म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ६ ठाडाखानीमा धारामा पानी थाप्दै महिला । तस्वीर बेनीअनलाइन
दैनिकी…
म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ६ रायखोरमा जंगलबाट दाउरा लिएर आउँदै गरेका महिला । ग्रामिण क्षेत्रमा चुनावको रौनकता सकिएपछि मेलापात र दैनिक कार्य सहज भएको छ । तस्वीर हरिकृष्ण गौतम
मंगलाको कार्यपालिका सदस्यमा एमालेका २ जना निर्विरोध
म्याग्दीको मंगला गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा एमालेका २ जना उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । बुधवार मनोनयन दर्ताका दिन दलित तथा अल्पसंख्यकका तर्फबाट नेकपा एमालेका शंकर शेरचन र टेक बहादुर किसानको मात्र उम्मेदवारी परेपछि उहाँहरु निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो ।
गाउँसभामा निर्वाचित भएका मध्यबाट ४ जना महिला र खुल्ला तर्फ दलित वा अल्पसंख्यक २ जना गरी ६ जना सदस्यहरु निर्वाचित गरिने व्यवस्था रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी ४ जना महिला सदस्यहरुमा भने नेकपा एमालेका डिल कुमारी खत्री, तिलकुमारी खत्री, भूमिसरा बुढाथोकी र सरस्वती उपाध्याय, नेपाली काँग्रेसका श्रीकला घिमिरे र होममाया बुढाथोकी, नेकपा माओवादी केन्द्रका टिकादेवि विश्वकर्मा र भेषकुमारी पुनले मनोनयन दर्ता गराउनुभएको छ । मंगलामा एमालेका १८,काँग्रेसका ५ र माओवादीका ४ जना मतदाता रहेका छन । जेठ १५ गते निर्वाचनको मिति निर्धारण गरिएको छ ।
बिद्युत जीवनशैलि : बिद्युतको प्रयोग कि सदुपयोग ?
“बिद्युत”अहिलेको आधुनिक जीवनशैलिको एक अत्यावश्यक आवश्यकता बनिसकेको छ । बिद्युतको अनुपस्थितिमा एक सामान्य मानिसकै दिनचर्या प्रभाबित बन्ने गर्दछ । बजारमा बिद्युतिय उपकरणहरु बढिरहेका छन, हाम्रो जीवनमा तिनका प्रयोग बढिरहको छ र बिद्युतमा हाम्रोनिर्भरता झनै बढिरहेको छ ।
अन्य शक्तिका प्रकार जस्तै गति, प्रकाश, ध्वनि, ताप आदिमा सजिलै रुपान्तरण गर्न सकिने, कम क्षति तथा चुहावटमा सञ्चित तथा लामो दुरिमा प्रशारण गर्न सकिने, प्रभाबकारि तथा सुरक्षित नियन्त्रण गर्न सम्भब भएकोलेबिद्युत शक्ति संसारमै निर्बिकल्प यतिलोकप्रिय बन्दै गएको छ । संसारमा बिश्व बैङ्कको २०१९ को तथ्याङ्क अनुसार प्रति बर्ष २,३३,९८,०० गिगावाट–आवर बिद्युत खपत भएको थियो जसमा प्रथम, द्घितिय र तृतिय स्थानमा क्रमश रहेका चीन, अमेरिका र भारतले मात्रै कुल खपतको ५४.५५बिद्युत खपतगरेका थिए ।
सो सुचिको १२८ औ स्थानमा रहेरनेपालले जम्मा ६,५६२ गिगावाट–आवर बिद्युत खपत गरेको थियो ।झण्डै १६१ देशले औसत बिधुत खपत भन्दा कम खपत गर्ने हुदा बिश्वमा देशअनुसार बिधुत खपत ज्यादै असन्तुलित रहेको छ ।अत्यन्तै निम्न बिधुत खपत गर्ने देशहरुमा बढि जनसंख्या भएकाएसिया र अफ्रिकाका अबिकशित तथाबिकाशउन्मुख देशहरु रहेका छन् । यसबाट बिश्वमै बिद्युतको खपत झनै तीब्र गतिमा बढ्ने निश्चित देखिन्छ ।
प्रबिधिको यो युगमा बिद्युतलाई यति महत्व दिइएको छ कि हामीले प्रति बर्ष खपत गर्ने बिधुतिय उर्जाका आधारमा हामीले बिताएको जिवनको स्तर मापन गरिन्छ । बिश्व बैङ्कको को २०१९ को तथ्याङ्क अनुसारहामी नेपालीले प्रति ब्यक्ति प्रतिबर्ष २२९ युनिट बिद्युत गरेर २१९ देश संलग्न सुचिको १८५ औ स्थानमा छौ । सबै भन्दा बढि प्रति ब्यक्ति प्रतिबर्ष खपत गर्ने आइसल्याण्डले ५१,६९९ युनिट र त्यसपछि नर्वेले २३,२१० युनिट खपत गरेको छ ।
जलबिद्युत उत्पादन र भोगोलिक समानताको हिसाबमा अक्सर नेपाल सगँ तुलना गरिने देश भुटानले प्रति ब्यक्ति प्रतिबर्ष ३,१२६ युनिट र जम्मा खपतको तेस्रो स्थानमा रहेको छिमेकि देश भारतले प्रति ब्यक्ति प्रतिबर्ष ९३५ यूनिट खपत गर्छन् । हाम्रो प्रति ब्यक्ति खपत बिश्वको औसत प्रति ब्यक्ति प्रतिबर्ष खपत ३,०८१ यूनिट भन्दा धेरै तल रहेको छ । यसकारण पनि हाम्रो जीवनशैलिको गुणस्तर बढाउनका लागि पनि बिद्युतको खपत बढाउन जरुरि छ ।
नेपालमा बसोबास गर्ने नेपाली नागरिक भएको आधारमा पनि हाम्रो भाबि जीवनमा बिधुतिय उपकरणहरुको प्रयोग र बिधुतको खपत बढ्ने स्पष्ट दुई कारणहरु देखिन्छन् ।
जलबिद्युत उत्पादनको राम्रो संम्भावना र बिदेशमा ठुलो संङ्ख्यामा नेपाली रहेको हुनाले अन्तराष्ट्रिय बजारमा आएका बिद्युतिय प्रबिधि तथा सामाग्रीहरु समयसगै स्वतस्फुर्त रुपमा भित्रने प्रथम कारण हो । यस्तै धैरै निजि तथा सार्बजनिक जलबिधुत आयोजनाहरु निर्माणधीन रहेकोले सरकारको बिद्युत खपत बढाउने निति दोस्रो कारण हो ।
लोडसेडिङको अन्त्य पछि नेपालमा बिधुतिकरण प्रत्येक बर्ष करिब ५५ले बढ्दा पनि बिद्युतको उच्चतम माग खासै बढेको छैन । हालको उच्चतम माग करिब १३०० मेगावाट मात्रै छ ।उता जलबिद्युत उत्पादनमा नेपाल बिधुत प्राधिकरणको बार्षिक प्रतिबेदन अनुसार करिब ६००० मेगावाटको संझौता “टेक अर पे” मा भैसकेको छ, जुन ३ देखि ५ बर्ष सम्ममा उत्पादन भई हाम्रो प्राणलीमा थपिने कुरा उल्लेख छ ।
त्यसैले हामी बेलाबेलामा नेपाल सरकार तथा नेपालको बिद्युत सेवा प्रदायक नेपाल बिद्युत प्राधिकरणले बिद्युतिय उपकरणहरुको प्रयोगलाई प्रोत्साहन गर्दैबिद्युत माग बढाउन अनुरोध गरेको देख्ने गर्दछँौ । जुनकुरा नेपाल सरकारका दीर्घकालिन योजनाहरुमा पनि पर्ने गरेका छन् । यसकारण पनि हाम्रो जीबनकोनिकट भबिश्यमा बिधुितय सामाग्रीहरु थपिई बिद्युत झन बढि प्रयोग हुने कुरा निश्चित छ ।
बिधुत हाम्रो जीवनको महत्वपुर्ण अङ्ग भैसक्दा पनि सामान्य जनमानसमा यसका बारेमा बुभ्mने रुची खासै देखिदैन । प्राय बिधुत उपभोत्ताको बिद्युत सम्बन्धी चासो केवल बिधुत महशुलमै सिमित हुन्छ । हामीले घर गराउदा बाथरुमका टाईल र झ्यालका पर्दाका बुट्टा छनोटमा जति ध्यान र समय दिईरहेका हुन्छौ त्यही घरको एम.सि.बि तथा बिद्युतिय सुरक्षाका सामाग्रीमा दिईरहेका हुदैनौ जबकि तीनका गलत प्रयोगले ठुलो जनधनको क्षतिको सम्भावना रहन्छ । बिद्युतको संम्भाबित खतरा सामान्य मानिसले नदेख््ने हुनाले पनि यसको प्रयोगमा साबधानी कम देखिन्छ ।
बिनोद शर्मा
हाम्रो अपरिहार्य आवश्यकताको रुपमा बिकशित भैरहेको बिद्युत, हामीले प्रयोग गर्ने बिधुतिय उपकरणहरु, घरको वायरिङ, बिधुतिय उपकरणहरुको सुरक्षित प्रयोग र बिधुतिय दुर्घटनाको प्राथमिक उपचारसम्मको आघारभुत ज्ञान हरेक ब्यक्तिमा हुनु आवश्यक छ ।यसबाट बिधुतको सुरक्षित तथा किफायति प्रयोग गर्न मद्दत पुग्नेछ ।
रिपब्लिका राष्ट्रिय दैनिकमा २०७६ माघ १६ मा प्रकाशित समाचार अनुसार नेपालमा २०७४ सालमा मात्रै ५२० बिधुतिय दुर्घटना भएका थिए जसमा ३२१ जनाको मृत्यु भएको थियो । बिद्युत र यसको प्रयोग सम्बन्धि सामान्य ज्ञान र चेतनाको कमिले अनावश्यक बिद्युत महशुल तथा ज्यानको क्षति भोग्नुपरेको धेरै उदाहरणहरु भेटिन्छन् । बजारमा पाईने सबै बिधुतिय उपकरणहरुमा प्रयोककर्ताको सुरक्षाको ब्यबस्था नहुदा पनि धेरै दुर्घटनाहरु भएको देखिन्छ ।
हामी उर्जाको खपत मात्रै बढाउन लागिरहदा बिकशित देशहरु अहिले उर्जा दक्षता र उर्जाको प्रभाबकारि प्रयोगमा पुगिसकेका छन् ।कुनै काम वा कुनै आवश्यकता कम भन्दा कम उर्जा खपत गरेर सम्पन्न वा परिपुर्ति गर्नु नै राम्रो उर्जा दक्षता हो । बिभिन्न देशले उर्जा दक्षताको लक्ष्य राखि सोहि अनुरुप खोज तथा अनुसन्धान गरिरहेका छन् ।
युरोपियन युनियनले आवश्यकता भन्दा बढि बिद्युत खपत गर्ने ‘फिलामेन्ट बल्ब’, ‘हेयर ड्रायर’, ठुला ‘भ्याकुम क्लिनर’, टि भि, फ्रिज, ‘वासिङ मेसिन’ लगाएतका एक दर्जन घरायसि बिद्युतिय उपकरणहरुलाई २०१४ मा नै बन्देज लगाइसकेको छ ।
यस्ता उपकरणहरुले उर्जा दक्षताको लक्ष्य पछ्याउन बढिमा ३०५ सम्म बिद्युतखपत घटाउनु पर्ने कुरा उल्लेख गरिएको थियो । लामो समय बिद्युत उर्जा संङकट भोगेको नेपालले उर्जा दक्षताको लागि खासै धेरै महत्व दिएको भेटिदैन् ।
तरपनिजर्मन सरकारको सहयोगमा २०६७ सालबाट उर्जा दक्षताको अभ्यास गराउने उद्देश्यले नेपाल उर्जा दक्षता कार्यक्रमको सुरुवात भएको छ ।
त्यस्तै उर्जा दक्षतालाई थप प्रभाबकारी बनाउनका लागि आबश्यक निति नियम बनाई सन् २०३० सम्म उर्जा दक्षताको दरमा ठोस लक्ष्य हासिल गर्ने उद्देश्यले मन्त्रिपरिषदबाट राष्ट्रिय उर्जा दक्षता रणनिति २०७५ परित भईसकेको छ ।नेपाल बिद्युत प्राधिकरणले बिद्युत खपत बढाउन बारम्बार अपिल गरिरहेता गरेतापनि उर्जा दक्षता र उर्जाको प्रभाबकारि प्रयोगलाई सधै प्रोत्साहन गरिरहेको छ ।
तुलनात्मक रुपमा उहि उज्यालोका लागि कम बिद्युत खपतगर्ने ‘लिड लाइट’ बितरण गर्नु, निजि ट्रान्सफर्मर जडान गर्दा अनिबार्य रुपमा त्यसको उर्जा क्षति परिक्षण गरि नियमन गर्नु र हरेक बर्ष आफ्नो प्राणलीमा भएको क्षति तथा चुहावटलाई निरन्तर घटाउने लक्ष्य लिई उच्च महत्वका साथ आवश्यक कार्य गर्नु यसका केहि उदाहरणहरुहुन ।
राष्ट्रिय उर्जा दक्षता रणनिति २०७५ सगैँ नेपालमा उर्जा दक्षताको प्रोत्साहन तथा सरोकारवालाहरु सगँ सहकार्य गर्नका लागि नेपालको पहिलो उर्जा दक्षता ईकाइको रुपमा बैकल्पिक उर्जा प्रबद्र्घन केन्द्रले आवश्यक कार्य गरिरहेको छ ।अन्यत्र जस्तो उर्जा दक्षताकै निम्ति हामीलाई बोध हुनेगरि खासै धेरै क्रियाकलाबहरु भएका छैनन्, ठुला उपलब्धिहरु हासिल भएका छैनन्हामी उर्जा दक्षताको अत्यन्तै सुरुवाति क्षणमा छौ ।
निति नियम आईसकेपछि पनि उर्जा दक्षताको प्रभाबकारि कार्यान्वयन केवल उपभोक्ताको साथ, सहयोग र बुझाईले मात्र सम्भब छ । त्यसकारण उपभोक्ता स्वयमलाई बिद्युतको प्रभाबकारी, किफायती तथा सुरक्षित प्रयोग र आप्mनो आवश्यकताका लागि कम बिद्युत गर्ने बिद्युतिय उपकरणको छनोटगर्नका लागि पनि बिद्युत सम्बन्धि आधारभुत ज्ञान अनिबार्य भैसकेको छ ।
अन्त्यमा, बिश्वमा नै बिद्युत एक निर्बिकल्प शक्तिका रुपमा स्थापित भैसकेको छ । हाम्रो देशको बिद्युत क्षेत्रमा बिद्यमान तीन चुनौतिहरुः बिद्युत उत्पादन तथा आपूर्तिमा आत्मनिर्भरता, बिद्युत मागमा बृद्घी र बिद्युतको सदुपयोग रहेका छन् ।यि चुनौतिहरु एक आपसमा संम्बन्धित छन् एक अर्कोमा परिपुरक छन तसर्थ यिनिहरुमा अहिले देखिनै सन्तुलन हुनु जरुरि छ ।
माथि उल्लेखित सम्भावनाहरुका कारणले पनि अहिले बिश्वको एक न्युन बिद्युत उत्पादन तथा खपत गर्ने हाम्रो देशमा पनि निकट भबिष्यमै धेरै बिधुतिय उपकरणहरु थपिदैछन् । सरकारकै नीतितथा प्रोत्साहनको कारण पनि बजारमा बिद्युतिय सामाग्रिको उपलब्धता बढ्नु स्वभाबिक नै हो ।
हाम्रो जिबनशैलिमा बिधुतिय उपकरणहरु थपिए सगैँ दुर्धटनाको जोखिम पनि थपिदै जानेछन् ।साथै अन्तराष्ट्रिय मापदण्ड अनुसार कुल ग्राहस्थ उत्पादनको अनुपातमा उर्जाको उपभोग बढि रहेको हाम्रो देशमा अझै बिद्युत खपत बढाउने बहानामा बढि बिद्युत खपत गर्ने कम उर्जा दक्षता भएका बिद्युतिय उपकरणहरु भित्रिइ प्रयोगमा आएमा उर्जाको केवल प्रयोग मात्रै हुनेछ सदुपयोग हुनेछैन् ।
तसर्थ बजारमा उपलब्ध बिद्युतिय उपकरणहरुको गुणस्तर, उर्जा दक्षता तथा उपकरणले प्रयोगकर्ताको न्युनतमसुरक्षाको ब्यवस्था गरे नगरेको मापन प्रभाबकारि ढङगले गरि चित्त बुझ्दो नभेटिएमा बन्देजसम्म गर्न सक्ने नियमनकारी संयन्त्रको आवश्यकता यथासिघ्र अपरिहार्य भैसकेको छ ।
केवल बिद्युतको प्रयोगले प्रति ब्यक्ति खपत बढाएर मात्रै हाम्रो जीवन गुणस्तर उकासिन सक्दैन । हामीले जडान गरेको मिटरमा उठेको बिद्युतको खपत हाम्रो बास्तबिक खपत नै नहुनसक्छ । कतिपय हामीले प्रयोग गरिरहेका उपकरणहरुले अनाबश्यक रुपमा बढि खपत गरिरहेका हुनसक्छन् ।
लोडको असन्तुलन तथा चुहावटका कारण एकातिर हामीले महङगो महशुल तिरेर भित्राएको बिद्युत जमिनमा खेर गैरहेको हुन्छ भने अर्कोतिर हामी प्रयोगकर्तालाई नै असुरक्षित गराईरहेको हुन्छ ।
हाम्रो देशमा अरु बिकशित देशमा जस्तो धेरै उर्जा खपत गर्ने उपभोक्ताहरुको उर्जा सेवा प्रदायकबाट बार्षिक वा अर्धर्बािषक रुपमा उर्जा लेखा परिक्षण गरिदने गर्ने अभ्यास नभए पनि सचेत उपभोक्ताको रुपमा आफ्नो लागि आफैलेबार्षिकउर्जा लेखा परिक्षणगर्नु बिद्युतका ठुला उपभोक्ताहरुलाई लाभदायक हुन्छ ।
बिद्युत हाम्रो जीवनको एक महत्वपुर्ण आवश्यकता भैसकेको हुनाले यस सगँ सम्बन्धित यस्ता आधारभुत ज्ञान सबै उपभोक्ताहरुलाई हुन जरुरि छ ।त्यसैले बिद्युतको प्रयोग मात्रै होइन जिम्मेबार उपभोक्ताको रुपमा कुशलबिद्युतिय उपकरणहरुको प्रभाबकारी प्रयोग तथा प्रोत्साहन गरौ,सुरक्षित तबरले उत्पादक प्रयोग बढाउँ, यहि नै अहिलेको बिद्युतकोआवश्यक सहि सदुपयोग हो ।
ई. बिनोद शर्मा
पोखरा, कास्की
तपाईको मुल्यवान प्रतिक्रियाको लागि
बेनी नगरको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धन
बेनी नगरपालिकाको कार्यपालिका सदस्यका लागि १६ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार दलित वा अल्पसंख्यक तर्फबाट निर्वाचित हुने दुई जनाका लागि ६ र ६ जना महिला सदस्यका लागि १० जनाले मनोनयन दर्ता गरेका हुन् ।
नेकपा एमालेका ८ जना, नेपाली कांग्रेसका ५ जना, नेकपा माओवादी केन्द्रका २ जना र नेकपा एकीकृत समाजबादीका १ जनाले मनोनय दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालले जानकारी दिएको छ । दलित वा अल्पसंख्यकतर्फ एमालेका भोजबहादुर थापा, सुनिता बोहोरा, सुवास बिक, कांग्रेसका मनकुमारी बिक, माओवादीका किसान विश्वकर्मा र नेकपा एकीकृत समाजबादीका कृष्णकुमार विश्वकर्माले मनोनयन दर्ता गराउनुभएको छ ।
महिलातर्फ एमालेकी जानका वि।क।, जानकी शर्मा, दुर्गाकुमारी शर्मा, नरु थजाली, निर्मला शर्मा सापकोटा, नेपाली कांग्रेसका निर्मला मल्ल, बबिता सापकोटा, सुजाता किसान, सृजना श्रेष्ठ र नेकपा माओवादी केन्द्रका मिनाकुमारी कार्कीले मनोनयन दर्ता गर्नुभएको छ।
बेनी नगरपालिकामा नेकपा एमालेका नगरप्रमुखसहित २३ जना, नेकपा माओवादी केन्द्रका उपप्रमुखसहित १५ जना र नेपाली कांग्रेसको १४ जना मतदाता छन् । बेनीको कार्यपालिका निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रले ८ जना मध्य एक सिट नेकपा एकीकृतलाई दिएर तालमेल गरेका छन् । गठबन्धनको पक्षमा २९ मत छ ।
सकियो बहिरङ्ग उपचार केन्द्रको प्रगति समीक्षा गोष्ठी
म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलवारदेखि सञ्चालित शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमअन्तर्गत बहिरङ्ग उपचार केन्द्रको प्रगति समीक्षासम्बन्धी गोष्ठी सकिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजना र युएसआईडीको सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक व्यवस्थापनमा समीक्षा गोष्ठी सञ्चालन गरिएको थियो ।
बहिरङ्ग उपचार केन्द्रबाट सञ्चालित कार्यक्रमबारे समग्र प्रगतिको विषयमा समीक्षा गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको थियो । उक्त गोष्ठीमा बहिरङ्ग उपचार केन्द्रहरुको प्रस्तुतीकरण, कडा, शीघ्र कुपोषित बालबालिकाहरुको उपचारमा आवश्यक ज्ञान सिपको पुनरावलोकन, समयमै कुपोषित बच्चाको व्यवस्थापन, वृद्धि अनुगमन, आरयुटिएफको आपूर्ति प्रणाली, बहिरङ्ग उपचार केन्द्र विस्तार, कार्यक्रम सञ्चालनका समस्या, असल अभ्यास, कुपोषणमुक्त समाज निर्माण र कार्ययोजना निर्माणको विषयमा सहजीकरण भएको थियो ।
दुई दिनसम्म चलेको गोष्ठीका विषयवस्तुमाथि स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साल, सुआहारा कार्यक्रमको केन्द्रीय कार्यालयका पोषण विज्ञ मनिशा श्रेष्ठ, बागलुङ म्याग्दीका वरिष्ठ कार्यक्रम अधिकृत राजेन्द्र अधिकारी र पोषण तथा स्वास्थ्य अधिकृत रामचन्द्र पन्थीले सहजीकरण गर्नुभएको थियो । गोष्ठीमा स्थानीय तहको स्वास्थ्य शाखा र बहिरङ्ग उपचार केन्द्रबाट गरी ३५ जनाले सहभागिता जनाएका थिए ।
तालिमको स्वास्थ्य कार्यालयका सिनियर अहेव सोमनाथ उपाध्यायले समापन गर्नुभएको थियो । म्याग्दी जिल्लामा रहेका स्वास्थ्यचौकीहरुमध्ये १४ ओटामा बहिरङ्ग उपचार केन्द्रहरुबाट कुपोषित बालबालिकाहरुको पहिचान गरी उपचार हुँदै आइरहेको छ ।
कार्यक्रम बनाएर आउनुहोस्, आवश्यक सहयोग गर्छौं-केसी
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले फरक क्षमता भएका व्यक्तिहरुको उत्थानका लागि आवश्यक सहयोग गर्ने बताउनुभएको छ । आज (बुधवार) बौद्धिक अपाङ्गता अभिभावक संघ म्याग्दीले बेनीमा आयोजना गरेको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
नगर प्रमुख केसीले बौद्धिक अपाङ्गता अभिभावक संघमार्फत फरक क्षमता भएका बालबालिका तथा व्यक्तिहरुलाई चाहिने आवश्यक सहयोगका लागि कार्यक्रम बनाएर आएमा सहयोग गरिने बताउनुभयो ।
उहाँले नगरपालिकामार्फत गर्नुपर्ने कामहरु धेरै भएकाले कतिपय काम गर्दागर्दै पनि छुट्ने हुँदा समय समयमा जनप्रतिनिधिलाई सम्झाइरहन पनि बौद्धिक अपाङ्गता अभिभावक संघलाई सुझाव दिनुभयो । अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण तथा व्यवस्थापनमा सघाइने उहाँको भनाइ छ ।
सोही कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले नगरपालिका आफैले बनाउने आवश्यक ऐन, कानुनहरु निर्माण, संशोधन र परिमार्जन गरेरै भए पनि नगरवासीलाई सहयोग गरिने बताउनुभयो । उहाँले नगरपालिकामा निर्वाचित जनप्रतिनिधिको टिम सबैको साझा भएकाले आवश्यक सहयोग तथा सल्लाह, सुझाव उपलब्ध गराउन आग्रह गर्दै अपाङ्गता भएका व्यक्तिहरुको सहजताका लागि उचित पहल गर्ने बताउनुभयो ।
बौद्धिक अपाङ्गता अभिभावक संघका प्रतिनिधिहरुले राज्यले फरक क्षमता भएका नागरिकहरुलाई विशेष सुविधाको व्यवस्था गरेको भए पनि त्यो कार्यान्वयनको सवालमा जटिल समस्या रहेकाले जनप्रतिनिधिको ध्यानाकर्षण गराएका थिए । उक्त कार्यक्रमको अवसरमा बौद्धिक अपाङ्गता अभिभावक संघले बेनी नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई मायाको चिनोस्वरुप डायरी वितरण गरेको थियो ।
कार्यक्रममा बेनी नगरपालिका–८, बेनीका वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य, सदस्यद्वय यामबहादुर बानियाँ र जानकी विश्वकर्मा विशेष उपस्थिति रहेको थियो । कार्यक्रम बौद्धिक अपाङ्गता अभिभावक संघका अध्यक्ष जमुना पौडेलको अध्यक्षता र सचिव कृष्णसिङ बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।
पत्रकार महासंघद्वारा नवनिर्वाचित नगर प्रमुख र उपप्रमुखलाई बधाइ ज्ञापन
नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजनामा आज (बुधवार) सदरमुकाम बेनीमा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाइज्ञापन कार्यक्रम सम्पन्न भएको छ । गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन–२०७९ बाट बेनी नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित नगर प्रमुख र उपप्रमुखलाई बधाई दिइएको हो ।
बधाइज्ञापनपछि पत्रकारसँगको अन्तत्र्रिmया कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख सुरत केसीले जिल्लामा सञ्चालित सञ्चारमाध्यमको विकास तथा पत्रकारको क्षमता अभिवृद्धिमा सहयोग गर्ने बताउनुभयो । उहाँले अहिले पनि स्थानीय तहबाट जिल्लाभन्दा बाहिर विज्ञापनमा ठूलो रकम बाहिरिने र जिल्लाभित्र सञ्चालित मिडियाले सानो रकम पाउने अवस्था रहेको बताउँदै यसलाई समाधान गरिने बताउनुभयो ।
बेनीबजारमा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा सुझाव सङ्कलन गरेर आवश्यक निर्णय लिइने नगर प्रमुख केसीले बताउनुभयो । उहाँले नगर क्षेत्रमा कार्यरत मजदुरहरुको खर्च कम गरी बचत गर्ने बानीको विकासका लागि श्रम कार्डको व्यवस्थासहित दैनिकभन्दा मासिक रुपमा ज्याला प्राप्त हुने व्यवस्थापनमा पहल गरिने बताउनुभयो । जेठ १५ गतेदेखि नै बेनी नगरपालिकाको सवै वडाको स्वास्थ्य संस्थामा ४५ वर्षभन्दा माथिको नागरिकका लागि नसर्ने रोगको परीक्षणसम्बन्धी शिविर सञ्चालन गर्ने तयारी थालिएको उहाँको भनाइ छ ।
सोही कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले पत्रकार तथा सञ्चारकर्मीले सकारात्मक सल्लाह, सुझाव तथा असल सल्लाहकारको भूमिका निभाउनुपर्ने बताउनुभयो ।
उहाँले बेनी नगरको समग्र विकासमा सबै पक्षबाट सहयोगको आवश्यकता रहेको बताउँदै नागरिकको समस्या समाधान गर्न प्राथमिकताका साथ काम गरिने बताउनुभयो । नगरपालिकाका धेरै वस्तीहरुमा आधारभूत आवश्यकताहरुको समेत परिपूर्ति नभएकाले त्यसलाई मध्यनजर गर्दै योजना निर्माण हुने र महिलाको क्षमता अभिवृद्धिका लागि आर्थिक सशक्तिकरणका कार्यक्रमहरु संचालन गरिने उपप्रमुख लामिछानेले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलले नगरपालिकामार्फत प्राप्त जग्गाको उपयोग गर्नका लागि आवश्यक सहयोग गरिदिन नगर प्रमुख र उपप्रमुखको ध्यानाकर्षण गराउनुभयो । उहाँले जिल्लामा सञ्चालित संचारमाध्यमहरुको सबलीकरणका लागि आवश्यक सहयोग तथा पत्रकारहरुको क्षमता अभिवृद्धिसहितका तालिम÷गोष्ठी संचालन गर्न र विज्ञापन वितरणलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको अवसरमा पत्रकार महासंघको तर्फदेखि पत्रकार तथा सञ्चारमाध्यमसम्बन्धी आवश्यक सुझावपत्र नगर प्रमुख केसी र उपप्रमुख लामिछानेलाई हस्तान्तरण गरिएको छ । कार्यक्रम पत्रकार महासंघका अध्यक्ष पौडेलको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गोतमको स्वागत र सचिव सन्तोष गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।
अन्नपूर्णका नवनिर्वाचित जनप्रतिनिधीहरुको सपथग्रहण
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुले बुधबार सपथग्रहण र पदवाहली गर्नुभएको छ । गाउँपालिकाका अध्यक्ष भारतप्रसाद पुनलाई बेनीमा मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो ।
अध्यक्ष पुनले उपाध्यक्ष दिवा तिलिजा पुन, आठ वटै वडाका अध्यक्ष र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको हो । सपथग्रहण लगत्तै अध्यक्ष र उपाध्यक्ष पुनद्धयले पोखरेबगर स्थित गाउँपालिकाको कार्यालयमा पदवाहली गर्नुभयो ।गाउँपालिका अध्यक्ष भरत पुनले गाउँपालिका भित्र विगतमा अलपत्र परेका योजनाहरुलाई नियमित सञ्चालन सहित अन्य गतिविधिहरुमा समेत नमुना बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
अन्नपूर्णको कार्यपालिका निर्वाचन जेठ १७ गते हुने निर्वाचन अधिकृत जानुका सुवेदीले बताउनुभयो । जेठ १४ गते कार्यपालिका सदस्यका उमेद्वारहरुको मनोनयन दर्ता र १७ गते मतदान हुने छ । अन्नपूर्णमा एमालेका अध्यक्ष उपाध्यक्ष र पाँच जना वडा अध्यक्ष सहित ३० जना मतदाता छन् । अन्नपूर्णको कार्यपालिका सदस्यको निर्वाचनमा ४२ जना मतदाता छन् ।
रघुगंगाको कार्यपालिका सदस्यमा १३ जनाको उम्मेदवारी दर्ता
म्याग्दीको रघुगंगा गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनका लागि १३ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ। गत बैशाख ३० गते भएको स्थानीय तह चुनावबाट निर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरु मतदाता रहेको निर्वाचनका लागि नेपाली कांग्रेसका ६ नेकपा एमालेका ६ र नेकपा माओवादी केन्द्रका एक जनाले मनोनय दर्ता गरेका हुन् ।
रघुगंगामा महिलातर्फ ४ र दलित वा अल्पसंख्यकबाट दुई जना कार्यपालिका सदस्य निर्वाचित हुदैछन् ।
महिला कार्यपालिका सदस्यका लागि नेकपा एमालेका आईती दर्जी, उमादेवी केसी, रसिला परियार जयन्ती मल्ल भण्डारी, कांग्रेसकी कुमारी पुर्जा गर्वुजा, धनमाया गोतामे, प्रिति गर्वुजा र सोमिता पुनले मनोनयन दर्ता गर्नुभएको छ ।
अल्पसंख्यक वा दलित कार्यपालिका सदस्यमा एमालेका कल्पना परियार, फुलकुमारी दमाई, कांग्रेसका रिमबहादुर बिक, सम्झना परियार र नेकपा माओवादी केन्द्रका होमबहादुर दर्जीले मनोनयन दर्ता गर्नुभएको छ । रघुगंगामा नेपाली कांग्रेसका अध्यक्ष, उपाध्यष र पाचँ जना वडाअध्यक्ष सहित २७ जना मतदातासहित बहुमतमा छ भने नेकपा एमालेको तीन वडाअध्यक्षहित १५ जना मतदाता छन् ।
कार्यकालिका सदस्यको हैसियत र तलवभत्ता सहितको सुविधा वडा अध्यक्ष सरह हुने भएकाले पनि पार्टीभित्र कार्यपालिकामा जान हानथाप हुने गरेको छ । कार्यापालिका बैठक बाहेक अनुगमन सहितका अन्य गतिविधिमा समेत सक्रिय हुन पाइने भएपनि वडाध्यक्ष सरह कामको बोझ समेत हुने भएकाले चुनावमा सक्रिय भएको आधारमा समेत सदस्यमा जाने नेताहरूलाई लविङ गरेको देखिन्छ ।