रियालिटी शो ’द भ्वाइस किड्स नेपाल’ सिजन ५ मा म्याग्दीको मंगला गाउँपालिका–३, सातबिसेका बाल प्रतिभा क्रियसन रोका फाइलन राउण्डमा प्रवेश गरेका छन् । शुक्रबार निकै उत्कृष्ट प्रस्तुतीसहित भोटिङ राउण्डबाट फाइनलमा प्रवेश गरेका क्रियसन रोकाले बेनीको बजार जता मायाँ बोलको गीत प्रस्तुत गरेका थिए । लाइभ सो प्रस्तुती मार्फत भोटिङ राउण्डबाट फाइनलमा प्रवेश गरेको क्रियसन रोका जिताउ अभियानका करण कँडेलले बेनीअनलाइनलाई बताए । प्रतियोगितामा रोकालाई जिताउन स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले अभियान सञ्चालन गरिएको थियो ।
मंगला माविमा कक्षा ८ मा अध्ययनरत १२ बर्षिय रोकालाई अनलाइन भुक्तानी सेवा प्रदायक ’खल्ती’बाट भोटिङ गरिएको थियो । अब फाइनल राउण्डमा समेत भोटिङ सहितका प्रक्रिया हुने भएकाले रोकालाई जिताउन भोटिङ अभियानका लागि थप सक्रियता आवश्यकता रहेको छ । गीतसंगीतसँगै पढाईमा पनि उत्कृष्ट रोकालाई यसपटक विजेता बनाउन सम्पूर्णलाई सहयोगको अपिल समेत गरिएको थियो । रोका कोट वाङदेन शेर्पाको टिममा रहेका छन् ।











