---Advertisement---

स्वर्गीय निम्स दाईको सम्झना: यूकेमा दानाबासीले गरे श्रद्धाञ्जली सभा

On: August 8, 2026 10:14 PM
Follow Us:

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानामा जन्मिनुभएका विश्व प्रसिद्ध पर्वतारोही तथा कीर्तिमानी आरोही निर्मल पुर्जाको यूकेस्थित हिब्रिज कम्युनिटी फार्म इस्टलीमा शनिबार दीप प्रज्ज्वलन तथा श्रद्धाञ्जली सभा गरिएको छ । दानाबासीको साझा संस्था फ्रेन्डली ब्रदर दाना सेरोफेरोले गरेको श्रद्धाञ्जली सभामा निम्स दाईको निधनले नेपाली समुदायलाई अपुरणनीय क्षती पुगेको बताइएको थियो ।


दानामा जन्मिएर लामो समयसम्म यूकेमा विताउनुभएका स्वर्गीय निम्स दाइले आफ्नो जन्मभूमी नेपालमा फर्किएर पर्वतारोहण मार्फत हिमालको प्रचारप्रसार सहित पर्यटन प्रर्बधनमा महत्वपूर्ण योगदान दिनुभएको समाजका अध्यक्ष भिम पुर्जाले बताउनुभयो । ‘उहाँले छोटो समयमा धेरै रेकर्ड राख्नुभएको छ, पर्वतारोहणमात्रै होइन असम्भव भनेर तर्किने धेरैलाई मेहनत गरे सफलता पाइन्छ भन्ने सन्देश समेत प्रवाह गर्न सफल हुनुभयो’ अध्यक्ष पूर्जाले भन्नुभयो ।


दीप प्रज्ज्वलन तथा श्रद्धाञ्जली सभाको अवसरमा स्वर्गीय निम्सका दाजु गंगा पूर्जा,कमलबहादुर पुर्जाले विश्वभरबाट प्राप्त सान्त्वनाले केही बलियो भएपनि धेरै सपना अधुरो छोडेर गएको भन्दै भाबुक हुनुभएको थियो ।

फ्रेन्डली ब्रदर दाना सेरोफेरोका उपाध्यक्ष मन गर्बुजा, महिला उपाध्यक्ष कृष्ण पुन, सचिव विष्णु पूर्जा, सल्लाहकार कृष्ण तुलाचन लगायत संस्थामा आवद्ध रहनुभएका पूर्व तथा वर्तमान कार्यसमितिका सदस्यहरु, शुभचिन्तकको उपस्थिति रहेको थियो ।
म्याग्दीमा जन्मिएर विश्वका ८ हजार मिटर अग्ला १४ वटै हिमालको सफल आरोहण गरी हिमाल पर्यटनमा अग्रणी निम्स दाईकाको निधनले अपुरणीय क्षती पुगेको भन्दै विश्वभर रहेका शुभचिन्तक भाबुक भएका थिए ।

Leave a Comment