्रै पूरा गर्ने बताए ।  जिल्ला तेक्वान्दो संघका सदस्य विनोद प्रधानका अनुसार प्रदेशमा ४८ केजी तौल समुहमा स्वर्ण जितेका पूर्जाले यसपटक राष्ट्रियस्तरको खेलमा समेत पदक जित्ने गरी तयारी गरेको बताए । म्याग्दी मार्सल आर्ट अन्तरगतको तेक्वाण्डो, कराँते र उसु विधामा गण्डकी प्रदेशमा पदक जित्ने जिल्लामा पर्छ ।

४ मंसिरमा संसदको चुनाव हुने

0
सरकारले ४ मंसिरमा चुनाव गर्ने भएको छ । निर्वाचन आयोगले २ मंसिरमा गर्न सुझाव दिएपनि सरकारले ४ मंसिरमा गर्ने गरी मन्त्रिपरिषदबाट सिफारिश गर्ने बुझिएको छ ।

२ मंसिर शुक्रबार परेको र मुसलमान समुदायले आफूहरुको नमाज पढ्ने दिन भएकाले सार्न आग्रह गरेपछि सरकारले आइतबार पार्ने भएको हो । ४ मंसिरको आइतबार एकै चरणमा प्रतिनिधि सभा र प्रदेशको चुनाव हुने गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश हुने बुझिएको छ ।

error: Content is protected !!