प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा सरकारले पहिलो वर्षलाई ‘सुशासनको वर्ष’को रूपमा काम गर्ने बताएका छन् ।
प्रधानमन्त्री बालेनले बेतिथि र भ्रष्टाचार निर्मुल गरी सुशासनका लागि सरकारले गम्भीरतापूर्वक काम गरिरहेको पनि बताए ।
“सरकारले पहिलो वर्षलाई सुशासनको वर्षको रूपमा काम गर्नेछ । भ्रष्टाचारको जालो सदियौँदेखिको जेलिएर बसेकाले त्यसको अन्त्य गर्न समय लाग्ने भए पनि त्यसको न्यूनीकरणमा सरकारले काम गरिरहेको छ,” प्रधानमन्त्री शाहले जवाफ दिने क्रममा भने ।
संसद् बैठकमा सांसदहरूले दलीय रूपमा प्रधानमन्त्रीलाई प्रश्न सोधेका थिए ।












