पर्वतको जलजला गाउँपालिकाले आफ्ना नागरिकमा कोरोना देखिएमा १० हजार रुपैयाँसम्म आर्थिक सहयोग गर्ने भएको छ । कोरोना संक्रमितको उपचारमा थोरै भएपनि राहत स्वरूप १० हजार रुपैयाँसम्म सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख यामबहादुर मल्ल (रामकृष्ण)ले बताए । गम्भीर अवस्थाका संक्रमितलाई अस्पतालसम्म लैजाने व्यवस्था गर्न रकम उपलब्ध गराउने भएको हो ।

पालिकाका संक्रमित गम्भीर अवस्थामा पुगेर अस्पताल लैजानु परेमा यातायातको खर्चसम्म भए पनि बेहोर्नका लागि यो निर्णय गरिएको प्रमुख मल्लको भनाई छ ।

जलजलाले कोरोना न्यूनीकरण र रोकथाम गर्नका लागि पालिकामा क्वारेन्टाइन र अस्थायी कोरोना अस्पताल निर्माण पनि गर्ने भएको छ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जलजला गाउँपालिकाले पालिका भित्रका सबै वडाहरूमा पुगेर समुदाय स्तरमा कोरोना परीक्षण गर्न थालेको छ ।

Leave a Reply