Thursday, May 8, 2025
25.9 C
Beni
25.9 C
Beni
Thursday, May 8, 2025
Home Blog Page 820

म्याग्दीमा बढ्यो योगाभ्यासको आकर्षण

0

जिल्लामा योगाभ्यासप्रति सर्वसाधारण आकर्षण बढेको छ । स्वस्थ रहन र तनाव व्यवस्थापनका लागि योगभ्यासमा आकर्षण बढेको हो। सदरमुकाम बेनीबजारस्थित मंका खलःको हलमा नियमित योग कक्षा सञ्चालन हुन थालेपछि योगप्रति सर्वसाधारणको रुचि बढेको हो।

बेनी बजारका साथै ग्रामीण क्षेत्रमा मानिस भेला भएर सामूहिक रूपमा योग अभ्यास गर्छन्। बजार क्षेत्रका नागरिक, व्यापारी, पेशाकर्मी बिहानको समयमा एकै ठाउँमा भेला भएर सामूहिक योगाभ्यास गर्छन्।

बेनी नगरपालिका–७ की रचना पुनले अपच, रुघा  र रक्तचापको समस्या नियमित योग गर्न थालेपछि समाधान भएको अनुभव सुनाइन्। ‘योग अभ्याससँगै स्वास्थ्यलाई हानि नगर्ने खानपान अपनाउन थालेपछि स्वास्थ्यमा सुधार आएको छ,’ उनले भनिन्।

बेनीको कालीपुलका व्यापारी सुरेन्द्र गौतमले व्यस्त जीवनमा साधारण व्यायाम गरेर आफूलाई स्वस्थ राख्न, तनावबाट मुक्त हुन र शारीरिक स्फुर्तिका लागि नियमित योग गर्ने गरेको बताए। ‘दिनभर व्यवसायको कामले व्यस्त भए पनि बिहानको डेढ घण्टा म नियमित योग गर्छु,’ उनले भने, ‘योग गर्न थालेपछि रक्तचाप व्यवस्थापन भएको छ । मलाई स्वस्थ, फुर्तिलो बनाउन र सकारात्मक सोचको विकास गर्न योग उपयोगी बनेको महशुस गरेको छु।’ उनले पाँच वर्षदेखि नियमित योगाभ्यास गर्दै आएका छन्।

नविन आनन्द योग केन्द्रका संस्थापक एवं योगगुरु नविन जुग्जालीका अनुसार बेनी, दरवाङ, तिप्ल्याङ, बिम, बाबियाचौर, सिंगा तातोपानी, बेग, लगाएतका स्थानमा योगाभ्यास सञ्चालन गरिएको थियो। छोटो अवधिका लागि आयोजना  भएको सामूहिक योगाभ्यासमा सहभागी भएपछि धेरैजसोले घरमै निरन्तरता दिएका छन्।

योगाभ्यासमा सहभागीलाई उत्प्रेरणा साथै योग र ध्यानको महत्व बुझाएर आधारभूत ज्ञान र सीप प्रदान गरिने योग प्रशिक्षक जुग्जालीले बताए। ‘गलत खानपान र जीवनशैलीका कारणले शरीर भद्दा, अस्तव्यस्त र अस्वस्थ भएको छ,’ उनले भने, ‘आसन, प्राणायम र उचित खानपानको माध्यमबाट स्वस्थ रहन योगले सहयोग गर्छ।’

योगप्रति आकर्षण बढे पनि बजार क्षेत्रमा अभ्यास गर्ने ठाउँको अभाव छ। मन्दिर, विभिन्न संघ संस्था, सरकारी कार्यालय र होटलका सभाहल परिवर्तन गरेर योग सिकाउने गरिएको छ। सामाजिक विकास मन्त्रालय र मालिका गाउँपालिकाले दरवाङमा योग केन्द्रको भवन बनाएका छन्।

बेनीको कालीपुलस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा गत वर्ष योग सञ्चालनका लागि सभाहल निर्माण भएको थियो। योग गर्नेको संख्या धेरै भएकाले पूर्वाधार अभाव भएको नवीन आनन्द योग केन्द्रका सचिव हरिप्रसाद पौडेलले बताए।

म्याग्दीको दुर्गम गुर्जा गाउँमा इटलीको स्याउखेती

0

धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउ खेती विस्तार गरिने भएको छ। गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको  स्याउका बिरुवा गुर्जामा रोपिएको हो। कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले यसपालि गुर्जामा उच्च घनत्वको ७०० कलमी बिरुवा रोपिएको जानकारी दिए। ‘गुर्जामा जिल्लामै पहिलो पटक स्याउखेती गरिएको छ, हावापानी, वातावरण र अनुकुल भूगोल भएकाले गत वर्षदेखि गुर्जामा उच्च घनत्वको स्याउ खेती थालिएको हो, उनले भने ।

निर्देशनालयको ५० प्रतिशत अनुदान सहयोगमा ती बिरुवा लगाइएकोमा गत वर्ष कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदान सहयोगमा २५६ र वडाको प्रस्तावमा गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा ५९२ वटा बिरुवा रोपिएको थियो।

गुर्जाको हिमाली कृषि सहकारी संस्थाले बाँझो जमिनको झाडी फाँडेर, घेराबार गरी स्याउको बगैँचा बनाएको स्थानीय अगुवा किसान गोर्खा छन्त्यालले बताए । गुर्जाको नाइलीबाङमा २६ किसानले करिब २० रोपनी जग्गामा स्याउखेती गरेका छन्।

गुर्जाको स्याउ खेती भएको ठाउँको उचाइ समुद्री सतहदेखि दुई हजार ७०० मिटर छ । अन्यत्र यही उचाइमा खेती सफल भएकाले गुर्जामा पनि स्याउ खेती भित्र्याइएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए। छिटो फल्ने, धेरै उत्पादन दिने, फल टिप्न र खेती गर्न सजिलो हुने भएकाले उच्च घनत्वको स्याउ खेतीप्रति किसानको आकर्षण बढेको छ।

यसअघि लगाइएको बिरुवामा यसपाली फूल फुलेर फलसमेत लागिसकेको छ। यसअघि गुर्जामा स्थानीय जातको स्याउखेती गरिएकोमा अपेक्षाकृत सफलता हासिल भएको थियो। ‘पुराना र परम्परागत रैथाने स्याउका बोटले उत्पादन दिन छाडेपछि त्यसको साटो छिटोे फल्ने उच्च घनत्वको स्याउका बिरुवा लगाउन थालिएको हो’, वडाध्यक्ष छन्त्यालले भने, ‘गुर्जामा उच्च घनत्वको स्याउ खेती सफल भएमा खेर गइरहेको बाँझो जमिनलाई सदुपयोग गर्न र किसानको आम्दानी बढाउन सकिने सम्भावना छ।’

दलित होमस्टेमा लेखकहरू, गाउँका शिल्पीहरू सम्मानित

0

पर्यटनकर्मी युवाहरूको संस्था ‘कन्सेप्ट नेपाल’ले तनहुँको व्यास नगरपालिका–१३, आँपस्वारास्थित दलित समुदायले चलाएको मुलुककै पहिलो सामुदायिक होमस्टे प्रवद्र्धन गर्न २६ जना स्थापित लेखकहरूलाई घुमाएको छ।

छुवाछुतविरुद्ध ऐक्यवद्धता जनाउन, गाउँलेको सुखदुःख बुझ्न, पर्यटनकर्ममा लागेका गाउँलेलाई उत्साहित बनाउन र ग्रामीण जीवनशैली अध्ययन गर्न असार १५ देखि १७ गतेसम्म आयोजना गरिएको ‘आँपस्वारा काव्य यात्रा–२०७९’ यात्रामा गाउँलेसँगको अन्तरक्रिया, शिल्पीहरूको सम्मान र कविता वाचन गरिएको थियो। आँपस्वारामा विश्वकर्मा समुदायका १८ घरमा होमस्टे सुविधा छ। यहाँ वि.सं. २०७२ सालदेखि होमस्टे सञ्चालन गरिएको हो। दमौली बजारबाट ६ किलोमिटर पूर्वमा रहेको आँपस्वारा रमणिय गाउँ हो।

ग्रामीण जीवनशैली, थानीमाई मन्दिर, हिमालय दर्शन र अर्गानिक खाना यहाँका विशेषता हुन्। गाउँबाट अन्नपूर्ण हिमसृङ्खला, दमौली बजार, छाब्दीबराह मन्दिर, मानहुँकोट, सेती हाइड्रो पावर र सुन्तला बगान देखिन्छ।
असार १६ गते गाउँको चौतारीमा आयोजित कार्यक्रममा स्थानीय चार जना कलाकारलाई जनही १० हजार रुपैयाँसहित सम्मान गरियो।

व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेलाई प्रमुख अतिथि बनाएर गरिएको कार्यक्रममा माटोका गहना बनाउने मेनुका बि.क, आरनको काम गर्ने डिलबहादुर बि.क, मादल बजाउन सिपालु सुन्दर बि.क र बाँस तथा निगालोका सामान बनाउने कलाकार तुलसीबहादुर मगरलाई सम्मान गरिएको थियो। गाउँघरमा बसेर सनातनी सीप संरक्षण गरी गाउँलेको सेवा गर्दै आएका भुइँमान्छेको सम्मान गरिएको हो। जीवनमा पहिलो पटक सम्मान पाउँदा उनीहरू गद्गद् भए।

कार्यक्रममा कवि तथा लेखकहरूले आआफ्ना अनुभूति र रचना सुनाए। उनीहरूले आँपस्वाराबाट फर्केर आआफ्ना अनुभव मिडियामा लेख्न सुरु गरिसकेका छन्। यसबाट आँपस्वाराको पर्यटन प्रर्वद्धनमा टेवा पुग्नेछ। यात्राका संयोजक पत्रकार अमृत भादगाउँलेकाअनुसार काव्य यात्रा सफल भयो। अब आँपस्वारा गाउँको युट्युव भिडियो, बुकलेट र ब्रोसरसहितका प्रचारात्मक सामाग्री पनि उत्पादन गरिनेछ।

यसबाट गाउँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेछ।‘छुवाछुत मेटाउन आँपस्वाराबासीको होस्टेमा हैंसे गर्दै समग्र गाउँको पर्यटन प्रवद्र्धन गर्नु हाम्रो यात्राको मुख्य उद्धेश्य हो’, भादगाउँलेले भने, ‘त्यति मात्र होइन, हामीले जीवनमा जानेर वा नजानेर गरेका विभेदको आत्मआलोचना पनि ग¥यौं।’

काव्य यात्रामा लेखकहरू ध्रुब मधिकर्मी, अभय श्रेष्ठ, सागर उदास, भूपिन, गनेस पौडेल, हेमन्त विवश, मनिषा गौचन, सुमन थापा ‘संगम’, उषा थपलिया, केशव सिग्देल, रमि प्रिया, लोकराज भट्ट, मेघराज आचार्य, सम्झना रसाइली, कृष्णगोपाल श्रेष्ठ, सुरेन्द्र राना, सुजिता कार्की, राजकुमार गजुरेल, भवानी शिलाकार, प्रकाश गुरुङ, घनश्याम पौडेल, सुरज उपाध्याय, कवि अमृत, संजिब पौडेल, तारानाथ पहारी र अमृत भादगाउँले सहभागी थिए।

स्मरणीय छ, कन्सेप्ट नेपालले विगतमा ‘खप्तड काव्य–यात्रा २०७५’ र ‘फोक्सुन्डो काव्य–यात्रा २०७६’ सफलतापूर्वक आयोजना गरेको थियो। खप्तड र फोक्सुन्डोको प्रवद्र्धन गर्न ती दुवै यात्रा कोशेढुङ्गा सावित भएका थिए।

‘१५ दिनमै जिल्लामा पासपोर्ट पुग्छ, काठमाडौं नआउनूस्’:राहदानी विभाग

0

राहदानी विभागले अत्यावश्यकबाहेकका अवस्थामा पासपोर्ट बनाउन काठमाडौं नआउन अनुरोध गरेको छ । एक सूचना जारी गर्दै विभागले जिल्ला प्रशासन कार्यालयहरुबाट आवेदन भएका राहदानीहरु प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको बताएको छ ।

‘काठमाडौं उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरुले १ हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिन भित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको छ । अत्यन्त जरुरी परेका सेवाग्राहीहरुले राहदानी विभागमा आवेदन गर्नुहुन र अन्य कम जरुरी हुनेले आफ्नो सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै सहज रुपमा राहदानी प्राप्त गर्न सकिने हुँदा सो सेवा लिनु हुन सेवाग्राहीमा अनुरोध छ

 

पानीपुरीको पानीको अमिलोपन कति हानिकारक

0

पानीपुरी मन नपराउने सायदै होला । ठूला रेस्टुरेन्ट र होटलहरूमा पाइने पानीपुरी भन्दा सडक छेउको ह्यान्डकार्टमा पाइने पानीपुरी बढी स्वादिलो लाग्छ । पानीपुरीमा बिक्रीमा प्रतिबन्ध लगाइएको छ । पानीपुरीको पानीमा हैजाको ब्याक्टेरिया भएको दाबी गरेको छ ।

सबैभन्दा पहिला सडक किनारका पानीपुरी बेच्नेहरूले पानी कहाँबाट ल्याइरहेका छन् त्यसमा ध्यान दिनुपर्छ । त्यो पानी कहाँ भण्डारण भइरहेको छ भनेर पनि जान्न प्रयास गर्नुपर्छ । साथै उनीहरुले जुन भाँडामा पानी पकाउँदै छन्, त्यो सफा छ कि छैन् त्यता ध्यान दिनुपर्छ ।

पानीपुरीमा पानीको अमिलोपन कति हानिकारक छ?
सामान्यतया काँचो र सुकेको आँप, इमली, कागती जस्ता चीजहरू पानीलाई अमिलो बनाउन प्रयोग गरिन्छ। आँप हरेक मौसममा पाइँदैन र कागती पनि महँगो हुन्छ । यस्तो अवस्थामा पानीपुरीको पानीलाई अमिलो बनाउन हाइड्रोक्लोरिक एसिड, सल्फ्यूरिक एसिड, टार्टारिक एसिड, अक्सालिक एसिड जस्ता एसिडको प्रयोग गरिन्छ।

यति धेरै एसिड मिसाएर पानीपुरीको पानी पिउने हो भने शरीरको एसिड बेस सन्तुलन बिग्रन्छ । तपाईं क्ष्ऋग् मा जान सक्नुहुन्छ। यति मात्र होइन, यसले ज्यान समेत लिन सक्छ ।

यसका साथै पानीलाई हरियो र सुन्दर बनाउन पुदिना र धनियाको सट्टा कृत्रिम रंग पनि मिलाउने काम भइरहेको छ । यी एसिड र कृत्रिम रंगका कारण गोलगप्पाले स्लो पोइजन जस्तै काम गर्छ ।

पानीपुरी खाँदा रक्तचापको समस्या हुन सक्छ ?
वास्तवमा पानीपुरीको पानीमा नुन थपिन्छ। यसले रक्तचाप बढाउने काम गर्छ । यसका साथै जुन तेलमा पकाइन्छ त्यसको गुणस्तर पनि राम्रो हुँदैन । धेरै पटक बिक्रेताले बाँकी रहेको तेलमा मात्रै गोलगाप्पा फ्राइ गर्छन् । यस्तो अवस्थामा स्वास्थ्यमा नराम्रो असर पर्छ । वर्षायाममा सरसफाइमा विशेष ध्यान दिनुपर्छ । पेटसँग सम्बन्धित धेरै रोगहरू छन्। अब नेपालमा फैलिएको हैजाको बारेमा कुरा गरौं र वर्षायाममा यो कसरी र किन हुन्छ जानौं…

हैजा संक्रमणको कारणले हुन्छ। बान्ता र पखालाको समस्या छ। कहिलेकाहीँ पानी र पोषणको कमीका कारण यो रोगले ज्यान समेत लिन्छ । वास्तवमा, बिग्रिएको खाना र फोहोर पानीका कारण हैजाको ब्याक्टेरिया फैलिन्छ। यस्तो अवस्थामा खाना र पिउने पानी सफा राख्नमा बढी ध्यान दिनुपर्छ ।

हैजा पखालाको गम्भीर रूप हो। फोहोर पानीमा पाइने भिब्रियो कोलेरा ब्याक्टेरिया खाना र पेय पदार्थको माध्यमबाट शरीरमा प्रवेश गर्दा हैजा लाग्छ। सफा पिउने पानी नभएका ठाउँमा खतरा बढी हुन्छ ।

यी हुन् हैजाका १० लक्षण

  • अचानक पेट दुख्नु
  • उल्टी
  • रक्तचाप घट्यो
  • छिटो मुटुको धडकन
  • सुक्खा मुख, घाँटी र आँखा
    अत्यधिक तिर्खा
  • मांसपेशी दुखाइ
  • थकित महसुस गर्दै
  • गम्भीर अवस्थामा ज्वरो
  • पिसाब को कमी
       बालबालिकामा यसको लक्षण बढी गम्भीर हुन सक्छ। उदाहरण…
  • सबै समय सुत्ने
  • शरीर दुखाइ
  • कोमामा जान सक्छयदि वरपर कसैलाई हैजा छ भने, यो अरूको लागि पनि खतरनाक हुन सक्छ। नपाकेको माछा, झिंगा वा समुद्री खाना खाँदा यस्तो हुने सम्भावना हुन्छ। जसको पेटमा एसिडको मात्रा कम हुन्छ उनीहरुलाई पनि हैजा लाग्ने उच्च जोखिम हुन्छ ।

असारे भेलमा बग्दै विकास खर्च, एकै दिन १२ अर्ब ५४ करोड सकियो

0

मुलुकको अर्थतन्त्र सङ्कटमा परिरहेको अवस्थामा विकासको नाममा एकै दिन हतार हतारमा १२ अर्ब ५४ करोड ७ लाखभन्दा बढी खर्च भएको छ ।आर्थिक वर्ष सकिनै लाग्दा हतार हतारमा विकास कार्य भएको देखाउँदै एकै दिन १२ अर्बभन्दा बढी रकम खर्च गरिएको हो ।

बजेट निकासा भएर खर्च भएको देखाइए पनि फिल्डमा वास्तविक रूपमा काम भए नभएको भने कुनै अनुगमन हुँदैन ।कमिसनको चक्करमा एकै दिन अर्बौं रुपैयाँको काम देखाउँदै निकासा गर्ने गरिएको छ । कमिसनका लागि अर्थ मन्त्रालय र अन्य सरोकारवाला विकासे मन्त्रालयका उच्च अधिकारीबीच मिलेमतो हुने गरेको पाइएको छ । विगतका वर्षमा जस्तै यो वर्ष पनि मुलुकको विकास खर्च असारे भेलले त्यसै खेर फलिने पुरानै क्रमले निरन्तरता पाएको हो । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ

0

वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) दिन निकै कडाइ गरिएको छ ।अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल भएका छन् । तीन महिना अघिसम्म निवेदन दिएकामध्ये ९६ प्रतिशतसम्म विद्यार्थीले भिसा पाउने गरेका थिए ।

नेपालबाट अस्ट्रेलियाको भिसाका लागि औसतमा दैनिक दुई सयसम्म आवेदन पर्ने गरेको छ । तर निर्णय नभई थाती रहेका आवेदनमध्ये अस्वीकृत हुने क्रम बढेको छ । अहिले भने दैनिक तीन सयसम्म भिसा अस्वीकृत हुने गरेको नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले जनाएको छ ।

इक्यानका अनुसार लामो समयसम्म भिसा स्वीकृत वा अस्वीकृत भएको विषयमा जानकारी नदिने र अन्तिममा अस्वीकृत भएको भन्ने सन्देश नयाँदिल्लीस्थित अस्ट्रेलियन हाई कमिसनले पठाउने गरेको छ । प्रक्रिया खुकुलो भएको समयमा निवेदन दिएको एक दिनमै पनि भिसा दिने गरिएको थियो ।

भिसा अस्वीकृत दर बढेसँगै शैक्षिक परामर्श व्यवसायी तथा विद्यार्थी चिन्तित बनेका छन् । इक्यानका अध्यक्ष प्रकाश पाण्डेका अनुसार उच्च योग्यता भएका विद्यार्थीको समेत भिसा अस्वीकृत गरिएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

अरुणालाई ‘वर्ष उत्कृष्ट महिला खेलाडी अवार्ड’

0

छैटौं पोखरा स्पोर्ट्स अवार्डबाट भलिबल तर्फ म्याग्दीकी अरुणा शाही सम्मानित हुनुभएको छ । २०७८ सालको प्रदर्शनका आधारमा प्रदान गरिएको वर्ष उत्कृष्ट महिला खेलाडी तर्फ अरुणा शाहीले क्रीकेटकि मणिषा उपाध्याय र करातेकी सरगम कुमाललाई पछि पार्दै इलेक्ट्रोनिक स्कुटर सहित अवार्ड प्राप्त गर्नुभएको हो ।

नेपालको राष्ट्रिय महिला भलिबल टोलीकी कप्टान समेत रहनुभएकी अरुणाले यश अघि पनि दोस्रो संस्करणको पोखरा स्पोर्ट्स अवार्ड समेत जित्नुभएको थियो । म्याग्दी जिल्लाको रघुंगंगा गाउँपालिका वडा नं ३ पिप्लेकी अरुणा शाहीले सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गर्नुभएको थियो ।

राष्ट्रिय टोलीबाट माल्दिभ्ससँगको मैत्रीपुर्ण, भारतसँगको मैत्रीपुर्ण, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन र १२औं दक्षिण एसियाली खेलकुद (साग) सहित अरुणाकै कप्तानीमा लगातार दुईपटक नेपाल एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप भएको थियो । हालै नेदरल्याण्डमा सम्पन्न् अन्तराष्ट्रियस्तरको महिला भलिबल प्रशिक्षणमा सहभागी भएर आउनुभएकी शाहीले २०६४ सालदेखि भलिबल खेल्न सुरू गर्नुभएको थियो ।

 

 

कोरलाको आइतबारदेखि बेनी-काठमाडौं दिवा सेवा सुरु हुँदै

0

काठमाडौं रात्री बस सेवा प्रदान गर्दै आएको म्याग्दी कोरला प्रालिले आइतबारदेखि दिवा सेवा समेत सुरुवात गर्ने भएको छ। विगत आधादशक देखि बन्द रहेको दिवा बस सेवालाई म्याग्दी कोरलाले भोलीदेखि नियमित बेनी-काठमाडौं दिवा सेवा सञ्चालन गर्ने प्रालिका सञ्चालक मोहन केसीले बताउनुभयो । म्याग्दीबाट रात्रीकालिन सेवामा कोरला उत्कृष्ट मानिन्छ । रात्रीकालीन सेवामा ३ वटा बस छ । सेवाग्राहीको चापलाई ध्यानमा राखेर सेवा थप गर्ने निर्णय गरिएको प्रालिका सञ्चालक केसीलेृ बताउनुभयो ।

दुईवर्षदेखि दिवा सेवा सञ्चालन गर्ने तयारी भए पनि कोभिडका कारण सञ्चालन हुन नसकेको र अब निरन्तर रात्री र दिवा सेवा सञ्चालन हुने केसीको भनाई छ । बसमा फ्रि वाईफाई, टिभी, फोल्डिङ सिट हुनेछ । प्रत्येक दिन बिहान ८ बजे बेनीबाट काठमाडौंका लागि र काठमाडौंबाट बेनीका लागि बिहान ८ बजे बस छुट्ने छ । ३० सिटे बसलाई यात्रुको सेवामा लक्षित गरी लक्जरी बाउन२३ सिटे बनाइएको छ भने प्रति यात्रु १४ सय ५० भाडा निर्धारण गरिएको छ । कोरलाले पोखरा र मुस्ताङमा समेत नियमित सेवा दिइरहेको छ।

 

राष्ट्रिय आविष्कार केन्द्र लाई मोना स्पेनको सहयोग

0

म्याग्दी प्रवासी नेपाली सघ (मोना) स्पेनले राष्ट्रिय आविष्कार केन्द्रलाई डेढ लाख सहयोग गरेको छ । यूरोपको भ्रमणमा रहनुभएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा. महावीर पुनसँगको भेटघाटको अवसरमा मोना स्पेनले आर्थिक सहयोग गरेको महासचिव सुरेश चोखालले बताउनुभयो ।

म्याग्दीमा जन्मिएर विश्वभर आविस्कारको क्षेत्रमा लोकप्रिय डा. पुनको अभियानमा भविस्यमा समेत सहयोग गर्ने मोना स्पेनका अध्यक्ष रुपेश राम्जालीले बताउनुभयो । उहाँले विदेशमा सिकेको ज्ञान, सीप र लागानी नेपालमा हस्तान्तण गर्न राष्ट्रिय आविष्कार केन्द्र जस्ता ठाउँहरू उपयुक्त रहेको बताउनुभयो ।

म्याग्देलीसँगको भेटघाटमा डा. पुनले म्याग्देलीबाट राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेकोमा आभार व्यक्त गरे ।आविस्कार केन्द्रबाट विदेशबाट हुने आयातलाई रोक्दै व्यापार घाटा गर्ने र रोजगारीको सृजना गर्ने अभियानमा रहेको बताउनुभयो । यसअगाडी पोर्तुगलमा रहेका म्याग्देलीले समेत सहयोग गरेका थिए ।

महाविर पुनले आविस्कार केन्द्रको सुरुवात गरेपछि पहिलो आर्थिक संकलन अभियान नै म्याग्दीबाट गर्नुभएको थियो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ नाँगीमा जन्मिएका पुनले सन् २००७ मा एसियाको नोबेल पुरस्कार भनेर चिनिने म्यागासेसे पुरस्कार सहित दर्जनौ सम्मान प्राप्त गर्नुभएको छ ।

error: Content is protected !!