---Advertisement---

म्याग्दी जलजला परिवार अष्ट्रेलियाको नयाँ कार्यसमिति, अध्यक्षमा किशान पुन मगर

On: October 22, 2026 6:49 PM
Follow Us:


अष्ट्रेलियामा हालै सम्पन्न भएको जलजला परिवार अष्टेलियाको सातौँ वार्षिक साधारणसभाबाट धवलागिरी गाउँपालिका–७,धारापानीका किशान पुन मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

अष्ट्रेलियामा खेलकुद क्षेत्रमा फरक पहिचानसँगै सांस्कृति तथा सामाजिक कार्यमा सक्रिय रहेको समाजको २५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्ष सुरज भण्डारी,प्रथम उपाध्यक्ष विज्ञान जुग्जाली,द्वितीय उपाध्यक्ष नवीन भण्डारी,महासचिव खगेन्द्र मल्ल,सचिव रेन्कु थापा,सह–सचिवः प्रताप थापा,कोषाध्यक्ष वीरेन्द्र जंग थापा,सह–कोषाध्यक्ष विकल थापा रहनुभएको छ ।


कार्यसमिति सदस्यहरूमा महेन्द्र जुग्जाली,प्रेम पुन,बिन्दु पुन,पवित्रा रोका,निलेन्द्र गौचन,अश्विन खत्री,याङ्गिन भण्डारी,उमेश मल्ल,गीता जुग्जाली,प्रशान्त गुरुङ,अंकित मइकुते,चित्र पुन,गोपाल शर्मा,सुप्रिया कुमाई, किशान भण्डारी र ललित पुर्जा रहनुभएको जलजला परिवार अष्टेलियाले जनाएको छ । साधारणसभामा निर्वतमान अध्यक्ष दिपेन्द्र भण्डारीले आफ्नो कार्यकालमा रचनात्मक सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।


नवनिर्वाचित अध्यक्ष पुन मगरले समुदाय, संस्कृति र आपसी सम्बन्धलाई मूल आधार बनाएर अघि बढिरहेको संस्थाले अष्ट्रेलियामा म्याग्दीको पहिचान, भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्दै म्याग्देली समुदायबीच एकता र सहकार्य अभिवृद्धि गर्ने लक्ष्यमा सफलता प्राप्त गरिरहेको बताउनुभयो । आगामी दिनमा खेलकुदसहित सामाजिक कार्यमा समेत निरन्तर सक्रिय रहने बताउँदै अध्यक्ष पुन मगरले साधारणसभा भब्य बनाउने सबैलाई धन्यवाद दिनुभयो ।

Leave a Comment