के तपाईंलाई चुरोट, खैनी वा गुट्खाको लत छ ? के तपाईं यी कूलतलाई छोड्न चाहानुहुन्छ ? यदि यस्तो हो भने तपाईंलाई टोबाको कुइटलाइन सहयोगी हुनसक्छ ।  सूर्तिजन्य पदार्थको नियमित सेवनका कारया कयौं मानिस क्यान्सरको जोखिममा परिरहेको बेला नेपाल अर्बुद रोग निवारण संस्थाले भतmपुर क्यान्सर अस्पतालमा टोबाको कुइटलाइनको सुरुवात गरेको छ। अस्पतालमा कार्यरत रोजी ब्लोनले टोबाको कुइट लाइनबाट यस्तो लतबाट छुटकारा पाउने निशूल्क परार्मश सेवा दिने गरेको बताइन् । परामर्शमार्फत लत निश्चित समय भित्र छुटाउन आफुले सक्दो प्रयास गर्ने गरेको उनको भनाइ छ ।

टोबाको कुइट लाइन भन्नाले सूर्तिजन्य पदार्थको सेवन गर्ने मानिसलाई त्यो लतबाट छुटाउन दिने परामश हो । सुर्तिचुरोट भनेको क्यान्सर गराउने पदार्थको मिश्रण भएकोले यो लत छोड्नु अति आवश्यक भएकाले यो सेवा सुरु गरिएको हो । भक्तपुर क्यान्सर अस्पतालमा उपचारका लागि आउने अधिकाशं मानिस यस्ता पदार्थको सेवनबाट नै क्यान्सरको शिकार भएको देखेपछि ब्लोनले अस्पतालको सहयोगमा यो सेवा सुरु गरेको बताइन् ।  उनले निःशुल्क परामर्शका लागी टोबाको कुइट लाइन ५२०१२०० बाट यो सेवा दिइरहेकी छन् ।

यतिमात्र होइन उनले क्यान्सर रोगबाट ग्रसित मानिस वा क्यान्सरका बारेमा निशुल्क परामर्श लिन चाहने जोकोईले पनि क्यान्सर हेल्प लाइन ५२०२६६६ बाट परामर्श लिन सक्ने ब्यवस्था गरेको जानकारी दिइन् । रोटरी क्लब बागमतिको सहयोगमा टोबाको कुइटलाइन सुरु गरिएको हो । ‘यो सेवामा दैनिकजसो ९–१० ओटा फोन आउने गरेको छ ।’ उनले भनिन् ‘पहिलादेखि नै यो सेवा लिएर चुरोट सुर्तिको लत छुटाएकाहरु पनि फलो अपका लागी आउने गरेका छन् ।’ आफ्नो परामर्शका कारण सुर्तिजन्य पदार्थ छोडेको देख्दा खुसिका साथै कसैको जीवनमा परिवर्तन ल्याउन सकेको महशुष हुँदा  रमाइलो लाग्ने उनले अनुभव सुनाइन्  Source: https://www.hamrodoctornews.com