---Advertisement---

म्याग्दीका अनीस पौडेल न्युजिल्यान्डको टि पुके बाट काउन्सिलरका उमेद्वार

On: August 16, 2022 6:14 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौर घर भएका अनीस पौडेल न्युजिल्यान्ड टि पुकेबाट काउन्सिलर पदको उम्मेदवार बनेका छन् । युवा व्यवसायी, समाजसेवी तथा बैङ्कर पौडेल आउंदो सेप्टेम्बर 16 देखी 8 अक्टोबर मा हुने न्युजिल्यान्डको स्थानीय निर्वाचनमा काउन्सिलर पदका उम्मेदवार भएका हुन्।

स्वतन्त्रका तर्फबाट बे अफ प्रेन्टी अन्तर्गत टि पुके वार्डको काउन्सिलर पदमा उम्मेदवारी दिएका पौडेल अहिले चुनावी प्रचार प्रसार अभियानमा व्यस्त छन् । उनको क्षेत्रमा करिब ५१ हजार मतदाता छन् । जसमा ६०% भोटर को उमेर १५ -६४ को छन् भने १०% भोटर एसीयनहरु छन्। र पौडेल भन्छन मेरो जित्ने आधार पनी यही हो।

म काउन्सिलमा उमेर विविधता, जातीय विविधता र सांस्कृतिक विविधताको प्रतिनिधित्व गर्न खोज्दैछु। युवा को र एसीयनहरु को साथ धेरै भयकोले मेरो जित सुनिश्चित रहेको बताउनुहुन्छ। न्युजिल्यान्ड टि पुकेमा नेपाली जनसंख्या तथा व्यवसाय बढ्दै गएपछि नेपाली तथा स्थानीयको आवाज काउन्सिल च्याम्बरसम्म पुरयाउने आफ्नो मुख्य ‘एजेन्डा’ रहेको उनले बताए । न्युजिल्यान्डको स्थानीय सरकारमा नेपालीको आवाज आओस् भन्ने उद्देश्यले उम्मेदवारी दिएको पौडेल बताउंछन् ।

चुनावी अभियानमा पौडेल उनले आफूलाई मत दिन र आफ्नो चुनावी अभियानमा सघाउन पनि अपिल गरेका छन् । व्यक्तिगत स्वतन्त्रता, फ्रि इन्टरप्राइज (व्यापार स्वतन्त्रता) र प्रोटेक्सजन टु रिकग्जनाइज ट्रेडिसन सिद्धान्त रहेको जनाउंदै पौडेल हरेक मतदातालाई ति सिद्धान्तको प्रत्याभूति दिलाउन पहल गर्ने बताए ।

हरेक व्यक्ति आफ्नो जीवनको मालिक हो दास होइन्’- पौडेलले भने । टिपुकेमा मन्दिर, गुम्बा, मस्जिद, चर्च आदि बनाउन पनि स्थानीय सरकारको महत्वपूर्ण भूमिका र जनताका हक-हित र कल्याण प्रमुख नीति भएकाले पनि पौडेलले मत दिन अपिल गरे । असहाय र निमुखा जनतालाई सहयोग गर्ने पनि मुख्य नीति छ । लामो समय देखी न्युजिल्यान्ड बसेका पौडेल को बुवा कीभी फ्रुट व्यवसायमा आवद्ध छन् भने पौडेल वेष्ट प्याक बैङ्क मा आबद्ध हुनुहुन्छ, साथै NZ को लागि शान्ति को youngest न्यायाधीश को रूप मा स्थानीय समुदायहरु संग संलग्न हुनुहुन्छ।