भारतीय सेनाबाट सेवा निबृत्त भएपछि नेपाली गित संगितमा लागि रहनुभएको छ म्याग्दीको मंगला गाउँपालिका–२ सल्यानका ध्रुव जिसी । २०३७ सालमा सल्यानमा जन्मिनु भएका जिसी सन १९९६ जनावरी ५ मा भारतीय सेनामा भर्ती हुनुभएको थियो ।

उहाँ सन २०१४ मा भारतीय सेनाबाट सेवा निबृत्त भएपछि अहिले गित संगितको क्षेत्रमा लाग्नु भएको छ ।भारतीय सेनाबाट निबृत्त भएपछि लोभै लाउने जिउ बोलको गितमा स्वर दिनु भएको जिसीले स्वर दिएका १० वटा गितहरुले राम्रो बजार पाएका छन् ।

युट्युवमा पनि राम्रै भ्यू पाएको उहाँको गितहरु प्राय ग्रामिण कथावस्तु समेटिएका हुन्छन् । लोभै लाउने जिउ, सुनसान बनैमा, सनाई रोलाकी, तिमि सँग बसेको दिल, जस्ता झ्याउरे तथा पञ्चे बाजाका गितहरु मेला महोत्सवहरुमा निकै माग हुने गित हुन् ।

त्यस्तै सालैजो भाखामा बिहानी पख बोलको गित समेत धौलागिरी क्षेत्रमा चर्चा राम्रै बटुल्यो । त्यसैगरी उहाँका अन्य गितहरु मायाँ मायाँ, दुरी टाढा भो, औंली औंठामा, पानफुले बाई जस्ता गितहरु बजारमा आएका छन् । उहाँ गित मात्र नभएर अभिनयमा पनि राम्रो दख्खल राख्नु हुन्छ ।

उहाँले अभिनय गरेका गितहरु जे भनेनि सहने बानी, आउन मायाँ यतै, ऐना सरी, लाहुरेको जिन्दगी, सिक्रि किन्देउ बुढा, दुरी टाढाभोलगायत १० वटा गितको म्युजिक भिडियो रहेको छ ।

जिसिले हाल सम्म हाइ भन जवानी फर्कन्छ, मायाँ मायाँ, स्कुले मायाँ र लाहुरेको जिन्दगी गितको म्युजिक भिडियोमा निर्देशन समेत गर्नुभएको छ । मेला महोत्सवहरुमा राम्रो प्रभाव छाड्न सफल जिसीले सुन्दरादेबी सन्देश म्युजिक अवार्ड–२०७६ र म्युजिक खबर म्युजिक अवार्ड–२०७५ हात पार्नुभएको छ ।

Leave a Reply