बेनी अस्पतालमा उपचारका लागि आएका २ जनामा बिरामीमा कोरोना पुष्टि भएको छ । कोरोना संक्रमणको लक्षण सहित असोज २६ गते अस्पतालको ओपिडी सेवामा उपचारका लागि पुगेका पर्वतको जलजला गाउँपालिका-३ का ४९ बर्षिय पुरुष र रघुगंगा गाउँपालिका-५ रघुगंगा हाइड्रोपावर लिमिटेडमा कार्यरत ४३ बर्षिया पुरुष रहेको बेनी अस्पतालले जनाएको छ ।

संक्रमति मध्ये जलजला–३ स्थायी घर भएका पुरुष कन्ट्रयाक्ट ट्रेसिङमा परेका थिए । उनी बेनीको एक सहकारीका प्रबन्धक भएपनि विगत १० दिनदेखि होम क्वारेन्टाइनमा रहेका छन् भने हाइड्रोपावरमा कार्यरत पुरुष हाइड्रोपावरको क्वारेन्टाइनमा बसेका थिए ।

म्याग्दीमा समेत पछिल्लो समय कोरोनाको लक्षणको आशंकामा उपचारका लागि आउने क्रम अति आवश्यकता परेमा मात्रै अस्पतालमा उपचारमा लागि आउन चिकित्सकलले अपिल गरेका छन् ।

‘लक्षण देखिएपछि उपचारका लागि आएका स्बाब दिएर होम क्वारेन्टाइनमा बसका थिए,‘संक्रमतिको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ’ अध्यक्ष बेलबहादुर कटुवालले भने ।

बेनी अस्पतालमा पहिलोपटक ओपडीमा उपचारका लागि आएका बिरामीका कोरोना पुष्टी भएपनि सेवा निरन्तर सञ्चालन हुने जनाइएको छ ।

यता स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले दुवै संक्रमति अस्पतालमा उपचारका लागि पुगेपनि अझैपनि समुदाय कोरोनाबाट सुरक्षित रहेको बताए ।

उनका अनुसार म्याग्दीबाट पोखरा, काठमाण्डौ, चितवनमा समेत उपचारका लागि गएको अवस्थामा कोरोना पुष्टी भएपनि समुदायमा कोरोना अहिलेसम्म नदेखिएकाले थप सतर्कता अपनाउन आवश्यक रहेको बताए ।

पछिल्लो समय कोरोना समुदायस्तरमा फैलिएको काठमाण्डौ र तराईका जिल्लाबाट समेत समुदायस्तरमै आउने क्रम बढेपछि कोरोनाको संक्रमणको जोखिम ह्वात्तै बढेको पछि होम क्वारेन्टाइनको कार्यान्वयनलाई प्रभावकारी बनाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Leave a Reply