गर्मी बढेसँगै चिसो पिउने मानिसको संख्या पनि क्रमशः बढ्दै जान्छ । दहीमा चिनी र आइस राखेर बनाइएको सम्मिश्रणयुक्त पेय धेरैको रोजाइमा पर्दछ । अझ यसलाई विशेष बनाउन मन लागे आँप केरा मिलाएर मिक्सचरमा ग्राइन्ड गर्न सकिन्छ ।

बनाउने तरिका –

गर्मीमा आँप सिधै धेरै खाँदा गर्मी गड्न सक्छ तर दहीमा मिसाएर लस्सी बनाएर खाँदा गर्मी कम हुनको साथै फाइदा पनि हुन्छ । लस्सी बनाउन आवश्यकता अनुसार आँप, ताजा दही, शख्खर अथवा चिनी चाहिन्छ। सबैभन्दा पहिला आँपको बोक्रा फालि आँपलाई मसिनो टुक्रामा काटने । त्यसपछि आँपलाई मिक्सरमा राखी आवश्यकता अनुसार दही, शख्खर वा चिनी राखेर फिट्ने अत्तमा एउटा गिलाँसमा सो पेय राखेर माथी केहि काजु तथा पेस्ताका टुक्रा राख्ने । त्यसपछि लसी पिउनका लागि तयार हुन्छ ।

Leave a Reply