सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ ।
स्वास्थ्य बीमा बोर्डले यही जेठ १६ गतेदेखि लागू हुनेगरी आकस्मिकबाहेक सबै बीमा सेवा अनिश्चितकालका लागि स्थगित गरेको हो । बढ्दो वित्तिय संकटका कारण यस्तो निर्णय गरिएको बोर्डको भनाइ छ ।
सूचनामा भनिएको छ, ‘बोर्ड बैठकको मिति २०८३–०२–११ गतेको निर्णयानुसार स्वास्थ्य बीमा बोर्डको बढ्दो वित्तिय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्म नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य बीमाका सेवाहरु मिति २०८३ जेठ १६ गतेदेखि लागू हुनेगरी स्थगन गर्ने निर्णय भएको जानकारी गराइन्छ ।’
बोर्डले स्वास्थ्य उपचारका लागि ‘सुविधा थैली’ को दररेट पनि परिवर्तन गरेको छ । बीमा लागू भएपछि बोर्डले पहिलो पटक औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशाला परीक्षणको सुविधा थैलीको दररेट परिवर्तन गरेको हो ।
यो निर्णय पनि जेठ १६ गतेदेखि नै लागू हुने जनाइएको छ ।















