हरिकृष्ण गौतम
म्याग्दीको रघुगंगा गाउँपालिका–६, ठाडाखानीकी तिलमाया कामीले रातो सलले आधा अनुहार छोपेर मुस्कुराइरहनुभएको थियो । छेउमै रहनुभएका श्रीमान् ख बहादुर कामीले अनुहारमा पनि खुसी झल्किएको थियो ।जिल्ला प्रशासन कार्यालय म्याग्दीले शुक्रबार करिब ५८ बर्षको उमेरमा पहिलोपटक नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराउँदा मुखले नबोल्न तिलमायाले ओठ र हातको इसाराबाट आफ्नो खुसी व्यक्त गर्नुभएको थियो ।
बि.स २०२४ साल भदौ १० गते जन्मिनुभएकी तिलमायाले ५८ बर्ष ११ महिना ११ दिनको दिनमा अन्ततः नेपाली नागरिकता पाउनुभयो। जिल्लाको विकट बस्तीमा बस्ने अपाङ्ता भएकी तिलमाया र श्रीमानले परिचय पाएपछि अब ३ छोरा र ३ छोरीको जन्मदर्तासहित नागरिकताका लागि समेत सहज भएको छ ।

शुक्रबार म्याग्दीका प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले कानुनी प्रक्रिया पूरा गरी तिलमायालाई वंशजका आधारमा नागरिकता प्रदान गर्नुभएका सहायक प्रजिअ कुलप्रसाद आचार्यले बताउनुभयो । ‘दुर्गम बस्तीमा अझैपनि नागरिकताबाट बन्चित भएका नागरिक भेटिनुहुन्छ, उहाँले आफ्नोसँगै छोराछोरीको परिचय पाउँछन्, एकैपटक छोराछोरीलाई पनि कानुनी प्रक्रिया पूरा गरी नागरिकता उपलब्ध गराउँछौ’ प्रजिअ आचार्यले भन्नुभयो।
अभावमा शारीरिक रुपमा अपाङ्गता भएकी तिलमाया राज्यको सेवासुविधा समेत पाउनुहुन्छ भने अर्काको जग्गामा बसेको जानकारी पाएको जानकारीििछ थप प्रक्रियामार्फत पुष्टी भए सुकुम्बासी सेवामार्फत पहल गरिने प्रजिअ आचार्यको भनाई छ । प्रजिअ आचार्यले प्रशासनिक प्रक्रियाको सहज भएपनि गरिबी, अशिक्षा तथा सूचना अभाव र सामाजिक पहुँचको कमीले जिल्लाका ग्रामिण क्षेत्रमा बुढेसकालसम्म नागरिकताविहिन भेटिने गरेका छन् ।

आवश्यक प्रक्रिया पूरा गरी आउँदा प्रशासनमा झन्झट र दुःख हँुदैन, भन्ने सन्देश दिनु आवश्यक देखिएको बताउँदैदुर्गम ठाउँहरुमा सामाजिक सुरक्षा भत्ता खाने उमेरसम्म पनि नागरिकताको बारेमा थाहा नभएको अवस्थामा भेटिनु दुःखको कुरा भएको प्रजिय आचार्यको भनाइ छ । नागरिकता किन बनाउनुपर्छ, फाइदा के छ, के काम गर्छ, कसरी कहाँ बनाउने भन्ने ज्ञान नहुँदा म्याग्दीमा शारीरिक अपाङ्गता भएका, आर्थिक अवस्था कमजोरलगायत विभिन्न कारणले अझै पनि नागरिकता लिन योग्य उमेर भएका धेरै ग्रामीण बस्तीमा भेटिने गरेका छन् ।












