१० औं राष्ट्रिय खेलकुदका लागी महिला भलिबलको गण्डकी प्रदेश छनौटमा म्याग्दी च्याम्पियन भएको छ । आइतबार भएको फाइनल खेलमा म्याग्दीले कास्कीलाई सोझो ३ सेट प्रहार गदै विजेता बनेको हो ।

प्रतियोगितामा उपाधिसँगै म्याग्दीकी रिक्जना बोटो उत्कृष्ट खेलाडी, सोनी फगामी उत्कृष्ट ब्लकर, रेबिना घर्तिमगर उत्कृष्ट सेटर र उत्कृष्ट टिम प्रशिक्षक मलिन कुमार रोकाले घोषित हुनुभएको म्याग्दी जिल्ला भलिबल संघका महासचिव कुमार किसानले बेनीअनलाइनलाई बताउनुभयो । प्रतियोगितामा म्याग्दीले नवलपुर, लमजुङ, पर्वत र कास्कीलाई पराजित गरेको थियो ।

प्रतियोगितामा म्याग्दीले ३० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । म्याग्दीको महिला भलिबल टिम गण्डकी प्रदेशमै उत्कृष्ट खेल प्रर्दशन गर्ने गरेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले विजय खेलाडीलाई बधाई दिदैं उत्कृष्ट खेलाडीलाई प्रोत्साहन समेत गरिने बताउनुभयो । म्याग्दीका महिला भलिबल टिमले उपाधिसँँगै उत्कृष्ट अवार्डबाट सम्मानित भएको बताउँदै आगामी राष्ट्रि«य खेलकुदमा समेत आवश्यकत तयारीसहितको ब्यवस्थापनमा कुनैकमी नहुने अध्यक्ष श्रेष्ठको भनाई छ ।











