---Advertisement---

दृष्टिकोणको उचाइः महानायक, पहिचान र निम्सदाई

On: August 11, 2026 5:14 PM
Follow Us:

धनञ्जयकुमार श्रेष्ठ

म्याग्दीका हिमाल, पहाड र नदीनालाहरु प्राकृतिक सौन्दर्यताका खानी मात्र होइनन, यिनीहरु म्याग्दीका संस्कार, पहिचान र सपनासँग जोडिएका छन्। धौलागिरी हिमालदेखि रुप्से छहरा, तातोपानी कुण्ड, पुनहिललगायतका प्राकृतिक तथा पर्यटकीय सम्पदाले म्याग्दीलाई आफ्नै विशिष्ट पहिचान दिएका छन्। तर साहस, सम्भावना र विश्वस्तरीय उपलब्धिको कुरा गर्दा आज म्याग्दीलाई संसारसामु चिनाउने एउटा गर्विलो नाम विशेष रूपमा अगाडि आउ“छनिर्मल पुर्जा अर्थात् निम्सदाई। धेरैका लागि म्याग्दीको अर्को परिचय पनि थियो…लाहुरेको जिल्ला ।

धनञ्जयकुमार श्रेष्ठ

पुस्तौंदेखि यहा“का मानिसहरू रोजगारी, अवसर र उज्ज्वल भविष्यको खोजीमा देशको सीमाभन्दा बाहिर पुगेका छन्। कोही विदेशी सेनामा भर्ती हुन, कोही रोजगारीका लागि विदेशिए, कोही अध्ययन र व्यवसायका लागि संसारका विभिन्न मुलुक पुगे। गन्तव्य र भिसा फरक भए, पेशा र परिस्थिति फरक भए पनि विदेशिने अधिकांश युवाको सपनामा एउटा साझा आकांक्षा हुन्छ – सुरक्षित भविष्य र खुसी।


निर्मल पुर्जा पनि कुनै समय त्यही सपनाको यात्राका एक यात्री थिए। म्याग्दीको दाना गाउ“को सामान्य परिवारमा जन्मिएर हुर्किएका निर्मलले पनि आफ्नो जीवनको एउटा चरणमा जन्मभूमिबाटटाढाको बाटो रोजे। परिवार, समाज र समयको परिवेशसंगै उनको यात्रा विदेशतर्फ मोडियो। बेलायत उनको कर्मभूमि बन्यो।

तर उनको विदेश यात्राभौगोलिक दूरी पार गर्ने यात्रा मात्र थिएन । त्यो आफूलाई खोज्ने, आफ्नो क्षमता चिन्ने र सम्भावनाका नया“ क्षितिज खोल्ने यात्रा पनि थियो। नया“ परिवेश, नया“ चुनौती, जिम्मेवारी र निरन्तर संघर्षका बीच उनले आफ्नो बाटो आफैं निर्माण गरे। त्यही संघर्ष र आत्मविश्वासले उनलाई विस्तारै हिमालको संसारतर्फ डो¥यायोे । दाना गाउंको एउटा साधारण परिवारमा जन्मिएको त्यो युवा विस्तारै संसारका अग्ला हिमालहरूतर्फ उक्लिंदै एक दिन निर्मल पुर्जावाट ‘निम्सदाई’ बने ।


निम्सदाईको यो रूपान्तरण संयोग थिएन। एउटा अन्तर्वार्ताका क्रममा उनले आफ्नो सफलताबारे व्यक्त गरेको भावले उनको सम्पूर्ण यात्राको सार बोकेको छ– उनको सफलता संयोगले प्राप्त भएको होइन, संघर्षवाट आर्जित थियो।संसारले प्रायः शिखर देख्छ, संघर्ष देख्दैन। कीर्तिमान देख्छ, त्यसका पछाडि लुकेको तयारी देख्दैन। सफलताको क्षण देख्छ, त्यहांसम्म पुग्नका लागि चुकाउनुपरेको मूल्य देख्दैन। हिमालको टुप्पोमा खिचिएको एउटा तस्बिर संसारभर फैलिन्छ, तर त्यो तस्बिरसम्म पुग्नुअघि पार गरिएका हजारौं कठिन क्षण, थकान, जोखिम, असफलता र संघर्षका पाइजाहरू प्रायः ओझेलमा पर्छन्।

त्यसैले निर्मल पुर्जाको सफलता, पर्वतारोहणको कथा मात्र होइन, यो रूपान्तरणाको कथा पनि हो। यो संघर्ष र आत्मविश्वासको कथा हो । अनि यो पहिचानको कथा हो। म्याग्दीको पहाडमा हुर्किएको एउटा बालक विश्वका सर्वोच्च शिखरहरूसम्म पुग्यो। अवसरको खोजीमा विदेशिएको एक नेपाली विश्वस्तरको पर्वतारोहीका रूपमा स्थापित भयो। परिवारले दिएको नाम निर्मल पुर्जावाट एक दिन विश्वले सम्मानपूर्वक उच्चारण गर्ने नाम निम्सदाईबन्यो ।

त्यो नामसंग साहस जोडियो, आत्मविश्वास र अनुशासन जोडियो, नेतृत्व जोडियो र सबैभन्दा महत्वपूर्ण कुरा, त्यो नामसंग असम्भवजस्तो देखिने लक्ष्यलाई सम्भव बनाउने मानवीय क्षमताको कथा जोडियो। यही कारणले निम्सदाईको यात्रा म्याग्दीका लागि अझ अर्थपूर्ण छ ।किनभने म्याग्दी एउटा यस्तो जिल्ला हो, जहाँबाट हजारौं युवाहरूले आफ्नो भविष्यको खोजीमा देश छोडेका छन्। आज पनि म्याग्दीको युवाहरुको विदेश जाने सपना अस्वाभाविक होइन।

वैदेशिक रोजगारी यहा“को सामाजिक र आर्थिक जीवनको एउटा महत्वपूर्ण हिस्सा बनेको छ ।तर यस्तो अवस्थामा एउटा प्रश्न स्वभाविक रुपमा उठ्छ–जब मानिसहरू सपना बोकेर विदेश जान्छन्, ती सपनाहरूको अन्तिम गन्तव्य कहा“ हुन्छ ? के सफलता केवल विदेश पुगेपछि मात्र सम्भव हुन्छ ? के आफ्नो जन्मभूमिबाट टाढा गएपछि मात्र प्रतिभाको पहिचान हुन्छ ? वा संसारको कुनै कुनामा पुगेर पनि मानिसले आफ्नो पहिचान, आफ्नो माटो र आफनो सम्भावनालाई नयाँ ढंगले पुनः खोज्न सक्छ ?

निम्सदाईको जीवनले यी प्रश्नहरूलाई नया“ दृष्टिकोणबाट हेर्न प्रेरित गर्छ। प्रवासले मानिसलाई जन्मभूमिबाटटाढा लैजान सक्छ, तर उसको पहिचान खोस्नैपर्छ भन्ने छैन। कहिलेकाहींघरवाटटाढा पुगेपछि मानिसले आफ्नो घरको वास्तविक अर्थ अझ नजिकवाट बुझ्छ । कहिलेकाहीं जन्मभूमिबाट टाढाको यात्रा नै आफ्नो क्षमता पहिचान गर्ने सुरुवात बन्न सक्छ र एउटा सानो गाउ“बाट भविष्यको खोजीमा निस्किएको युवा त्यही गाउँको नाम संसारका कुनाकाप्चासम्म पुु¥याउने व्यक्तित्व बन्न सक्छ ।


यहींबाट निम्सदाईको कथा व्यक्तिगत सफलताभन्दा माथि उठेर म्याग्दीको कथा बन्छ ।त्यसपछि यो नेपालको र अन्ततः यो संसारका हरेक युवाको कथा बन्न पुग्छ। हिमालले नेपाललाई भौगोलिक पहिचान दिएको छ, तर निम्सदाईजस्ता मानिसहरूले त्यही भूगोललाई विश्वव्यापी मानवीय कथामा रूपान्तरण गरेका छन्। हिमाल एउटा देशको भुगोल भित्र हुन्छ र रहिरहनेछन्। तर हिमाललाई संसारसंग जोड्ने साहस, सीप र क्षमता मानिसले प्रदर्शन गर्छ।

यस अर्थमा निम्सदाई हिमाल आरोही मात्र होइनन्, उनी नेपाली क्षमताको एउटा प्रतिनिधि हुन्। उनी एउटा यस्तो दृष्टिकोणका प्रतीक हुन्, जसले सुरुवात जति सामान्य भए पनि हाम्रो गन्तव्य असाधारण हुन सक्छ भन्ने उदाहरण दिन्छ ।त्यसैले निर्मल पुर्जाबाट निम्सदाईसम्मको यात्रा एउटा नाम परिवर्तनको यात्रा मात्र होइन। यो दृष्टिकोण परिवर्तनको यात्रा हो। यो सम्भावना पहिचान गर्ने यात्राको कथा हो। यो आफूमाथि विश्वास गर्ने साहसको कथा हो।अर्थात यो कथा अब शिखर चढ्ने कुरा मात्र होइन। यो मानव सम्भावनाको उचाइ बढाउने कथा हो।

उनले कति हिमाल चढे ?भन्दा अझ महत्वपूर्ण प्रश्न हुन्छउनले हाम्रो सोचको उचाइ कति बढाए? सायद, यही नै निम्सदाईले आरोहण गरेको सबैभन्दा अग्लो शिखर हो।“हिमालको उचाइ मिटरले नाप्न सकिन्छ, तर मानव आत्माको उचाइ उसले कति जीवनलाई प्रेरित गर्छ भन्ने आधारमा मात्र मापन गर्न सकिन्छ“ विश्वका मानिसहरूले नेपाललाई सम्झ“दा सबैभन्दा पहिले हिमालय सम्झन्छन्।

हिउले ढाकिएका अग्ला हिमश्रृङखलाहरूले नेपाललाई विश्वकै सर्वोच्च शिखरहरूको देशका रूपमा चिनाएका छन्।तर कुनै राष्ट्रको परिचय भूगोलले मात्र निर्धारण गर्दैन। त्यस देशको वास्तविक उचाइ त्यहांका ती मानिसहरूले निर्माण गर्छंन्, जसले प्राकृतिक सम्पदालाई राष्ट्रिय पहिचान र प्रेरणाको स्रोतमा रूपान्तरण गर्छन्। निम्सदाईे दूरदृष्टि, अनुशासन, अथक परिश्रम, साहस र असम्भवलाई सम्भव बनाउने अटल विश्वासका उदाहरण हुन ।उनको जीवनकथा हिमाल चढ्ने कथाभन्दा धेरै अग्लो छ ।यसलाई सगौरव मानव सम्भावनाको उचाइको कथा हो भन्न सकिन्छ ।


हिमाल आरोहणको इतिहासमा हरेक वर्ष नया“ नया“अध्याय थपिंदै आए । संसारका विभिन्न कुनाबाट आएका साहसी आरोहीहरूले हिमालका शिखर चुमे, नया“ कीर्तिमान बनाए र आफ्ना नाम इतिहासका पानामा लेखाए । तर ती धेरैजसो इतिहासका कथामा नेपालीहरू प्रायः मुख्य पात्रका रूपमा होइन, पथप्रदर्शक, सहयोगी, भरिया वा मौन साक्षीका रूपमा उपस्थित हुन्थे ।

संसारले शिखरमा पुग्नेहरूको नाम सम्झियो, तर उनीहरूलाई शिखरसम्म पु¥याउने हिमाली जनताको साहस र सामथ्र्य प्रायः पर्दापछाडिरहयो । निम्सदाईले यही स्थापित मानकलाई तोडिदिए। उनले अरूले लेखेको इतिहासको साक्षी भएर बस्न होइन, आफैं इतिहास रच्ने निर्णय गरे । हिमालको बाटो देखाउने मात्र होइन, संसारलाई बाटो देखाउने नेपाली बन्ने साहस गरे ।

अरूका सफलतामा सहयात्री वा सहयोगी भएर सीमित रहने परम्परागत भूमिकालाई चुनौती दिंदै उनले नेपालीलाई विश्व पर्वतारोहणको केन्द्रमा उभ्याए । उनले हिमालको शिखर मात्र चुमेनन्, नेपाली आत्मविश्वासको शिखर पनि उचाले । हिमालको काखमा जन्मिएको नेपाली संसारको सर्वोच्च उचाइमा अरूलाई पुर्याउने मात्र होइन, आफैं अग्रपङ्क्तिमा उभिएर विश्वलाई नेतृत्व गर्न सक्छभन्ने तथ्यलाई प्रमाणित गरे ।निम्सदाईले लेखेको यो इतिहास नेपालका लागि आत्मगौरवको दस्तावेज बनेको छ ।

म्याग्दीका लागि यो गर्वको परिचय बनेको छ । नया“ पुस्ताका लागि—“हामी पनि सक्छौं” भन्ने विश्वासको एउटा शक्तिशाली प्रमाण बनेकोछ । इतिहासमा कीर्तिमानहरू बन्ने र भत्किने क्रम चलिरहन्छ । कुनै दिन कसैले आजका केही रेकर्ड तोड्नि सक्छन, तर केही उपलब्धिहरूको महत्व तिनको संख्यामा होइन, तिनले स्थापित गरेको मानसिक सीमाको उचाइमा हुन्छ ।

निम्सदाईले त्यही सीमा तोडेका हुन्। त्यसैले उनले लेखेको सुनौलो इतिहासलाई अर्को कीर्तिमानले प्रतिस्थापन गर्न सक्ला तर त्यसले नेपालीलाई विश्व पर्वतारोहणको अग्रपङ्क्तिमा पु¥याएको ऐतिहासिक अर्थ र प्रेरणालाई सजिलै मेट्न सक्नेछैन। सायद, यही कारणले निम्सदाईको कथा हिमालको शिखरमा पुगेर समाप्त हुदैंन। उनले हिमालसंगै नेपाली सपनाको उचाइ पनि चढाए ।

निम्सदाईले जब विश्वका चौधवटा आठ हजार मिटरभन्दा अग्ला हिमालहरू अविश्वसनीय छोटो समयमा आरोहण गरेर नया“ कीर्तिमान कायम गरेर प्रमाणित गरे कि नेपालीहरू हिमालका केवल सहयोगी होइनन्, उनीहरू विश्वकै उत्कृष्ट नेतृत्वकर्ता, योजनाकार र साहसी आरोही पनि हुन्। उनले हासिल गरेको यो उपलब्धिको महत्व पर्वतारोहणभन्दा धेरै अग्लो छ। हरेक राष्ट्र आफ्नो आत्मविश्वास निर्माण गर्ने प्रेरणादायी कथाहरूमा टिकेको हुन्छ ।

यिनै कथाहरूले नया“ पुस्तालाई उनीहरूको क्षमता, पहिचान र सम्भावनाबारे विश्वास दिलाउछन्। नेपालका लागि निम्सदाई त्यस्तै एउटा प्रेरणादायी कथा बनेका छन् । उनको सफलताको यात्राले युवा नेपालीहरूलाई महान बन्नका लागि जन्मभूमि बाधक हुदैन् भन्ने सन्देश दिएको छ । आज धेरै युवाले सफलताको बाटो विदेशमा मात्र देखिरहेका छन्।


विदेशका अवसरहरू महत्वपूर्ण हुन सक्छन्, तर विश्वस्तरको सफलता आफ्नै देश, आफ्नै पहिचान र आफ्नै क्षमतामा विश्वास गरेर पनि प्राप्त गर्न सकिन्छभन्ने सन्देश निम्सदाईले दिएका छन् । विज्ञानका महान आविष्कारहरू, सामाजिक परिवर्तनहरू, कला र साहित्यका उत्कृष्ट सिर्जनाहरू तथा साहसिक अभियानहरू सबै एउटै प्रश्नबाट सुरु भएका थिए – “किन सम्भव हु“दैन?“ निम्सदाईको सम्पूर्ण यात्राले यही प्रश्नको उत्तर सहजताका साथ दिएको छ।उनको सफलता संयोगको प्राप्ती थिएन, सुनियोजित तयारी, कठोर अभ्यास, शारीरिक क्षमता, मानसिक दृढता, रणनीतिक सोच , उत्कृष्टटोली भावना र उत्कृष्ट नेतृत्व क्षमताको आधार थियो ।

नेतृत्व भनेको कुनै पद मात्र होइन, नेतृत्व भनेको सीमाभन्दा पर सम्भावना देख्ने दृष्टि हो। सा“चो नेता त्यो हो, जसले अरूमा विश्वास जगाउछ, आत्मविश्वास निर्माण गर्छ र सम्भावनाको नयाँ ढोका खोल्छ ।निम्सदाईले यही नेतृत्व प्रस्तुत गरेका छन् ।विश्वले पनि निम्सदाईको यात्राबाट एउटा महत्वपूर्ण पाठ सिक्न सक्छ ।निम्सदाई आफैले भनेका छन कि हिमालले यो देशको मान्छे,वा यो ठुलो, यो सानो मान्छे भनेर भन्दैन भनेर । प्रकृतिले कसैलाई राष्ट्रियता, भाषा वा जातका आधारमा ब्यवहार गर्दैन।

हिमालले केवल तयारी, क्षमता, अनुशासन र सहकार्यलाई स्वीकार गर्छ। यी मूल्यहरू विश्वव्यापी हुन्। त्यसैले निम्सदाइले हासिल गरकोे सबैभन्दा अग्लो उपलब्धि उनले बनाएको विश्व कीर्तिमान होइन। विश्व कीर्तिमान कुनै दिन ट्टन सक्छ, कसैले अझ छिटो आरोहण गर्न सक्छ ।भोलिका दिनमा कसैले नय“ँ इतिहास बनाउन सक्छ ।

तर एउटा राष्ट्रले आफ्नै क्षमतामा विश्वास गर्ने सोच परिवर्तन गर्नु, त्यो उपलब्धि पुस्तौसम्म जीवित रहन्छ । उनले नेपालीयुवाको आत्मविश्वास उकासेका छन् ।उनले नेपालको अन्तर्राष्ट्रिय पहिचानलाई बलियो बनाएका छन् । उनले देखाएका छन कि नेतृत्व अधिकारबाट होइन, दृष्टिबाट सुरु हुन्छ ।सायद यही कारणले उनको कथा प्रेरणादायी बनेको छ ।उनले हिमाल मात्र चढेनन्, सोचलाई उचाले ।उनले शिखरहरू मात्र जितेनन, सीमित धारणाहरूलाई पराजित गर्न सफल भए । उनको व्यक्तिगत सफलता सम्पूर्ण राष्ट्रको आत्मगौरवको स्रोत बन्यो।


उनको गत हप्ता पाकिस्तानमा हिमाल आरोहरण गर्ने क्रममा दुखद निधन भयो । अग्ला र कठिन हिमालहरुको सफल आरोहण पश्चात मुस्कुराउदै फर्कन निम्स दाईलाई यस पटक पृथ्वी फर्कने वाटो रहेन । उनको निधन जति दुखद थियो, त्यो भन्दा दुखद भनेको उनको अन्तिम दाहसंस्कार पािरवारीक सहमतिमा बेलायत गर्ने निर्णय पश्चात उनको राष्ट्रियता वा नागरिकताका बारेमा उठेको प्रश्न हो ।


विश्व फुटवलमा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोलाई आदर्श मान्दा हामीलाई न भूगोलले छेक्यो, न राष्ट्रियताको परिधिले बाँध्यो। इन्डियन आइडलमा प्रशान्त तामाङलाई जिताउन उभिंदा उनलाई नेपाली देख्यौं । तर आज निम्सदाई (निर्मल पुर्जा) जसले संसारका सबैभन्दा अग्ला र कठिन १४ वटा हिमशिखरहरूमा नेपालको नाम र नेपालीको आ“ट विश्वसामु गाडे, तब हामी उनैको राष्ट्रियतामाथि प्रश्न उठाउन थाल्छौं ।


“हामी आफ्नै घरका सदस्यले विदेशी पीआर वा ग्रीनकार्ड पाउँदा गर्वले छाती फुलाउ“छौं, तर देशको नाम विश्वभर फैलाउने निम्सदाईको योगदानको मूल्याङ्कन गर्दा भने त्यो यथार्थ बिर्सन्छौं ।“ मलाई लाग्छ कि पहिचान भूगोलभन्दा माथि हुन्छः नागरिकताको कागजले मात्र होइन, मनभित्र बग्ने रगत र कर्मले राष्ट्रियताको तय गर्छ । निम्सदाईलाई बुझ्न र उनको योगदानको कदर गर्न सगरमाथा जस्तो अग्लो होइन, आकाश जस्तो फराकिलो र विशाल दृष्टिकोण चाहिन्छ । महानता भूगोलको सीमाभित्र अट्दैन् जसले जहा“ रहेर पनि देशको नाम उ“चो बनाउ“छ, वास्तविक नायक उही हो अर्थात निम्सदाई महानायक हुन ।

Leave a Comment