सामाजिक संस्था लायन्स क्लव अफ बेनी पिस सिटीले बेनी नगरपालिका–२, खवरामा अवस्थित जिल्ला कारागारमा कम्प्युटर सहयोग गरेको छ । कार्यसम्पादनका लागि क्लवका अध्यक्ष बामदेव रिजालले एक थान कम्प्युटर कारागार प्रशासन प्रमुख प्रतिज्ञा सुबेदीलाई हस्तान्तरण गर्नुभएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा क्लवका पूर्व अध्यक्ष बिरेन्द्र श्रेष्ठ, आगामी कार्यकालका अध्यक्ष दुर्गा बुढा मगर, प्रथम उपाध्यक्ष ललिन्द्र थापामगर लगायतको उपस्थिीति रहेको थियो ।
क्लवले समुदायस्तरमा विभिन्न कार्यक्रम, स्वास्थ्य शिविरका साथै सामाजिक एवम् अन्य मानवीय सेवामा समेत सहयोग गदैं आइरहेको छ । क्लवका अध्यक्ष रिजालले आगामी दिनमा समेत रचनात्मक सहयोगका कार्यक्रमहरुलाई जारी राखिने बताउनुभयो । विगतमा क्लवले सामाजिक एवम् मानवीय सेवाका विभिन्न कार्यमा सहयोग गर्ने गरेको थियो ।











