---Advertisement---

रास्वपा पात्लेखेतको वडा सभापतिमा पाइजा

On: May 2, 2026 4:34 PM
Follow Us:

राष्ट्रिय स्वतन्त्र पार्टीले बेनी नगरपालिका वडा नं. १० को प्रथम वडा भेलाबाट भबिन्द्र पाइजाको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार वडामा आयोजित भेलाबाट उप–सभापतिमा निर्मला बरुवाल केसी,सचिव अर्जुन पुन, सदस्यहरू कृष्ण पौडेल , नन्द कुमारी बिक, डेक बहादुर पुन, तेजेन्द्र मल्ल, मन बहादुर पुर्जा र ईन्द्र पाईजा रहनुभएको जिल्ला सभापति यूवराज रोकाले बताए ।


वडास्तरीय भेलाबाट गठित समितिले वडामा हुने गतिविधिमा सक्रिय सहभागि भएर जनताको मन जित्नुपर्ने सभापति रोकाको भनाई छ । वडा अधिवेशनको अवसरमा रचनात्मक कार्यसँगै विकास निर्माण, बेतिथि बिरुद्ध निगरानीसँगै सदस्यता विस्तारका कार्यहरुमार्फत संगठन बलियो बनाउने वा सभापति पाइजाको प्रतिबद्धता रहेको छ । रास्वपाको सिद्धान्तलाई आत्मसाथ गर्नेलाई समेट्दै जाने बताए ।

वडा अधिवेशनमा मंगला गाउँपालिका सभापति सुनिल शर्मा, जिल्ला कार्यसमिति सदस्य सन्तोष ढुंगाना,प्रशिक्षण विभाग प्रमुख दिपक श्रेष्ठ सहित रास्वपाका जिल्लास्तरीय नेताहरुको सहभागिता रहेको थियो । रास्वपा म्याग्दीले जेठ महिनाभित्र जिल्लाका ६ वटै स्थानीय तहको ४५ वडामा संगठन विस्तार गर्ने निर्णय अन्तरगत बेनी नगरपालिकाको वडा अधिवेशन पात्लेखतबाट सुरु भएको छ ।

Leave a Comment