---Advertisement---

निम्सदाइ : विश्वमाझ पुनर्ताजगी गराएको नेपाली साहसको पहिचान

On: August 11, 2026 5:20 PM
Follow Us:

बिक्रम बोगटी

जहाँ पवित्र कालीगण्डकी (चक्र नदी ) बग्दै संसारकै गहिरो गल्छी (अन्धगल्छी ) बनाउदै अगाडि बढ्छिन , जुन ठाउँमा सुन्दरताको प्रतीक रुप्से झरना छ , जहाँ हुँदै मुक्तिनाथ यात्रामा अगाडि बढिन्छ त्यस्तो स्थान दानामा जन्मिएका हुन निर्मल पुर्जा ( निम्सदाइ ), जसरी यी स्थानहरुको विश्वमा बेग्लै पहिचान छ त्यही माटोमा लडिबुडी खेलेका निर्मल पुर्जाले पनि विश्वमा एउटा अलग लेभलको नाम बनाएका छन् ।


यो नाम निम्सदाइ त्यसै हिमाल आरोहणको क्षेत्रमा टप ब्रान्ड बनेको होइन यो त मृत्युलाई नजिकवाट हेर्दै , उ त्यहाँ छ भन्दै हिडेको साहसपूर्ण बाहुबली यात्राले मात्र सम्भव भएको हो । वेलायती सेनाको गोर्खा रेजिमेन्टमा भर्ती भएका उनको विशेष क्षेमताका कारण उनी स्पेसल बोट सर्भिस (कदक) मा छनोट भएका थिए जुन युनिटलाई बेलायतको रोयल न्याभि भनिन्छ र त्यहाँ सम्म पुग्ने पनि उनी पहिलो नेपाली थिए ।


आफ्नो जिवनलाइ हिमाल आरोहणमा लगाउने निर्णय गरि उनले न्याभीवाट रिजाइन गरे र अभुतपुर्व हिमाल आरोहणको क्षेत्रमा पाइला अगाडि बढाए, असम्भव भनिएको विश्वका विभिन्न स्थानमा रहेका १४ वटा ८००० भन्दा अग्ला हिमालहरुको सफलता पुर्वक आरोहण त्यो पनि ६ महिना ६ दिनमा जुन रेकर्ड पहिले ७ वर्षमा बनेको थियो ।यो असाधारण सफल आरोहणको माध्यमवाट निम्सदाइले विश्वको ध्यान आफुतिर तान्न सफल भए । २०२१ मा नेटफ्लिक्समा रिलिज भएको निम्सदाइको १४ peaks Nothing is impossible ले विश्वभरका दर्शकहरुमा तरंग ल्याइदियो र निम्सदाइको यो कृतिमानलाइ संसारभरमै व्यापक बनाइदियो ।

यस डकुमेन्ट्रीको रियल फुटेजले आम दर्शकहरुमा हिमाल आरोहणको कठिनाइ , चुनौती र वास्तविकतालाई बुझ्न सजिलो पारिदियो ।कुनै वेला फ्रान्सका सम्राट नेपोलिएन बोनापाटले भनेका थिए नेपालीहरु( गोर्खाली ) संसारभरमै वीर र साहसी हुन्छन् । त्यो साहसको प्रतीकका रुपमा पछिल्लो समयमा निर्मल पुर्जाले आफुलाइ उभ्याएका थिए ।

नेपालीहरु साहसी र वीर हुन्छन भन्ने पहिचान जो विश्व समुदायमा छदै थियो त्यसलाइ निम्सदाइको रुपमा उनले पुनर्ताजगी गराइदिएका थिए । उनी निर्भयताका साथ आफ्नो यात्रामा अगाडि बढीनै रहेका थिए हिमाल झै अटल र अडिक रुपमा । उनले बिना कगउउझिभलत यहथनभल १४ वटा ८००० मिटर हिमालको आरोहण एक साइकल पूरा गरिसकेका थिए भने दुई साइकल पूरा गर्न दुइवटा हिमाल मात्र बाँकी थिए पाकिस्तानको ब्रोड पिक र नेपालको चो यु तर विडम्बना उनको त्यो सपना पूरा हुन सकेन ।


ब्रोड पिक आरोहण गर्ने क्रममा हिउँ पहिरोमा परि उनको निधन भयो । प्राय हाम्रो समाजमा मान्छे जिवित हुँदासम्म खासै चर्चा, बहस र खोजी हुँदैन निम्सदाइको जिवनमा पनि त्यो कुरा भलिभाती लागू हुन्छ उनको कृतिमानको दृस्ठिले जति निम्सदाइको ख्याती हुन पथ्र्यो त्यो भएको थिएन तर उनको ब्रोड पिकमा भएको निधनले देश विदेशमा चर्चा चुलियो ।निम्सदाइलाई ईन्टरनेटमा खोज्नेहरुको संख्या ह्वात्तै बढ्यो ।


उनका बारेमा लेख्नेहरु पनि अनलिमिटेड निस्किए । हलिउड, बलिउडका चर्चित सेलिब्रेटी, अन्तर्राष्ट्रिय मिडिया, प्रतिष्ठित हस्तिहरुले उनको बारेमा लेख्दै श्रद्धाञ्जली व्यक्त गरे। चर्चित म्यान भर्सेस वाइल्डका वियर गृल्स, बलिउड स्टार सलमान खान , सोनम कपुर , विश्वप्रसिद्ध खेलाडीहरु लगाएतका धेरै सेलिब्रेटीहरुले उनलाइ एक साहसी र उदाहरणीय व्यक्तीको रुपमा सम्झिए । एउटै व्यक्तिले आफ्नो छोटो जिवन बाँचेर यति धेरै लामो सम्झना बनाउने कुरा , विश्वव्यापी पहिचान बनाउने कुरा , साहसी नेपाली भनेर विश्वमा चिनाउने कुरा पक्कै पनि असाधारण छ , अलौकिक छ , अविस्मरणीय छ र अमर छ ।
बोगटी म्याग्दीका सञ्चारकर्मी हुन् ।

Leave a Comment