---Advertisement---

प्राइम कमर्सियल बैंक बेनीले एटीएम सेवा सञ्चालनमा

On: August 9, 2026 4:46 PM
Follow Us:

प्राइम कमर्सियल बैंक बेनी शाखाले ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै अझ सरल, सहज र प्रभावकारी बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले एटीएम सेवा सञ्चालनमा ल्याएको छ । न्यूरोडस्थित शाखाको भुईतलामा रहेको एटिएम सेवाबाट निकट भविस्यमा पैसा जम्मा गर्न मिल्ने सेवा समेत थप गरिने प्रबन्धक मुरारी रिजालले बताए ।


एटीएम सेवा सञ्चालनमा आएसँगै बैंकका ग्राहकहरूले बैंकिङ समयबाहेक पनि आवश्यकताअनुसार नगद झिक्न तथा अन्य उपलब्ध एटीएमसम्बन्धी सेवा सहज रूपमा प्रयोग गर्न सकिने प्रबन्धक रिजालको भनाई छ । बैंकले सामाजिक सुरक्षा भत्ता वडास्तरमै तथा वित्तिय साक्षरता कार्यक्रम समेत सञ्चालन गर्ने गरेको छ ।

प्रविधिमैत्री तथा ग्राहककेन्द्रित सेवामार्फत बैंकिङ कारोबारलाई थप सहज र प्रभावकारी बनाउने सेवाहरुलाई समेत प्राथमिकतामा राखेर थप गर्ने बैंकको योजना छ । पछिल्लो समयर्म दैनिक बैंकिङ कारोबारमा मोबाइल बैंकिङ प्रयोग गर्नेको संख्या धेरै भएकाले एटीएम सेवाको प्रयोगकर्ता घटेपनि अझै प्रयोगकर्ताको भने रुची रहेको बैंकले जनाएको छ ।

Leave a Comment