मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङ माथिको प्याङ भन्ने उच्चलेंकको ओढारमा शंकास्पद वस्तु पड्किएर म्याग्दीका चार यूवा घाईते भएका छन् ।

मंगलबार बेलुका करिब ५ बजेतिर जिम्बु खोज्न जाने क्रममा शंकास्पद वस्तु खोल्ने क्रममा अचानक पड्किएर म्याग्दीको मालिका गाउँपालिका –३ का २२ वर्षीय रेश रोक्कामगर, १९ वर्षीय टिका बुढामगर,२५ वर्षीय तेजेन्द्र रोकामगर र २५ वर्षीय दिलिप रोकामगर घाइते भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । ‘घाईतेको थप उपचारका लागि पोखरा रिफर गरिएको छ,‘घटनाको अनुसन्धान भइरहेको छ’ मुस्ताङका प्रजिअ नेत्रप्रसाद शर्माले भन्नुभयो । जिम्बु टिप्न गएका युवाहरु अचानक घाइते भएर जोमसोम अस्पतालमा ल्याइएको थियो ।

घाइतेहरुको थप उपचार गर्न म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले गाडीको समन्वय गरेको थियो । घाइतेहरुको बाटो खर्चका लागि वारागुङ मुक्तिक्षेत्रले नगद २० हजार रुपैयाँ आर्थिक सहयोग समेत गरेको छ । घटनाका बारेमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजिन नाम्गेल गुरुङ र सुरक्षाकर्मीको टोली अस्पताल पुगेको थियो । घाइते भएकामध्ये सुरेश मगरको दुबैतर्फको हातको औलामा क्षति पुगेको छ। उनको बायाँतर्फको हातको ३ वटा औंला समेत नरहेको अस्पतालले जनाएको छ । रेश रोकाागमरको दुबै खुट्टाको घुँडाको तलको भाग जलेको छ ।

यस्तै,टिका बुढामगरको गर्दन र बायाँ खुट्टा जलेको छ भने दिलिप रोक्कामगरको अनुहारदेखि तलसम्मको भाग जलेको अस्पतालका डाक्टर कुन्दन कर्णले जानकारी दिए । यता,जिल्ला प्रहरी कार्यालय मुस्ताङले बुधबार बिहानै ईलाका प्रहरी कार्यालय छुसाङमा कार्यरत प्रहरी ईञ्चार्ज प्रहरी नायव निरीक्षक पदम् राना नेतृत्वको टोली थप अनुसन्धानका लागि घटनास्थलतर्फ प्रस्थान गरेको जनाएको छ । अचानक पड्किएको पर्दाथ विष्फोटक समेत हुन सक्ने र थप भेटिने सम्भावना रहेकाले प्रहरीको अनुसन्धान टोली गएको जनाइएको छ । मुस्ताङका पत्रकार सुन्दर थकालीको सहयोगमा

Leave a Reply