नेपाली टेलिभिजन इतिहासमा सर्वाधिक लोकप्रिय र सफल इन्टरनेशनल फ्रान्चाइज सिङ्गिङ रियालिटी शो नेपाल आइडलको तेस्रो संस्करणमा नेशन पुन उत्कृष्ट प्रस्तुती र सर्वाधिक भोटसँगै टप ५ मा छनौट भएका छन् ।

सोलो पप गायक धमेन्द्र सेवाङसँग ‘हेर्दा राम्रो माछापुच्छ्रे, मारी राम्रो माछा’ गीतमा दमदार प्रस्तुती देखाएका छन् । लामो समयसम्म चर्चामा शिखरमा रहेको गीतमा नेशनको प्रस्तुतीलाई जजहरू न्ह्यू वज्राचार्य, इन्द्रिरा जोशी र कालिप्रसाद बास्कोटाले मात्रै समर्थन गरेनन् दर्शकबाट समेत उत्तिकै सर्मथन पाए ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, चित्रेका मगर बिहिबार टप ६ मा सुरक्षित भएका थिए ।नेपाल आइडलका होस्ट आसिफ शाहले आफ्नो चेलाको रुपमा सम्बोधन गर्ने गरेका नेशनलाई अर्की होस्ट माम्पी घोषको समर्थले समेत नेशनलाई थप हौसला मिलेको थियो ।

आइडलको सुरुवात देखिनै एकपछि अर्को बेजोड प्रस्तुतीले लोकप्रिय बन्दै गएका पुन मगरले हिमाल,पहाड र तराईलाई जोड्ने कला र संस्कृति जोडेर गीतलाई स्थान दिएका छन् । नेशन पुन जिताउ अभियानका संयोजक नारायण पुनले प्रस्तुतीले समेत भोटिङ अपिललाई सजिलो भएको बताए । उनले उत्कृष्ट ५ मा उक्लिनुले विजेताको सम्भावनालाई थप नजिक पु¥याएको बताए ।

उनले स्वदेश तथा विदेशबाट सहयोग सहित भोटिङ भइरहेको बताए । संगीतको बृहत् रियालिटी सो ‘नेपाल आइडल’मा म्याग्देलीलाई जिताउन सबैलाई भोटिङ अभियानमा सहयोग गर्न अपिल समेत गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेशनको पक्षमा भोट अपिल गर्नेको जमात विस्तारै बाक्लिदै छ । नेशनका बुुबा म्याग्दीका विभिन्न सडकमा सर्वाजिक यातायातको चालकको रुपमा चिनिएका थिए ।

Leave a Reply