जलजला गाउँपालिका ५ डाडाँकटेरी गाउँको चिनारी म्युजिक भिडियो छायाँकन गरिएको छ । युगौदेखि चलिआएको रितिरिवाज संस्कृतिलाई समेटीएको ‘रमाईलो डाडाँकटेरी गाउँ’ बोलको गितमा छायाकन गरिएको स्थानिय कलाकार नारायण पुनले जानकारी दिए ।  रमाईलो एवम् सुन्दर गाउँको नामले परिचित डाँडाकटेरी गाउँमा मगर समुदायको बस्ती भएकोले मगरहरुको संस्कृति झल्कने र पर्यटकिय स्थलहरुलाई गितमा समेटिएको छ ।

नारायण पुनको शव्द,संगीतकार तथा सङ्गीत सयोजन जि पुन जि  र गायिका रजनी रिदम राईको स्वर रहेको उक्त गितमा स्थानिय कलाकार कल्पना मगर र अशुं गर्वुजा पुन लगायतका कलाकारले नृत्य गरेका छन् ।

दिका गुरुङ्गको निर्देशनमा छायाकन भएको भिडियोको कोरियोग्राफर सन गुरुङ्गले गरेका छन । जलजला गाउँपालिको पर्यटकिय स्थलको रुपमा चिनिएको डाडाँकटेरी गाउँलाई यस गितले अझै माथि पु¥याउने आशा गरिएको छ । भिडियोको मिक्सीङ्गको काम भैरहेको छ केही दिनमै सार्वजनिक गरिने नारायण पुनले बताए । गीतबाट स्थानीय संस्कृति र भेषभुषाको पहिचान झल्कने र पर्या पर्यटनमा समेत फाइदा पुग्ने नेपाली काँग्रेस जलजलाका युवा नेता जीतबहादुर पुन (मगर कान्छा)ले जानकारी दिए ।

Leave a Reply