बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतमा ६८ वर्षीय वृद्ध पुरुष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार जिल्लाको फलेवास नगरपालिका–९ भँगरास्थित ओख्रेनीका बल बहादुर पौडेल क्षेत्री पक्राउ परेका हुन् ।
गत जेठ ७ गते दिउसो क्षेत्रीले १४ बर्षीया बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्दै बालिकाकी आमाले प्रहरी चौकी भँगरामा उजुरी गरेकी थिइन् । जेठ ९ गते दर्ता भएको उजुरीको आधारमा प्रहरी चौकी भँगरा र जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले क्षेत्रीलाई नियन्त्रणमा लिएको हो । अभियुक्तमाथि कानुन बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पटेलले बताए ।















