---Advertisement---

आठौँ पश्चिम म्याग्दी कप सेभेन ए साइड फुटबल आयोजकको पोल्टामा

On: October 28, 2026 8:24 PM
Follow Us:

पश्चिम म्याग्दीको दरबाङमा ‘आठौँ पश्चिम म्याग्दी कप–२०८३’ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजक टोलीले जितेको छ । पश्चिम म्याग्दी दरबाङ युथ क्लबको आयोजनामा मालिका गाउँपालिका–६, दरबाङमा बुधबार सम्पन्न प्रतियोगितामा आयोजकको ‘ए’ टोलीले आयोजकको ‘बी’ समुहलाई २–० ले पराजित गरेको हो ।

प्रतियोगिताको पहिलो हापमा समुह बी ले निकै उत्कृष्ट खेल प्रर्दशन गरेपनि दोस्रो हाफमा भने आठौँ पश्चिम म्याग्दी कपको उपाधि आयोजक ‘ए’ ले लगातार दुई गोल गरेको थियो । प्रतियोगितमा विजेता र उपविजेताले क्रमश एक लाख ११ हजार १११ रुपैयाँ र ७७ हजार ७७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रतियोगिताका बिजेता, उपविजेतालाई प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट डिफेन्डर किरण थापा,गोल रक्षक साजन किसान,सर्वाधिक गोलकर्ता बिपुल कार्की, उत्कृष्ट खेलाडी विश्वास पुन, मिडफिल्डर निराजन खड्का र अनुशासित टिम म्याग्दी युथ क्लव पोखराले प्राप्त गरेको छ ।

विधागत विजेतालाई नगद ३ हजार र अनुशासित टिमलाई ११ हजार पुरस्कार वडा अध्यक्ष पथबहादुर रोकाले वितरण गर्नुभएको थियो। गत शनिबारदेखि सुरु भएको प्रतियोगितामा २५ टोली सहभागी भएका थिए। प्रतियोगितामा सेमिफाइनल पुगेका चार मध्ये सेमिफाइनलबाट बाहिरिने दुई टिमलाई ११ हजार नगद पुरस्कारको व्यवस्था गरिएको थियो ।

प्रतियोगिताको क्वार्टर फाइनलदेखि प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द म्याच’ बापत एक हजार रुपियाँ प्रदान गरिएको क्लवका सचिब बिमल शर्माले बताउनुभयो । प्रतियोगितामा प्याब्सन म्याग्दीका अध्यक्ष हिरा पुनसहित स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रतियोगिताको पुरस्कार वितरणमा जिल्ला भित्र विभिन्न खेल विधामा उत्कृष्ट हुने खेलाडीलाई आवश्यक प्रशिक्षण सहितका रचनात्मक कार्यमा सहयोग भइरहेको प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रेष्ठले बताउनुभएको थियो । प्रतियोगिताको समापन कार्यक्रममा क्लवका अध्यक्ष नगेन्द्र मल्लले पश्चिम म्याग्दीको फुटबल बिरासतलाई जोगाउन क्लवले निरन्तर प्रतियोगितासहित विभिन्न खेलमा सहभागि गराउने गरेको बताउनुभयो ।

Leave a Comment