---Advertisement---

निर्मल पुर्जाको साहस, शिक्षा र समर्पणको उज्यालो यात्रा

On: August 11, 2026 5:14 PM
Follow Us:


शान्त बहादुर नेपाली
नेपालको उत्तरी भेग, गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्ला, अन्नपूर्ण गाउँपालिका–३ (साबिक दाना गा.वि.स. वडा नं. ३, तितर गाउँ) मा वि.सं. २०४० साल साउन ९ गते आमा पूर्णकुमारी पुर्जा र बुबा नन्दबहादुर पुर्जाको कोखबाट निर्मल पुर्जाको जन्म भएको हो। सामान्य ग्रामीण परिवेशमा जन्मिए पनि उनको बाल्यकाल असाधारण साहस र जिज्ञासाले भरिएको थियो। सानैदेखि जोखिमपूर्ण तथा साहसिक गतिविधिमा रमाउने उनी केराको बोट चढ्ने, बाँसको टुप्पोसम्म पुग्ने, भिरमा चढेर मौरीको घार ल्याउने र कालिगण्डकी नदीमा पौडी खेल्ने जस्ता कार्यमा सक्रिय थिए। उनको जिद्दी, आत्मविश्वासी र लक्ष्यप्रति अटल स्वभावले उनलाई सानैदेखि फरक पहिचान दिलाएको थियो।


निर्मल पुर्जाले प्रारम्भिक शिक्षा श्री ज्ञान प्रकाश नमुना माध्यमिक विद्यालय, दाना (म्याग्दी) मा कक्षा ३ सम्म अध्ययन गरेका थिए। पछि परिवारसहित चितवन बसाइँ सरेपछि उनले आफ्नो बाँकी शिक्षा त्यहीँबाट पूरा गरे। बाल्यकालमा डाक्टर बन्ने सपना बोकेका उनी वातावरणीय प्रभाव, साथीसंगी र पारिवारिक पृष्ठभूमिका कारण सैन्य जीवनतर्फ आकर्षित भए। यसै क्रममा सन् २००३ मा उनी बेलायती सेनाको गोर्खा रेजिमेन्टमा भर्ती भए।


सैनिक जीवनमा पनि उनले सामान्य बाटो रोजेनन्। उनी बेलायती सेनाको अत्यन्तै कठिन र साहसिक मानिने (क्उभअष्ब िद्ययबत क्भचखष्अभ (क्द्यक्) मा छनोट हुने पहिलो गोर्खा सैनिक बने। करिब १६ वर्ष लामो सफल सैनिक जीवनपछि उनले सुरक्षित भविष्य त्यागेर पर्वतारोहणको जोखिमपूर्ण तर गौरवशाली यात्रा रोजे।


सन् २०१९ मा उनले प्रोजक्ट पोसिबल अन्तर्गत विश्वका ८,००० मिटरभन्दा अग्ला १४ वटै हिमाल केवल ६ महिना ६ दिनमै सफलतापूर्वक आरोहण गरी विश्व कीर्तिमान कायम गरे। यसअघि यस्तो उपलब्धि हासिल गर्न वर्षौं लाग्ने गथ्र्यो। उनको यस ऐतिहासिक सफलताले नेपाललाई विश्वमञ्चमा नयाँ उचाइमा पु¥यायो र पर्वतारोहण क्षेत्रमा एक नयाँ युगको सुरुआत ग¥यो। उनले अक्सिजन बिना तथा कठिन परिस्थितिमा समेत आरोहण गर्दै अदम्य साहसको उदाहरण प्रस्तुत गरेका थिए।


पर्वतारोहणका क्रममा उनले जोखिममा परेका धेरै नेपाली तथा विदेशी आरोहीहरूको उद्धार गरी मानवताको उच्च उदाहरण प्रस्तुत गरेका थिए। उनको योगदान केवल व्यक्तिगत कीर्तिमानमा सीमित नभई सामाजिक सेवामा पनि उत्तिकै प्रेरणादायी रहेको छ।


विशेषगरी शिक्षा क्षेत्रमा उनले उल्लेखनीय योगदान पु¥याएका छन्। आफ्नो जन्मस्थान र प्रारम्भिक शिक्षा लिएको विद्यालयप्रति गहिरो माया राख्दै उनले वि.सं. २०७९ सालमा निम्स दाई फर एजुकेशन नामक रु. ४० लाखको अक्षयकोष स्थापना गरेका थिए।

यस कोषबाट प्राप्त ब्याज तथा थप सहयोगमार्फत श्री ज्ञान प्रकाश नमुना माध्यमिक विद्यालयमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप पुरस्कार वितरण गरिँदै आएको छ। कक्षा ८ मा प्रथम हुने विद्यार्थीलाई रु. ५० हजार, माध्यमिक शिक्षा परीक्षा (क्भ्भ्) मा प्रथम हुनेलाई रु. ८० हजार र कक्षा १२ मा उत्कृष्ट हुनेलाई रु. १ लाख पुरस्कार प्रदान गरिन्छ।


यसका अतिरिक्त, दाना क्षेत्रका ४ वटा आधारभूत विद्यालय र १ वटा माध्यमिक विद्यालयमा अध्ययनरत करिब ४०० विद्यार्थीहरूलाई प्रत्येक वर्ष शैक्षिक सामग्री खरिदका लागि आर्थिक सहयोग प्रदान गरिँदै आएको छ। उनको यस योगदानले ग्रामीण भेगका विद्यार्थीहरूको शैक्षिक उन्नयनमा महत्वपूर्ण टेवा पु¥याएको छ।


जीवनका हरेक क्षेत्रमा अतुलनीय योगदान पु¥याउँदै आएका निर्मल पुर्जाको वि.सं. २०८३ साउन १४ गते पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा भीषण हिमपहिरोमा परी असामयिक निधन भयो। उनको निधनले नेपाल मात्र नभई सम्पूर्ण विश्वले एक साहसी, समर्पित र प्रेरणादायी व्यक्तित्व गुमाएको छ। निर्मल पुर्जाको जीवन संघर्ष, साहस, देशप्रेम र शिक्षाप्रतिको समर्पण सधैंका लागि प्रेरणाको स्रोत रहनेछ। उनको योगदानलाई हामी युगौंसम्म स्मरण गरिरहनेछौं।

प्रधानाध्यापक श्री ज्ञान प्रकाश नमुना माध्यमिक विद्यालय दाना म्याग्दी

Leave a Comment