---Advertisement---

म्याग्दीमा आइतबार ७ सय सिलिन्डर ग्यास आउँदै

On: August 8, 2026 10:46 PM
Follow Us:

म्याग्दीमा शनिबार साढे दुई सय थान खाना पकाउने ग्यास (एलपी ग्यास) उपभोक्तालाई ग्यास बिक्रेताबाटै उपलब्ध गराइएको छ । विभिन्न कम्पनीबाट उत्पादन हुने ग्यासलाई सम्बन्धित डिलरको समन्वयमा साविककै स्थानबाट ग्यास वितरण गरिएपछि अभाव विस्तारै हट्दै गएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

शनिबार नेपाल ग्यास कम्पनीबाट डेढ सय, शक्ती १० सय थान वितरण गरिएको सहायक प्रजिअ कुलप्रसाद आचार्यले बेनीअनलाइनलाई बताउनुभयो। ‘म्याग्दीमा लगातार ठूलो संख्यामा ग्यास भित्रिदैंछ, अब अभाव हट्छ, बजारदेखी ग्रामिण क्षेत्रसम्मलाई सहज वितरणका लागि सहजीकरण गरिरहेका छौ’ सहायक प्रजिअ आचार्यले भन्नुभयो ।


जिल्ला प्रशासन कार्यालय र म्याग्दी उद्योग वाणिज्य संघले ब्यवसायीसँग समन्वय गरी अति समस्या परेकालाई वितरण गरिरहेको संघका सचिव एवम् ग्यास वितरणका फोकलपर्सन मोतिलाल पौडेलको बताउनुभयो । ग्यासको अभावका कारण बजारमा लाइन बस्नुपर्ने बाध्यता नरहेको बताउँदै ग्यास भित्रिएपछि तत्कालै समन्वय गरिरहेको बताउनुभयो ।

म्याग्दीमा आइतबार ७ सय नेपाल ग्यासको भरी सिलिन्डर र गृहलक्ष्मीको १२ सय सिलिन्डर पठाउने प्रतिबद्धता जनाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा लगातार ग्यासको खपत हुने भएकाले अति समस्या भएकाले सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । जिल्लामा भित्रिएको ग्यास वितरणमा ब्यवसायीको सहकार्यले समेत सहज भएको बताइएको छ ।

Leave a Comment