---Advertisement---

पर्वत बेनीबाट बेपत्ता कलाम बक्स मिर्मी ड्याममा मृत फेला

On: October 28, 2026 8:50 PM
Follow Us:

पर्वतको जलजला गाउँपालिका–३, पर्वतका कलाम बक्स बेपत्ता भएको आठ दिनपछि स्याङ्जाको मिर्मी ड्याममा मृत अवस्थामा फेला परेका छन् । घर नजिकबाट गत कात्तिक ३ गते बेपत्ता भएका कलामको खोजीकार्यको क्रममा मिर्मीमा शब भेटिएको स्थानीय यूवा समिर खानले बेनीअनलाइनलाई बताए ।


उक्त दिन बिहान करिब ४ बर्ष घर नजिकैबाट कालिगण्डकीतर्फ जादै गरेको अवस्थामा एक स्थानीयले देखेपछि कालिगण्डकी नदीमा खोजीकार्य गरिएको थियो । मृतकको एक सन्तान, श्रीमति रहेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मिर्मी ड्याममा मृत अवस्थामा भेटिएको जानकारीपछि आफन्तले घरतर्फ ल्याउदैछन् । मृतक कलामको मुस्मिल समुदायको धार्मिक विधि अनुसार अन्तेष्टी गरिने छ ।

Leave a Comment