रमेश रोका र कोपिला मगरको स्वरमा रहेको नयाँ गीत “ऐंसेलु पाकेर पयालै“ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। नेपाली मौलिक लोक लय र पहाडी जनजीवनको सुन्दर प्रेम कथालाई कलात्मक रूपमा प्रस्तुत गरिएको गीतको गायक रोकाको शब्द रचना रहेको छ भने सङ्गीत ध्रुव जिसी, सङ्गीत संयोजन (अरेन्ज) राजु सुनामको छ । म्यूजिक भिडियोमा दिपेश रोका र किपिना गोतामेको मुख्य अभियन रहेको छ।
सुरेश काफ्लेको नृत्य निर्देशन र सम्पादन रहेको म्यूजिक भिडियोमा गाउँघरको प्राकृतिक परिवेश, रोमान्टिक डान्स स्टेप्स र मौलिक पहिरनलाई निकै आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ । गायक तथा रचनाकार रोकाले यसपटक म्यूजिक भिडियोमा मेहनतसंगै दर्शकस्रोताको समेत साथले उत्साहित भएको बताउनुभयो ।

म्याग्दीको मंगला गाउँपालिका वडा नं ५ घर भई हाल अष्टेलियामा रहनुभएका रोकाले विगतका म्यूजिक भिडियोमा जस्तै यसपटक पनि साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो । रमेश रोका अफिसियलको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । विगतमा समेत रोकाले म्युजिक भिडियो बजारमा ल्याएका थिए ।















