चीनको सांघाईमा हुने संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को एआई सम्बन्धि कार्यक्रममा नेपालबाट सहभागी हुने दुई प्रतिनिधिमा म्याग्दीको प्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक जयराम सुवेदी छनौट हुनुभएको छ ।
काठमाडौंस्थित इम्पेरियल वल्र्ड स्कुलकी प्रधानाध्यापक जुनिता कार्की छनौट हुनुभएको प्रकाश माविका शिक्षक विनय श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा ‘कृत्रिम बुद्धिमत्ताको युगमा शिक्षकको आजीवन सिकाइ तथा विकास’ विषयमा अन्तरक्रिया हुनेछ। शिक्षकको निरन्तर सिकाइ, पेसागत क्षमता अभिवृद्धि तथा शिक्षण क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको प्रयोगका विषयमा छलफल गरिने प्रअ सुबेदीले बताउनुभयो । उहाँले शैक्षिक कार्यक्रमबाट सिकेको सीपलाई विद्यालयसहित जिल्लाका सामुदायिक विद्यालयमा समेत सीप हस्तान्तरण गरिने बताउनुभयो ।
विश्वका २० राष्ट्रका प्रतिनिधिको सहभागिता रहने उक्त कार्यक्रम ‘बेल्ट एन्ड रोड शिक्षक विकास तथा अनुभव आदानप्रदान परियोजना’ अन्तर्गत सञ्चालन हुनेछ। अन्तर्राष्ट्रियस्तरको शैक्षिक कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने अवसरले नेपाली शैक्षिक क्षेत्रका अनुभव आदानप्रदान गर्न तथा प्रविधिमैत्री शिक्षाको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।











