गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा  १ अर्ब ५ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.३५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७५ करोड २ लाख रुपैयाँ रहेको छ। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१.६७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ९.५० प्रतिशत घटेको छ। बैंकको कुल सञ्चालन आम्दानी १५.४४ प्रतिशत र सञ्चालन मुनाफा २५.६८ प्रतिशत बढेको छ।

नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३२ पैसा बढेर २३ रुपैयाँ ७ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.७८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ५७ पैसा रहेको छ। यस अवधिमा बैंकको चुक्ता पूँजी २४.५९ प्रतिशत बढेको छ भने जगेडा कोष २२.०६ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ७.०५ प्रतिशत बढेको छ भने कर्जा १२.८४ प्रतिशत बढेको छ।

Leave a Reply