---Advertisement---

भलिबल कभर्डहल जग्गा खरिद गर्न अष्ट्रेलियाबाट हरि राम्जालीले दुई लाख सहयोग

On: May 13, 2026 6:26 AM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीमा सुविधासम्पन्न भलिबल कभर्डहल जग्गा खरिदका लागि म्याग्दी प्रवासी नेपाली संघ मोना अष्ट्रेलियाका उपाध्यक्ष हरि राम्जालीले दुई लाख सहयोग गर्नुभएको छ। जिल्लाको मंगला गाउँपालिका–१,कुँहु निवासी हाल सिड्नीमा बस्दै आउनुभएका राम्जालीले उक्त सहयोग गर्नुभएको हो ।


मोना अष्ट्रेलियाका पूर्व अध्यक्ष तथा तृप्ती फाउण्डेशनमार्फत खेलकुद, शिक्षा,स्वास्थ्य लगायत विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रहनुभएका राम्जालीले भलिबलको प्रशिक्षण तथा खेल कर्भड हलमा सञ्चालन गर्ने उद्देश्यले म्याग्दी जिल्ला भलिबल संघ म्याग्दीको जग्गा खरिद र कभर्डहल निर्माणका लागि सञ्चालन गरेको अभियानमा सहयोग गर्नुृभएको अध्यक्ष संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।


‘भलिबलका लागि विगतमा पनि धेरै योगदान दिनुभएको छ, मोनामार्फत भलिबल क्षेत्रमा राम्जालीको अतुलनीय योगदान छ, यो सहयोगबाट हाम्रो अभियानलाई सफल बनाउन सहज हुनेछ’ अध्यक्ष बानियाँले भन्नुभयो । सहयोगदाता राम्जालीले अष्टेलियामा समेत नेपालीहरुबिचको भलिबल प्रतियोगितालाई प्रयोजनसहित विभिन्न कार्यक्रम गर्ने गर्नुभएको छ । नेपालपछि भलिबल खेलाडीको आर्कषकको केन्द्र अष्टे««लिया बनाउन समेत राम्जालीको समेत योगदान रहेको छ ।


जिल्लाका लागि एक भलिबल कर्भडहलको निर्माण आवश्यकता रहेकाले अभियानका लागि मोनाले अष्टे««लियामा अभियान सञ्चालन गरेको छ । भलिबल कभर्डहल निर्माणका लागि गत साता मोना अष्ट्रेलियाको संयोजकत्वमा अन्य म्याग्देली संघ–संस्थाहरू जलजला परिवार अस्ट्रेलिया, मंगला परिवार अस्ट्रेलिया, म्याग्दी काली युनाइटेड, राखु समाज अस्ट्रेलिया, घारा समाज अस्ट्रेलिया, पर्वत बेनी युनाइटेड क्लब तथा मोनाको क्षेत्रीय कार्यसमितिले समेत अभियान सुरु गरेको अध्यक्ष सुसन श्रेष्ठले बताउनुभयो ।


अष्ट्रेलियामा सबैलाई आफ्नो इच्छा र क्षमताअनुसार यस पवित्र अभियानमा जोडिन समेत अनुरोध गरिएको छ। बेनी नगरपालिका–७ बौद्ध विहार नजिकै दुई रोपनी ८ आना क्षेत्रफलमा फैलिएको जग्गा एक करोड ४२ लाख ५० हजारमाजग्गा खरिद गर्ने योजना रहेको छ । पहिलो चरणमा जग्गा खरिद गरेपछि दोस्रो चरणमा कभर्डहल निर्माण सुरु गरिनेछ ।


राष्ट्रिय महिला भलिबल टोलीकी क्याप्टेन अरुणा शाही, कमला पुन सहित राष्ट्रिय तथा क्षेत्रीयस्तरा खेलाडी उत्पादन गरेको म्याग्दीमा खेलाडी उत्पादन तथ प्रतियोगिताहरू खुल्ला आकाशमा हुने गरेकोमा अब कभर्डहलमा सञ्चालन गर्ने गरी हाल अस्थायी रुपमा बेनी नगरपालिकाको सहयोगमा मैदान तयार गरिदै छ । कभर्डहलमा एक हजार जना दर्शक क्षमता भएको भलिबल कोर्ट, जिमहल, कपडा फेर्ने कोठा, अफिसियल बैठककक्ष,चमेनागृह, प्यारापिट, विद्युत्, ध्वनि उपकरण, एसी, शौचालय, सयनकक्ष, एलसिडी बोर्ड, भण्डारण, जेनेरेटर सहित अन्य इन्डोर खेल विधालाई समेत स्थान दिइने छ । कभर्डहल बनाउन चार वर्षमा कुल साढे ३ करोड लागत लाग्ने अनुमान गरिएको छ ।

Leave a Comment