---Advertisement---

भलिबल कभर्डहल जग्गा खरिदका लागि मोना अष्ट्रेलियाको संयोजनमा अभियान शुरु

On: May 2, 2026 4:14 PM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीमा सुविधासम्पन्न भलिबल कभर्डहल निर्माण लागि म्याग्दी प्रवासी नेपाली संघ मोना अष्टे««लियाले साथ दिएको छ ।

भलिबलको प्रशिक्षण तथा खेल कर्भड हलमा सञ्चालन गर्ने उद्देश्यले जिल्ला भलिबल संघ म्याग्दीको जग्गा खरिद र कभर्डहल निर्माणका लागि सञ्चालन गरेको अभियानमा मोना अष्टेलियाले आर्थिक सहयोग अभियान सुरु गरेको महासचिव बाबुराम पौडेलले बताए । अष्टेलियामा रहेका म्याग्देलीको साझा संस्थामा मोनाले जिल्लामा रहेका भलिबलका प्रतिभाको पहिचान, नियमित अभ्यास तथा प्रतियोगिताका लागि कर्भडहल निर्माणको अभियानलाई सफल बनाउन समेत अनुरोध गरेको छ ।


मोना अष्टे««लियाका अध्यक्ष सुसन श्रेष्ठले राष्ट्रिय महिला भलिबल टोलीकी क्याप्टेन अरुणा शाही, कमला पुन सहित राष्ट्रिय तथा क्षेत्रीयस्तरका खेलाडी उत्पादन गरेको म्याग्दीमा अबका दिनमा खुल्ला आकाशबाट कभर्डहलमा लैजाने अभियानलाई सक्ने सहयोग गर्ने बताए ।

मोना अष्टेलियाले प्रतियोगितामार्फत नेपालबाट भलिबल खेलाडीलाई समेत अष्टेलिया लैजाने तथा त्यहाँ रहेका म्याग्देली आवद्ध रहेको क्लवमार्फत भलिबलमा बचस्व कायम भएको अवस्थामा जन्मभूमिमा सञ्चालित अभियानलाई सफल बनाउन सुरु गरेको प्रयासबाट उत्साहित भएको म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताए ।


बेनी नगरपालिका–७ बौद्ध विहार नजिकै दुई रोपनी ८ आना क्षेत्रफलमा फैलिएको जग्गा एक करोड ४२ लाख ५० हजारमाजग्गा खरिद गर्ने योजना रहेकोमा हालसम्म विभिन्न क्षेत्रबाट सहयोग भइरहेको अध्यक्ष बानियाँको भनाई छ । पहिलो चरणमा जग्गा खरिद गरेपछि दोस्रो चरणमा कभर्डहल निर्माण सुरु गरिनेछ ।

कभर्डहलमा एक हजार जना दर्शक क्षमता भएको भलिबल कोर्ट, जिमहल, कपडा फेर्ने कोठा, अफिसियल बैठककक्ष,चमेनागृह, प्यारापिट, विद्युत्, ध्वनि उपकरण, एसी, शौचालय, सयनकक्ष, एलसिडी बोर्ड, भण्डारण, जेनेरेटर सहित अन्य इन्डोर खेल विधालाई समेत स्थान दिइने छ । कभर्डहल बनाउन चार वर्षमा कुल साढे ३ करोड लागत लाग्ने अनुमान गरिएको छ ।

Leave a Comment